अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, December 4, 2011

अर्घाखाँचीमा सुन्तला तेब्बर फले

पणेना सिम्लेका कृषक रेवतीराज पौडेललाई सुन्तलाका बोटमा दाना बढी लागेपछि बोट भाँचिन नदिन के गर्ने भन्ने चिन्ताले सताएको छ । यस पाली लटरम्मै फलेका बोटले थाम्नै नसक्ने भएको छ ।


पणेना गाउँमा गत वर्षको भन्दा सुन्तला तेब्बर फलेको छ । पौडेलले भने, एक बोटमा १० हजारभन्दा बढी दाना लागेको छ । पातभन्दा दाना बढी देख्निछन । पाकिसकेका सुन्तलाको बोट भाँचिनबाट जोगाउँन भुईमा टेका लगाएको उनले बताए । यसपाली दानासमेत ठूला छन । अन्न छाडेर व्यावसायीक सुन्तला खेती गरेका सिम्लेका किसान सुन्तला तेब्बर फलेपछि निकै खुसि छन ।

अन्न उब्जनी गर्ने खेतबारी मासेर आफनो २० रोपनी जग्गामा व्यवसायीक सुन्तला खेती गरेका सिम्लेका अर्का युवा कृषक चिरञ्जीवी पौडेलका १२ सय सुन्तलाका बोटमा लटरम्मै दानाले बोटै लत्रिएका छन । बढी फलेकाले आम्दानी बढी हुने संकेत देखिएको छ, उनले भने, यस्तो अहिलेसम्म फलेको थिएन । उनले सुन्तलाबाट वाषिर्क २ लाख ५० हजार रुपैयाँ आम्दानी गर्छन । व्यवासायीक सुन्तला खेती गरेका पणेनाका करिब ३ सय किसान सबैका बोटमा एक नासले सुन्तला फलेका छन ।

यो वर्ष सुन्तलाको लागि वातावरण मिल्दो भएकाले राम्रो फलेको हो, पोखराथोक कृषि सेवा केन्द्रका प्राविधिक दधिराम गौतमले भने, धेरै वषर्ा भएको, असिना र तुषारो नपरेकाले राम्रो फल लागेको हो । गतवर्षको तुलनामा सुन्तलाको आम्दानीबाट सिम्ले गाउँमा वाषिर्क दुई करोड रुपैयाँ आम्दानी भएकोमा यस वर्ष आम्दानी बढने उनले बताए ।जिल्लाको खन, खनदह, भगवती, अर्घातोष, खिदिम, पोखराथोक गाविसमा सुन्तला खेती हुने गरेपनि पणेनाको सिम्लेमा जिल्लाकै सबैभन्दा धेरै सुन्तला उत्पादन हुने गर्छ । पणेनाका करिब ७ सय मध्ये ३ सय घरपरिवारले अन्न उब्जनी गर्ने खेतबारी मासेरै सुन्तला खेती गरेका छन । सिम्लेका गाउँलेले १२ वर्ष देखी व्यवसायीक सुन्तला खेती गर्दै आएका छन । यस वर्ष रोग नलागेकाले पनि राम्रो फल लागेको हो ।

प्रचण्डलाई लुम्बिनी बृहत्तर विकास समितिको निर्देशक बनाएकोमा बौद्धमार्गीहरु आन्दोलित

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लुम्बिनी बृहत्तर विकास समितिकोनिर्देशक बनाएपछि त्यसको बिरुद्धमा नेपालका बौद्धमार्गीहरु आन्दोलित भएका छन्। आन्दोलनकै क्रममा बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालको नेतृत्वमा नेपालका १५० वटा बढी बौद्धमार्गी संघ संस्थाहरुले २०६८ मंसीर २१ गते बिशाल जनप्रदर्शन गर्ने भएको छ।


काठमाडौंमा हुने बौद्धमार्गीहरुको जनप्रदर्शनमा ठुलो संख्यामा बौद्ध भिक्षु तथा भिक्षुनीहरु , धर्मगुरुहरु र करिव २० हजारको संख्यामा बौद्धमार्गीहरुको सहभागी हुने अनुमान गरिएको छ। बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालका प्रवक्ता अमरदिप मोक्तानका अनुसार मध्यान्ह १२ बजे काठमाडौंको माइतीघर मण्डलावाट शुरु हुने प्रदर्शनमा सबै राजनीतिक दलमा रहेका आदिबासी समुदायका नेता तथा कार्यकर्ताहरुको ठुलो संख्यामा उपस्थिति हुने छ।

मंसीर २१ गते काठमाडौंमा हुने बौद्धमार्गीहरुको प्रदर्शनमा सहभागी हुन अपिल गर्दै बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालले राजधानी काठमाडौंमा व्यापक रुपमा चिठ्ठी पत्रहरु र पर्चाहरु वितरण गर्ने काम गरिरहेको छ। विभिन्न राजनैतिक दलमा रहेका आदिबासी समुदायका राजनीतिज्ञ, समाजशास्त्री, मानव अधिकारवादी, कानून व्यवसायी, धर्मगुरुहरु र पत्रकारहरुलाई प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालले पत्र समेत पठाएको छ।

बौद्ध धर्म बिरोधीहरुद्वारा गणतन्त्रको मूल मर्म र भावना विपरित विगतको निरंकुश राज्य सत्ताले गर्ने गरेकै निति अनुसरण गर्दै शान्ति प्रेमी बौद्ध धर्मावलम्वीहरुको हृदयमा आघात पुर्‍याउने कार्य जारी राखेको भन्दै उनीहरुले आन्दोलनमा उत्रनु परेको बताएका छन्। सरोकारवाला बौद्ध धर्मावलम्वी आदिबासी समुदायको सल्लाह र सहमति बिना व्यक्तिगत स्वार्थको निमित्त केही व्यापारी मुखौटाधारी नेताहरुले भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई उद्योगमा परिणत गरी अपवित्र बनाउन तत्पर भई लागेकाप्रति उनीहरुको आपत्ति छ।

Thursday, December 1, 2011

अर्घाखाँचीको सन्धीखर्कमा ट्याक्टरवाट खसेर मृत्यु

गुडीरहेको ट्याक्टरवाट खसेर अर्घाखाँचीको सन्धीखर्कमा एक व्यतिmको ज्यान गएको छ । सन्धीखर्कदेखि नजिकै विहार वजारवाट ढुङ्गा लोडगरी सदरमुकाम सन्धिखर्कतर्फ जाँदै गरेको लु १ त ८२४३ नं.को ट्याक्टरवाट खसेर गम्भिर घाईते भएका रोल्पा घर भई सन्धीखर्क डेरा गरीवस्ने वर्ष ४५ का ट्याक्टर सहचालक गणेश विश्वकर्माको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको छ । शवलाई पोष्टमाटमकालागि जिल्ला अस्पतालमा राखिएको छ भने गाडी चालक आप्mनो नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


Thursday, November 24, 2011

अत्याधिक मदिरा सेवनवाट अर्घाखाँचीको सन्धिखर्कमा एक पुरुषको ज्यान गयो


अत्याधिक मदिरा सेवनवाट अर्घाखाँचीको सन्धिखर्कमा गएराति एक पुरुषको ज्यान गएको छ । यसरी ज्यान जानेमा सन्धिखर्क ६ तारामार्गका ५२ वर्षीय विष्णुवहादुर वोहोरा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखान्चीले जनाएको छ । राति मदिरा सेवनवाट लठ्ठीएर सडकमा लडिरहेको अवस्थामा उनलाई गस्ती प्रहरीले फेला पारेपछि उपचारको लागि जिल्ला अस्पतालमा लैजादै गर्दा उनको वाटोमै मृत्यु भएको थियो । मृतक वोहोराले जिल्ला अस्पताल सन्धिखर्कमा कार्यालय सहयोगिको पदमा रही काम गर्दै अएका थिए । मृतकको शव अहिले पोष्टमाटमकालागि जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको बताइएको छ ।


लुम्बिनी विकासको एकीकृत व्यवस्थापन योजना (आईएमपी) अन्तिम चरणमा

लुम्बिनी विकासको एकीकृत व्यवस्थापन योजना (आईएमपी) अन्तिम चरणमा पुगेको छ । यही वर्षको अन्त्यसम्ममा योजना लागू गर्ने तयारी भएको हो । युनेस्कोको 'वल्र्ड हेरिटेज सेन्टर' ले लुम्बिनीको दीर्घकालीन विकासका लागि योजना ल्याउनुबाहेकको विकल्प नरहेको बताएपछि नेपाली पक्ष तातेको छ ।


करिब सात महिनाअघि यो योजनाका लागि पुरातत्त्व विभाग, युनेस्को कन्सल्ट्यान्ट, संस्कृति मन्त्रालय र लुम्बिनी कोष सम्मिलित समितिले छलफल गरेर योजनालाई अन्तिम रूप दिंदैछ । 'नोभेम्बरमा हुने दुईवटा बैठकले यसको टुंगो लगाउनेछ,' पुरातत्त्व विभागका अधिकृत सुरेश श्रेष्ठले सोमबार कान्तिपुरसँग भने । उनी कमिटीमा फोकल प्वाइन्टको रूपमा सहभागी छन् ।

छरिएर आउने लगानीलाई एकद्वारबाट विकासमा लगाउन र जथाभावी निर्माण रोक्न यस्तो अवधारणा ल्याइएको उनले बताए । जापानी वास्तुविद् क्यान्जो टाङ्गेले ३० वर्षअघि लुम्बिनीको एक माइल टाढाबाट सुरु हुने नहरदेखि मायादेवी मन्दिरसम्मको भागलाई आधुनिकीकरण र कोलाहलबाट टाढा राखेर शान्त स्थलका रूपमा विकास गर्ने योजना अघि सारेका थिए । विभागका महानिर्देशक विष्णुराज कार्कीले यही मान्यताको आधारमा लुम्बिनीमा विकास हुनुपर्ने युनेस्कोले भन्दै आएको बताए । एकद्वार प्रणालीअन्तर्गत त्यहाँ हुने विकास निर्माण कार्यको समन्वय गर्न र बिनाविवाद अन्तर्राष्ट्रिय सहभागिता जुटाउन 'आईएमपी' आवश्यक भएको उनले बताए । 'योजना तयार भएर विभागमा प्रस्तुत हुनेछ, संस्कृति मन्त्रालय हँुदै मन्त्रिपरिषद्को बैठकमा पेस हुनेछ,' महानिर्देशक कार्कीले भने, 'पारित गर्नुको विकल्प छैन ।'

'लुम्बिनीमा हुने लगानीको एकीकृत हिसाबकिताब राख्न पनि सरल हुन्छ,' उनले भने,' दातृ मुलुकले सहयोग ल्याउनुअघि तयार पार्नेगरी अधिकारीहरू जुटिसकेका छन् ।' विश्वसम्पदा सूचीमा रहेकाले त्यहाँको निर्माण मापदण्ड हेर्ने, तय गर्ने र अनुगमन गर्ने प्रमुख सरोकारवाला विभाग हो । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुरूप पनि उक्त क्षेत्रको संरक्षणको मुख्य जिम्मेवारी पुरातत्त्वको हो । विभागले २०५२ सालमा उक्त क्षेत्रका १२ वटा साइटहरूको संरक्षण गरेको थियो ।

दाताले लुम्बिनीमा पाँचतारे होटल खोल्ने, अन्तर्राष्ट्रिय उद्यान बनाउने, विद्युतीय डुंगा सञ्चालन गर्ने, पुस्तकालय र अनुसन्धान केन्द्र खोल्ने ११ अर्बभन्दा बढी रुपैयाँको योजना अघि सारिसकेका छन् । जापानी ट्रस्ट फन्ड र युनेस्कोद्वारा सञ्चालित भिन्दाभिन्दै कार्यक्रमले उक्त क्षेत्रमा उत्खनन जारी राखेका छन् ।

चीन र श्रीलंकालगायत मुलुक पनि लुम्बिनी विकासमा सहभागी हुन इच्छुक देखिएको संस्कृति मन्त्रालयका अधिकारीले जनाएका छन् ।

विभिन्न टिमद्वारा लुम्बिनीको देवदहमा गरिएको उत्खननमा यस वर्ष र गत वर्ष बुद्धकालका हुक्का, इँटा, बुद्धका मूर्ति, मन्दिर, कोठाहरू, दियो र पोखरी फेला परिसकेको विभागले बताएको छ ।

देवदह विकास समिति र अन्य सरोकारवालाले संरक्षण, उत्खनन र विकासलाई गति दिनका लागि

आईएमपी कार्यक्रम लागू गर्न सरकारसँग लगातार माग गरिरहेको मन्त्रालयले जनाएको छ । उत्खनन गरिएका वस्तुको संरक्षण गर्न छुट्टै प्याकेज बनाउने तयारीसमेत भइरहेको महानिर्देशक कार्कीले बताए ।

'स्थानीयवासीमा चेतनाको अभाव र बढ्दो सहरीकरणले उक्त क्षेत्रमा पर्न सक्ने क्षतिलाई बचाउने गरी योजना अघि बढिसकेको छ,' उनले भने । उत्खनन र तिलौराकोट दरबारलाई बचाउन वरिपरिबाट पर्खालले घेर्ने कामसँगै स्थानीयमा जागृति कार्यक्रम लान आवश्यक भएको उनले बताए । 'घेरा हालेर मात्र संरक्षण सम्भव छैन,' महानिर्देशक कार्कीले भने, 'यसको महत्त्व बुझाउनु जरुरी छ ।'

लुम्बिनीमा सहयोग र योजनाभन्दा कार्यान्वयनको प्रतिबद्धता आवश्यक रहेको संस्कृति मन्त्रालयका एक अधिकारीले बताए । 'लुम्बिनी बनेमा त्यहाँ ओइरिने पर्यटकले मुलुकको अर्थतन्त्र धान्न सक्छ,' ती अधिकारीले भने, 'खेतीपाती र उद्योगधन्धाभन्दा यो बहुमूल्य सम्पदा उत्पादनमूलक छ ।'

संस्कृति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद रेग्मीले उक्त क्षेत्रको विकासका लागि सबै सरकारी संयन्त्र गृहकार्यमा जुटेको बताए । यसपछि यो कार्यले एक प्याकेजका रूपमा गति लिने उनले बताए ।

Tuesday, November 22, 2011

नरपानी गाविसका कृषकहरु व्यबसाहिक तरकारी खेति तर्फ

अर्घाखांची जिल्लाको नरपानी गाविसका कृषकहरु व्यबसाहिक तरकारी खेति तर्फ आकर्शित बनेका छन् । धन आर्जनको निम्ती विदेशिनुनै पर्छ भन्ने मान्यतालाई चुनौति दिदै नरपानी गाविसका कृषकहरु व्यवसाहकीक तरकारी खेती तर्फ आर्कसित बेनेका हुन् । पुख्यौली खेतिलाई कम निरन्तरता दिदौ आफुहरु प्राय खेतियोग्य जमिनमा तरकारी खेति गरि मनग्य आम्दानी गर्न सफल भएका नरपानीका राममणि भट्टराईले बताएका छन् । उनिसँगै अन्य कृषकहरुले गाउँका बारिहरुमा अहिले साग,घिरैला,लैका,भेन्डि,सेमि लगायतका तरकारी लगाई बारि हराबरा बनाउनुका साथै मनग्य आम्दानी गर्न सफल भएका छन् । उनीहरुले बारिमा बाह्रैमासे मैसमी र बेमैसमी तरकारी लगाई मनग्य आम्दानी गर्न सफल भएको बताउँछन् ।




कृषक भट्राईले व्यवसाहीक तरकारी खेतिबाट छोराछोरीलाई बोडिङ्गहरुमा पढाएको बताउँदै घरपरिबार राम्रो साग धान्न सकेको बताएका छन् । उनि जस्तै गाउामा यसै खेति बाट जिविकोपार्जन गदै आएका छन् । कृषक भट्राई रोजगारका निम्ती बिदेसिदाा दलालको फन्दामा परेपछि उनले स्बदेशमै आई व्यवसाहिक तरकारी खेति गरेका हुन् । यिनिसँगै नरपानी गाविसका थुप्रै कृषकहरु यस खेति तर्फ आकर्शिष बनेका छन् । उनिहरुले उत्पादन गरेको तरकारी सन्धिखर्कको साथै बुटबलमा समेत निर्यात हुने गरेको कृषकहरुको भनाई रहेको छ । उनहरुले धन कमाउन प्रदेसिएका नेपाली युबाहरुलाई स्वदेसमै बसि आफुहरुले जस्तै कुनै खेती गरि मनग्य आम्दानी गर्न सल्लाह दिएका छन् ।

Sunday, November 20, 2011

अर्घाखाँचीका गाउँमा कटुवाल पेसा सङ्कटमा

कुनै बेला सूचनाको माध्यम बनेको कटुवाल प्रथा लोप हुँदै जान थालेपछि यससँगै जीविकोपार्जन गर्नेहरु अहिले वैकल्पिक पेसाको खोजीमा लागेका छन् ।


गाउँको विकास निर्माणका काम गर्दा, वनको घाँस दाउरा फडानी गर्दा, मर्दा पर्दा, भोज भतेर तथा विवाह, व्रतबन्ध, आदि कार्य गर्दा सबैले सुन्ने अग्लो स्थानमा गएर चिच्चाएर सबैलाई थाहा दिनु कटुवालको पुख्र्यौली पेसा हो ।

यसरी सूचना तथा खबर जानकारी गराएवापत प्रत्येक घरबाट एक दुई पाथी अन्न उठाएर जीविका चलाउने कटुवालप्रथा बढ्दो सञ्चारप्रविधिको विकासले गर्दा लोप हुने अवस्थामा पुगेको गैरसरकारी संस्था महासङ्घका जिल्ला सचिव चन्द्रमणि पाण्डेले बताए ।

सूचना र खबर गाउँगाउँका रेडियो र पत्रपत्रिकामा प्रकाशन र मोबाइल तथा फोनबाट आदानप्रदान हुन थालेपछि गाउँलेले परम्परादेखि दिँदै आएको अन्न दिन नमानेकाले आफ्नो पेसा सङ्कटमा पर्दैगएको अर्घाका कटुवाल डुकबहादुर कटुवालले गुनासो गरे ।

घरमा बसेर साँझ बिहानको छाक टार्न मुस्किल भएपछि घरपरिवारलाई पाल्न अब वैकल्पिक पेसा खोज्नुको विकल्प नभएको कटुवालहरु बताउँछन् । अझै पनि अर्घाखाँचीका केही गाउँमा कटुवालहरु कटुवाली पेसा अङ्गालेर जीविकोपार्जन गर्दैछन् । तर बढ्दो सूचना र सञ्चारको सुविधाले उनीहरुको जीवनयापनमा भने असुविधा हुनथालेको छ ।

Tuesday, November 15, 2011

अर्घाखाँचीको किमडाडामा जीप दुर्घटना

अर्घाखाँचीको किमडाडामा  भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।गुल्मी तम्घासबाट अर्घाखाँचीको किमडाडा जाँदै गरेको लु १ ज १७५६ नम्बरको जीप किमडाँडा गाविसको वाड नं ८ सिमलपाटामा दुर्घटना भएको हो । दुर्घटनामा गुल्मी पुर्कोट दह आरुपाटा घर भएका जीपका सहचालक १८ वर्षका तिलक केसीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पेनसन लिन किमडाडाका बासिन्दाले जीप रिजर्ब गरेर तम्घास आएका थिए । मानिसलाई किमडाडाँ पु¥याएर फर्कने क्रममा जीपको ब्रेकफेल भई दुर्घटना भएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

कपिलवस्तुकी एक युवती सामूहिक बलात्कारमा

घरेलु कामदारका रूपमा साउदी अरब पुगेकी एक नेपाली युवती सामूहिक बलात्कारमा परेकी छन् । उनको ढाड र खुट्टासमेत भाँच्चिएको छ ।


साउदीको राजधानी रियादमा कपिलवस्तुकी २६ वर्षीया नेपाली युवतीलाई सामूहिक बलात्कार गरी नेपाली दूतावासको गेटअगाडि फालिएको थियो । दुई महिनाअघि पनि बलात्कारमा परेकी एक युवती शरण खोज्दै दूतावास आइपुगेकी थिइन् ।

साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार पीडितलाई एक अस्पतालमा उपचार गराइराखिएको छ । ‘सामूहिक बलात्कार गरी बिहान ३ बजेतिर दूतावासको गेटअगाडि ल्याएर फालिएको रहेछ,’ उनले ईकान्तिपुरसँग भने, ‘बाटोमा हिंड्ने बटुवाले थाहा पाएपछि स्टाफ बस्ने क्वार्टरमा घन्टी बजाइदिएपछि मात्रै जानकारी भयो ।’

दूतावासले सूचना पाएलगत्तै प्रहरीको साथ लिई अस्पतालमा लगिएको र आवश्यक प्रमाण सुरक्षित राखिएको जनाएको छ । ‘पीडित सामान्य अवस्थामा आइनसकेकाले घटना विवरणबारे पूरै जानकारी आइसकेको छैन,’ उनले भने, ‘पीडित बोल्न सक्ने अवस्थामा नरहेकाले सोधपुछ भएको छैन ।’

उनका अनुसार पीडितको स्पोन्सर पत्ता लागेकाले दोषी पक्राउ हुने सम्भावना प्रबल छ । ‘उनी काम गर्ने घरमालिक पत्ता लागिसकेकाले प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको छ,’ उनले भने, ‘यस घटनामा प्रमाण दरिलो रहेकाले अभियुक्त पक्राउ हुने र कानुनी कारबाही गर्न सकिने स्थिति छ ।’ उपचारपछि पीडितलाई न्याय दिलाएर मात्र स्वदेश पठाइने पनि उनले बताए ।

श्रीमान् श्रीमती नदी किनारमा मृत अवस्थामा

पाँच दिनदेखि बेपत्ता प्युठान दाखाक्वाडी- ९ का श्रीमान् श्रीमती माडी नदी किनारमा मृत अवस्थामा फेला परेका छन्। उनीहरु दुवै कम्मरमा डोरीले बाँधेको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक रामबहादुर महतराले बताए।


गत बिहीबारदेखि बेपत्ता रहेका ६० वर्षीय नेत्रबहादुर खत्री र ५५ वर्षीया गौरी खत्री रम्दीको चेरनेटास्थित माडी नदी किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ।

दुई आमा छोराको हत्या भएको खुलासा

बाग्लुङको अधिकारीचौरमा मृत अवस्थामा भेटिएका दुई आमा छोराको हत्या भएको खुलासा भएको छ । कात्तिक २२ गते साँझ मृत अवस्थामा भेटिएका अधिकारी चौर ४ का २५ बर्षिया मिना भण्डारी र उनका साढे २ बर्षिय छोरा एञ्जल भण्डारीको स्थानीय दुई युवाले खुकुरी र काठको बिँड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

अधिकारी चौर ४ का १८ बर्षिय योगेन्द्र भण्डारी र वडा नम्बर ६ का रिमबहादुर बिकले आमा छोरको हत्या गरेको प्रहरीले सोमबार बागलुङमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आफूहरु सानो छँदा मृतक मिना भण्डारीका श्रीमान नगेन्द्र भण्डारीले आफुहरुलाई पटक–पटक कुटपिट गरेको बदला लिन उनका श्रीमति र छोराको हत्या गरेको उनीहरुले प्रारम्भिक बयानमा बताएको प्रहरी नायव उपरिक्षक उमाप्रसाद चर्तुवेदीले बताउनुभयो ।

प्रहरीका अनुसार भण्डारी र बिकले मृतक भण्डारीलाई उनका श्रीमान पोखरा गएका बेला ‘नगेन्द्रको फोन आएको छ’ भनेर बोलाई घरदेखी केही पर लगेर हत्या गरेको स्वीकार गरेका छन् । हत्यापछि उक्त घटनाबाट बच्नका लागि उनीहरुले श्यामबहादुर भण्डारीको नामबाट चिठी तयारी गरी बाटोमा फालेको थिए । मृतक भण्डारीका आमा छोराको शव कात्तिक २४ गते बिहान घरदेखी केही पर घाँसले पुरिएको अवस्थामा फेला

Thursday, November 10, 2011

आमा छोराको शव भेटियो


बाग्लुङको अधिकारीचौर गाविसको ओख्रेनीमा चार वर्षका छोरासहित आमा मिना भण्डारीको शव भेटिएको छ। भण्डारी ३ दिनदेखि सम्पर्कबाहिर रहेकी स्थानीय उजिर थापाले बताएका छन्। घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

रुरु रेसुङा उपभोक्ता समिती गठन


रुरु रेसुङा संरक्षण तथा पर्यटन बिकास समिती(रुरेसपबिस),गुल्मी अन्तरगत रहने गरी आज रिडीमा "रुरु  रेसुङा उपभोक्ता समिती" रिडीको गठन भएको छ्। रुरेसपबिसका अध्यक्ष्य श्री निम बहादुर पाण्डेको उपस्थितीमा गठित समितीको अध्यक्ष श्री फर्सुराम पौद्वेल रहनु भएको छ्। ११ सद्स्य रहेको समितीमा निम्न ब्यक्तीहरु रहनुभएको छ्: अध्यक्ष- फरसुराम पौद्वेल,उपाध्यक्ष- रामलाल बिक,कोषाध्यक्ष- धना राना, सद्स्यहरुमा- चन्द्र लाल कसजू, सुन्दर कसजू, दुर्गादत्त रेग्मी,परशुराम भट्टराई, राजेन्द्र राज पाण्डे,तारा सुबेदी, डोप कुमारी ज्ञवाली र सचिबमा दमोदर भट्टराई रहनु भएको छ्।

महासचिव वान की मुन लुम्बिनीको विकाशका लागि नेतृत्व गर्न सहमत

सयुक्त राष्ट्रसंघका महासचिव वान की मुन लुम्बिनीको विकाशका लागि बन्ने उच्चस्तरीय अन्तर्राष्ट्रिय समितिको नेतृत्व गर्न सहमत हुनुभएको छ । राष्ट्रसंघ महासचिव वान र वृहत्तर लुम्बिनी विकाश राष्ट्रिय परियोजनाका संयोजक समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गएराति राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा आउँदो मार्च महिना सम्ममा उच्चस्तरीय अन्तर्राष्ट्रिय समिति बनाउने र त्यसको नेतृत्व वानले गर्ने सहमति भएको हो । भेटका क्रममा माओवादी अध्यक्ष प्रचण्डले वुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तराष्ट्रिय शान्ति सहर बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको कुरा जानकारी गराउँदै वानलाई लुम्बिनीको वृहत्तर बिकाशका लागि बन्ने समितिको नेतृत्व गर्न आग्रह गर्नुभएको थियो ।


साथै उहाँले कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लालाई समेटेर वृहत लुम्बिनी विकाशका लागि नयाँ गुरुयोजना ल्याउने पनि बताउनुभयो । प्रचण्डले लुम्बिनी विकाश बारे छलफल गर्न सन् २०११ को सुरुमा नेपालमा अन्तर्राष्ट्रिय बैठकको आयोजना गरिने जानकारी गराउँदै त्यसमा सहभागि हुन वानलाई निम्तो दिनुभयो ।



प्रतिउत्तरमा वानले प्रचण्डको निम्तो स्विकार गर्दै लुम्बिनीको वृहत्तर विकाशका लागि आफुले सबै राजनीतिक तथा नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । महासचिव वान सँगको भेटका क्रममा लुम्बिनी विकाश राष्ट्रिय समितिका सदस्य डाक्टर मिनेन्द रिजाल राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य समितिका सदस्य मनोज बहादुर श्रेष्ठ तथा लुम्बिनी विकाश कोषका अन्तराष्ट्रिय सल्लाहाकार नोरितादा मोरिता लगायतको सहभागिता रहेको प्रचण्डका स्वकीय सचिव समीर दाहालले जानकारी दिनुभयो । वानसंग नेपालको शान्ति प्रकृयाका विषयमा पनि छलफल भएको छ ।



भेटमा शान्ति प्रकृयालाई टुंगोमा पुराउन पछिल्लो समय भएको सात बुँदे सहमतिका लागि नेतृत्व र सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको भन्दै वानले प्रचण्डको प्रसंसा गर्नु भयो । लुम्बिनीको बिकासमा संयुक्त राष्ट्रसंघ लगायत विभिन्न निकायको सहयोग जुटाउन प्रचण्ड नेतृत्वको टोली ४ दिन अघि अमेरिका प्रस्थान गरेको थियॊ । टोलीमा लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहर निर्माण गर्ने गुरुयोजना बनाउन गठित समितिका सदस्य एवं काँग्रेस नेता डा. मीनेन्द्र रिजाल मनोज बहादुर श्रेष्ठ प्रचण्डका स्वकीय सचिव समिर दाहाल र प्रकाश दाहाल सहभागि छन । माओवादी अध्यक्ष प्रचण्ड आउँदो २७ गते काठमाण्डू फर्किने कार्यक्रम छ ।

Wednesday, November 9, 2011

तम्घासमा आँखा अस्पताल बन्ने

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आँखा अस्पताल बन्ने भएको छ । आँखा अस्पताल निर्माणका लागि आर्थिक तथा भौतिक व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढिरहेको नेपाल नेत्रज्योति सङ्घ गुल्मीले बताएको छ ।

आइतबार सदरमुकाम तमघासमा सम्पन्न सङ्घको १६औँ जिल्लासभाको अवसरमा जिल्लामा आँखा अस्पताल बनाउने तयारीका साथ काम भइरहेको सङ्घका अध्यक्ष भरतबहादुर चन्दले बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा आँखा अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले जिल्ला विकास समितिमार्फत आँखा अस्पतालको निर्माणमा सहयोगका लागि एकताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । एकीकृत नेकपा (माओवादी) का जिल्ला सह–इन्चार्ज नीमबहादुर पाण्डे, नेपाली काँग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष बोमबहादुर खड्का, राप्रपाका हेमबहादुर बोहरा, राप्रपा नेपालका ठाकुरप्रसाद पाण्डेलगायतका नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

रुरुक्षेत्रमा सात करोड दिप प्रज्वलन

एउटा अभुतपुर्ब र ऐतीहासिक क्षणको सहभागी र साक्षी बन्न पाउँदा रुरु क्षेत्रका सम्पूर्ण बासिन्दाहरुले अत्यन्तै गर्व महशुस गरेका छन। शायद नेपालकै ऐतीहासिक हुन सक्छ तर रुरु क्षेत्रको लागि आजको दिन ऐतीहासिक अबश्य रह्यो। नेपालको प्रशिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्रमा बिश्वो हिन्दू महासंघ,नेपालको आयोजनामा सात करोड दिप प्रज्वलन गरिएको थियो। साँझ ६।३० बजे बाट सुरु गरिएको उक्त दिप प्रज्वलनमा दशौ हजार मानिसहरुको सहभागीता रहेको थियो। करीब तीन सय मिटर लामो स्थान ओगतेको उक्त सात करोड दिपको तीन पटक परीक्रमा गर्न पनि झदै झन्डै मुस्किल परेको थियो। कार्यक्रममा एककरोड दिप प्रज्वलन गर्ने भनीएपनी अन्तिम दिन सम्म आइपुग्दा सात करोड संकलन हुन गएको हो। कार्यक्रम रिडी बगरमा गरीएको थियो।

मलामी गएका कालीगण्डकीमा बेपत्ता

मलामी गएका पाल्पा यम्घा - ५ का गोपीकृष्ण बस्याल कालीगण्डकीमा बेपत्ता भएका छन्।


पाल्पा र स्याङ्गजाको सङ्गमस्थल राम्दी गएका २५ वर्षीय बस्याल कालीगण्डकीमा आफ्तको दाहसंकार गरी नदीमा नुहाउने क्रममा आज बिहान १० बजेतिर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनको अहिले तीव्र रुपमा खोजी कार्य भइरहेको छ।

लुम्बिनीमा भारतीय चासो

भारतीय काग्रेस आईका विदेश विभाग प्रमुख डा. करण सिहले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतको चासो रहने बताउनुभएको छ। रिपोटर्स क्लब नेपालद्धारा मंगलबार आयोजना गरेको साक्षात्कारमा सिंहले भारतीय सिमा भन्दा आठ किलोमिटरमात्र टाढा रहेको लुम्बिनीमा अन्य मुलुकले लगानी गर्दा भारतको पनि चासो रहने बताउनु भएको हो।


साक्षात्कारमा सिंहले गौतम बुद्ध नेपालमा जन्मिए पनि भारतमै ज्ञान आर्जन गरेको र भारतमै देह त्याग गरेकोले लुम्बिनीमा भारतको चासो रहनु स्वभाविक भएको उनको तर्क थियो। उहाँले भारतदेखि लुम्बिनीसम्म बुद्धिस्ट सर्किट भएको भन्दै यसको विकासमा भारतले पनि लगानी गर्नु पर्ने बताए । यसकोलागी आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्ने उनले दृढता ब्यक्त गर्नुभयो। उहाँले लुम्बिनीको विकासको लागि नेपाल र भारतले मिलेर गर्नुपर्ने बताउनुभयो।

उहाँले एपेकमार्फत चिनिया लगानी लुम्बिनीमा ल्याउने र माओवादी अध्यक्ष प्रचण्ड लुम्बिनीमा सहयोग जुटाउन अमेरिका गएको विषयमा आफूलाई कुनै जानकारी नभए पनि अरुले लुम्बिनीमा लगानी गर्दा भारतको चासो भने रहने स्पष्ट पार्नुभयो। उहाँले लुम्बिनी र पशुपतिनाथ नेपाल भारत सम्बन्धको पहिचानको रुपमा रहेकोले पशुपति नाथको पनि गुरुयोजना बनाएर विकास गर्नु पर्ने सुझाव समेत दिनुभयो।

पछिल्लो समयमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउँदै संविधान निर्माण गर्ने सम्बन्धमा दलहरुवीच भएको सात बुँदे सहमतिप्रति भारत सकारात्मक रहेको भन्दै उहाँले भारतको नेपाल नीति सधै सकारात्मक र सहयोगी रहेको दावी गर्नुभयो। नेपालमा कसको नेतृत्वमा सरकार बन्छ भन्नेमा भारतको चासो नरहेको भन्दै शान्ति, संविधान र स्थायीत्वमा भारतको चासो र सदभाव रहेको उहाँको जोड रहेको थियो।

कार्यक्रममा डा. सिंहले सात बुँदे सहमतिले दलहरु मिले नेपालमा जे पनि हुन सक्ने भन्ने प्रमाणित सगरेको भन्दै सात बुँदे सहमति कार्यान्वयन हुनेमा आशा भए पनि चुनौतिहरु प्रयाप्त रहेको बताउनुभयो। उहाँले नेपाल र चीन सार्वभौम राष्ट्र भएकोले उनीहरुवीचको सम्बन्धमा भारतको कुनै आपत्ति नरहने भन्दै नेपालको विकास र स्थायीत्वमा भारत सधै चासो रहने बताउनुभयो। साक्षात्कारका सभापति क्लबका अध्यक्ष ऋषि धमलाले नेपाल र भारतवीचको सम्बन्ध अझै प्रगाढ बन्दै गएको भन्दै भारतले गरेको आर्थिक विकासबाट नेपालले पनि फाईदा लिनसक्नु पर्ने बताउनुभयो।

Sunday, November 6, 2011

रिडी - काली गण्डकी स्नानको लागि तीर्थालुको घुइँचो

हरिबोधनी एकादशीका अवसरमा पवित्र काली गण्डकी स्नान र ह्रिशी केशव भगवानको दर्शनको लागि रिडी काली नदीको किनरमा बिहानैदेखि स्नान गर्ने तीर्थालु भक्तजनको घुइँचो लागेको छ। गाउँगाउँबाट आएका तीर्थालु भक्तजनको स्नान गर्न घुइँचो लागेको हो। भक्तजनहरुले काली नदीमा स्नानपश्चात् ऋषिकेशव भगवानको पूजा अर्चना गरेका छन्।


बिहानैदेखि रिडी रुरु परिसरमा भक्तजनहरुले भजनकीर्तन समेत गरेर उपवास बसिरहेका छन्। पाल्पा र स्याङ्जाको संगम स्थल राम्दीमा एकादशी मेला लागेकै बेला र्‍याफ्टिङ महोत्सव हुँदैछ। शुक्रबारदेखि सुरु महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव–२०६८ अन्तर्गत आजको आकर्षण र्‍याफ्टिङ रहेको आयोजकले बताएका छन्। महोत्सव अयोजक समितिका अध्यक्ष दिलिप प्रताप खाँडले आज र भोली र्‍याफ्टिङ हुने बताए। राम्दीमा श्रीमदभागवत सप्ताह महायज्ञ सञ्चालन भैरहेको छ। पण्डित दिनबन्धु पोखरेलको कथा बाचनमा चलेको महायज्ञमा हजारौंले सहभागिता जनाएका र कात्तिक २४ गतेसम्म चल्ने यज्ञबाट ६ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको खाँडले बताए। महायज्ञ जारीनै छ भने आज लाग्ने एकादशी मेला र र्‍याफ्टिङ उत्सवले राम्दी क्षेत्र तिर्थालु र आन्तरिक पर्यटकहरुको जमघटले खचाखच भरिने बताइएको छ। पाल्पाका रानीघाटमा पनि एकादशी मेला लागेको छ। यस्तै गुल्मीको ऐतिहासीक तथा धार्मिक स्थल रेसुङ्गा क्षेत्र र रुरु क्षेत्रमा दिनभर श्रृद्धालु भक्तजनहरुको निक्कै घुँईचो लाग्ने गर्दछ। रेसुङ्गाको पोखरीमा रहेको पानीले स्नान गरेपछि जीवनमा गरेका सम्पूर्ण पापहरु नष्ट हुने धार्मिक विश्वास रहेको छ। रेसुङ्गा पोखरीमा स्नान गर्नका लागि गुल्मी लगायत पाल्पा, बाग्लुङ्ग, अर्घाखाँची, प्यूठान लगायत टाढा टाढाबाट पनि श्रृद्धालु भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ। रेसुङ्गा क्षेत्रमा श्रृद्धालु भक्तजनहरुको सुविधाका लागि सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष रुद्रबहादुर भुजेलले बताए।

Friday, November 4, 2011

पाल्पाली युवाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई काम गर्ने मौका दिनुपर्ने भन्दै अभियान थाले

पाल्पाली युवाले वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईलाई काम गर्ने मौका दिनुपर्ने भन्दै अभियान थालेका छन्। 'बाबुरामलाई काम गर्न देउ' लेखिएका गन्जी लगाएर युवाले पार्टी भन्दा माथि उठेर सबैले राम्रो गर्नेलाई साथ दिनुपर्ने बताए।


बुधबार तानसेनमा पत्रकार सम्मेलन गरेर उनीहरुले योग्यलाई मौका दिनुपर्ने बताए। कुनै दलसँग आबद्ध नभएको र सचेत नेपाली जनताका हैसियतले यस्तो अभियान सुरु गरेको उनीहरुले बताए।



'सरकारका राम्रा कामको प्रशंसा गर्नुपर्छ, अखिर कसैलाई त विश्वास गर्नै पर्‍यो' अभियानका अगुवा सागर घिमिरेले भने 'परीक्षामा सँधै प्रथम भएका, कुशल अर्थमन्त्री भैसकेका र अहिलेसम्म जनचाहना बुझेर अघि बढेका प्रधानमन्त्री भएकाले हामीले उहाँलाई समर्थन गरेका हौँ।'

उनलाई अझै हौसला दिन यस्तो अभियान थालेको उनीहरुले बताए। अर्का अभियान्ता रामचन्द्र नेपालले अहिलेका भरोसायोग्य र जनताका प्रिय प्रधानमन्त्री भएकाले उनलाई काम गर्नका लागि हौसला दिन यस्तो अभियान चलाएको बताए। उनीहरुले यस्तै सन्देशका स्टिकर समेत तैयार पार्ने बताएका छन्।

टोपबहादुर रायमाझीकी श्रीमती सिमा भनिने योगमाया रायमाझीले अर्कै पुरुषसँग अंश मागिन

  
स्थानीय विकासमन्त्री एवं माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीकी श्रीमती सिमा भनिने योगमाया रायमाझीले अर्कै पुरुषसँग अंश मागेकी छिन् ।


बुटवल लक्ष्मीनगरका रामबहादुर कार्कीसँग दोश्रो विवाह गरेको र विवाहपछि खान लाउन नदिएको भन्दै सीमा अंश मागसहित रुपन्देही जिल्ला अदालतमा बुधबार फिरादपत्र दर्ता गरेकी छिन् । उजुरी दर्ता गरेको जानकारीपछि माओवादी अबध राज्यसमितिका सचिव निर्मलकुमारले आजै एक बिज्ञप्ति जारी गरि सीमालाई अनैतिक र अनुशासनहीन काम गरेको भन्दै निलम्बन गरेको बताएका छन् ।

बिसं २०४५ सालमा रायमाझीसँग प्रेम विवाह गरेकी योगमायाका २२ बषिर्य छोरा र १८ बषिर्य छोरी रहेका छन् । कार्कीसँग २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको र ३-४ महिनाअघि मात्र विवाह गरेको सीमाले दावी गरेकी छिन् । माओवादी स्रोतका अनुसार युद्धकालदेखि नै ठेकेदारहरुसँग सम्बन्धमा रहँदै आएकी सीमाको टोपबहादुरसँग राम्रो सम्बन्ध थिएन् । तर उनले रायमाझीसँग सम्बन्ध विच्छेद गरेकी छैनन । रायमाझी भौतिक योजनामन्त्री छँदा उनलाई खानेपानी संस्थानको बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।

योगमायाले कार्कीसँग २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको जानकारी पार्टीलाई गराएको माओवादी श्रोतले जनाएको छ । रामु कार्की भनिने रामबहादुर बुटबलमा ठेकेदार र म्यानपावर दलालका रुपमा चिनिन्छन् । माओवादीको वाईसिएलमा संलग्न रहेका उनी बुटवलका सार्वजनिक कार्यक्रमहरुमा सँगै देखिनुका साथै एकअर्काप्रति अस्वभाविक माया प्रर्दशन गर्दथे ।

माओवादी अवध राज्यसमिति श्रोतका अनुसार पार्टी र टोपबहादुर रायमाझीको नामको दुरुपयोग गरेको र पार्टी हित विपरित काम गरेको भन्दै पार्टीले योगमायालाई यसअघि पनि सचेत गराएको थियो ।

टोपबहादुर रायमाझी भूमिगत रहेको बेला दिल्ली जाँदा बि.सं. २०४० को दशकमा योगमायासँग भेट भएको थियो । लाहुरेकी छोरी योगमायाले मन पराएपछि २ जनाबीच बि.सं. २०४५ सालमा दिल्लीमा प्रगतिशिल विवाह भएको थियो । अर्घाखाँचीका रायमाझी विवाह गर्दा २८ वर्षका थिए ।

Wednesday, November 2, 2011

कपिलवस्तुको गजेराहा जितपुर चोकमा रहेको पौडेल इलेक्ट्रोनिक पसलमा आगलागी

गएराति कपिलवस्तुको गजेराहा जितपुर चोकमा रहेको पौडेल इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ भन्दा बढिको क्षती भएको छ । आगलागीबाट फ्रिज, टिभी, राइसकुकरलगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


प्रहरीले आगलागीबाट २० लाख भन्दा बढिको क्षती भएको प्रारम्भिक अनुमान गरेको छ । प्रहरीले आगलागी कसरी भयो भन्ने अनुसन्धान भइरहेको जनाएको छ । मध्ये रातमा सुरु भएको आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा दुई घण्टा पछि नियन्त्रणमा आएको थियो ।

छोराको अवस्था अहिलेसम्म पत्ता नलाग्दा बाबुआमा चिन्तित

गत साउन २२ गतेदेखि वेपत्ता छोराको अवस्था अहिलेसम्म पत्ता नलाग्दा बाबुआमा चिन्तित बनेका छन् । तानसेन नगरपालिका–४, बारुदखानका १६ वर्षिय किशोर न्यौपानेको अहिलेसम्म अवस्था सार्वजनिक नभएको हो ।


दुईसाता अघि प्रहरीले पत्रकार सम्मेलन गरी किशोर आफै अपहरणको नाटक गरेको दाबी गरेको थियो । बाबु रामप्रसाद र आमा नुनाकुमारीले मंगलवार पत्रकार सम्मेलन गरी प्रहरीले जे भनेको भएपनि अवस्था पत्ता लगाईदिन सम्वन्धित पक्षलाई आग्रह गरेका छन् । उनीहरुले राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, विद्यार्थी, उद्योगी, प्रशासन, प्रहरी सबैसंग आफ्नो छोराको अवस्था पत्ता लगाउन आग्रह गरेका छन् ।

उनीहरुले प्रहरीले भनेजस्तै किशोर आफैले घटना बनाउन नसक्ने दावी गरे । ‘उसले आफै अपहरणको नाटक गरेपनि प्रहरीले खोज्नु पर्यो’ बाबु रामप्रसादले भने, ‘छोरा भारततिर गएको भनेर प्रहरी उम्किन मिल्दैन । मेरो छोराको खोजी गरिनुपर्छ' उनले छोरा दोषी भए त्यसलाई पक्रेर कारवाही गर्न समेत आग्रह गरे । प्रहरीले दुईसाता अघि पत्रकार सम्मेलन गरी अपहरण नभएको बताएको थियो ।

प्रहरीको दावी झुठा रहेको दावी उनीहरुले गरे । ‘मेरो छोराको बानी राम्रोसंग थाहा छ’ उनले भने, ‘कुनै हालतमा यस्तो योजना बनाउन सक्दैन ।’ प्रहरीले छोरालाई पक्रेर पुष्टी गर्नुपर्नेमा जोड दिए । अनुसन्धानमा ढिलाई हुँदा सत्य कुरा लुक्न सक्ने उनीहरुले बताए । प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले केन्द्रीय अनुसन्धान व्यूरोमार्फत् भारतको विभिन्न स्थानमा खोजी कार्यका लागि अनुरोध गरिसकिएको बताए । अपहरणको नाटक गरेका किशोर नेटवर्किङ् व्यवसायको सिलसिलामा भारतमा गएको थपलियाले दाबी गरे ।

Monday, October 31, 2011

अर्घाखाँचीका डोकामान्द्रा बुन्ने चित्रेको पेशा संकटमा


 अर्घाखांची जिल्लाका ग्रामीण भेगका डोकामान्द्रा बुन्ने चित्रेको पेशा क्रमश संकटमा पदै गएको छ । गाउंशहर जताततै आजभोली बढ्दो प्लाष्टीक जन्य भांडाकुडाको प्रयोगका कारण बांसबाट बनाइने चित्रेको पेशा समेत संकटमा पदै गएको हो ।


पहिले प्रत्येक घरमा बर्षमा आधादर्जन बढि चाहिने डोकामान्द्रा मानिसको खेतीप्रतीको रुचीको कमिका साथै आधुनिक समानको बढ्दो प्रयोगले कमि आएको अर्घातोष ५ अर्घाखांचीका ७७ वर्षिय चित्रे धनबहादुर विकको भनाइ छ । पहिला बालीप्रथामा बर्षदिन डोका-मान्द्रा बुन्ने गरेकोमा अहिले बल्लतल्ल ज्यालादारीमा समेत काम पाउन मुश्कील हुने गरेको उनको अनुभव छ । दलित जातीका बुढा, पुराना विश्वकर्माले डोकामान्द्रा बुन्ने काममा बढि रुचि राखेपनि अहिलेका युवापुस्ता यो पेशाबाट भन्दा अन्य पेशाबाट बढि आम्दानी लिन थालेपछि चित्राबुन्ने पेशाबाट विमुख हुंदा कमि आएको स्थानीयबासिन्दा बताउंछन् ।

अर्घाखाँचीको जलुके गाविमा एक सुत्केरी महिलाको गयो

 
अत्याधिक रक्तश्राबका कारण अर्घाखाँचीको जलुके गाविमा एक सुत्केरी महिलाको ज्यान गएको छ । ढीलोे प्रसुति सेवावाट वच्चा जन्माए पनि महिलालाई अत्यन्तै रक्तश्राव भएपछि जलुके १ जुवाकोट निवासी १९ वर्षीय तारा पुलामीको ज्यान गएको हो ।


लामो समयसम्म सुत्केरी व्यथाले च्याँपेछि झण्डै १० घण्टाको वाटो डोलिमा वोकेर प्रसुति सेवाको लागि अर्घाखँचीकै ठाडा प्राथमिक स्वास्थ्यकेन्द्रमा पुर्याईएको थियो । प्राथमिक स्वास्थ्यकेन्द्रमा नवजात शिशुलाई जन्म दिएकि सुत्केरी पुलामिको घरफर्कदै गर्दा वाटोमै ज्यान गएको स्थानीयवासीले वताएका छन् । नवजात शिशु सकुसल रहे पनि वालपोषणमा भने निकै समस्या भएको छ । वर्षातको समयमा अवरुद्ध वनेको सडक मर्मत नहुँदा सवारी साधन नचलेपछि ती महिलालाई समयमै स्वास्थ्यचैकि सम्म पुर्याउन नसकेको स्थानीयवासीले वताएका छन् ।

Sunday, October 30, 2011

ब्रिटिश म्यूजियममा गौतम बुद्ध भारतमा जन्मिएको भ्रामक सन्देश

वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश म्यूजियममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश छ ।


'द डिपार्टमेन्ट अफ एसिया' कक्षअन्तर्गत 'द लाइफ अफ द बुद्ध' शीर्षकमा टांगिएको दस्तावेजमा बुद्धिज्मलाई भारतको धर्मअन्तर्गत राख्दै 'बुद्धको जीवनी शुरुवात गर्दा उहाँ छैंटौं शताव्दीको मध्यतिर उत्तरपूर्वी भारतको एक शाही परिवारमा जन्मिनुभएको हो' उल्लेख छ । बुद्धको जन्म महारानी मायाबाट लुम्बिनीको मृगस्थलमा अद्भूत तरिकाबाट भएको त्यहाँ उल्लेख छ ।

'उहाँ दरवार रहँदा विवाहित हुनुहुन्थ्यो र उहाँबाट एक छोरा भएको थियो । उहाँले आफ्नै आँखाबाट बिरामी, भोका र मृत्यु देखेपछि मानव जीवनमा यी घट्ना किन भइरहेका छन् भन्ने जिज्ञासा लिएर भौतिक जीवन त्यागी बोधगयाको वृक्षमुनी बसि ध्यान गर्नुभएको थियो,' म्युजियममा उल्लेख छ । उक्त दस्तावेजमा बुद्धको मृत्यु ४८० बीसीमा भएको र उनको समाधिपछि बुद्धका उपदेश शिष्यहरुमा बाँडिएको लेखिएको छ ।

ग्रेट रसेल स्टि्रटमा अवस्थित विश्वकै पहिलो राष्ट्रिय स्तरको यो सार्वजनिक संग्रहालयका कर्मचारीले भने गलत तथ्यबारे अनभिज्ञता प्रकट गरे । 'हामी त यहाँ उल्लेख गरिएको जानकारीमात्र पर्यटकलाई वर्णन गरिदिने हो, अन्य कुरा थाहा भएन,' एक कर्मचारीले भने ।

बि्रटिश म्यूजियमका निर्देशक निल म्याकग्रेगोरले विश्व इतिहाससम्बन्धी जानकारी दिन बीबीसी रेडियो फोरमा प्रस्तुत गरेको एकसय श्रृंखलाको 'अ हिस्टि्र अफ द वल्र्ड इन हन्ड्रेड अव्जेक्ट्स' मा समेत बुद्धबारे त्यही भ्रमपूर्ण तथ्य प्रसारण भएको थियो ।

बुद्धिष्ट कम्युनिटी सेन्टर, यूकेका उपाध्यक्ष नारायणप्रसाद गुरुङले आगामी १२ नोभेम्वरमा हुने संस्थाको ट्रष्टी बैठकमा यस प्रसंग उठाएर सम्बन्धित निकायमा पुर्‍याउन पहल गर्ने जनाए । कानुनवेत्ता सोलिसिटर राजु थापाले संग्रहालयमा रहेको उक्त तथ्यलाई 'हास्यास्पद' भन्दै संग्रहालयलाई गल्ती सच्याउन पत्राचार गर्ने जनाए । 'नेपाल र नेपालीको पहिचान मेटिने काम कहीं कतै हुन्छ भने कानुनी प्रक्रियाबाटै त्यसविरुद्ध जान हामी तयार छौं,' उनले भने ।

कपिलवस्तु दिवस अभियानसंग सम्बद्ध इन्जिनियर रामकुमार श्रेष्ठले म्यूजियमको गल्ती सच्याउन नेपाल सरकारकै पहल आवश्यक हुने बताए । सर्च इन्जिन गुगलले पनि यसअघि 'गौतम बुद्ध भारतमा जन्मिएको' भन्ने गलत विवरण सच्याइसकेको स्मरण गर्दै श्रेष्ठले थपे, 'नेपाल सरकारले कुटनीतिक तवरमा यसको समाधान खोज्नुपर्छ ।'

लुम्बिनीको विकासका निम्ति संयुक्त राष्ट्रसङ्घको सहयोग एवम् समर्थन जुटाउन दाहाल अमेरिका जाने

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासका निम्ति संयुक्त राष्ट्रसङ्घको सहयोग एवम् समर्थन जुटाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आगामी साता संयुक्त राज्य अमेरिका जानुहुने भएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्रको रुपमा विकास गर्न राष्ट्रसङ्घको भूमिका तथा हुन सक्ने अन्य सहयोगबारे महासचिव बानकी मुनसँग विचारविमर्श गर्न अध्यक्ष दाहाल नेतृत्वको उच्च प्रतिनिधिमण्डल आउँदो शनिबार न्यूयोर्क जान लागेको हो।


लुम्बिनीको समग्र विकासका निम्ति गुरुयोजना तयार गर्नेलगायत बुद्ध जन्मस्थललाई विश्वभरका बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलका रुपमा प्रवद्र्धन गर्न हालै सरकारले एमाओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालको संयोजकत्वमा एक समिति गठन गरेको थियो। हालै बसेको मन्त्रिपरिषद्को बैठकले दाहालको संयोजकत्वमा गठिन समितिलाई अमेरिका पठाउने निर्णय गरेको हो ।

न्यूयोर्क जाने नेपाली टोलीमा वन तथा भूसंरक्षण मन्त्री मोहम्मद वकिल मुसलमान, पूर्वमन्त्रीद्वय डा मिनेन्द्र रिजाल र डा मङ्गलसिद्धि मानन्धर र निजी क्षेत्रबाट बैङ्कर मनोजबहादुर श्रेष्ठ हुनुहुन्छ। टोलीमा संयोजक दाहालका सहयोगीका रुपमा स्वकीय सचिव प्रकाश र समिर दाहाल पनि रहनुहुने छ।

स्वकीय सचिव दाहालका अनुसार सम्भवतः नेपाली प्रतिनिधिमण्डल र महासविच बानबीच यही कात्तिक २१ गते वार्ता हुनेछ। यसअघि महासचिव बानले प्रधानमन्त्री डा बाबुराम भट्टाराईसँगको भेटमा लुम्बिनीको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

संयुक्त राष्ट्रसङ्घको ६६ औं महासभामा भागलिने क्रममा प्रधानमन्त्री भट्टराईले महासचिव बानलाई गत महिना न्यूयोर्कमा भेटवार्ता गर्नुभएको थियो। महासचिव बानले राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन युनेस्कोमार्फत लुम्बिनीको विकासमा सघाउने आशय प्रकट गर्दै आउनुभएको छ ।

रिडी बजारमा म्ह पूजा

नेपाल संवत ११३२ तथा म्ह पूजाको अबसरमा नेवार समुदाय द्वारा आज रिडी बजारमा मोटर साइकल र्याली तथा म्ह पूजा गरिएको छ। रयाली निकाल्नु अघी सुगन्ध बिहारमा सामुहिक रुपमा म्ह पूजा गरिएको थियो। पूजा नेवार समुदायका जेष्ठ ब्यक्तीत्व श्री अयोध्या मान श्रेष्ठले गर्नु भएको थियो। पूजा समाप्ती पस्चात बिहान १० बजे मोटर साइकल र्याली निकालीएको थियो। सयौ युवाहरुको सहभागिता रहेको उक्त र्यालीले रिडी बजार परीक्रमा गरेको थियो।

तानसेनमा नेपाल सम्वत् ११३२ को भव्य स्वागत

ऐतिहासिक एवं काठमाण्डौको भाई भनिने पाल्पाको तानसेनमा नेपाल सम्वत् ११३२ को भव्य स्वागत गरिएको छ । पाल्पाको तानसेन स्थित इलाभेन ब्रदर्शको आयोजनामा बिहिवार तानसेनमा नेपाल सम्वतको स्वागतार्थ मोटरसाईकल र्‍याली निकालिएको छ ।


इलाभेन ब्रदर्शले तानसेनमा हरेकवर्ष नेपाल सम्वत्को स्वागत गर्न मोटरसाईकल र्‍याली गर्ने गरेको छ । तानसेनको आन्दोलनचोकबाट सुरु भएको र्याली बर्तुङ्ग, कैलाशनगर, टक्सार, मखनटोल, भुसालडाडा, गोर्खेकोट, मेहलधारा हुदै बजारको परिक्रमा गरेको थियो । २ सय बढी मोटरसाईकलले नेपाल सम्वत्को स्वागतमा हर्न लगाउदै बजार परिक्रमा गर्दा सबैलाई सन्देश पुगेको कार्यक्रम संयोजक सुशील शाक्यले बताए ।

शाक्यका अनुसार मोटरसाइकल र्‍यालीमा सहभागी सबैलाई विभिन्न उपहार राखिएको थियो । तानसेन बजारको टोल टोलमा नेपाल सम्वत्लाई स्वागत गर्न तुल व्यानर राखिएका छन् । नेवारी समुदायमा घर घरमा घडामा पानी र फुल राखेर आगन्तुकलाई समेत स्वागत गरिरहेका छन् । नेवार समुदायले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको प्रतिमामा समेत पुजा आजा गरेका छन् ।

Tuesday, October 25, 2011

बिपाको पूर्ण पाठ

                                                          बिपाको पूर्ण पाठ  


नेपाल सरकार तथा भारत सरकार बीच सम्पन्न लगानी प्रबद्र्धन तथा संरक्षण सम्झौता


नेपाल सरकार तथा भारत सरकार यसपछि ‘संविदाकारी पक्षहरु’ भनिएको; एक राष्ट्रका लगानीकर्ताहरुको बृहत्तर लगानी अर्को राष्ट्रको इलाकाभित्र फस्टाउने अनुकूल अवस्था सिर्जना गर्न इच्छुक हुँदै; निजी क्षेत्रको उपक्रमलाई अभिपे्ररित गर्न त्यस्ता लगानीको प्रोत्साहन र पारस्परिक प्रबद्र्धन एवं संरक्षण अत्यावश्यक भएको र त्यसले दुबै राष्ट्रहरुमा समृद्धि अभिबृद्धि गर्ने कुरालाई मान्यता दिदै; देहाय बमोजिम गर्न सहमत भएका छन्ः



धारा १

परिभाषाहरु

यस सम्झौताको प्रयोजनका लागिः

क) ‘कम्पनी’ भन्नाले देहाय बमोजिम सम्झनु पर्दछः

१) नेपालको हकमाः नेपालमा प्रचलित कानून अन्तर्गत संस्थापित गठित वा स्थापित संस्थान फर्म र संस्थाहरु

२) भारतको हकमाः भारतको कुनै भागमा प्रचलित कानून अन्तर्गत संस्थापित गठित वा स्थापित संस्थान फर्म र संस्थाहरु ।

ख) ‘लगानी’ भन्नाले एक संविदाकारी पक्षको लगानीकर्ताद्वारा अर्को संविदाकारी पक्षको कानून बमोजिम सो संविदाकारी पक्षको इलाकामा स्थापना भएका वा प्राप्त भएका हरेक प्रकारका जायजेथा एवं त्यस्तो लगानीका स्वरुपगत परिवर्तनहरु समेतलाई सम्झनु पर्दछ र सो शव्दले खासगरी देहायका कुराहरु समेतलाई जनाउँदछ-

१) चल र अचल सम्पत्ति एवं त्यससँग सम्बन्धित अन्य अधिकारहरु जस्तै बन्धकी लियन वा धितो

२) कम्पनीका शेयरहरु र स्टक एवं ऋणपत्र डिवेन्चरहरु तथा कुनै कम्पनीमा त्यस्तै स्वरुपका अन्य कुनै संलग्नता

३) मौदि्रक वा वित्तीय मूल्य भएको कुनै करारको परिपालनाको दावी;

४) संविदाकारी पक्षको आ-आफ्ना कानून बमोजिमका बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार;

५) तेल एवं अन्य खनिजहरुको अन्वेषण एवं निस्सारण गर्न दिइने सहुलियतहरु लगायतका

कानूनद्वारा वा करार अन्तर्गत प्रदत्त व्यावसायिक सहुलियतहरु;

ग) ‘लगानीकर्ताहरु’ भन्नाले एउटा संविदाकारी पक्षको इलाकामा कुनै लगानी गरेको अर्को संविदाकारी पक्षको नागरिक वा कम्पनी सम्झनु पर्दछ;

घ) ‘नागरिकहरु’ भन्नाले देहाय बमोजिम सम्झनु पर्दछः

१) नेपालको हकमाः नेपालमा प्रचलित कानूनद्वारा नेपाली नागरिकका रुपमा आफ्नो हैसियत प्राप्त गरेका प्राकृतिक व्यक्तिहरु;

२ भारतको हकमाः भारतमा प्रचलित कानूनद्वारा भारतीय नागरिकका रुपमा आफ्नो हैसियत प्राप्त गरेका प्राकृतिक व्यक्तिहरु;

ङ) ‘प्रतिफलू भन्नाले कुनै लगानीबाट हासिल भएको मौदि्रक रकम जस्तै नाफा ब्याज पूँजीगत लाभ लाभांश रोयल्टी र शुल्कहरु सम्झनु पर्दछ ।

च) ‘इलाका’ भन्नाले देहाय बमोजिम सम्झनु पर्दछः

क) भारतको हकमाः आफ्नो प्रादेशिक जलक्षेत्र सहितको गणतन्त्र भारतको इलाका एवं त्यस माथिको हवाई क्षेत्र र भारतको प्रचलित कानून १९८२ को सामुदि्रक कानून सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि र अन्तर्राष्ट्रिय कानून बमोजिम गणतन्त्र भारतको सार्वभौमसत्ता

सार्वभौमिक अधिकारहरु वा एकलौटी क्षेत्राधिकार भएको एकलौटी आर्थिक क्षेत्र एक्सक्लुसिभ इकोनोमिक जोन र महाद्धिपीय तख्ता कन्टिनेनटल सेल्फ समेटिएको अन्य सामुदि्रक क्षेत्र समेत।

ख) नेपालको हकमाः नेपालको संविधान एवं अन्तर्राष्ट्रिय कानून बमोजिम नेपालको सार्वभौमसत्ता एवं क्षेत्राधिकार भित्र पर्ने इलाका ।

धारा २

सम्झौताको क्षेत्र

यो सम्झौता प्रारम्भ हुनुभन्दा अगाडि वा पछाडि जहिलेसुकै गरिएको भए तापनि कुनै एक संविदाकारी पक्षका

लगानीकर्ताहरुले अर्को संविदाकारी पक्षका इलाकामा पछिल्लो संविदाकारी पक्षका कानून एवं नियमहरु बमोजिम

स्वीकृत गरिएको कुनै पनि लगानीका हकमा यो सम्झौता लागू हुनेछ । तर यो सम्झौता लागू हुनुभन्दा अगािड

उत्पन्न भएको लगानी सँग सम्बन्धित कुनै पनि विवाद वा समाधान भैसकेको दावीका हकमा यो सम्झौता लागू

हुनेछैन ।

धारा ३

लगानी प्रबद्र्धन एवं संरक्षण

१) प्रत्येक संविदाकारी पक्षले आफ्नो इलाकामा अर्को संविदाकारी पक्षको लगानीकर्ताका लगानीहरुलाई प्रोत्साहन दिने सोका लागि अनुकूल अवस्था सिर्जना गर्ने र आफ्ना नीति कानून र नियमहरु बमोजिम त्यस्ता लगानीहरु स्वीकार गर्नेछन् ।

२) प्रत्येक संविदाकारी पक्षका लगानीकर्ताका लगानी एवं प्रतिफलहरुलाई अर्को संविदाकारी पक्षको इलाकामा सधै उचित र समन्यायिक व्यवहार गरिनेछ ।

धारा ४

राष्ट्रिय व्यवहार तथा अति-सौविध्यतापूर्ण-राष्ट्र व्यवहार

१) प्रत्येक संविदाकारी पक्षले अर्को संविदाकारी पक्षका लगानीकर्ताको लगानीहरुलाई तिनका आफ्ना लगानीकर्ताका लगानीहरुलाई वा कुनै तेस्रो राष्ट्रका लगानीकर्ताको लगानीलाई प्रदान गरिएको व्यवहारभन्दा कम सौविध्यतापूर्ण नहुने गरी व्यवहार गर्नेछन् ।

२) त्यसका अतिरिक्त प्रत्येक संविदाकारी पक्षले अर्को संविदाकारी पक्षका लगानीकर्ताहरुलाई तिनका लगानीहरुको प्रतिफलका हकमा समेत कुनै तेस्रो राष्ट्रका लगानीकर्ताहरुलाई प्रदान गरिएको भन्दा कम सौविध्यतापूर्ण नहुने गरी व्यवहार गर्नेछन् ।

३) देहायका कुराहरु अन्तर्गत व्यवस्था भएको कुनै पनि व्यवहार अग्राधिकार वा विशेषाधिकारको फाइदा वा हित अर्को संविदाकारी पक्षका लगानीकर्ताहरुलाई दिने गरी विस्तार गर्न एउटा संविदाकारी पक्षलाई बाध्य बनाउने गरी उल्लिखित प्रकरण १ र २ का व्यवस्थाहरुलाई व्याख्या गरिने छैनः

क) आफु पक्ष भएको वा हुनसक्ने कुनै विद्यमान वा भावी भन्सार संघहरु वा त्यस्तै किसिमका अन्तर्राष्ट्रिय सम्झौता; वा

ख) सम्पूर्ण रुपमा वा मुख्य रुपमा कराधानसंग सम्बद्ध कुनै बिषय।

धारा ५

अधिग्रहण

१) कुनै संविदाकारी पक्षका लगानीकर्ताका लगानीहरुलाई भेदभावरहित आधारमा उचित एवं समन्यायिक क्षतिपूर्ति दिई कानून बमोजिम सार्वजनिक प्रयोजनका लागि बाहेक अर्को संविदाकारी पक्षको इलाकामा राष्ट्रियकरण वा अधिग्रहण वा त्यस्तै प्रभाव भएको अन्य कुनै कारवाही यसपछि समग्रमा ‘अधिग्रहण’ भनिएको गरिने छैन।

२) यो बुझिएको छ किः क हकको औपचारिक हस्तान्तरण वा सोझै जफत नगरी प्रत्यक्ष अधिग्रहण सरहको प्रभाव भएको संविदाकारी पक्षवाट गरिएको गरेको कुनै कारवाही वा कारवाहीको श्रृफ्लाबाट अप्रत्यक्ष अधिग्रहण उत्पन्न हुन्छ

ख) कुनै संविदाकारी पक्षको कुनै कारवाही वा कारवाहीको श्रृफ्लाले अप्रत्यक्ष अधिग्रहण सिर्जना गर्दछ वा गर्दैन भनी निर्धारण गर्दा अन्य कुराहरुका अतिरिक्त देहायका कुराहरुलाई समेत विचार गरी प्रत्येक विषयको छुट्टाछुट्टै तथ्यमा आधारित जाँचबुझ आवश्यक पर्नेछ ।

१)उक्त कारवाही वा कारवाहीको श्रृफ्लाको आर्थिक असर तर कुनै कारवाही वा कारवाहीको श्रृफ्लाले कुनै लगानीको आर्थिक मूल्यमा प्रतिकूल

प्रभाव पारेको छ भन्ने तथ्य मात्रैले अप्रत्यक्ष अधिग्रहण भएको छ भन्ने अर्थ लाग्दैन ।

२)कुनै पक्षको कुनै लगानीकर्ता वा कुनै कम्पनीका हकमा गरेको उक्त कारवाही क्षेत्र वा सो को प्रयोगमा विभेदकारी रहेको हद

३) कारवाही वा कारवाहीको श्रृफ्लाले लगानीसँग सम्बन्धित विशिष्ट मनासिव लगानी-समर्थित अपेक्षामा गरेको हस्तक्षेपको हद

४)सार्वजनिक हितको उद्देश्यका लागि भएको वा नभएको तथा अधिग्रहण गर्ने मनसाय र त्यस्तो कारवाहीका बीच मनासिव माफिकको अन्तर-सम्बन्ध भए वा नभएको जे भएतापनि त्यस्ता कारवाही वा कारवाहीको श्रृफ्लाको चरित्र र अभिप्राय ।

ग) अपवादजनक परिस्थितिमा बाहेक ती उद्देश्यहरु हाँसिल गर्न असल नियतले तय गरी लागू गरिएको भनी मनासिव किसिमले मान्न नसकिने गरी अत्यन्त कडा भएका उपायहरु बाहेक स्वास्थ्य सुरक्षा र वातावरण संरक्षण लगायतका वैध जनकल्याणकारी उद्देश्य संरक्षण गर्ने

अभिप्रायले तय गरी लागू गरिएका कुनै संविदाकारी पक्षवाट अपनाईएका विभेदरहित नियमनकारी उपायहरुवाट अधिग्रहण वा राष्ट्रियकरण सिर्जना हुदैन ।

घ) कुनै संविदाकारी पक्षका न्यायिक निकायहरुका स्वास्थ्य सुरक्षा र वातावरणीय सरोकारहरुलाई

सम्बोधन गर्न बनाईएका लगायतका सार्वजनिक हितका लागि निर्मित प्रयुक्त वा जारी भएका

कारवाही र निर्णयलाई अधिग्रहण वा राष्ट्रिकरण गरेको मानिने छैन ।

३)अधिग्रहण गरिएको लगानीको क्षतिपूर्ति अधिग्रहण भएको वा आसन्न अधिग्रहण सार्वजनिक जानकारीमा आएको मितिमध्ये जुन पहिले हुन्छ सोको तत्काल अगाडिको वास्तविक मूल्य बराबर हुनेछ सो क्षतिपूर्तिमा अधिग्रहणको मितिदेखि भुक्तानीको मितिसम्मको उचित एवं समन्यायिक दरको व्याज समेत समाविष्ट हुनेछ र क्षतिपूर्तिलाई अुनचित विलम्ब बिना प्रभावकारी रुपमा असूलयोग्य र स्वतन्त्रतापूर्वक

हस्तान्तरणयोग्य बनाइनेछ ।

४)प्रभावित लगानीकर्तालाई आफ्ना लगानीको अधिग्रहण र मूल्याङ्कन यस धारामा स्थापित सिद्धान्तहरु अनुसार भएको छ छैन भन्ने निर्धारण गर्ने प्रयोजनकालागि त्यस्तो अधिग्रहण गर्ने संविदाकारी पक्षको कुनै न्यायिक वा अन्य स्वतन्त्र अधिकारीद्वारा आफ्नो विषयको शीघ्र पुनरावलोकन गराउन पाउने अधिकार हुनेछ ।

५) कुनै संविदाकारी पक्षले आफ्नो प्रचलित कानून बमोजिम आफ्नो इलाकामा गठन भएको तथा अर्को संविदाकारी पक्षका लगानीकर्ताहरु सहभागी भएको कुनै कम्पनीको जायजेथा अधिग्रहण गर्दा त्यस्ता लगानीकर्ताहरुलाई उचित एवं समन्यायिक क्षतिपूर्तिको प्रत्याभूति हुने गरी यस धाराका व्यवस्थाहरु लागू भएको सुनिश्चित गर्नेछ ।

धारा ६

नोक्सानी वापतको क्षतिपूर्ति

कुनै संविदाकारी पक्षको इलाकामा युद्ध वा अन्य सशस्त्र द्वन्द राष्ट्रिय संकटकालीन अवस्था वा राष्ट्र विप्लव वा दंगाका कारणले त्यस्तो संविदाकारी पक्षको इलाकामा लगानी भएको कुनै संविदाकारी पक्षको लगानीकर्ताले नोक्सानी व्यहोर्नु परेमा त्यस्ता लगानीकर्तालाई निजको पुनः प्रतिस्थापन हर्जाना क्षतिपूर्ति वा अन्य समाधानका सम्बन्धमा सो संविदाकारी पक्षले सो संविदाकारी पक्षका आफ्ना लगानीकर्ता वा अन्य कुनै तेस्रो राष्ट्रको लगानीकर्तालाई प्रदान गरिएकोभन्दा कम सौविध्यतापूर्ण नहुने गरी व्यवहार गर्नेछ । यसवाट प्राप्त हुने भुक्तानी

स्वतन्त्रतापूर्वक हस्तान्तरणयोग्य हुनेछ ।

धारा ७

लगानी र प्रतिफलको स्वदेश फिर्ता

१) प्रत्येक संविदाकारी पक्षले आफ्नो इलाका भित्रको कुनै लगानीसंग सम्बद्ध अर्को संविदाकारी पक्षको कुनै लगानीकर्ताका सवै रकमहरु अनुचित बिलम्ब नगरी भेदभावरहित तवरले स्वतन्त्रतापूर्वक हस्तान्तरण गर्न आफ्ना कानून अनुसार अनुमति दिनेछ । त्यस्ता रकममा देहायका रकमहरु समावेश हुन सक्नेछन्

१) लगानीहरु कायम राख्न र बृद्धि गर्न उपयोग भएका पूँजी र अतिरिक्त पूँजीगत रकम;

२ )आफ्नो शेयरको अनुपातको लाभांश र व्याज लगायतका खुद मुनाफा;

३ )लगानीसंग सम्बद्ध ऋण सम्झौता बमोजिमको कुनै ऋणको ब्याज लगायतका पुनः भुक्तानीहरु;

४ )लगानीसंग सम्बद्ध रोयल्टीहरु र सेवा शुल्कहरुको भुक्तानी;

५ )तिनीहरुका शेयरको बिक्रीबाट प्राप्त आम्दानी;

६ )लगानीकर्ताहरुले बिक्री वा आंशिक बिक्री वा खारेजी लिक्विडेशन बाट प्राप्त गरेका आम्दानी;

७ )अर्को संविदाकारी पक्षको इलाकामा रहेको लगानीको सिलसिलामा काम गर्ने कुनै संविदाकारी पक्षका नागरिकका आर्जनहरु;

२) यस धाराको प्रकरण १ को कुनै पनि कुराले यस सम्झौताको धारा ६ अन्तर्गतको कुनै क्षतिपूर्तिको हस्तान्तरणलाई असर पार्ने छैन ।

३) संविदाकारी पक्षहरुले अन्यथा मन्जूर गरेमा बाहेक मूल लगानीको मुद्रामा वा संविदाकारी पक्ष र लगानीकर्ता बीच पारस्परिक सहमति भएको अन्य कुनै परिवत्र्य मुद्रामा यस धाराको प्रकरण (१) अनुसारको मुद्रा हस्तान्तरण गर्न अनुमति दिईनेछ। हस्तान्तरण हुदाँका मितिमा बजारमा प्रचलित विनिमय दरमा त्यस्तो हस्तान्तरण गरिनेछ ।

धारा ८

प्रत्याशन (सब्रोगेशन)

कुनै एक संविदाकारी पक्ष वा यसको तोकिएको निकायले अर्को संविदाकारी पक्षको इलाकामा आफ्ना कुनै पनि लगानीकर्ताको लगानीसंग सम्बन्धित गैर-ब्यापारिक जोखिम विरुद्ध कुनै हर्जाना इन्डेम्निटी को प्रत्याभूति ग्यारेन्टी गरेको र त्यस्ता लगानीकर्तालाई यस सम्झौता अन्तर्गतका तिनका दावीहरुको सन्दर्भमा कुनै भुक्तानी गरेको भएमा सो संविदाकारी पक्ष वा त्यसको तोकिएको निकायलाई प्रत्याशन सब्रोगेशन को कारणबाट त्यस्ता लगानीकर्ताका अधिकारको प्रयोग गर्ने र दावी गर्ने हक प्राप्त हुन्छ भनी अर्को संविदाकारी पक्ष मन्जूर गर्दछ । प्रत्याशन गरिएका अधिकारहरु वा दावीहरु त्यस्ता लगानीकर्ताको मूल ओरिजिनल अधिकार वा दावी भन्दा बढी हुने छैनन् ।

धारा ९

लगानीकर्ता र संविदाकारी पक्ष बीचका विवादको समाधान

१) कुनै संविदाकारी पक्षको लगानीकर्ता र अर्को संविदाकारी पक्षका बीच यस सम्झौता अन्तर्गत सो लगानीकर्ताले गरेको कुनै लगानीसंग सम्बन्धित विवाद सम्भव भएसम्म सो विवादका पक्षहरु बीचको वार्ताद्वारा मैत्रीपूर्ण रुपमा समाधान गरिनेछ ।

२) छ महिना भित्र मैत्रीपूर्ण रुपमा समाधान नभएको कुनै पनि विवादलाई दुवै पक्षहरुले मन्जूर गरेमा देहाय बमोजिम पेश गर्न सकिनेछ

क) लगानीलाई स्वीकृत गर्ने संविदाकारी पक्षको कानून बमोजिम सो संविदाकारी पक्षको सक्षम न्यायिक निकाय मध्यस्थ वा प्रशासकीय निकाय समक्ष विवाद समाधानका निम्ति; वा

ख) अन्तर्राष्ट्रिय व्यापार कानूनको लागि संयुक्त राष्ट्रसंघीय आयोगको मेलमिलाप सम्बन्धी नियमहरु अनुसार अन्तर्राष्ट्रिय मेलमिलापका निम्ति ।

३)यस धाराको प्रकरण २ मा व्यवस्था भएको विवाद समाधान कार्यविधिमा पक्षहरु सहमत हुन नसकेमा वा कुनै विवादलाई मेलमिलापका लागि पेश गरिएको तर समाधान सम्झौता हुन नसकी अन्य तरिकाले मेलमिलाप कारवाही समाप्त गरिएको भएमा सो विवादलाई मध्यस्थताको लागि पेश गर्न सकिनेछ।

मध्यस्थता सम्बन्धी कार्यविधि देहाय बमोजिम हुनेछः

१) लगानीकर्ताको संविदाकारी पक्ष र अर्को संविदाकारी पक्ष दुबै राष्ट्रहरु र अर्को राष्ट्रका नागरिकहरु बीचको लगानी सम्बन्धी विवादहरुको समाधान सम्बन्धी महासन्धि १९६५ को पक्ष छन् र लगानी सम्बन्धी विवादहरुको समाधानको अन्तर्राष्ट्रिय केन्द्रमा सो विवाद पेश गर्न

विवादका दुबै पक्षहरुले लिखित रुपमा सहमति गरेमा त्यस्तो विवाद सो केन्द्रमा पेश गरिनेछ; वा

२)विवादका दुवै पक्षहरुले मन्जूर गरेमा मेलमिलाप मध्यस्थता एवं तथ्य-निरोपण कारवाहीहरुको प्रशासनको लागि अतिरिक्त सुविधा समक्ष;

३)देहायका फेरवदलका अधीनमा रही अन्तर्राष्ट्रिय व्यापार कानूनको लागि संयुक्त राष्ट्र संघीय आयोगको मध्यस्थता नियमावली १९७६ अनुसार विवादको कुनै एक पक्षद्वारा कुनै अस्थायी

मध्यस्थ न्यायाधिकरण समक्षः

क)नियमावलीको धारा ७ अन्तर्गत नियुक्त गर्ने अधिकारी कुनै पनि संविदाकारी पक्षको नागरिक नभएको अन्तर्राष्ट्रिय न्यायालयको अध्यक्ष उपाध्यक्ष वा त्यसपछिको वरिष्ठ न्यायाधीश हुनेछ । तेस्रो मध्यस्थकर्ता कुनै पनि संविदाकारी पक्षको नागरिक हुने छैन ।

खं) पक्षहरुले आ-आफ्ना मध्यस्थकर्ताहरुको नियुक्ति दुई महीनाभित्र गर्नेछन् ।

ग)यस सम्झौताका व्यवस्थाहरु अनुसार मध्यस्थ निर्णय गरिनेछ र विवादका पक्षहरुलाई सो निर्णय बन्धनकारी हुनेछ; र

घ)मध्यस्थ न्यायाधिकरणले कुनै पक्षको अनुरोधमा आफ्नो निर्णयको आधार उल्लेख गर्नेछ र कारणहरु खुलाउनेछ ।

धारा १०

संविदाकारी पक्षहरु बीचका विवादहरु

१) यस सम्झौताको व्याख्या वा कार्यान्वयनसंग सम्बन्धित संविदाकारी पक्षहरु बीचका विवादहरुको समाधान सम्भव भएसम्म वार्ताद्वारा समाधान गरिनेछ।

२) संविदाकारी पक्षहरु वीचको विवाद सो विवाद उत्पन्न भएको मितिले छ महिनाभित्र त्यसरी समाधान गर्न नसकिएमा त्यस्तो विवादलाई कुनै एक संविदाकारी पक्षको अनुरोधमा कुनै मध्यस्थ न्यायाधिकरण समक्ष पेश गरिनेछ।

३)प्रत्येक विवादको समाधानका लागि त्यस्तो मध्यस्थ न्यायाधिकरणलाई देहाय अनुसार गठन गरिनेछ। मध्यस्थताको लागि अनुरोध प्राप्त भएको दुई महीनाभित्र प्रत्येक संविदाकारी पक्षले न्यायाधिकरणको एक÷एक सदस्य नियुक्त गर्नेछ । ती दुई सदस्यहरुले त्यसपछि तेस्रो राष्ट्रको एक नागरिक छनौट गर्नेछन्। जसलाई दुवै संविदाकारी पक्षहरुको समर्थनमा न्यायाधिकरणको अध्यक्ष नियुक्ति गरिनेछ । दुई जना

सदस्यहरुको नियुक्तिको मितिबाट दुई महीनाभित्र अध्यक्षको नियुक्ति गरिनेछ ।

४) यस धाराको प्रकरण ३ मा उल्लेख भएको अवधि भित्र आवश्यक नियुक्तिहरु नगरिएमा कुनै अर्को सम्झौताको अभावमा कुनै पनि संविदाकारी पक्षले अन्तर्राष्ट्रिय न्यायालयको अध्यक्षलाई आवश्यक नियुक्ति गर्न आमन्त्रण गर्न सक्नेछ । अध्यक्ष कुनै एक संविदाकारी पक्षको नागरिक भएमा वा अन्य कुनै कारणले गर्दा निजलाई उक्त कार्य सम्पादन गर्न बन्देज भएमा उपाध्यक्षलाई आवश्यक नियुक्ति गर्न

आमन्त्रण गरिनेछ । उपाध्यक्ष पनि कुनै एक संविदाकारी पक्षको नागरिक भएमा वा अन्य कुनै कारणले गर्दा निजलाई पनि उक्त कार्य सम्पादन गर्न बन्देज भएमा कुनै पनि संविदाकारी पक्षको नागरिक नभएको अन्तर्राष्ट्रिय न्यायालयको बरिष्ठतामा त्यसपछिको सदस्यलाई आवश्यक नियुक्ति गर्न आमन्त्रण गरिनेछ ।

५) मध्यस्थ न्यायाधिकरणले आफ्नो निर्णय बहुमतको आधारमा गर्नेछ । त्यस्तो निर्णय दुवै संविदाकारी पक्षहरुलाई बन्धनकारी हुनेछ । प्रत्येक संविदाकारी पक्षले न्यायाधिकरणको आफ्नो सदस्यको र मध्यस्थ कारवाहीमा आफ्नो प्रतिनिधित्वको खर्च व्यहोर्नेछ । अध्यक्षको खर्च र बांकी खर्चहरु संविदाकारीपक्षहरुद्वारा समान रुपमा व्यहोरिनेछ । तर न्यायाधिकरणले आफ्नो निर्णयमा दुई संविदाकारी पक्षहरु मध्ये

कुनै एकले उच्च अनुपातमा खर्च व्यहोर्ने गरी निर्दिष्ट गर्न सक्नेछ र यस्तो निर्णय दुवै संविदाकारी पक्षहरुलाई बन्धनकारी हुनेछ । न्यायाधिकरणले आफ्ना कार्यविधिहरु आफै निर्धारण गर्नेछ ।

धारा ११

कर्मचारीहरुको प्रबेश र बसाई

संविदाकारी पक्षले गैर-नागरिकहरुको प्रबेश र बसाइसंग सम्बन्धित आफ्ना प्रचलित कानूनको अधीनमा रही अर्को संविदाकारी पक्षका प्राकृतिक व्यक्तिहरु र अर्को संविदाकारी पक्षका कम्पनीहरुद्वारा काममा लगाइएका कर्मचारीहरुलाई लगानीसंग सम्बद्ध गतिविधिहरुमा संलग्न हुने उद्देश्यका लागि आफ्नो इलाकामा प्रबेश गर्न र रहन अनुमति दिनेछ ।

धारा १२

लागू हुने कानून

१)यस सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक सबै लगानीहरुका हकमा त्यस्ता लगानीहरु गरिएका संविदाकारी पक्षको इलाकामा प्रचलित कानून लागू हुनेछ ।

२) यस धाराको प्रकरण १ मा जुनसुकै कुरा लेखिएको भए तापनि यस सम्झौताको कुनै पनि कुराले आतिथ्य प्रदान गर्ने संविदाकारी पक्षलाई आफ्नो कानून अनुसार भेदभावरहित तवरमा सामान्य र मुनासिब रुपमा लागू गरिएको आफ्नो अत्यावश्यक सुरक्षा हितको रक्षाका निम्ति वा अत्यन्त संकटकालीन परिस्थितिमा कुनै कारवाही गर्न रोक लगाउने छैन ।

धारा १३

अन्य नियमहरुको प्रयोग

कुनै एक संविदाकारी पक्षको कानून एवं नियमका व्यवस्थाहरु वा प्रस्तुत सम्झौता बाहेक संविदाकारी पक्षहरु बीच अन्तर्राष्ट्रिय कानून अन्तर्गतका हाल विद्यमान रहेका वा यसपछि सिर्जना हुने दायित्वमा अर्को संविदाकारी पक्षका लगानीकर्ताको लगानीलाई यस सम्झौताद्वारा प्रदान गरिएकोभन्दा बढी सौबिध्यतापूर्ण व्यवहारको हक प्रदान गर्ने सामान्य वा खास नियमहरु समाविष्ट भएका रहेछन् भने त्यस्ता नियमहरु ती बढी सौविध्यतापूर्ण भएको हदसम्म यस सम्झौता उपर लागू हुनेछन् ।

धारा १४

लाभहरुको इन्कारी

१) कुनै गैर-पक्षका व्यक्तिहरुमा एउटा संविदाकारी पक्षका लगानीकर्ताको स्वामित्व वा नियन्त्रण रहेको र इन्कार गर्ने संविदाकारी पक्षलेः

क) त्यस्तो गैर-पक्षसंग कुटनीतिक सम्बन्ध कायम नराखेको भएमा; वा

ख) सो लगानीकर्तासँगको कारोवार निषेध गर्ने गरी त्यस्तो गैर-पक्षसँग सम्बन्धित उपायहरु ग्रहण गरेको वा कायम राखेको भएमा वा सो लगानीकर्तालाई वा सो को लगानीलाई यस सम्झौताका लाभहरु प्रदान गरिएमा त्यस्ता उपायहरुको उल्लंघन वा संकुचन हुन सक्ने भएमा अर्को संविदाकारी पक्षले त्यस्तो संविदाकारी पक्षको सो लगानीकर्तालाई र सो लगानीकर्ताको लगानीलाई यस सम्झौताका लाभहरु दिन इन्कार गर्न सक्नेछ ।

२)एउटा संविदाकारी पक्षको कुनै प्रतिष्ठानको सो संविदाकारी पक्षको इलाकामा कुनै सारभूत व्यावसायिक गतिविधिछैन र उक्त प्रतिष्ठानमा कुनै गैर-पक्ष वा अर्को संविदाकारी पक्षका व्यक्तिहरुको स्वामित्व वा नियन्त्रण छ भने पछिल्लो संविदाकारी पक्षले पहिलो संविदाकारी पक्षको त्यस्तो प्रतिष्ठानको रुपमा रहेको लगानीकर्ता र त्यस्तो लगानीकर्ताका लगानीको हकमा यस सम्झौताका लाभहरु दिन इन्कार गर्न सक्नेछ ।

८)कुनै कम्पनीको सारभूत व्यावसायिक गतिविधि निर्धारण गन्र अन्य कुराका अतिरिक्त रकमको लगानी व्यवस्थापन स्वामित्व हक आर्थिक विवरण उत्पादन रोजगारीको जानकारी तथा कुनै खास समयमा उत्पादन गरिएका वस्तुहरुको सूची जस्ता कुराहरुलाई पनि विचार गर्न सकिन्छ ।

धारा १५

लागू हुने

यो सम्झौता लागू हुनको निम्ति संविदाकारी पक्षका कानूनी शर्तहरु पूरा भएको सुनिश्चित गर्दै्र कुटनीतिक सूचनाहरु आदान प्रदान भएको मितिदेखि यो सम्झौता लागू हुनेछ ।

धारा १६

अवधि अन्त्य र संशोधन

१)यो सम्झौता दश वर्षको अवधिसम्म बहाल रहनेछ र त्यसपछि कुनै एक संविदाकारी पक्षले यो सम्झौता अन्त्य गर्ने आफ्नो मनसायको लिखित सूचना अर्को संविदाकारी पक्षलाई नदिएसम्म यसको अवधि स्वतः विस्तार भएको मानिनेछ । त्यस्तो लिखित सूचना प्राप्त भएको मितिले एक बर्षमा यो सम्झौता अन्त्य हुनेछ ।

२) यस धाराको प्रकरण १ बमोजिम यो सम्झौता अन्त्य भएको भए तापनि यो सम्झौता अन्त्य भएको मितिभन्दा अघि गरिएका वा आर्जित लगानीहरुका हकमा यो सम्झौताको बहाली यो सम्झौता अन्त्य भएको मितिबाट दशबर्षसम्मको अर्को अवधिसम्म निरन्तर रहनेछ ।

३)यस सम्झौतालाई पक्षहरुको आपसी सहमतिद्वारा कुटनीतिक पत्रहरुको आदान प्रदान मार्फत् संशोधन गर्न सकिनेछ । यस कुराको प्रमाणस्वरुप आ-आफ्ना सम्बन्धित सरकारहरुबाट विधिवत अख्तियारी प्राप्त गरेका देहायका हस्ताक्षरकर्ताहरुले यस सम्झौतामा हस्ताक्षर गरेका छन् ।

आज मिति २०६८ साल कार्तिक ४ गते तदनुसार सन् २०११ अक्टोबर २१ तारीख शुक्रबारका दिन नेपाली हिन्दी र अंगे्रजी भाषामा दुई-दुई मूल प्रतिहरुमा सबै प्रति समान रुपले प्रामाणिक हुने गरी सम्झौता सम्पन्न भयो । व्याख्यामा कुनै मतभिन्नता भएको अबस्थामा अंगे्रजी भाषाको प्रति मान्य हुनेछ ।

रिडीमा सामुहिक रुपमा म्हपुजा गर्ने

 नेपाल संवत ११३२ नयाँ बर्ष तथा म्हपुजाको अबसर पारेर नेवा देय दबुको आयोजनामा यही आउँदो १० गते म्हपूजाको दिन रिडी बजारमा नेवा र्याली निकालिने भएको छ्। नेवा देय दबु,रिडीको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो,साथै उक्त बैठकले सुगन्ध बिहार,रिडीमा सामुहिक रुपमा म्हपुजा समेत गर्ने निर्णय गरेको छ्। म्हपुजा भन्नाले आफुले आफ्नै शरीरको पूजा गर्ने परम्परा हो जुन नेवार समुदायले तिहारको दोश्रो दिन(लक्षमी पूजाको आर्कोदिन)गर्ने गर्छन्।

Monday, October 24, 2011

ठाडा गविसका निवर्तमान अध्यक्ष बसन्त कुमार श्रेष्ठले सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाए

ठाडा गविसका निवर्तमान अध्यक्ष बसन्त कुमार श्रेष्ठले सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाएर बसेको पुष्टी भएपछि स्थानीय सर्वसाधारण विरोध गरेका छन ।


ठाडाको डमरु दह छेउ नजिकै रहेको सार्वजनिक जग्गा श्रेष्ठले २७ वर्षदेखि भोगचलन गर्दै आएका थिए ।

जिल्ला अदालतले उक्त जग्गा सार्वजानिक भएको ठहर गरेपछि सयौंको संख्यामा उपस्थित गाउँलेले नारा जुलुससहित विरोध र्याली नै निकालेर श्रेष्ठले कब्जा गरी बसेको जग्गा तुरुन्त छाडन चेतावनी दिएका छन । पर्यटकीय स्थल डमरु तालको छेउमा श्रेष्ठले ५ रोपनी ३ आना ३ दाम महत्वपूर्ण स्थानमा रहेको जग्गा २७ वर्षदेखि कब्जा गर्दै आएका थिए । विरोध सभामा आक्रोशित सहभागीहरुले जनतालाई ठगी सर्वजनिक जग्गा अतिक्रमण गर्ने श्रेष्ठलाई गाउँ छाड्न चेतावनी दिएका छन् । श्रेष्ठ एमाले जिल्ला सदस्य हुन् ।

ठाडामा पंञ्चायतकालमा सदरमुकाम बसेकोले अर्घाखाँचीको दोस्रो सदरमुकामको रुपमा लिईन्छ । अहिले पनि जिल्लाको दक्षिणी क्षेत्रका मुख्य नाका भएकाले उक्त स्थानमा रोपनीको ५० लाख रुपैयाँ मुल्यमा बिक्री हुँदै आएको छ ।

श्रेष्ठले झण्डै चार करोड मुल्य पर्ने सार्वजनिक जग्गा कब्जा गर्दै आएको गाउँलेको भनाई छ । पञ्चायतकालमा पञ्चहरुको आडमा कब्जा गरी बसेको र २०५२ सालमा गाविस अध्यक्ष भएको बेला सार्वजनिक जग्गा आफनो भएको भन्दै पक्की घर बनाएका थिए । अतिक्रमित सार्वजनिक जग्गा छानविन गर्न गाउँलेले जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला न्यायाधिश ऋषी प्रसाद अधिकारीको एकल ईजालसले जग्गा सर्वाजनिक भएको ठहर गरेपछि ठाडाका सयौं स्थानीय सर्वसाधारण गाउँले अतिक्रमण गरी बसेको जग्गामा उपस्थित भई विरोध गर्दै सार्वजनिक जग्गा छाड्न भन्दै घर घेरेका थिए ।

विवाह गर्न नमानेकै कारणबाट छिमेकीबाट हत्या

रूपन्देहीको धमौली-५ मा एक किशोरीको विवाह गर्न नमानेकै कारणबाट छिमेकीबाट हत्या भएको छ।


इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार सफिक मुसलमानकी १६ वर्षीया छोरी सविनालाई सोही गाविस-१ का हसन मोहम्मद मुसलमानले हत्या गरेको अभियोग लगाइएको छ ।

आफ्नी सानीआमाको छोरासँग विवाह गर्न अस्वीकार गरेको रिसमा निजले कर्तव्य गरिमारेको बयान हसनले प्रहरीलाई दिएको प्रहरी निरीक्षक देवी पौडेलले जानकारी दिनुभयो। अभियुक्त हसनलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको छ।

Sunday, October 23, 2011

दलितले मन्दिर प्रवेश गर्न पाए

जातीय विभेद नगर्ने सहमतिपछि गुल्मीको ठुलोलुम्पेक ९, पाहादीका दलितले मन्दिर प्रवेश गर्न पाएका छन् । पुस्तौँदेखि यहाँका दलितले मन्दिर प्रवेश गर्न पाएका थिएनन् ।


असोज १८ गते नवमीका दिन स्थानीय २४ वषर्ीय हरि विश्वकर्मालाई मन्दिर प्रवेश गर्दा कुटपिट भएको थियो । गैरदलितले उनलाई ढुंगा बोक्ने सजायसमेत तोकेका थिए । ढुंगा बोक्न नसकेका विश्वकर्माले आफूमाथि कुटपिट भएको र सजाय तोकेको इलाका प्रहरी कार्यालय, रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका थिए ।

बुधबार र बिहीबार रिडी प्रहरीमा भएको छलफलपछि गैरदलितले दलितसँग माफी मागेपछि मन्दिर प्रवेश गर्ने सहमति भएको हो । ठुलोलुम्पेकको पाहादीमा चार घर दलित बस्ती छ । उनीहरू शनिबार मन्दिर प्रवेश गरेर पूजाआजासमेत गरेको स्थानीय बालकृष्ण विश्वकर्माले बताए । उनकै नेतृत्वमा मन्दिर प्रवेश गरिएको थियो ।

'मन्दिर स्थापना गर्न दलित समुदायको पनि सहयोग छ,' विश्वकर्माले भने, 'मन्दिर व्यवस्थापन समितिमा समेत दलित समुदायलाई राखिएको छ तर जातीय छुवाछुत कायमै थियो ।' व्यवस्थापन समितिमा विश्वकर्मालाई राखिए पनि उनलाई मन्दिरमा पसेर पूजा गर्ने छुट थिएन ।

वषार्ंैपछि गाउँको मन्दिरमा प्रवेश गरेर पूजा गर्न पाएपछि उनीहरू खुसी भएका छन् । मन्दिर व्यवस्थापन समिति सदस्य बालकृष्ण विकको नेतृत्वमा चार घर विश्वकर्मा र वडा ७ का श्याम सार्कीले समाबेसी पूजाआजा गरेका छन् । दलित समुदायले चढाएको प्रसाद भित्र लैजान नपाएको उनीहरूको गुनासो थियो । 'पुस्तौँदेखि नपाएको मन्दिर प्रवेश गरेर पूजा गर्न पाउँदा खुसी लागेको छ,' सार्कीले भने, 'अहिले आफूलाई मान्छे भएको जस्तो अनुभूति भएको छ ।'

मन्दिर व्यवस्थापन समिति सदस्य रामप्रसाद पाण्डेले गैरदलितले पनि सोही मन्दिरमा पूजा गर्ने बताए । 'त्यही मन्दिरमा पूजा गरिन्छ,' उनले फोनमा भने, 'श्रद्धा भएका धर्म भएकाले पूजा गर्छन् ।'

Friday, October 21, 2011

छोराले दाउराले हिर्काएर आफ्नै बुबाको हत्या

पाल्पाको भूवनपोखरी गाविस २ मा छोराले दाउराले हिर्काएर आफ्नै बुबाको हत्या गरेका छन् ।
४३ वर्षीय दिपबहादुर आलेले ७५ वर्षीय बाबु बसन्तबहादुर आलेलाई चिर्पटले हिर्काएर हत्या गरेका हुन् । छोराको कुटाइबाट घाइते भएका बृद्धको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार घाइते भएका बसन्तलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार गरेर घर लगेपछि उनको मृत्यु भएको छ । छोरा दिप बहादुर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ ।

सामान्य झगडाको क्रममा बाबुले समात्न आएपछि चिर्पटले हिर्काएको प्रहरीको बयानमा छोरा दिपले भनेका छन् ।



सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष भनि नेपाल सरकारद्धारा गरिएको घोषणाप्रति युवा बौद्ध समूह काठमाडौँको आपत्ति

सरोकारवालासँग कुनै परामर्श नै नगरी सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष भनि नेपाल सरकारद्धारा गरिएको घोषणाप्रति युवा बौद्ध समूह काठमाडौँले आपत्ति प्रकट गरेको छ। बुद्धधर्मको प्रसारप्रसार र प्रवर्द्धनमा लामो समयदेखि समर्पित व्यक्ति तथा संस्थाहरुको प्रतिनिधित्व बिना नै भ्रमण वर्ष र उच्चस्तरीय बृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठनको घोषणा गरिएकोमा आपत्ति प्रकट गरेको हो।


युवा बौद्ध समूहले एक विज्ञप्ति जारी गर्दै यसप्रति खेद ब्यक्त गरेको छ। विश्वका असंख्य बौद्धजनको आस्थाको केन्द्र भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा विकास निर्माणका कार्य अघि बढाउने काम जापानी वास्तुकलाविद केन्जो टाँगेले तयार गर्नुभएको गुरुयोजनाविपरीत हुन नहुनेतर्फ पनि समूहले सबै पक्षको ध्यानाकर्षण गराएको छ।

प्रधानमन्त्री डा बाबुराम भट्टराईको भारत भ्रमणको बेला लुम्बिनीको जन्मस्थलबारे छिमेकी मुलुकबाट हुँदैआएको मिथ्याप्रचारको नेपाल सरकारको तर्फबाट आधिकारिक तवरमा खण्डन गरिनुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ।

Wednesday, October 19, 2011

अर्घाखाँचीको केरुङ्गावाट बुटवलतर्फ जादै गरेको जिपबाट खसेर एकजनाको मृत्यु

अर्घाखाँचीको केरुङ्गावाट बुटवलतर्फ जादै  गरेको लु१ज ११६८ नम्बरको जिपबाट खसेर गुल्मी दौँघा गाविस वडा नम्बर ६ का १८ वर्षीय मानबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। तम्घास-तानसेन सडक खण्ड अन्तर्गत पाल्पाको देउराली लगुवामा गुडिरहेको जिपबाट खसेर एकजनाको ज्यान गएको  हो ।   जिपको ढोकामा झुण्डिएर यात्रा गरिरहेका नेपालीको टाउकोमा गम्भीर चोट लागेकामा उपचारका लागि तानसेन तर्फ ल्याउँदै गर्दा बीच बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


यौन कृयाकलापमा संलग्न एक जोडी रङ्गेहात पक्राउ

यौन कृयाकलापमा संलग्न एक जोडीलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ। तानसेनको बनदेवी भन्ने स्थानमा यौनसम्पर्क गरिरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।


पक्राउ पर्नेहरुमा जिल्लाको चापपानी गाविस-९ घर भई हाल तानसेन बसेर क्याम्पस अध्ययन गर्दै आएका २१ वर्षीय युवा र मस्याम गाविस-६ घर भई हाल तानसेन बसी अध्ययन गर्दै आएकी १९ वर्षीया युवती रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले जनाउनुभएको

दुर्गा मन्दिरमा पूजा गरेको भन्दै गुल्मी ठूलोलुम्पेकका एक 'दलित' युवकलाई ढुंगा बोक्ने सजाय

दसैंमा दुर्गा मन्दिरमा पूजा गरेको भन्दै गुल्मी ठूलोलुम्पेकका एक 'दलित' युवकलाई गाउँलेले कुटपिट गरी ढुंगा बोक्ने सजाय तोकेका छन् । गाउँलेको सजायअनुसार ढुंगा बोक्न नसकेपछि ती युवा भागेर पाल्पा आइपुगेका छन् ।


ठूलोलुम्पेक-९ का २४ वर्षीय हरि विश्वकर्मालाई मन्दिरमा पूजा गरेको आरोपमा गाउँलले सजाय तोकेका हुन् । परम्परागत रीतिरिवाज उल्लंघन गरेको भन्दै आफूलाई गाउँलेले स्थानीय धुसेनी पहाडी प्राथमिक विद्यालयका लागि चार दिनसम्म ढुंगा बोक्ने सजाय तोकेको उनले बताए । ढुंगा बोक्न नसकेपछि गाउँबाट विस्थापित भई उनी पाल्पाको तानसेनस्थित आफन्तकहाँ आएका हुन् ।

'दसैंको नवमीका दिन दुर्गा मन्दिरमा पूजा गरेर बाहिर निस्केको थिएँ,' उनले भने, 'अध्यक्ष अनन्त भट्टराई र शिक्षक रामप्रसाद पाण्डे लगायतले मन्दिरमा तँ दलित किन पसिस् भन्दै कुटपिट गरे ।' त्यसपछि गाउँलेले छलफल गरी सजाय तोक्दै ढुंगा बोक्न पटक-पटक धम्क्याएपछि न्याय खोज्दै गुल्मीको सदरमुकाम तम्घास आई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय रिडीमा निवेदन दिएर उनी पाल्पा आएका हुन् ।

शिक्षक पाण्डेले भने आफूले कुटपिट नगरेको बताए । 'मैले होइन, युवाहरूले हात हालेका हुन्,' उनले भने ।

'एक्लै चार दिनभर ढुंगा बोक्नुपर्ने निर्णय गरे,' उनले भने, 'गाउँमा हामी कमजोर भएकाले केही बोल्न सक्ने अवस्था भएन ।' गाउँमा चार घर दलित परिवार बसोवास गर्छन् । इलाका प्रहरी कार्यालय रिडी, गुल्मीका प्रहरी सहायक निरीक्षक जनक भुसालले पीडितको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिने बताए ।

भारतीय राजदुताबासको सहयोगमा रिडीको संस्कृत तथा साधारण माबीको नयाँ भवन बन्ने

भारतीय राजदुताबासको ३ करोड ९३ लाख रुपैयाको सहयोगमा रिडीको संस्कृत तथा साधारण माबीको नयाँ भवन बन्ने भएको छ्। गएको आस्विन २७गते ग्रामीण बिकास तथा भवन निर्माण बिभाग पाल्पा,संस्कृत तथा सधारणा मा बी, रिडी र भारतीय राजदुताबासका बिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ्।

सम्झौता अनुसार दुतावासले तीन तले,करीब ४०० विद्यार्थी क्षमता भएको भवन निर्माणका लागि ३ करोड ९३ लाख रुपैया उपलब्ध गराउने छ्। नेपाल भारत आर्थिक सहयोग कार्यक्रम अन्तरगत निर्माण गर्न लागिएको उक्त भवनको निर्माण ग्रामीण बिकास तथा भवन निर्माण बिभाग,पाल्पाले गर्नेभएको छ्। गुल्मीमा यो भारत सरकारको पाँचौ बिकास परीयोजना हो।

Tuesday, October 18, 2011

अर्घाखाँचीका ४२ गाविस मध्ये झन्डै ३७ गाविसमा टोलैपिच्छे सडकको पहुँच

एउटा पहाडी जिल्लामा कति वटा सडक होलान् ? अर्घाखाँचीका हकमा भने तपाईको अनुमान फेल खान सक्छ । जिल्लाका ४२ मध्ये झन्डै ३७ गाविसमा टोलैपिच्छे सडकको पहुँच छ । तिनको संख्या ५ सयभन्दा बढी छ । घरघरमा यातायातको सुविधा पुगेको छ । सुविधाले यहाँका सर्वसाधारण पैदल हिँड्न छाडेका छन् । सडकको हिसाबले अर्घाखाँची मुलुककै नमुना बन्न पुगेको छ ।


गाविसका सबै टोलटोलमा गाडी पुगेपछि सर्वसाधारणले सुविधा पाएका छन् । टोलसम्म सडक पुर्‍याउन स्थानीयले वनको घाँस, दाउरा बेचेर र चन्दा उठाएर रकम संकलन गरेका हुन् । एउटा वडामा कम्तीमा १० वटा सडक छन् । सडक सुविधाले गर्दा एकैदिनमा सदरमुकामसहित जिल्लाका सबै गाविस घुम्न सकिन्छ ।

सबै सर्वसाधारणलाई यातायातको सुविधा भएको महसुस गराउन जिल्ला परिषद्ले ७० प्रतिशत बजेट छुट्याएर सात वर्षदेखि सडक निर्माणमा लागिपरेको छ । वषर्ायाममा समेत गाउँमा गाडी चल्छन् । चार वर्षदेखि जिल्लावासी जुनसुकै ठाउँमा जाँदा पैदल हिँड्न छाडेका हुन् । जिल्ला विकास समितिको तथ्यांकमा अहिलेसम्म निर्माण भएका १ सय ५१ स्थानीय कच्ची सडक, २८ मुख्य सडक, ५० वटा गाउँस्तरीय र ९६ वटा जिल्ला स्तरीय सडक छन् । स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलका अनुसार यो वर्ष १६ वटा सहायक स्तरका सडक निर्माण र ९ वटा मुख्य सडकको स्तरोन्नति गरिँदै छ । यी सडक जिल्ला विकास समितिको योजना खनिएका हुन् । यीबाहेक गाउँलेले चन्दा संकलन, वनको आम्दानी र आफैंले खनेका सडक त्यसको दोब्बर छन् ।

गाउँलेको प्रयासमा खनिएका मोटरबाटाको अभिलेख जिविसले राखेको छैन । यस्ता सडक ३ सय ५० भन्दा बढी रहेको अनुमान छ । गाउँलेले आफैं उपभोक्ता समिति गठन गरेर जिविसलाई जानकारी नदिई सडक बनाएर पनि मोटर गुडाएका छन् । टोलस्तरीय सडकका लागि बिदेसिएका युवाहरूले सामूहिक चन्दा संकलन गरी रकम जुटाउने गरेका छन् । मोटर पुगेपछि गाउँमा अकस्मात् बिरामी पर्नेहरू पनि सजिलै सदरमुकामको अस्पताल पुग्न सकेका छन् । विवाह, पूजाआजा, भोजभतेरदेखि राजनीतिक दलले गर्ने सानाठूला कार्यक्रममा समेत कोही पैदल हिँड्दैनन् । अधिकांश गाउँलेले १० मिनेटको पैदल हिँडेपछि गाडी चढेर सदरमुकाम र अन्य गाउँमा जान पाउँछन् । गाउँका सबै बाटोमा जिप र ट्याक्टर चल्छन् । राम्रो सडक भएका २० गाविसका मुख्य सडकमा बस चल्छन् । यहाँ देउराली यातायात समितिद्वारा सञ्चालित १ सय ५ वटा जिप गाउँगाउँ पुगेका छन् । छिमेकी जिल्ला गुल्मी, प्यूठान, कपिलवस्तु, दाङसम्म ३ देखि ४ घन्टाको यात्रामा पुग्न सकिन्छ ।

जिल्लाको दक्षिणी भेग सिमलपानी, जलुके, जुकेना, सिद्धारा, सुवर्णखाल गाविस भौगोलिक हिसाबले धेरै ठूला र बस्ती पातलो भएकाले यी गाविसको टोलसम्म बाटो पुर्‍याउन योजनाबद्ध ढंगले ध्यान दिएको जिविसले जनाएको छ । वर्षाको बेला पहिराले बाटो भत्काइदिएका गाउँका मुख्य र सहायक सडकलाई सरकारी बजेटबाट मर्मत सुधार गरिन्छ । टोलस्तरका बाटा भने गाउँलेले आफैं मर्मत गर्दै आएका छन् । जिल्लाका २८ वटा मुख्य सडकलाई ग्राभेल गर्ने योजना रहेको स्थानीय विकास अधिकारी पौडेलले बताए । गाउँमा मोटर पुगेपछि गाउँलेले सदरमुकाम झर्दा घरमा उत्पादन भएका तरकारीदेखि फलफूल बेच्न ल्याउने गरेको बाँगी गाविसका पूर्वअध्यक्ष पीताम्बर भुसालले बताए । उनले भने, 'यातायातले कामलाई छिटो बनाइदिएको छ ।'

सडक बनेपछि सदरमुकाममा पुगेर एकै दिनमा नागरिकता बनाउने लगायत अड्डाअदालतका काम सकी र्फकने गरेको गाउँलेको भनाइ छ । 'टोलसम्मै सवारी साधन पुगेपछि अर्घाखाँचीका बासिन्दाको आर्थिक स्तर बढेको छ,' पूर्वअध्यक्ष भुसालले भने, 'बजार पाउन थालेकाले तरकारी, फलफूल, जडिबुटी उत्पादनमा वृद्धि हुँदै गएको छ ।'

गाउँमा आफ्नो प्रभाव देखाउन राजनीतिक दलहरूले बाटोमा बढी बजेट हाल्ने गरेका छन् । जिल्ला, क्षेत्र र गाउँ स्तरीय पहुँचवाला स्थानीय नेताले आफ्नो गाउँमा धरै बाटो खनेका छन् ।

Friday, September 2, 2011

आज पनि दुर्घटना

आज बुटवल बाट सालझंदी तर्फ जादैगरेको लु .१ ज २१३९ नम्बरको जीपले परुवा ४ मा घरबाट सडकतर्फ निस्कन लाग्दै गरेको लु.१ ज.३५७४ नम्बर को कार लाई ठक्कर दिदा चालक प्रदीप गौतम घाइते हुनुभएको छ / घाइतेभएका गौतमको स्थानीय मेडिकल मा उपचार भै रहेको छ /

यसैगरि बुटवलबाट पश्चिमतिर जादैगरेको लु .४ प. ८४०३ नम्बरको मोटर साइकलले सोहि दिसातिर गैरहेको लु .१० प. ९८०९ नम्बरको मोटरलाई परुवा-४ मुर्गीयामा ठक्कर दिदा रुपन्देही मानपकडीका जनार्दन चौहान घाइते भएका छन् , चौहान लाई स्थानीय परुवा मेडिकलमा उपचार हुननसक्दा थप उपचारको लागि बुटवल ल्याइएको प्रहरी स्रोतले जनाएको छ /
 

पाल्पाको चिदीपानीमा ट्याक्सी दुर्घटना

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चिदीपानी -१ विरौटामा शुक्रवार भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

पोखराबाट वुटवल हिडेको ग १ ज ३८०५ नम्वरको ट्याक्सी दुर्घटनामा परी बाग्लुङ्ग, ताराखोलाका चेतराम कन्डेलको घटनास्थलमै मृत्यु भएको छ । म्याग्दी मुन गाविस ४ का नन्दप्रसाद रोकामगरको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनको लुम्विनी मेडिकल कलेज, प्रभास पाल्पामा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको अवस्था गम्भीर छ ।

घाइते चालक गोरखा ठूलो रिपका गणेश रानामगर र बाग्लुङ्गका धनबहादुर रानामगरको तानसेन स्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाग्रस्त ट्क्याक्सी सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनायो ।



Wednesday, August 31, 2011

अर्घाखाँचीमा नाचगान गरेर तीज मनाइदै


आज हरितालिका तीज अथार्त हिन्दू नारीहरुले आफ्ना श्रीमानको लामो आयु तथा सुस्वास्थ्यको कामना गर्दै निराहार व्रतबसि नाचगानका साथ यास पर्व मनाउने दिन । यसै अवसरमा काठमाडौँको पशुपतिनाथ  सहित अर्घाखाँचीमा पनि नाचगान गरेर   तीज मनाइदै छ / अहिले अर्घाखाँचीको बलकोट , चिदिका , ठुलापोखरा , केरुंगा , सन्धिखर्क लगायत ४२ वटै गाविसमा तीज गीतहरुको कारण संगीतमय भएको छ /


भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाएर आज तृतीयाका दिन व्रत बसी पाचमीको दिन सप्तर्षिको पूजा गरेपछि तीज सम्पन्न हुन्छ ।तीजको दर खान विशेषगरी माइतीले छोरी चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरी चेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन यस पर्वमा पाइन्छ । हिन्दू महिलाको महान् धार्मिक पर्वका रुपमा लिइने तीजमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ ।

नारी स्वतन्त्रताको प्रतीकका रुपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी चुरा पोते र गरगहनामा सजिएका महिलाको आज बिहानैदेखि घुइँचो लागेको छ । धार्मिकस्थलमा महिलाको सौभाग्यका सामग्रीको किनबेच गर्नेको पनि घुइँचो छ ।

हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यस व्रतलाई हरितालिका तीज भन्ने गरिएको पुराणमा वर्णन छ ।

भाद्र शुक्ल पूर्णिमाको तृतीयाको दिन पार्वतीले शिवजीलाई पतिका रुपमा प्राप्त गर्न व्रत बसेपछि शिवजी पति पाएकाले तीजको व्रतको महत्व बढेको छ । सधवा नारीले पतिको आयु वृद्धिका लागि कन्याले उत्तम पुरुष पतिका रुपमा पाउन र विधवाले पतिको मुक्तिका लागि व्रत बस्ने गरेको पाइन्छ ।

तीजमा विगतका केही वर्षदेखि सरकारी र गैरसरकारीस्तरमा सामूहिकरुपमा दर खाने र चुरापोते बाँड्ने चलन पनि बढिरहेको छ । यस दिन महिलाका लागि सरकारी बिदा घोषणा गरिएको छ ।

बुटवलमा आधुनिक मासु प्रशोधन उद्योग

विदेशबाट बर्सेनि करोडौं रुपैयाँका खसीबोका र मासु आयात भइरहेका बेला बुटवलमा २ करोड रुपैयाँ लगानीमा आधुनिक मासु प्रशोधन उद्योग सुरु भएको छ ।

सरकारी मापदण्डअनुसार नेपालकै पहिलो दाबी गरिएको क्वालिटी मासु प्रशोधन उद्योगले भदौ पहिलो सातादेखि व्यावसायिक उत्पादन थालेको हो ।

२०६६ फागुन १० गते बुटवल–१५ बदेलपोखरीमा स्थापना गरिएको उद्योगले चिकन ससेज, बफ ससेज र अस्ट्रिच सिफुडलगायत विभिन्न मासु परिकार उत्पादन गर्छ । हाल लुम्बिनी अञ्चलका ६ जिल्लालाई लक्षित गरी दैनिक ४ क्विन्टलका दरले उत्पादन भइरहेको सञ्चालक कृष्ण पौडेलले जानकारी दिए । निकट भविष्यमै उत्पादन बढाएर नारायणी, गण्डकी र राप्ती अञ्चलमा बजार विस्तार गर्ने लक्ष्य उद्योगको छ ।

करिब ७ कठ्ठा क्षेत्रफलमा फैलिएको उद्योग अवलोकनका लागि जिल्ला पशुसेवा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । उद्योगले हाल स्थानीय बजारबाट नगन्य मात्रामा खसी पाइरहेको छ । सबैभन्दा बढी भारत र चीनको खासाबाट भेडा, च्यांग्रा आयात गर्ने गरिएको पौडेलले बताए ।

“७० प्रतिशत खसी नेपालबाहिरबाट र ३० प्रतिशत स्थानीयस्तरमा उपलब्ध हुन्छ,” उनले भने, “यो अवस्था कम गर्न थप ६० लाख रुपैयाँ लगानी गरेर यही वर्ष पाँच सय बाख्रा आफैं पाल्दैछौं ।”

आगामी पाँच वर्षभित्र २ हजार बाख्रा पाल्ने लक्ष्यसहित काम भइरहेको पौडेलले बताए । “कृषिप्रधान मुलुकमा बर्सेनि अर्बौं रुपैयाँका खसीबोका विदेशबाट आयात हुन्छ, यहाँका जनशक्ति काम नपाएर खाडी मुलुक भौतारिन्छन्,” उनले भने, “त्यसैले बाख्रापालनमा राष्ट्रकै ध्यान खिच्न हामीले उद्योगसँगै देशकै ठूलो बाख्रापालन फार्म सञ्चालन गर्ने लक्ष्य राखेका छौं ।”

हाल खसी र कुखुराका गरी करिब ७० परिकार उपलब्ध गराउँदै आएको उद्योगले रुपन्देहीका मुख्य सहरहरूमा गाडीमार्फत फास्टफुड काउन्टरसमेत सञ्चालन गरिरहेको छ । उद्योगले ४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । उद्योगबाट निस्कने फोहरबाट बायोग्यास निकाल्ने गरिएकाले प्रदुषण नहुने पौडेल बताउँछन् । “फोहर पानी प्रशोधन गरेर सिँचाइ गर्न मिल्नेगरी व्यवस्थापन गरिएको छ,” उनले भने

Tuesday, August 30, 2011

अर्घाखाँचीमा एटिएमतर्फ आकर्षण बढ्दो

चाहिएका बेला जहाँबाट पनि झिक्न सकिने भएपछि बैंकका ग्राहकको आकर्षण एटिएमतर्फ बढेको छ । सहरबाट बिनाझन्झट रकम निकाल्न सकिने भएपछि ग्राहकले चेकभन्दा बढी एटिएमलाई रुचाएका हुन् ।

सन्धिखर्कमा पहिलोपटक एटिएम सेवा सुरु गरेको आइएमई फाइनान्सिएलका प्रायः सबै ग्राहकले एटिएम कार्ड प्रयोग गरेका छन् ।

'एटिएम कार्ड प्रयोग गर्ने ग्राहक ९० प्रतिशत छन्,' बैंकका प्रबन्धक प्रदीप पन्थीले भने, 'सजिलो भएकाले धेरैको रुचि बढेको हो ।'

निजी क्षेत्रबाट स्थापित बैंकले एटिएम सेवा दिएपछि ग्राहक बढी आकषिर्त भएका छन् । दैनिक ५ देखि १० ग्राहकले एटिएम कार्ड लिने गरेका पन्थीले जानकारी दिए । मेगा र बैंक अफ काठमाडौं बैंकका पनि ३ हजारजति ग्राहकले एटिएम प्रयोग गर्छन् । सुरक्षित र सजिलो भएकाले ग्राहकहरूको आकर्षण एटिएम सेवाप्रति रहेको बैंक अफ काठमाडौंका शाखा प्रबन्धक मदन गौतमले बताए ।

जोखिम मोलेर रकम लिएर हिँड्न नपर्ने र कार्ड भएपछि जुन ठाउँबाट पनि रकम निकाल्न सजिलो हुने भएकाले ग्राहक बढेको उनले बताए ।



Monday, August 29, 2011

साउदी अरबमा एक अर्घाखाँचीबासीको मृत्यु

बैदेसिक रोजगारीको सिलसिलामा साउदी अरब गएका अर्घाखाँची जिल्ला सन्धिखर्क ६ निवासी २६ बर्षिय कमल मुखीयाको प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएको छ । काम सकेर औषधी पसलमा औषधी लिन साईकलमा गईरहेको समयमा प्रहरीको गाडीको ठक्करबाट मुखीयाको घटनास्थलमै मृत्यु भएको छ ।

Sunday, August 28, 2011

सभासदलाई पाल्पा जिल्ला प्रवेश निषेध

संविधान निर्माण नभएसम्म संविधान सभाका सभासदलाई पाल्पा जिल्ला प्रवेश निषेधको घोषणा गरिएको छ। जनमोर्चा निकट अखिल छैठौंले तानसेन सितलपाटीमा सभामार्फत् शनिबार यस्तो घोषणा गरेको हो। तानसेनमा सभासद निषेध गर्न कालो ब्यानर टाँगिएको छ। अखिल छैठौंका महासचिव अनिल किशोर घिमिरेले संविधान निर्माणमा भन्दा सत्ताको खेलमा लागेका भन्दै देशभर सभासदलाई खबरदारीका कार्यक्रम गरिएको बताए। ‘हाम्रो घोषणा अवज्ञा गरेर पाल्पा आउने सभासदलाई बाटो छेक्छौं, कालो झण्डा देखाउँछौं,' उनले भने, ‘संविधान सभामा सभासदले संविधान निर्माणका लागि यस्तै दवाबका कार्यक्रम गर्न पनि हामी आग्रह गर्छौ।'


उनले संविधान निर्माणमा भन्दा म्याद थपेर भत्ता खाने र सत्ताका लागि लुछाचुडी गर्ने प्रवृत्तिको विरोधमा यस्तो गरिएको बताए।

‘संविधान नलेख्दासम्म सभासदलाई जिल्ला निषेध छ' सितलपाटी मुल ढोकामा टाँगिएको ब्यानरमा लेखिएको छ, ‘संविधान लेख्न छाडेर सत्ता र भत्तामा लिप्त हुन जनताले जिताएका हैनन्।'

Friday, August 26, 2011

नक्कली नोट सहित एक जनालाई पक्राउ

इलाका प्रहरी कार्यालय कावासोती नवलपरासीले बिहीबार राति ठूलो परिणाममा नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको रजहरबाट नेपाली एक हजार रुपैयांका नक्कली नोट एक सय १२ थान सहित नुवाकोट भिकुरी ४ बस्ने ४४ वर्षीय छोरा शिवराम भट्टलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेसंग एक लाख १२ हजार रुपैयां नक्कली नेपाली नोट र केही नक्कली मुगा समेत बरामद भएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख डिएसपी मुकुन्द मरासिनीका बताए । भट्टलाई राति ना ४ ख ३१९८ नम्बरको रात्रिबस मार्फत काठमाडौंबाट धनगढी जाने क्रममा सुराकीको आधारमा पक्राउ गरेको डिएसपी मरासिनीले जनाए । यसअघि काठमाडौं र भैरहवा लगायतका स्थानबाट यस्तो नक्कली नेपाली नोट बरामद गरिए पनि नवलपरासीमा पहिलो पटक यतिको ठूलो परिणाममा नक्कली नोट बरामद भएको हो । पक्राउ परेकोलाई खोटो चलन अन्तरगत मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।



पक्राउ विद्यार्थी छुटाउन रातभर नाराबाजी

पक्राउ विद्यार्थी छुटाउन नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका विद्यार्थीले बिहीबार रातभर नाराबाजी गरेका छन् । राजनीतिक दलको दबाबमा शिक्षक कुटेको आरोपमा शारदा उच्च मावि ख्याहाका विद्यार्थी र सवारीधनीलाई पक्राउ गरेर झुठा मुद्दा लगाउन खोजेको विरोधमा जिल्ला प्रहरी कार्यालयको गेट घेराउ गरेका हुन् । उनीहरले राति १२ बजे प्रहरी हिरासतमा रहेका विद्यार्थीलाई छुटाउन सफल भए ।

'शिक्षकले जे गरे पनि हुने भन्ने छ र ? राजनीतिक पहुंच लगाएर विद्यार्थीलाई झुठा मुद्दा चलाउन खोजियो' नेविसंघका नेता केशव बस्यालले भने, 'त्यसैले पनि रातभर नाराबाजी गरेरै भएपनि विद्यार्थी छुटाउन बाध्य भयौ ।' दिउँसो कुरा नमिलेपछि विद्यार्थीले राति ८ बजेपछि जिल्ला प्रहरी र प्रशासन कार्यालय जाने गेटमा बसेर नाराबाजी गरेका हुन् ।

नेता बस्यालले सहमतिमा जाने भन्दा पनि राजनीतिक पहुंच लगाउन खोजिएकाले रातिमै भएपनि नाराबाजी गर्नु परेको बताए । प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका विद्यार्थीको दबाब थेग्न नसकेपछि बाध्य भएर प्रहरीले विद्यार्थी रिहा गरेको थियो । शिक्षक कुटेको आरोपमा राजु विश्वकर्मा, शान्ता विश्वकर्मा र तिलबहादुर पाण्डेलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको थियो ।

जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले राजनीतिक दलकै दबाबमा मुद्दा चलाउछु जे गर्ने गर्नुस् भनेपछि तानसेनका नेविसंघ र क्रान्तिकारीका विद्यार्थी आक्रोशित भएका हुन् । प्रमुख थपलियाले अनावश्यक राजनीति भएको आरोप लगाए । एमाले सभासद्, पुर्वसांसद साथै जिल्ला नेताले मुद्दा चलाउन दबाब दिएको नेविसंघ र क्रान्तिकारी विद्यार्थी संगठनले आरोप लगाएका थिए । एमाले अध्यक्ष यादवबहादुर रायमाझीले गाउँको मुद्धा गाउँमै मिलाउनुपर्नेमा राजनीतिकरण भएको बताए । 'दलकै केही साथीहरुले प्रतिष्ठाको विषय बनाउदा समस्या भएको हो' उनले भने, 'अहिले त हाम्रो दबाब कम भएछ भन्ने लागेको छ ।'

शारदा उच्च मावि ख्याहामा शिक्षकले बिद्यार्थी कुटेपछि सुरु भएको विवाद जिल्लासम्म आईपुग्दा राजनितिकरण भएपछि घटनाले अर्कै मोड लिएको हो । गत भदौ ५ गते बिद्यालयमा लाईनलाग्दा ढिलो आएको भन्दै कक्षा ९ मा अध्यनरत शेरबहादुर विश्वकर्मालाई शिक्षकद्धय गोपी भण्डारी र कृष्ण पाण्डेले कुटपिट गरेका थिए । भोलिपल्ट नै बिद्यार्थी जम्मा भएर शिक्षक कुटेको आरोप छ । स्थानीय गोपाल न्यौपानेका अनुसार नजिकमा रहेका सवारी चालक र धनीले छुट्याएकै कारण ठुलो घटना नभएको हो ।

भदौ ७ गते बसेको सर्वदलिय बैठकले घटनालाई गाउँमै मिलाएर अब आईन्दा दुबै पक्षले यस्ता गल्ती नदोहोर्याउने सहमति भएको स्थानीयले बताए । सहमति भएपनि शिक्षकले जिल्ला प्रहरीमा किटानी जाहेरी दिएपछि घटनाले अर्को रुप लिएको हो । प्रहरीले शिक्षक गोपी भण्डारी, विष्णुबहादुर सुनार र पार्वती सुनारलाई विद्यार्थीले कुटपिट गरेको आरोपमा थुनामा राखेर मुद्धा चलाउने तयारी गरेको थियो ।

Thursday, August 25, 2011

पहिलो दिन विद्यार्थीलाई शिक्षकले र दोस्रो दिन विद्यार्थीले शिक्षकलाई कुटे

पाल्पामा  चार शिक्षकलाई कुटेको आरोपमा जिल्ला प्रहरीले तीन विद्यार्थीलाई पक्राउ गरेको छ । पाल्पाको पश्चिम ख्याहास्थित शारदा उच्च माविका शिक्षकलाई कुटेको आरोपमा राजु विश्वकर्मा, शान्ता विश्वकर्मा र तिलबहादुर पाण्डेलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको छ ।
प्रहरीका अनुसार विद्यालयका शिक्षक गोपी भण्डारी, विष्णुबहादुर सुनार र पार्वती सुनारलाई विद्यार्थीले कुटपिट गरेको आरोप छ । विद्यालयका प्राचार्य तुल्सीप्रसाद न्यौपानेले विद्यालयको अनुशासन पालना नगरेको भन्दै शिक्षकले पहिलो दिन कुटेको झोकमा विद्यार्थीले शिक्षकलाई कुटेका हुन् ।

स्थानीयबासीका अनुसार हो । मंगलबार लाइन लाग्न अटेर गरेको भनेर शिक्षकले विद्यार्थीलाई कुटपिट गरेको प्राचार्य न्यौपानले बताए । अर्को दिन विद्यार्थीले शिक्षकलाई विद्यालयमै कुटेका हुन् । दण्डरहित शिक्षणविधि अपनाउन सरकारले आग्रह गरेका बेला शिक्षकले विद्यार्थीलाई त्यसरी कुट्न नहुने स्थानीय एक शिक्षकले बताए ।

शिक्षक कुट्नेमा संलग्नलाई कारबाही गर्न जिल्लास्थित विभिन्न शिक्षकका संघसंस्थाले माग गरेका छन् । घटनाको विरोध गर्दै नेपाल राष्ट्रिय शिक्षक परिषद्, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक युनियन लगायतका शिक्षक सम्वद्ध संघसंस्थाले विज्ञप्ति निकालेर दोषी व्यक्तिलाई कानुनी कारबाहीको माग गरेका छन् । शिक्षक सम्वद्ध संघसंस्थाले भने शिक्षकद्धय कृष्णप्रसाद पाण्डे र गोपीप्रसाद भण्डारीमाथि मात्र कुटपिट भएको विज्ञप्तिमा जनाएका छन् ।







Wednesday, August 24, 2011

लुम्बिनीमा नेपाली मौलिक बौद्ध वास्तुकलामा आधारित विहार बन्ने

बुद्धको जन्मथलो लुम्बिनीमा पहिलोपल्ट नेपाली मौलिक बौद्ध वास्तुकलामा आधारित विहार बन्ने भएको छ । लुम्बिनी विकास कोषले वज्रयानी परम्परामा आधारित विहार बनाउन यसैसाता नेपाल परम्परागत बौद्ध धर्म संघलाई जिम्मेवारी दिएको हो ।


लुम्बिनीमा दर्जनभन्दा बढी विदेशी विहार भए पनि अहिलेसम्म नेपाली विहार छैन । लुम्बिनीमा विभिन्न देशका विहार स्थापना गर्न 'मोनास्टिक जोन' छुट्टयाइएको छ । त्यसमा चीन, कोरिया, जापान, थाइल्यान्ड, बर्मा, भियतनाम, जर्मनी र अरू बौद्ध धर्म पछ्याउने देशका विहार छन् ।

बुद्ध जन्मथलो घुम्न आउनेहरूका लागि यी विहार सर्वाधिक आकर्षण केन्द्र रहने गरेका छन् । 'लुम्बिनीको बौद्ध विहार क्षेत्रमा पहिलोपल्ट नेपाली मौलिक वास्तुकलामा आधारित विहार बन्न लागेको हो,' बौद्ध विद्वान् नरेशमान वज्राचार्यले भने । यो विहार 'मोनास्टिक जोन' को 'डब्लूसी-टु प्लट' मा छ ।

विहार ८० स्क्वायर मिटरमा बन्ने छ । नेपाली मौलिक परम्परागत वास्तुकलामा आधारित विहार काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर पाँच सयको हाराहारीमा छन् ।

यी विहारको निर्माण लिच्छवि र मल्लकालदेखि अहिलेसम्म अटुट रूपमा चलिआएको छ । विहारको निर्माण बौद्ध ग्रन्थहरूमा उल्लेख भएअनुसार हुने गर्छ ।

'विहारको प्रारम्भिक स्वरूप मात्र तयार भएको छ, अन्तिम स्वरूपबारे अझै बौद्धिक छलफल गर्नेछौं,' वज्राचार्यले भने । उनले विहारको निर्माण चाँडै सुरु हुने र कम समयमा निर्माण सम्पन्न गर्न प्रयास हुने बताए । विहार निर्माणका लागि चाहिने अर्थ संकलनबारे पनि नीति-नियम बन्न बाँकी छ ।



अर्घाखाँचीमा भाईरल विरामीको चाप बढदै

जिल्ला अस्पताल अर्घाखाँचीमा विरामीको चाप बढदै गएको छ । जिल्ला अस्पतालमा गत एक हप्ता देखि दैनिक ४० जनासम्म विरामि आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा विषेश गरी भाईरल ज्वरो, जण्डिस, टाईफाईट, निमोनिया लगायतका विरामीको चाप बढदै गएको छ । विरामिको संख्या वढ्दै गएपछि वेड अभावमा विरामीहरु भुईमै सुतेर उपचार गर्न बाध्य भएका छन ।


अस्पतालमा सबैभन्दा बढी भाईरल ज्वरोका विरामी आउने गरेको जिल्ला अस्पताल प्रमुख डा. चित्र प्रसाद शर्मा वाग्लेले वताउनु भयो । जिल्ला अस्पतालमा मात्रै नभएर गाउ“का स्वास्थ्य केन्द्रमा समेत यस पटक भाईरल ज्वरो, जण्डिस, टाईफाईट जस्ता विरामीको चाप बढेको छ । विरामीको सख्या बढी भएपछि डाक्टर एवं चिकित्सकहरुलाई पनि उपचार र सेवा दिन कठिनाई भएको गुनासो गरेका छन । अस्पतालमा दैनिक विरामीको सख्या थपिदै गएको र सबैभन्दा बढी वालवालिका, महिला र बुढाबुढीहरु विरामी परेको जिल्ला अस्पतालले जनाएको छ ।

Tuesday, August 23, 2011

अर्घाखाँचीको केरुंगा अमराईमा श्रीकृष्णको भब्य रथ यात्रा

अर्घाखाँचीको केरुंगा अमराई उर्फ अमारेमा  श्रीकृष्ण जन्माष्ठमीको अवशरमा श्रीकृष्णको भब्य रुपमा  रथ  यात्रा सम्पन्न गरिएको छ । यसरी  अमराई स्थित राधा कृष्ण  मन्दिर परिशरवाट मन्दिर व्यवस्थापन समितिद्वारा निकालिएको रथ यात्रा वाजागाजा र पुजाआजा सहित अमराई वजार परिक्रमा गराइएको थियो ।   गए राती मध्यरातमा श्रीकृष्णको जन्म भएको खुसियालीमा श्रद्धालुहरुले यसरी प्रत्यक वर्ष विभिन्न झाँकिहरुका साथमा रथयात्रा गरदै  आएका छन् ।    

रथ यात्रा हेर्नको लागि जिल्लाका विभिन्न स्थानहरुवाट श्रद्धलुहरुको ठुलो घुँईचो समेत लाग्ने गर्दछ । त्यस्तै यसै अबसरमा नेवार समुदायको  परम्परागत जातीय संस्कृति लाखे नाच पनि केरुंगाको हटिया बजारमा प्रदशन हुने गर्दछ /  

Monday, August 22, 2011

कविता थापा आत्महत्याका दोषीलाई कारवाही गर : संसदीय समिति

बुटवल नगरपालिका–१३ बस्ने कविता थापालाई स्थानीय आमा समूहले यातना दिएको र त्यसपछि आत्महत्या गरेको भन्ने सम्बन्धमा अध्ययन गर्न गठित संसदीय उपसमितिले आफ्नो प्रतिवेदन व्यवस्थापिका–संसद्को महिला, बालबालिका तथा समाजकल्याण समिति समक्ष बुझाएको छ ।

व्यवस्थापिका–संसद् महिला, बालबालिका तथा समाजकल्याण समितिको सोमबार सिंहदरबारस्थित कार्यकक्षमा बसेको बैठकमा उपसमितिले प्रतिवेदन बुझाउँदै घटनामा स्थानीय जनजागरण आमा समूहको गतिविधि कानुन विपरीत भएकाले दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही अगाडि बढाउन सुझाव दिएको छ ।

बैठकले उपसमितिको प्रतिवेदनअनुसार दोषीमाथि कारबाही गर्न प्रहरी प्रशासनलाई कठिनाइ भएको देखिएकाले आगामी दिनमा ‘आत्महत्या गर्न बाध्य पार्ने पृष्ठभूमि तयार गर्नेलाई दण्डित गर्ने’ कानुन तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

मृतक कविता थापामाथि सार्वजनिक स्थलमा दुव्र्यवहार भएको समयमा त्यहाँ कार्यरत प्रहरीको भूमिकासमेत प्रभावकारी नदेखिएकाले वडा प्रहरी कार्यालय, योगीकुटीका इन्चार्जसहितको टोली परिवर्तन गर्न र छुट्टै अनुसन्धान टोली खटाई उक्त घटनाको निष्पक्ष ढङ्गले छानबिन र अनुसन्धान गर्न गृहमन्त्रालयलाई निर्देशनसमेत बैठकले दिएको छ ।

समितिका सभापति सन्ध्यादेवीको अध्यक्षतामा बसेको सो बैठकले मुलुकका विभिन्न स्थानमा महिलामाथि भइरहेका हिंसात्मक घटनाको जानकारी लिन गृहसचिव र प्रहरी महानिरीक्षकलाई भदौ ७ गते आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा बोल्ने समितिका सदस्यहरु विनोद पहाडी, कविता सरदार बाँतर, सीता पौडेललगायतले विभिन्न स्थानमा महिलामाथि हत्या, हिंसा र दुव्र्यवहारका घटना भइरहेता पनि प्रहरी प्रशासन मौन रहेकामा आपत्ति जनाए ।

बैठकले महिला जिल्ला समन्वय समिति गठन एवं कार्यविधि र संरचनाको संशोधनका लागि अध्ययन गर्न गठित उपसमितिको म्याद आगामी भदौ १० गतेसम्म थप गर्ने निर्णयसमेत गरेको छ ।

सडक सुरक्षा अवधारणा लागू हुने

प्रहरीले यहाँ सडक सुरक्षा चेक प्वाइन्ट -आरएससीसी) अवधारणा लागू गर्ने भएको छ । सुरक्षा व्यवस्थालाई कसिलो, वैज्ञानिक र व्यवस्थित गर्न प्रहरीले उक्त अवधारणा ल्याएको हो । यो भदौ पहिलो साताबाट जिल्लामा लागू गरिने प्रहरीले बतायो ।

प्रहरी उपरीक्षक धीरु बस्न्यातले उक्त अवधारणा आफैं बनाई लागू गर्न लागेका हुन् । अवधारणाअन्तर्गत एक दिनमा ३० स्थानमा मोबाइल ब्यारिकेट -फलामको चलायमान ब्यारियर) राखेर चेकजाँच गरिनेछ । १० समूहमा रहने प्रहरी टोलीले एक ठाउँमा ४ घन्टासम्म बसेर चेक जाँच गर्नेछ । त्यसपछि फेरि अर्को पूर्वनिर्धारित ठाउँमा गएर चेकजाँच गर्नेछ । यसरी एक दिनमा एउटा टोलीले ३ स्थानमा गई चेकजाँचमा कडाइ गर्नेछ । टोलीमा संलग्न पूर्वका प्रहरीलाई पश्चिम, पश्चिमकालाई पूर्व तथा उत्तरकालाई दक्षिण र दक्षिणकालाई उत्तर पठाइनेछ ।

प्रत्येक चेक प्वाइन्टमा ९ प्रहरी खटाइनेछ । प्वाइन्टमा खटिने प्रहरीसँग मेटल डिडेक्टर, मादक पदार्थ सेवन गरे/नगरेको चेकजाँच गर्ने उपकरण 'बे्रथ लाइजर', गाडी कति स्पिडमा गइरहेको छ भन्ने थाहा पाउन प्रयोग गरिने 'र्‍याडर' लगायतको उपकरण पनि रहनेछ । त्यस्तै ट्राफिक कोन, राति लगाउने ज्याकेट, हेड टर्च र लामो लाइट र भरटेक्स सञ्चार सेट पनि हुनेछन् । प्रधान कार्यालय र मन्त्रालयले रकम नदिए पनि प्रहरीले स्थानीय साधन स्रोत उपयोग गरेर अवधारणाअन्तर्गत काम गर्न लागेको हो ।

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत पिपरा, जितपुर, अर्घाखाँची चोक, गोरुसिंगे, चन्द्रौटा र शिवपुरमा चेक प्वाइन्ट राखी चेकजाँच गरिनेछ । त्यस्तै कृष्णनगर-चन्द्रौटा सडक अन्तर्गत बहादुरगन्ज र शिवानगर चोक तथा तौलिहवा-लुम्बिनी सडकअन्तर्गत जमुबार पुल र पकडीमा चेकजाँच गरिनेछ । त्यस्तै तौलिहवा-मर्जादपुर सडकअन्तर्गत बरदहवा र तौलिहवा-महाराजगन्ज सडकअन्तर्गत छोटकी तौलिहवा लगायतका स्थानमा चेक प्वाइन्ट बनाइनेछ ।

सुरक्षाका लागि ३० मोबाइल ब्यारिकेट ल्याइसकिएको छ । बे्रथ लाइजर, र्‍याडर भने सिंगापुरबाट मगाइएको छ ।

अवधारणाअन्तर्गत जिल्लाका राजमार्ग, दक्षिणी भारतीय सीमा र छिमेकी रूपन्देही, अर्घाखाँची र दाङसँग जोडिने पक्की र कच्ची गरी ३ सय ३३ किलोमिटरभित्र सय बढी चेक प्वाइन्ट राखिनेछ ।



Friday, August 19, 2011

अर्घाखाँची बलकोट घर भई हाल कृष्णनगरमा बस्ने शमशेर मिया र लगायतलाई सार्वजनिक मुद्दा

भन्सार अधिकृत र कर्मचारीमाथि दुव्र्यवहार गरी कुटपिट गर्ने २ जनालाई स्थानीय प्रशासनले सार्वजनिक मुद्दा चलाएको छ ।

कृष्णनगर भन्सारका २२ कर्मचारीले शान्ति सुरक्षाको माग गर्दै दोषीलाई कडा कारबाहीको माग गर्दै प्रशासनमा उजुरी गरेपछि आरोपीलाई पक्राउ गरी मुद्दा चलाइएको हो । गत साउन ३० मा कृष्णनगर गाविस २ बस्ने अकिल मिया र अर्घाखाँची बलकोट २ घर भई हाल कृष्णनगरमा बस्ने शमशेर मियाले भन्सार अघिकृत लगायत ६/७ कर्मचारीलाई कार्यालयमा गई गाली गलौज, दुव्र्यवहार र हातपात गरेका थिए । उनीहरूले अवैध रूपमा चोरी तस्करी गरी ल्याएका समान गत साउन २६ मा कृष्णनगरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले पक्राउ गरी भन्सार चलान गरेको थियो ।


कृष्णनगर र चन्द्रौटा क्षेत्रलाई २ नगरपालिका बनाउन सिफारिस

कपिलबस्तुमा नगरपालिका बनाउन नेपाल सरकारले घोषणा गरेपछि कपिलबस्तुमा पनि अहिले जिल्ला स्तरीय नगर क्षेत्र निर्धारण सिफारिस समितिले जिल्लामा २ नगरपालिका बनाउन सिफारिस पठाएको छ । उक्त सिफारिस समितिले कृष्णनगर र चन्द्रौटा क्षेत्रलाई बिभिन्न गाबिससंग गाभेर केन्द्रिय सिफारिस समितिमा नगरपािलका बनाउन सिफारिस पठाएको बताएको छ ।उक्त समितिले यसरी कष्णनगर र शिवराज नगरपािलका नामाकरण गरेको छ । उक्त २ नगरलाई नगरपालिकाको सिफरिस गरी पठाएको जिबिस कपिलबस्तुले बताएको छ । जिल्लामा एक साता सम्म ब्यापकरुपमा अध्ययन, अवलोकन, छलफल र बैठक गरी नगरपालिकाको सिफारिस गर्न समितिलेनिर्णय गरेको हो । उक्त दुई स्थानमा नगरपािलकाका लागि चाहिने सम्मपुर्ण मापदण्ड पुरा भएको बताईएको छ ।


समितिका संयोजक तथा स्थानीय बिकास अधिकारी चिरीञ्जीवी भण्डारीका अनुसार समितिले नगरपािलको नाम, समाबेश गाबिसको संख्या, नगरपािलकाको केन्द्र, वडा संख्या र चार किल्ला बिभाजन गरी सिफारिस पठाएको बताउनुभयो ।

Wednesday, August 17, 2011

लुम्विनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रभासमा दुई किलोको हाईडाटिड सिष्टको सफल अप्रेसन

कलेजोमा जोडिएर रहेको दुई किलोको हाईडाटिड सिष्टको लुम्विनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रभासमा अप्रेसन सफल भएको छ । ल्याप्रोटोमी प्रविधिबाट गरिएको अप्रेसन सफल भएपछि चिकित्सकहरु खुसी भएका छन् ।

गुल्मीको बुढीचौर घर भएका ११ वर्षीय सन्तोष सुनारीको कलेजोबाट मंगलवार शल्यक्रिया गरेर सिस्ट निकालिएको हो । प्राध्यापक डा. वाईजी ताम्बे, डा. प्रकाश सापकोटा र डा. प्रदिप तिमिल्सेना लगायत चिकित्सकको टोलीले शल्यक्रिया गरेका हुन् । ल्याप्रोटोमी प्रविधिबाट पहिलो पटक यति ठूलो सिस्टको सफल अप्रेसन गरिएको हो ।

सुनारीको कलेजोमा दुई किलो एकसय ग्रामको सिस्ट रहेको थियो । बरिष्ठ सर्जन डा. प्रकाश सापकोटाका अनुसार डेढ लिटर पानीले भरिएको अवस्मा रहेको सिस्टलाई सफलतापुर्वक शल्यक्रिया गरिएको छ । सामान्य मासु पलाउने र पानी जम्ने भएपनि यति ठुलो कमै हुने उनले बताए । शल्यक्रिया पश्चात् सुनारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।



Friday, August 12, 2011

बुटवल योगीकुटीकी कविता थापाको शव छैटौं दिन बिहीबार दाहसंस्कार

जनजागरण महिला समूहका महिलालगायत स्थानीय महिलाको यातनापछि आत्मग्लानिका कारण आत्महत्या गरेकी भनिएकी बुटवलको योगीकुटीकी कविता थापाको शव छैटौं दिन बिहीबार दाहसंस्कार गरिएको छ ।

पीडित पक्ष, संसदीय छानबिन टोली, महिला आयोगको अध्ययन टोली, जिल्लास्तरीय सुरक्षा निकाय र राजनीतिक दलहरूबीच सबै दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, पीडितलाई न्यायोचित राहत उपलब्ध गराउने र सबै पक्षको सहभागितामा सम्मानजनक अन्त्येष्टि गर्ने तीन कुरामा सहमति भएपछि मृतकका परिवार शव दाहसंस्कार गर्न सहमत भएका हुन् । 'सबै पक्षबाट तिमीहरू अन्यायमा पर्दैनौ, मृत्युपछि भए पनि आमाले न्याय पाउँछिन् भन्ने भएपछि संस्कार गर्ने भएका हौं,' मृतक कविताका छोरा सविनले भने, 'कानुन मिचेर आमालाई यो गतिमा पुर्‍याउनेलाई कानुनी दायरामा ल्याएपछि मात्र आमाको आत्माले शान्ति पाउनेछ ।'

आफन्त दाहसंस्कारमा सहमत भएपछि कविताको शव करिब तीन घन्टा उनलाई यातना दिएको स्थान शिवालय परिसरमा राखिएको थियो । शव हेर्न र श्रद्धाञ्जलि दिन स्थानीय सयौंको भीड लागेको थियो । संसदीय छानबिन टोली, महिला मानव अधिकार आयोगको टोली, मानव अधिकार आयोगको टोली, प्रहरी प्रमुख, प्रशासन प्रमुख, अधिकारकर्मी, महिला अधिकारकर्मीर्लगायतको पनि सहभागिता थियो ।

उनको तिनाउ नदीस्थित मगरघाटमा दाहसंस्कार गरिएको छ । रक्सी सेवन तथा परपुरुषसँग लसपसको आरोपमा गत शनिबार स्थानीय महिला समूहका महिलाले मोसो दलेर हातखुट्टा बाँधी कुटपिट गरेको आफन्तको भनाइ थियो ।



एपेक अध्ययन टोली लुम्बिनीमा

लुम्बिनीलाई मुस्लिमको मक्का, इसाइको जेरुसेलम जस्तो पवित्र पर्यटकीय नगर बनाउने तीन अर्ब डलरको बृहद परियोजना बोकेको एशिया प्यासिफिक एक्सचेञ्ज एण्ड को अपरेशन फाउण्डेशन (एपेक) का सह अध्यक्ष कोलीन सेसेलटिन सहितको टोलीले बिहीबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेको छ। भ्रमणको क्रममा सह अध्यक्ष कोलिनले लुम्बिनीलाई पवित्र तीर्थस्थलको रुपमा आधुनिक सेटेलाइट सिटीको रुपमा विकास गर्ने गरी सघाउन चाहेको बताए।


कोलीनले लुम्विनीको ऐतिहासिक संरचना, प्राचीन स्मारक र सांस्कृतिक सम्पदाको संरक्षण गरि पुरानो गुरुयोजनालाई सघाउ पुर्‍याउँदै अन्य भौतिक पूर्वाधार निर्माणको काममा सहयोग रहने जानकारी दिए।

लुम्बिनी सूचना केन्द्रमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पहिलो चरणमा लुम्विनीमा आधुनिक संचार सेवा पुर्‍याउने योजना सुनाए। त्यसका लागि आधुनिक मोबाईल सेवा, स्याटेलाईट फोन र अन्य आधुनिक संचारका पूर्वाधारहरुको विकास गर्ने योजनाका साथ काम हुने उनको भनाई छ।

विश्वका धेरै व्यापारिक प्रतिष्ठान, विभिन्न राष्ट्र एवं संघसंस्थाबाट सहयोग सम्बन्धि श्रोत जुटाउन लागेको पनि उनले जानकारी दिए। लुम्विनीमा अन्तराष्ट्रिय स्तरको विमानस्थल, सडक, रेल वे, सूचना प्रविधि, संचार सेवा पुर्‍याई लुम्विनीलाई अत्याधुनिक सेटेलाईट शहर बनाउने योजना रहेको एपेकका सदस्य सचिव नरेन्द्र उलकले जानकारी गराए। हेलिकोप्टरबाट आएका दुई पत्रकारसहित आठ एपेक प्रतिनिधिले लुम्विनी भ्रमण गरी काठमाण्डौ विहिवार नै फर्केको छ।

कोलिन सहितको टोलीलाई यहा लुम्विनी विकास कोषका कोषाध्यक्ष मझिलाल थारु थनेत लगायत कोषका कर्मचारीले स्वागत गरे। लुम्विनी गुरु योजनाका बारेमा कोषका सुचना अधिकृत हरि राईले जानकारी गराए।


ताईवानको प्रसिद्ध सञ्चार कम्पनी ताईतुङ कम्युनिकेशन कर्पोरेशन(टिसीसी)ले लुम्विनीमा अत्याधुनिक सञ्चार सुविधा पुर्‍याउनको लागि आवश्यक अध्ययन गर्न लुम्विनी आइपुगेको छ। टिसीसीका अध्यक्ष चिङ्ग हङ्ग लिको नेतृत्वमा मंगलबार आएको टोलीमा लि सहित पाँच सञ्चार विशेषज्ञ छन्।

एपेकले लुम्विनीमा अत्याधुनिक संचार सेवाका लागि प्रारम्भिक प्राविधिक अध्ययन सुरु गर्न खटाएको लिले जानकारी दिएका छन्। एपेकले टिसीसीलाई लुम्विनीमा अत्याधुनिक सञ्चार सुविधा सम्वन्धी अध्ययन गर्ने जिम्मा दिएको उनको भनाई छ।

टिसीसीका अध्यक्ष चिङ्ग हङ्ग लि सहितको टोलीले पाँच विशेषज्ञ सहित अत्याधुनिक संचार सेवाका लागि प्रारम्भिक प्राविधिक अध्ययन सुरु गरेको बताए पनि लुम्विनी विकास कोषले प्राविधिक अध्ययनको बिषयमा कुनै जानकारी नभएको बताएको छ।



Thursday, August 11, 2011

एसएलसी पुरक परीक्षा अन्तर्गत गणित विषयको परीक्षामा अर्घाखाँचीमा ३६ विद्यार्थी निष्कासित

जारी एसएलसी पुरक परीक्षा अन्तर्गत  अनिवार्य गणित विषयको परीक्षामा अर्घाखाँचीमा   ३६ परीक्षार्थी निष्कासित भएका   छन् । यसरी निष्कासित हुनेमा  हुनेमा अर्घाखाँची  आवासीय उच्च माविबाटको केन्द्रवाट ६, जनज्योती उच्च माविबाट ११ र भगवती उच्च माविको केन्द्रवाट १९ जना परीक्षार्थीलाई परीक्षाको मर्यादा विपरित काम गरेकाले निस्कासन गरिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताउनुभयो । यस अघि अग्रेजी विषयको परीक्षामा अर्घाखांचीमा ६ जना निस्कासित भएका थिए । परीक्षा हलभित्र चिट चोरेको भन्दै जिल्ला शिक्षा कार्यालयका कर्मचारीले उनीहरुको परीक्षा रद्द गरेका हुन ।

खिल्जी गाविसको एक किराना पसलमा आगलागी

अर्घाखाँचीको खिल्जी गाविसको एउटा किराना पसलमा आगलागी हुँदा एक लाख ३५ हजार वरावरको धनमाल जलेर नष्ट भएको छ । खिल्जी गाविस वार्ड नं. २ रामपुर स्थित श्यामलाल चुँदालीको किराना पसलमा आगलागी हुँदा पसलमा रहेको दैनिक उपभोग्य सामान, भाँडाकुँडा, अन्नपात, नगद तथा कागजपत्रहरु सवै जलेर नष्ट भएको प्रहरीले वताएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन /




   

कविता थापा घटना मध्ययुगीन बर्बरता

जनजागरण महिला समुहका सदस्यहरुको यातनापछि आत्महत्या गरेकी बुटवलको योगीकुटीकी कविता थापाको घटनाबारे सत्यतथ्य अध्ययन गर्न आएको चार सदस्यीय संसदीय छानवीन टोलीले बुधबारदेखि स्थलगत अध्ययन थालेको छ ।


घटनास्थल, प्रत्यक्षदर्शी, हिरासतमा रहेका महिला तथा स्थानीय प्रहरी प्रशासनसंगको सोधपुछपछि प्रतिक्रीया दिंदै टोली संयोजक विनोद पहाडीले कवितामाथि महिला समुहले गरेको कार्य मध्ययुगीन बर्बरता तथा मानव सम्यतालाई नै चुनौति दिने खालको भएको टिप्पणी गरेका छन् ।

दवाउन खोजिएको घटनालाई बाहिर ल्याएर सञ्चार माध्यमले राज्यको आँखा खोलेको बताउँदै टोलीले अब यस्ता घटना दोहोरिन नदिन पनि घटनाको गहिरो अध्ययन गर्ने उनको भनाई थियो । स्थलगत अध्ययनमा संलग्न नैनकला थापाले घटनालाई जघन्य अपराधका रुपमा लिएर अध्ययन सुरु गरेको र त्यसअनुसार घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने बताए ।

टोलीले बिहीबार पनि घटनाको थप अध्ययन गर्ने र पीडित तथा प्रत्यक्षदर्शी मानवअधिकारकर्मी, पत्रकारलगायतसंग छलफल गर्ने जनाएको छ । शनिबार दिउँसो रक्सी खाने कुलतमा लागेको आरोप लगाउँदै स्थानीय जनजागरण महिला समुहका सदस्यहरुले यातना दिएपछि आत्मग्लानीका कारण कविताले त्यसराति घरमा झुण्डीएर आत्महत्या गरेकी थिइन् ।

संसदीय छानविन टोलीको अध्ययनपछि पनि मृतक पक्षधरले प्रहरीले सबै दोषी महिलालाई पक्राउ गर्नु पर्ने तथा पीडितलाई राहत उपलब्ध नगराउँदासम्म शव नउठाउने भन्दै पाँचौं दिन बुधबार पनि शव घरकै बरण्डामा राखेको छ ।

मृतकका आफन्त तथा स्थानीयले स्थलगत अध्ययनकालागि आएको संसदीय टोलीसंग घटनाको सत्यतथ्य अध्ययन गर्न तथा सबै दोषीलाई पक्राउ गरी सार्वजनिक गर्न अनुरोध गर्दै केहीबेर बाटो समेत छेकेका थिए । शव हेर्न आउने मृतकका दाजुभाइ तथा टाढा टाढाका आफन्तहरुसमेतको घरआसपासमा भीड लागेको छ ।

आक्रोशीत समुहको भीडले योगीकुटी बजार थप तनाग्रत बनेको छ । प्रहरीले घटनामा संलग्न देवु ढकाल, श्याम कुमारी गिरी, माया थापा र कमला न्यौपानेलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखेको छ ।