अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, July 31, 2011

तीन दिनअघि प्यूठानको बरौलामा भेटिएको बम निश्क्रिय पार्न अझै स्विकृति गरिएको छैन

तीन दिनअघि प्यूठानको बरौलामा भेटिएको बम अझै निश्क्रिय पारिएको छैन । बरौला ७ मलवाङमा शुक्रवार दिउँसो फेला परेको सकेट बम निश्क्रिय पार्नको लागि नेपाली सेना डिस्पोजल विभागबाट स्विकृति नआएकाले निश्क्रिय गरिएको छैन ।


बम स्थानीय अमर बहादुर सार्कीले खेतमा काम गर्दै गर्दा फेला पारेका थिए । आइतवार स्वट्ठकृत आएमा बम निश्क्रिय गरिने चण्डीदल गण प्यूठानले जनाएको छ । बमलाई प्रहरीको निगरानीमा राखिएको बरौला प्रहरी चौकीका इन्चार्ज मोहन वलीले बताए । द्धन्द्धकालमा तत्कालीन बिद्रोही माओवादी ओहोरदोहोर गर्ने क्रममा खसेको हुनसक्ने प्रहरीको आंशका छ ।

लुम्बिनी परिकल्पना बुनिएको 'एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन' मा को-को छन् त

लुम्बिनीलाई 'मुस्लिमको मक्का' र 'क्रिस्चियनको भेटिकनसिटी'जस्तै बनाउने परिकल्पना बुनिएको तीन अर्ब अमेरिकी डलर सहयोग घोषणा गर्ने चिनियाँ संस्था 'एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन' का ९ सहअध्यक्षमध्ये माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वयुवराज पारस शाहसहित आठ जना गैरचिनियाँ छन् ।


कार्यकारी उपाध्यक्ष एक जना मात्र चिनियाँ व्यक्ति हुन् । सहअध्यक्षहरू प्रायःजसो धनाढ्य छन् भने पाँच जना व्यवसायी हुन् । व्यवसायीमध्ये तीन जना अमेरिकी, एक बेलायती र एक मलेसियाली छन् । नेपाल र थाइल्यान्डका एक-एक राजनीतिज्ञ छन् । बाँकी दुईमध्ये कूटनीतिज्ञ र पूर्वयूवराज हुन् । को-को छन् त संस्थामा ?

१. पुष्पकमल दाहाल

फाउन्डेसनले आफ्नो वेबसाइटमा आफ्नो संस्थाका सहअध्यक्ष पुष्पकमल दाहाललाई नेपालमा क्रान्तिकारी परिवर्तन ल्याउने ठूलो पार्टी एकीकृत माओवादीका अध्यक्ष भनेर चिनाएको छ । दाहाललाई विदेश भ्रमण चीनबाट सुरु गर्ने पहिलो नेपाली प्रधानमन्त्रीका रूपमा समेत उल्लेख गरिएको छ । यसअघिका नेपाली प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने परम्परा दाहालबाट तोडिएको समेत उल्लेख छ ।

२. पारस शाह

फाउन्डेसनका अर्का सहअध्यक्ष पारस शाहलाई भने नेपालका युवराजकै रूपमा चिनाइएको छ ।

ज्ञानेन्द्र शाहलाई पूर्वराजा

भनिए पनि नेपालको संविधानअनुसार पारस राष्ट्रप्रमुख हुने लेखिएको छ ।

३. जिआओ उनान

स्नातकोत्तरसम्म अध्ययन गरेका ४७ वषर्ीय जिआओ उनान हालसम्म पदमा देखिएका एकमात्र चिनियाँ हुन् । बेइजिङमा जन्मिएका उनान चीनको उत्तरपूर्वी हेलोजियान प्रान्तको राजधानी हारविनका बासिन्दा हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य उनी चीनको राष्ट्रिय विकास तथा सुधार आयोगमा पश्चिम क्षेत्रीय उपनिर्देशक छन् । विश्व बौद्ध शान्ति प्रतिष्ठान र चीनको सामाजिक, आर्थिक तथा सांस्कृतिक आदानप्रदान समितिका समेत उनी उपाध्यक्ष हुन् । राष्ट्रसंघअन्तर्गत औद्योगिक विकास संगठन र विभिन्न चिनियाँ बैंकमा काम गरेको उनको अनुभव छ । अक्सफोर्ड आर्थिक अनुसन्धानमा वरिष्ठ सल्लाहकार, युनिभर्सिटी अफ हाइफा इजरायलका कार्यकारी निर्देशकलगायत उनी संलग्न संघसंस्थाको फेहरिस्त लामै छ ।

४. लियोन चार्नी

७३ वषर्ीय चार्नी अमेरिकी रियल स्टेटका टाइकुन हुन् । १ अर्ब ३० करोड डलरका मालिक उनलाई फोब्र्स म्यागजिनले अमेरिकी धनाढ्यको सूचीमा ३०८ औं नम्बरमा राखेको छ । पूर्वअमेरिकी राष्ट्रपति जिमी कार्टरका सल्लाहकार उनलाई पर्दा पछाडिका चतुर खेलाडी मानिन्छ । सन् १९७८ मा इजिप्ट र इजरायलबीच अमेरिकामा भएको पहिलो क्याम्प डेभिड शान्ति सम्झौता गराउन चार्नीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । यसबाहेक टेलिभिजन कार्यक्रम प्रस्तोता, राजनीतिक विश्लेषक, लेखक, सामाजिक कार्यकर्ता र यहुदी नेताका रूपमा समेत उनी उत्तिकै चिनिन्छन् ।

५.ज्याक रोजेन

ज्याक रोजेन अमेरिकी जुइस कंाग्रेसका अध्यक्ष हुन् । ५८ वषर्ीय उनलाई एक दैनिक पत्रिकाले अमेरिकाको उत्कृष्ट पाँच प्रभावशाली यहुदीमा सूचीकृत गरेको छ । दूरसञ्चार, स्वास्थ्य, सौन्दर्य प्रसाधनलगायत व्यवसायमा संलग्न उनी थुप्रैै बहुराष्ट्रिय कम्पनीमा अध्यक्ष छन् । संसारकै प्रमुख राजनीतिज्ञसँग उनको निकट सम्बन्ध रहेको फाउन्डेसनको वेबसाइटमा उल्लेख छ । रोजेनले थुप्रै पटक चीन भ्रमण गरेका छन् ।

६. टियोन हिउ किङ

७५ वर्षीय किङ मलेसियामा चिनियाँ मूलका धनाढ्य उद्यमीमा पर्छन् । एक अर्ब बीस करोड अमेरिकी डलरका मालिक उनलाई फोब्र्स म्यागजिनले मलेसियाका ४० धनाढ्यको सूचीमा १० औं नम्बरमा राखेको छ । काठ, तेल र सञ्चारक्षेत्रमा उनको लगानी छ । रिन्बुनान हाइजु ग्रुपका कार्यकारी अध्यक्ष उनको व्यवसाय हङकङ, चीन, सिंगापुर, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायत मुलुकमा समेत फैलिएको छ । फाउन्डेसनले चिनियाँ राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत नेताहरूसँग उनको राम्रो सम्बन्ध रहेको जनाएको छ ।

७. स्टिभन क्लार्क राकफेलर

४१ औं पूर्वअमेरिकी उपराष्ट्रपति नेल्सन राकफेलरका नाति हुन् स्टिभन । स्नातकोत्तरसम्म अध्ययन गरेका उनी अमेरिकास्थित पार्क एभेन्यु बैंकका निर्देशक हुन् । माइक्रोक्रेडिट बैंकिङका ज्ञाता उनलाई गरिबी उन्मूलन गर्न विशेष योगदान गरेबापत राष्ट्रसंघद्वारा फुल ब्राइट अवार्डले पुरस्कृत गरिएको थियो । सामाजिक संस्था ग्रामीण फाउन्डेसनका समेत उनी निर्देशक छन् ।

८. डा. राम्जी सन्बार

राम्जी सन्बार लन्डनस्थित सन्बार विकास निगम 'एसडीसी ग्रुप' का संस्थापक अध्यक्ष हुन् । ऊर्जा, निर्माण, सूचना प्रविधिलगायत क्षेत्रमा कार्यरत उक्त कम्पनी अमेरिका, युरोप तथा मध्य र सुदूरपूर्वमा समेत अग्रणी मानिन्छ । बेरुतको अमेरिकन विश्वविद्यालयबाट स्नातक उनलाई पेरिस विश्वविद्यालयले पर्यावरणसम्बन्धी मुद्दामा काम गरेबापत विद्यावरिधिको उपाधि दिएको हो ।

९. कोलिन हेसल्टिन

अस्टे्रलियाका वरिष्ठ कूटनीतिज्ञका श्रेणीमा पर्छन् हेसल्टिन । हाल नाटिलस इन्स्िटच्युटमा वरिष्ठ सहायक पदमा कार्यरत उनी सन् १९८२ देखि १९८५ र १९८८ देखि १९९२ सम्म बेइजिङस्थित अस्ट्रेलियाली दूतावासका मिसन उपप्रमुख थिए । सन् २००६ मा उनलाई सरकारले एसिया प्रशान्त आर्थिक सहयोग -एपेक) को कार्यकारी प्रमुखका रूपमा सिंगापुर नियुक्त गरेको थियो । सन् २००१ देखि २००५ मा उनी कोरियाका राजदूत

थिए । चिली र स्पेनमा समेत उनको कूटनीतिक नियुक्ति भएको थियो । तीस वर्षभन्दा अधिक समय यिनले विदेश मामला विभागअन्तर्गत एसिया प्रशान्त क्षेत्रमा रहेर काम गरेका छन् । यस क्षेत्रका निजी र सार्वजनिक संगठनका व्यापारिक तथा राजनीतिक रणनीति बनाउने मामलामा उनी विज्ञ मानिन्छन् ।

१०. कोर्न डबरान्सी

थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री डबरान्सी अक्टोबर २००२ देखि नोभेम्बर २००३ सम्म उक्त पदमा थिए । सन् १९७४ मा राजनीति सुरु गरेका उनी १९८६ मा पहिलोपटक उद्योग मन्त्रालयका उपमन्त्री बनेका हुन् । त्यसपछि विभिन्न समयमा पर्यटन,

ऊर्जा, खेलकुद, स्वास्थ्य मन्त्री हुँदै उनी उपप्रधानमन्त्रीसम्म बने । हाल थाइल्यान्ड चीन मैत्री संघमा उनी अध्यक्ष छन् । कुशल राजनीतिज्ञ र सामाजिक कार्यकर्ताको छवि बनाएका उनले दक्षिणपूर्वी एसियामा शान्ति र स्थायित्वका लागि लामो समय सक्रिय रहेर महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइन्छ

साउने औंशीको अवशरमा रेसुङ्गा पोखरीमा नुहाउन जाने श्रद्धालुहरुको भिड

साउने औंशीको अवशरमा शनिबार गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गा पोखरीमा नुहाउन जाने श्रद्धालुहरुको दिनभर भिड लागेको थियो । रेसुङ्गा पोखरीको पानीले नुहाएपछि श्रद्धालुहरु लाई चारधाम जान नपर्ने र आफुले अन्जानमा गरेका संम्पुर्ण पापहरु पनि नष्ट हुने तथा संवृद्धी प्राप्त हुने धार्मिक विश्वासका कारण साउने औंशिका दिन रेसुङ्गा पोखरीमा नुहाउन जाने श्रद्धालुहरुको घँुईचो लाग्ने गर्दछ ।


साउनभर रेसुङ्गा पोखरीमा नुहाउन र यज्ञशालामा पुजाआजा गर्नका लागि गुल्मी लगायत वाग्लुङ्ग, अर्घाखाँची, प्यूठान, पाल्पा, स्याङ्गजा लगाएतका ठाउँहरुवाट श्रृद्धालु जाने गर्दछन् । त्यसमा पनि विशेष गरि साउने औंशीका दिन वढीमात्रमा पोखरीमा नुहाउन जाने मानिसहरुको चाँप वढ्दै जान थालेको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष युवराज भण्डारीले वताउनुभयो ।

विगत वर्षको तुलनामा यसपटकको साउने औंशिमा रेसुङ्गा पोखरीमा नुहाउन अघिल्लो वेलुकीदेखि नै श्रद्धालु भक्तजनहरु रेसुङ्गामा गएर वास वसेका थिए । साउने औंशीको दिन रेसुङ्गा पोखरीमा धेरै जसो मानिसहरु धार्मिक मान्यताका कारण जाने गरेपनि कतिपय युवायुवतीहरु भने यसदिन आफ्ना साथीहरुसँग रमाईलो मनाउन र भेटघाट गर्नका लागि पनि जाने गर्दछन् । रेसुङ्गा संरक्षण समितिले यस क्षेत्रमा मासु र

मदिरा जन्य पदार्थहरु विक्रि वितरणमा रोक लगाएका कारण गत वर्ष भन्दा योपटक पोखरीमा लाग्ने मेला पनि निकै व्यवस्थित वनेको छ । संरक्षण समितिले आज त्यस क्षेत्रमा आयोजना गरेको प्रवचन तथा भजन किर्तनमा मानिसहरु निकै उत्साह पूर्ण सहभागिता रहेको थियो ।

यज्ञशाला मन्दिरमा साउन अवधिभर पुराण वाचन, पाठ पारायण, भजन किर्तन, होम, श्राद्ध आदि विशेष धार्मिक कार्यक्रमहरु समेत हुने गर्दछ । प्राकृतिक तथा जैविक विविधताले समेत परिचित यस क्षेत्रमवाट हिमाली क्षेत्रका हिमश्रृखलाहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने हुनाले पछिल्लो समयमा यस क्षेत्रमा भ्रमण गर्न आउने आन्तरीक तथा वाह्य प्रर्यटकहरुको संख्यामा समेत वृद्धि भएको छ । त्यस्तैगरि

आज गुल्मीको धार्मिक क्षेत्र रुरु र रुद्रवेणीधाममा पनि श्रद्धालुहरुको घुँईचो लागेको थियो ।

Saturday, July 30, 2011

सितापुरमा जिप दुर्घटनामा

गोरुिसंगे-सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँचीको सितापुर गाविसमा शुक्रबार भएको जिप दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अबस्था गम्भीर रहेको छ ।

सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु१ज १२०१ नम्बरको जिप सितापुरको बुढीचौरमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका धारापानी ५ का ४५ बर्षीय रामबहादुर केसी उनका १६ बर्षिय छोरा महेन्द्र केसी र ढाकाबांग ९ का २५ बर्षीय दामोदर खनाल रहेको प्रहरीले बताएको छ ।

गम्भीर घाइते ३ जनालाई उपचारका लागि लुम्बिनी अंचल अस्पताल बुटबल भर्ना गरिएको

Friday, July 29, 2011

अर्घाखाँचीको मथुरा फाटको एक मनमोहक दृश्य

 अर्घाखाँचीको मथुरा फाटको एक मनमोहक दृश्य 
                                         

Thursday, July 28, 2011

रिडीको रुरु फ्रेन्डस क्लब द्वारा सन्चालित एम्बुलेन्सको चालकमा नयाँ नियुक्ती

 रिडीको रुरु फ्रेन्डस क्लबका पदाधिकारीहरुको बैठकले क्लब द्वारा सन्चालित एम्बुलेन्सका लागि नयाँ चालक  नियुक्ती गरेको छ्। यस अघीका चालक घनश्याम न्यौपानेले चालकको जिम्मेवारी बाट राजिनामा गरेपछी नयाँ चालकमा पदम कंडेल लाई नियुक्ती गरिएको हो। यस अघी क्लबले चालक नियुक्तीका लागि दर्खास्तको अब्हान गरेको थियो। जसमा तीन जना ब्यक्तीहरु पदम ज्ञवाली,पदम कंडेल र आषिश जोशीको दर्खास्त परेको थियो।


पाल्पा प्रहरीले आपराधिक गतिविधिमा संलग्न १७ जनालाई पक्राउ

पाल्पा प्रहरीले दुई दिनमा हतियारसहित आपराधिक गतिविधिमा संलग्न १७ जनालाई पक्राउ गरेको छ। जसमध्ये ५ जोडीचाहिँ आपत्तिजनक अवस्थामा होटलबाट समातिएका हुन।साउन ९ र १० गते पक्राउ परेकामध्ये पेस्तोल र बिष्फोटक सामग्री बोक्ने, लागूऔषध कारोबारी, चोरी डैकैतमा संलग्न, यौनजन्य क्रियाकलाप गर्दै गरेका र हत्या अभियोगका आरोपी छन्। आपराधिक क्रियाकलापमा संलग्न यति धेरैलाई दुई दिन अन्तरमा पक्राउ गरेको यो नै पहिलो भएको प्रहरीले जनाएको छ।


जल्पा धुलीमारका ४० वर्षे धनबहादुर बरामेको घरबाट बाकसमा लुकाई राखेको कटुवा पेस्तोल १ थान, डेटोनेटर २ थान, फ्युजतार र १ केजी बारुद सहित पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले बताए।

अर्चले–८ का १८ वर्षीय भगवत गाहा, २० वर्षीय भुमबहादुर सिंजाली र ५२ वर्षीय दिलबहादुर गाहालाई चोरीका गहना र नगद ३० हजारसहित पक्राउ गरिएको छ। सुनको औंठी, फुली दुईवटा र चाँदीका बाला, ७ थान सिमकार्ड र पुराना सिक्का १ सय ९७ गोटासहित पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरु रिग्नेरह–३ पूर्वाखोलाका नरबहादुर नेपालीको पसल, अर्चले–६ का सेरबहादुर खन्गाहा र दिलबहादुर रानाको घर र सिलुवा १ दलबहादुर थापा र नारायण श्रेष्ठको घरमा चोरी गरेर फरार थिए।

साउन १ गते बुटवल–१३ देवीनगरकी एक युवतीलाई करणी गरेर शौचालयको सेफ्टी ट्याङ्कीमा लुकाई फरार पाल्पा गोठादी–९ का चेतबहादुर घर्ती र उनकी पत्‍नी गौमाया पुनलाई पक्राउ गरी रुपन्देही प्रहरीलाई बुझाएको प्रहरीले बतायो।

पक्राउ परेका १७ जना र अनुसन्धान चल्दै गरेका थप गरेर प्रहरी हिरासतमा २५ जना छन्। महिला र पुरुसका दुई बेग्लाबेग्लै हिरासत कक्ष छन्। 'महिला कक्षमा चाप थेग्न समस्या छैन तर पुरुषतर्फ अटाउन मुस्किल परेको छ।’ प्रहरी नायव उपरीक्षक थपलियाले भने- गर्मी समय भएकाले लत्ताकपडाको खासै समस्या छैन।

तानसेनका होटलबाट प्रहरीले ५ जोडीलाई आपत्तिजनक अवस्थामा पक्राउ

तानसेनका होटलबाट प्रहरीले ५ जोडीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ। 'तानसेन बसपार्कस्थित होटल सिम्रिक र होटल मनकामनामा जाँच गर्दा यौन क्रियाकलापमा संलग्न अवस्थामा ५ जना पुरुष र ५ जना महिलालाई पक्राउ गरिएको हो।’ थपलियाले नागरिकसँग भने- यौनजन्य क्रियाकलाप बढेको गुनासोका आधारमा होटल तथा लजहरूमा चेकजाँच बढाएका छौं।

Wednesday, July 27, 2011

यातायात ब्यवस्था कार्यालय बुटवलको सरकारी कागजात किर्ते गर्ने पक्राउ

देबघाट क्षेत्र बिकास समितिका पूर्व कार्यकारी निर्देशक श्रीधर शर्मा सरकारी छाप किर्ते गरेको अभियोगमा पक्राउ परेका छन् ।

यातायात ब्यवस्था कार्यालय बुटवलको सरकारी छाप बनाएर आफै लाइसेन्स बितरण गरेको प्रमाण फेलापरेपछि उनलाई प्रमाण सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए । उनले संचालन गरेको ड्राइभिङ इन्सिस्टिच्यूटमा आफैले यातायात कार्यालयको सरकारी छाप र शाखा अधिकृतको छाप समेत बनाएर धमाधम लाइसेन्स बितरण गरेको वारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

यातायात कार्यालय बुटवलको छाप, लेटरप्याड , लाईसेन्सका खाली कार्ड ,लाईसेन्समा टासिने होलो ग्र्राम र चिकित्सकको लेटरप्याड समेत बरामद भएको छ । प्रहरीले उनको डा्रइभिङ इन्स्िटच्यूटमा प्रयोग हुदै आएका २ वटा कारपनि बरामद गरेको छ । एउटाको कागजात रहेको र अर्को गाडीको नभएकाले चोरीको गाडि रहेको आसंकामा थप छानविन शुरु गरेको छ ।

मंगलवार पक्राउ परेका उनलाई कावासोती प्रहरी हिरासतमा राखिएको छ । बुधवार सरकारी वकिलको कार्यालयमा म्याद थप्न उनलाई परासी लगिएको छ । उनिसंगै उनका भाई सन्तोष शर्मालाई पनि पक्राउ गरिएको छ

 

बुटवलको मेडिटेक इन्टरनेशनल एकाडेमी सञ्चालकले सीटीईभीटी बिरूद्ध सर्वोच्च अदालतमा रिट दायर

नर्सिङ कलेजको भर्ना प्रक्रियामा सीटीईभीटीले लापरबाही गरेको भन्दै बुटवलको एक कलेज सञ्चालकले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

सीटीईभीटीले बुटवलको सामुदायिक स्वास्थ्य प्रतिष्ठान मेडिटेक इन्टरनेशनल एकाडेमीको भर्नाको फारम वितरण गर्न अनुमति दिएपनि प्रवेश परीक्षाका लागि अनुमति दिएको छैन ।

सीटीईभीटी बिरूद्ध मेडिटेकका प्रवन्ध निर्देशक मिलन ज्ञवालीले रिट दायर गरेका हुन् । घुस नदिएकै आरोपमा प्रवेश परिक्षामा समावेश नगरेको सञ्चालकले आरोप लगाएका छन् । २०६६ सालमा सीटीईभीटीबाट दुईबर्षका लागि अस्थायी सम्बन्धन लिएर तीन बर्षे प्रमाणपत्र तहको नर्सिङ्गको अध्ययन सुरु गराईएको मेडिटेक नर्सिङ्ग कलेजले शैक्षिक सत्र ०६८/६९ का लागि नविकरण समेत गरिसकेको छ ।
कलेजले तेश्रो व्याचका लागि सबै प्रक्रिया पुरा गरि परिषद कै स्वीकृतिमा कलेजले भर्ना फाराम बितरण गरेको संचालक रघुनाथ गिरीले बताए । ६० जना बिद्यार्थीलाई फाराम बितरण गरी प्रवेश परीक्षाको तयारीमा रहेको बेला परिषद्ले गत ७ गतेको सूचनामा परीक्षा केन्द्र नै नतोकी बिधार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको उनले बताए । परिषद्ले सुनुयोजित रुपमै फाराम भरेका बिद्यार्थीले प्रवेश परीक्षामा सहभागी गर्न नपाउने गरि परीक्षा केन्द्र नतोकेको गिरीले बताए ।
कलेज तथा अस्पतालको निरिक्षण नै नगरी परिषद्का उपाध्यक्ष गोपाल खनाल र सदस्य सचिब जयबहादुर टण्डनले आफैले निरिक्षण गरेको झूटो कागज बनाएर पूर्वाधार नपुगेको आरोप लगाउदै प्रवेश परीक्षा रोकेको गिरीले बताए । कलेजको स्वीकृति लिदा समेत सीटीईभीटीका सदस्य सचिवलाई २४ लाख रूपैया घुस खुवाएको सञ्चालकले बताए । 'सम्बन्धन लिन पनि २४ लाख रूपैया नदिएसम्म गरिदिएनन,' कलेजका एक सञ्चालकले घुस खुवाउँदा बैकमा जम्मा गरेको रसिद देखाउदै भने-'अहिले पनि पैसा चाहि मागेका छैन, उनीहरूको आशय चाँही पैसा लिने हो ।

सीटीईभीटी अन्तर्गत सञ्चालित धेरै नर्सिङ कलेजको आफनै अस्पताल समेत छैन । त्यस्तै नाम चलेको अस्पतालको कलजेका विद्यार्थीलाई आफनै अस्तपालमा छिर्न समेत दिदैनन । तर यो कलेजकेा आफनै अस्पताल हुदा समेत विभिन्न बाहना बनाएर प्रवेश परीक्षामा रोक लगाएको छ । प्रवेश परीक्ष्ााको तयारीमा रहेको विद्यार्थीको केन्द्र नतोक्दा अन्यौलमा रहेको छ ।

 

पर्वत की सुनिता नेपालीलाई ६ वर्षपछि न्याय

 बिहे गर्ने आश देखाएर प्रेमीले शारीरिक सम्पर्क राखे। पछि बिहे गर्नु त कता, उल्टै दलित भन्दै हेप्न थालेपछि पर्वत बराचौर- ६ की सुनिता नेपाली बिचल्लीमा परिन्। तिनै सुनिताले ६ वर्षपछि बल्ल न्याय पाएकी छिन्। सोही गाउँकै वडा नम्बर ७ का सोमबहादुर खत्रीसँग प्रेम गरेकी सुनिताले २०६२ मा छोरो पाएकी थिइन्।

प्रेमीबाट माया नपाए पनि न्याय पाइछाड्ने उनको अठोट थियो। अंशका लागि बाबु र आमा छोराको नाता कायम गर्न जिल्ला अदालत पर्वतले दिएको आदेश समेत कार्यान्वयन नभएपछि उनी बाग्लुङस्थित पूनरावेदन अदालत गुहार्न आइन्। जिल्ला अदालतको फैसला सदर गर्दै पुनरावेदनले माघमा गरेको फैसला अहिले आएर कार्यान्वयन भएको छ। उक्त फैसलाअनुसार बराचौरस्थित जग्गा जमिनको अंश अदालतले यसै साता सुनिताको नाममा दिलाई दिएको छ । अदालतले आदेश गरे पनि आनाकानी गरिरहेका परिवारलाई अन्ततः अंश दिन करै लाग्यो।

'पतिले धोका दिएपछि घर न घाट भएर भौँतारिँदै हिँडेकी थिएँ,' सुनिताले भनिन्, 'छोरा र मलाई धोका दिए पनि अंश पाउँदा खुसी लागेको छ।' अंशसंगै बाबुको नामबाट उनका छोराको समेत जन्म दर्ता भएको छ।

खत्रीले गर्भ बोकाएर भागेपछि छोराको अहिलेसम्म जन्मदर्ता भएको थिएन। 'घरकाले नै नसकारेपछि कसरी दर्ता हुन्थ्यो,' सुनिताले भनिन्, 'अब छोराले पनि कानुनी रुपमा बाबु पायो।'

२०६३ मा जिल्ला अदालत पर्वतमा आत्मनिर्भर विकास मञ्च र जिल्ला कानुनी सहायता समिति, पर्वतको सहयोगमा खत्रीसँग नाता सम्बन्ध र अंश माग गर्दै सुनिताले मुद्दा हालेकी थिइन्। माइतीबाट समेत अपहेलित भएकी उनी अहिले पोखरामा बसेर बृत्तचित्र बनाउन थालेकी छिन्। 'छोरालाई यहीँकै एसओएस बालग्राममा पढाइरहेकी छु,' उनले भनिन्।
 

सिद्धार्थनगर की एक युवतीले हतियार देखाएर आफुलाई यौन दुर्व्यवहार गरेको दावी

हतियार देखाएर आफुलाई यौन दुर्व्यवहार गरेको दावी गर्दै सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी युवतीले  प्रहरीमाथि कारवाहीको माग गरेकी छन् ।

रुपन्देहीको गोनाहा–३ खजुरीया घर भई पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी हवल्दार अवधेश यादवले यौन दुर्व्यहार गरेको दावी गर्दै निसा खान (नाम परिवर्तन) ले कारवाहीको माग गरेकी हुन् ।

खानले यादवमाथि कारवाही र शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा सोमवार जाहेरी दिएकी छन् ।

बेलहियाको सुख्खा बन्दरगाहा सुनसान सडकमा रोकेर आफुलाई यौन दुर्व्यवहार गर्न थालेपछि चिच्याउन लाग्दा उसले रिवाल्भर झिकेर आफ्नो टाउकोमा राखेर कराए गोली हानी मारिदिने धम्की दिएको जाहेरीमा उल्लेख छ ।

यादव लामो समयदेखि रुपन्देहीमा घुमुवा प्रहरीको रुपमा काम गर्दै आएका प्रहरी हुन् । घुमुवा छँदा अवैध कारोवार गर्नेसंग अवैध असुली गर्ने गरेको आरोप यादवमाथि लाग्दै आएको थियो । प्रहरी उपरीक्षक रबिन्द्रनाथ रेग्मीले यस घटनाबारे प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा छानविन समिति गठन गरिएको बताए ।

Tuesday, July 26, 2011

हार्दिक श्रद्धा सुमन


जरे खोलामा डुबेर इहलिला समाप्त हुने किशोरीहरु





जरे खोलामा डुबेर इहलिला समाप्त हुने किशोरीहरु अध्यनरत नेपाल राष्टिय उच्च माबि, ठुलापोखरा

अर्घाखाँचीका ग्रामिण क्षेत्रमा चल्ने ठुला सबारी साधन तर कच्ची एवं साघुरो सडकको एक दृश्य


अर्घाखाँचीका  ग्रामिण क्षेत्रमा चल्ने ठुला सबारी साधन तर  कच्ची  एवं  साघुरो  सडकको एक दृश्य 

 

खाँचीकोट गाविसलाई नगरपालीकामा समाबेस नगरिएको बिरोधमा चक्काजाम

सन्धिखर्क बाट नजिकै रहेको गाविस खाँचीकोट गाविसलाई हालै घोषणा भएको सन्धिखर्क नगरपालीकामा समाबेस नगरिएको बिरोधमा स्थानीय बासिन्दाले गोरुसिङे सन्धिखर्क सडक
अन्तर्गत खाँचीकोट फुदबाङमा  आज बिहान चक्काजाम गरेका  छन्  ।

 नरपानी र वांगलालाइ नगरपालीकामा समाबेस गर्दा सदरमुकामबाट नजिक रहेका स्थानलाई नसमेटेको भन्दै स्थानीय बासिन्दाले बिहान ९ देखि १० बजे सम्म १ घण्टा चक्काजाम गरेका हुन् ।

खाँचीकोटलाई नगरपालीकामा समाबेस गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय मार्फत स्थानीय बिकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएका खाँचीकोटका स्थानीय बासिन्दाले पहिलो चरणको बिरोध स्वरुप चक्काजाम गरेका छन् । नेपाल सरकारले हालै अर्घाखाँचीमा पहिलोपटक सन्धिखर्क वांगला र नरपानी गाविसलाई समेटेर सन्धिखर्क नगरपालीका घोषणा गरेको थियो ।

कपिलबस्तु नरसंहारका दोषीलाई कारवाही माग

चार बर्षअघि कपिलबस्तुको चन्द्रौटामा भएको नरसंहारका दोषीहरुलाई कारवाही र पीडितहरुलाई क्षतीपूर्तीको माग गर्दै सोमबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

जबाफदेहिता निगरानी समिति कपिलवस्तु र एड्भोकेसी फोरमको अगुवाईमा कपिलवस्तु घटनाका पीडित, कपिलवस्तुका सभासद, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका मन्त्री घनश्याम भुसाललाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले पीडितको समस्या सम्बोधन गर्न मंगलबारसम्मको समय मागेको फोरमद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

ज्ञापनपत्रमा पुनरावेदन अदालतका न्यायाधिश लोकेन्द्र मल्लिकको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदन अनुसार दोषीलाई कारबाही गर्न र पीडितलाई परिपुरण दिन माग गरिएको छ ।
२०६४ साल भदौ ३० गते कपिलवस्तुको चन्द्रौटामा मोहित खाँको हत्यापछि भड्किएको हिंसामा १३ जनाको हत्या हुनुका साथै दर्जनौ घरमा आगलागी, तोडफोड र क्षति भएको थियो ।

रिडी बलकोट सडक खण्डको पुल वनाउने क्रममा एक जनाको मृत्यु

 दिगाम गाविसको वार्ड नं. ८ हर्दिखोलामा पुल वनाउने क्रममा पुलवाट खसेर अर्घाखाँची जिल्लाको पाली गाविस निवासी चेतनारायण कुमालको छोरा १८ वर्षीय गोपाल कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । निर्माण गर्दै गरेको पुलवाट खसेर गुल्मीको दिगाममा एक युवाको ज्यान गएको हो । कुमालको गुल्मीको रिडीमा पोष्टमार्टम गरि आफन्तहरुलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यलय रिडीले जनाएको छ ।


Monday, July 25, 2011

जरे खोलामा डुवेर तीन जनाको मृत्यु

नुहाउने क्रममा खोलामा पौडी खेल्दै गर्दा अर्घाखाँचीको ठुलापोखरामा ३ जनाको  डुबेर मृत्यु भएको छ । ठुलापोखरा गाविसको चौहा स्थित जरे खोलामा पौडी खेल्दा डुबेर मृत्यु हुनेमा ठुलापोखरा–१ नयाँ गाउँका    १६ वर्षीया उषा वि.क., १४ वर्षीया रिता विक र ठुलापोखरा २ की १५ वर्षीया रेखा पाण्डे रहेका छन । उषा र रेखाले ठुलापोखरा स्थित नेपाल राष्टिय उच्च माविको कक्षा ८ मा र रिताले ९ कक्षामा अध्ययनरत विद्यार्थी हुन । चौहा फाँटको खेतमा धान लिएर घर फर्कदै गरेका उनीहरु खोलाको दहमा नुहाउने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएको स्थानीयवासी चन्द्रमणी पाण्डेले बताउनुभयो । धानको भारी र शरिरका कपडा खोलाको छेउमा राखेर पौडी खेल्न गएका उनीहरु खोलामा डुबेको अवस्थामा देखेपछि स्थानीय वासिन्दाले प्रहरी र गाउँलेले खबर गरेका थिए । तीनै जना एकै ठाउँमा मृत्य अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सवलाई प्रहरी र स्थानीय वासिन्दाले खोलाबाट निकालेपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ ।


सडक मर्मतको माग गर्दै सन्धिखर्कस्थित सडकमा धान रोप्दै




वीरेन्द्र केसी
बाटो विग्रिएर सावारी साधान ठप्प भएपछि मर्मतको माग गर्दै अर्घाखाँची सदरमुकामको मुख्य बजार सन्धिखर्कस्थित नयाँ बसपार्क सडक अन्तरगत गुन्टेखोला सडकमा आइतवार धान रोप्दै स्थानीय बजारवासी /





मोटर साइकलको नयाँ बिक्री मूल्य


नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन(नाडा)ले सार्वजनिक गरेको नयाँ मूल्य विवरण

 
 
 
 
 
 
 
 
 

Sunday, July 24, 2011

बाटो पिचको लागि ध्यानाकर्षण

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको टुँडीखेल गल्लीको सडकमा हिउँदमा धुलो र वर्षादमा हिलोले सताएको भन्दै स्थानीय बासिन्दाहरुले सडक पिचका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।


स्थानीय बासिन्दाहरुले सन्धिखर्कका अधिकाम्स सडकहरु पिच गरेर व्यवस्थित गरि सक्दा पनि बजारको सरकारी कार्यालयसँग प्रत्यक्ष सरोकार राख्ने गल्ली पीच नहुँदा सास्ती व्यहोर्नु परेको भन्दै प्रंमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले टुँडीखेल लाइन सडक र आसपासका सडकहरु तत्काल पिच गर्नका लागि पहल नगरीए आन्दोलन गर्ने चेतावनि दिदैँ जिविस, गाविस र राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाएका छन् ।

पैसा नहुँदा उपचार नपाएर बालकको मृत्यु

गगनशिला खड्का
गुल्मीको दुर्गम गाविस सिर्सेनीका एक बालकको आर्थिक अभावका कारण समयमै उपचार नपाउँदा मृत्यु भएको छ । सदरमुकाम तम्घासबाट पश्चिम विकट गाविस सिर्सेनी वार्ड नं ९ निबासी चन्द्र परीयारका तीन वर्षिया करण परीयारको मृत्यू भएको हो । विगत एक हप्तादेखि निमोनियाले ग्रस्त करणलाई स्थानिय स्तरमै उपचार गाराईरहे पनि समयमै थप उपचारका लागी सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउन नसक्दा मृत्यू भएको हो । गाउँकै उपस्वास्थ्य-चौकीबाट रीफर गरीए पनि तम्घास ल्याउन रकम अभावका कारण ढिला भएपछि उनीहरुले शनिबार मात्रै सदरमुकाम तम्घास ल्याएका थिए ।

तम्घासको रेसुङ्गा अस्पतालमा ल्याएको र सो अस्पतालले तत्काल मिसन अस्पतालमा लैजान सुझाव दिएपनि बालकका आफन्तले आर्थिक अभाव दर्शाउँदै त्यहाँबाट विरामी विरामी बालकलाई लिएर घरतर्फ फर्किएका थिए । बिरामी बालकलाई आर्थिक अभावमा घरतर्फै फर्काएको आधा घण्टा नवित्दै उनको मृत्यू भएको थियो । “बालक तीनदिनदेखि बेहोस रहेछन्, – रेसुङ्गा अस्पत्तालका डाक्टर अशोक थापाले भने – पहिला त यहिँ नै ल्याउन ढिलो भयो त्यसमाथी तत्काल पाल्पा पु¥याउनुपर्ने बालकलाई घरतर्फ फर्काए । ” बालकका बाबु घरमा नभएको र आमा सुत्केरी अबस्थामा रहेकोले छिमेकीले बेहोस भईसकेपछि तम्घासमा ल्याएका थिए ।

“ बालकका बाबु भारतमा छन्, हामीले खोजेर ल्याएको जम्मा पैतीस सय मात्र थियो, ” उनका आफन्त गोपाल परीयारले भने – तीन हजार त एम्बुलेन्स खर्च मात्रै चाँहीदो रहेछ, उपचार खर्च त नहुने भयो भनेर फर्काएका हौँ ।” उनले खर्च नभएकै कारण धेरैदिन गाउँकै उपस्वास्थ्यचौकीको भर पर्नुपरेको बताए । जिल्लामा निमोनिया, झााडापखाला लागेका बालकहरुलाई अस्पत्ताल लैजानु भन्दा पनि धामीझाँक्री कहाँ लैजाने चलन रहेको छ । यसकारण पनि गाउँका थुप्रै बालबालीकाको अकालमा ज्यान जाने गरेको छ ।

गाउँमा मात्र नभई सदरमुकाम तम्घासमा समेत तीन महिनादेखि रक्तश्रावले पिडीत प्यूठानबाट मजदुरी गर्न तम्घासमा बसेकी २६ वर्षिय गौमती घर्तिले दैनिक धामीझाँक्री गराईरहेकी छन् । साथमा पैसा नभएका कारण अस्पत्तालमा लैजान नसकेको पिडीत महिलाका श्रीमान दुर्गामान घर्तिले बताए । दैनिक मजदुरी गर्ने दुर्गामानका २६ वर्षको उमेरमै पाँच सन्तान भैसकेका छन् । “ अव भने गर्भवती हुनबाट बच्छु भन्दै संगीनी सुई लगाएकी थिएँ , – गौमतिले भनिन् – त्यसदिनदेखि रगत बगेको बग्यै छ । सुई लगाएर कुल कुल्यान रीसाएकी भनेर हेरखोर गराईरहेकी छु । ” उता उनलाई झारफुक गरीरहेका धामी प्यूठान अर्खा ४ का जित बहादुर रानाले भने घरका सिमेभूमेले यस्तो दुःख दिएको भन्दै भने “ सिमेभूमेलाई मनाएको छु , अव ठिक हुन्छ । ” उनले एउटा कुचो, एक अम्खोरा पानी र हातमा खरानी लिएर ति महिलाको

शिरमा झारफुख गरीरहेका थिए । किन अस्पत्ताल नगएर धामीझाँक्री गराएको भन्ने प्रश्नमा गौमतीले भनिन् “के भन्छ के भन्छ, हामी त बुझ्दैन ।

झुत्रे देखेपछि वास्तै गर्दैन भनेर नगएको हो । अव त मरीन्छ की जानुपर्ला ।” यो घटना जिल्लाको प्रतिनिधीमूलक घटना हो । सिर्सेनीका बालकको मृत्यू पनि यस्तै कारणले भएको हो । यता जिल्ला स्वास्थ्य प्रमुख डा हरी बहादुर केसीले भने त्यस्ता गरीव महिलाहरु अस्पत्ताल

आएमा निःशुल्क उपचार गरीने बताए । “ हामीले गाउँ गाउँमा गरीव विपन्नको उपचार निःशुल्क गछौँ भनेर जानकारी पु¥याएका छौँ, उपचार नै गर्न आउँदैनन् त के गर्ने ?” –केसीले भने ।





शेरबहादुरले प्राप्त गरे बुटवल श्री

लुम्बिनी अञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि (बुटवल श्री) शेरबहादुर खाम्चामगरले जितेका छन्। बुटवल हाटबजारलाइनस्थित कान्ति सभाहलमा खचाखच दर्शकमाझ सम्पन्न प्रतियोगितामा ५५ किलोग्राम, ६० किलोग्राम, ६५ किलोग्राम, ७० किलोग्राम र त्यसभन्दा माथिको गरी ५ समूहमा रुपन्देही, पाल्पा, नवलपरासी र कपिलवस्तु जिल्लाका गरी ३५ जना 'बडी बिल्डर' सहभागी थिए। जसमा फस्टरनरअप विजेन्द्रमान श्रेष्ठ, सेकेन्ड रनरअप चन्द्रमान श्रेष्ठ भए भने सुवास सिंह तथा प्रदीप कर्माचार्यले सान्त्वना स्थान प्राप्त गरे।


तौल समूहअन्तर्गत ५५ किलोग्राम मा प्रदीप कर्माचार्य, ६० किलोग्राम मा सुवास सिंह, ६५ किलोग्राममा विजेन्द्रमान श्रेष्ठ, ७० किलोग्राममा शेरबहादुर खाम्चा र ७० किलोग्राम माथिकोमा चन्द्रमान श्रेष्ठ विजयी भए। रूपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस सेन्टरको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा न्यू होराइजन स्कुलका कलाकारले गीत एवं नृत्य प्रस्तुत गरेका थिए।

Friday, July 22, 2011

विदेशबाट आउँदा ल्याउने एल.सी.डी., प्लाज्मा वा एल.ई.डी. टेलिभिजनमा कति कर लाग्छ त

वैदेशिक रोजगारबाट फर्केका नेपाली यात्रुहरुले विदेशबाट आउँदा ल्याउने एल.सी.डी., प्लाज्मा वा एल.ई.डी. टेलिभिजनमा समदरमा लाग्ने महसुल दर  परिबर्तन भएको छ । यो जानकारीबाट मुलत: वैदेशिक रोजगारबाट फर्किने यात्रुहरुलाई सहजता हुने छ \अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गरेको बजेटमा यो ब्यवस्था गरिएको  हो ।


 
                             अहिलेको नया महसुल दर   (New Custom Rate)



एल.सी.डी.प्लाज्मा वा          ६ महिनासम्म विदेश                           ६ महिना भन्दा बढी

एल.इ.डी.टिभी को             बसी फर्केकालागी                                   बिदेशमा बसी फर्केका लागि

साइज( इन्चमा )               (प्रतिइन्च रुपैयाँमा)                               (प्रतिइन्च रुपैयाँमा)


क . २२ " सम्म                               २५०/-                                                २०० /-

ख . २३ " देखि २९ " सम्म              ४००/-                                                ३५० /-

ग . ३० " देखि ३२ " सम्म              ५०० /-                                              ४५० /-

घ . ३३ " देखि ३९ " सम्म              ५५० /-                                            ५०० /-

ङ . ४० " देखि ४९ " सम्म             ६०० /-                                                ५५० /-

च. ५० " र सो भन्दा माथि          १२५० /-                                             १२०० /-

त्यसबाहेक तपाईँले भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर केही पनि तिर्नुपर्दैन।

 

यदि तपाईँले ३२ इञ्चको टिभी ल्याउनु भयो। तपाईँ विदेशमा बसी फर्केको छ महिनामात्रै भएको छ भने तपाईँले प्रति इञ्च ५ सय रुपैयाँ अर्थात् ३२x५०० रुपैयाँ = १६ हजार रुपैयाँ कर तिर्नुपर्छ। यदि तपाईँ छ महिनाभन्दा बढी समय बसी नेपाल फर्कनुभएको हो भने तपाईँले ३२X४५०‌= १४ हजार ४ सय रुपैयाँ मात्रै कर तिरे हुन्छ।

ढिकुरा गाविसमा ९ वर्षीय बालकको माथिबाट खसेको ढुङ्गाले लागेर ज्यान गयो

जंगलमा बाख्रा चराउदै गर्दा माथिबाट खसेको ढुङ्गा लागेर अर्घाखाँचि  जिल्लाको ढिकुरा गाविसको हर्राचौर गाउका ९ वर्षीय बालक अस्मित नेपालीको ज्यान गएको ज्यान गएको छ । दिउसो घर नजिकैको जंगलको तलपटी बाख्रा चराउन बसिरहेको बेला माथिबाट एक्कासी आएको ढङ्गाले टाउकोमा लागेपछि नेपालीको घटनास्थलमै ज्यान गएको थियो । ढुगाले नेपालीको टाउको फुटेपछि उच्च रत्तश्रावका कारण घटनास्थलमै ज्यान गएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Thursday, July 21, 2011

रक्तचन्दनसहित पक्राउ

भैरहवा, साउन ५ (नागरिक)-
रुपन्देही प्रहरीले सिन्धुपाल्चोक, तातोपानीका २८ वर्षीय मिङमार लामालाई १ सय ८३ किलो ९५ ग्राम रक्तचन्दनसहित पक्राउ गरेको छ। पक्राउमा परेका लामा र रक्तचन्दन जिल्ला प्रहरी कार्यालय भैरहवाले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। बा ६ च ५८०० नम्बरको कालो बलेरो जिपमा ५ वटा जुटको बोरामा प्याकिङ गरिएको अवस्थामा अरक्तचन्दन फेला परेको रुपन्देहीका निमित्त जिल्ला प्रहरी प्रमुख भोजजंग शाहले बताए।

प्रहरीले गाडी तथा चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय रुपन्देहीमा पठाउने जनाएको छ।

साइटिस सन्धिमा हस्ताक्षर गरेकाले नेपालमा रक्तचन्दन प्रतिबन्धित छ।





तानसेन तम्घास सडक अबरुद्ध

गगनशिला खड्का
साँघुरो सडकमा गाडी विग्रेपछि बाहिरबाट गुल्मी जिल्लाको सदर मुकाम तम्घास सहित क्षेत्र नं २ र ३ प्रवेश गर्ने एकमात्र सडक तानसेन तम्घास सडकखण्ड बुधबार विहान देखि अबरुद्ध बनेको छ । तानसेन तम्घास सडकखण्डको खन्यारुखमा ना २ ख ५६५१ नम्बरको ट्रक विग्रेपछि बुधबार विहान सात बजेदेखि सडक अबरुद्ध भएको यात्रु रीख बहादुर पाण्डेले जानकारी दिए ।

सडक अबरुद्ध भएपछि पाल्पा बुटबल लगायत जिल्ला बाहिर र क्षेत्र नं १ बाट सदरमुकाम तथा २ र ३ नम्बर क्षेत्रमा आउने तथा बाहिर जाने सवारी साधनहरु विच बाटोमै अलपत्र परेका छन् । सिमेण्ट बोकेको ट्रक ओभरलोडका कारण लर्केर सडकमा तेर्सो परेको कारण सडक बन्द भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार रेशम थापाले जानकारी दिए । विग्रेको ट्रक तान्नको लागी प्रयास भईरहेकोले केही घण्टामा सडक सुचारु हुने उहाँले जानकारी दिए ।

Wednesday, July 20, 2011

तौलिहवा बन्दका कारण जनजीबन प्रभाबित

कपिलवस्तु, सदरमुकाम तौलिहवा बन्दका कारण यहाँको जनजीबन प्रभाबित बनेको छ । तौलिहबाका पसल, बजार पुर्ण रुपमा बन्द छन् । यातायातका साधन पनि चलेको छैन् । सदरमुकामबाट चल्ने र बाहिरबाट आउने कुनै पनि सबारी साधन चलेका छैनन् ।

मंगलवार प्रहरीले एक ट्रक चामल बल प्रयोग गरी पक्राउ गरेको बिरोधमा तौलिहवा उद्योग वाणिज्य संघले बुधबार बन्दकोे आव्हान गरको हो ।

प्रहरीले कपिलवस्तु नगरपालिका-७ बरदहवाबाट लु १ ख ६३१६ नंम्वरको ट्रकमा रहेको ५२ क्वीन्टल चामल अबैध रुपमा भन्सार छलेर ल्याएको भन्दै पक्राउ गरेको आरोप उद्योग वाणिज्य संघले लगाएको छ । संघले आबश्यक कागज सहित जिल्लाको रंगपुर गाबिस स्थित सरजु गल्ला भण्डार पान नं. ३००३५८४९६ बाट चामल खरिद गरि उत्तम गल्ला भण्डार बुटवल लैजाने गरेको जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख उपरीक्षक धिरु बस्नेतको सरुबा र पक्राउ गरेको चामल फिर्ता नभए सम्म बन्द जारी रहने उद्योग वाणिज्य संघका अध्यक्ष संतोष कसौधनले बताए । त्यस्तै संघका अध्यक्षको नेतृत्बमा ब्यापारीहरुको एक समुहले प्रमुख जिल्ला अधिकारी डा. कमलेश्बर सिन्हालाई ज्ञापनपत्र दिदै प्रहरी प्रमुखको तत्काल सरुबा हुनु पर्ने माग राखेका छन् ।

रुपन्देहीको शंकरनगरमा दलित महिलालाई मन्दिरमा पुजा गर्न रोक

विनोद परियार
रुपन्देहीको शंकरनगर वडा नं ३ स्थित एक मन्दिरमा दलित महिला केहि कथित उपल्लो जातका महिलाहरुले संगै पुजा गर्न अस्विकार गरेका छन् ।

मंगल चौथीको पुजाका लागि सिद्धार्थराजमार्गसंग सटेर रहेको दुर्गामन्दिर पुजाका लागि गएकी सोही ठाउ बस्ने ३२ बषिय पुनम विकलाई त्यहाका केहि महिलाहरुले पानी चनल्ने जातसंग बसेर पुजा गर्न नहुने भन्दै अपमान गरेको पिडित पुन विकले बताउनुभयो । विगत दुई महिनादेखि डेरामा बस्दै आएकी विकले यसअघि गत असार २१ गैरदलित महिलाहरु संगै पुजा गरेकी थिईन तर दसलत भन्ने थाहा पाएपछि उनीहरुले विकसंग पुजा गर्न नमानेका हुन् ।

गैरदलित महिलाहरुले पुनमसंग पुजा नगर्ने बताउदै अगाडि या पछाडि एक्लै पुजा गर्न आग्रह गरेपछि मंगलबार केहिबेर विवाद समेत भएको थियो । कथित उपल्लो जातका केहि महिलाहरुले दलितसंग बसेर पुजा गर्दा अनिष्ट हुने,कुल देवता रिसाउने भएकाले पुजा नगरेको बताएका छन् स्थानिय शिला क्षेत्रीले दलित भनेर हेला नगरेको दावी गर्दै आफुहरुले भगवान रिसाउनछन् भनेर मात्रै संगै पुजा नगरेको दावी गर्नुभयो । तल्लो जातको संग पुजा गर्दा भगवान रिसाउछन् घरमा अनिष्ट हुन्छ हामीले के गर्ने उहाले भन्नुभयो ।
तर पिडित पुनमले भने दलित भन्ने थाहा पाएलगतै उनीहरुले आफुलाई मन्दिरमा पुजा गर्न नै रोक लगाएर एक्लै पुजा गर्न दवाव दिएको बताउनुभयो । गाउका केहि महिलाहरुले संगै बसेर पुजा गर्देनौ भन्ने र पुनमले संगै पुजा गर्न पाउनुपर्छ भन्ने अडानका कारण विवाद भएको पण्डित पण्डित जनार्दन ज्ञवालीले बताउनुभयो ।
उहाका अनुसार स्थानिय केहि महिलाहरुले पुनम विश्वकर्मा भएकाले उनीसंग पुजा गर्न नमानेका हुन् । शिक्षित र सचेत देखिने महिलाहरुबाटै यस्तो घटना हुन लजास्पद भएको टिप्पणी गरिएको छ । जातकै आधारमा सार्वजनिक मन्दिरमा विभेद गर्न नुहने स्थानियहरुको भनाई छ । नेपालको कानुनले सार्वजनिक मन्दिरमा प्रवेश तथा पुजापाठमा जातको आधारमा विभेद गरे कारवाहि हुने उल्लेख गरेको छ । शंकरनगर रुपन्देही जिल्लामै नमुना गाविसको रुपमा परिचित छ ।

यसैविच सो घटनाको रिर्पोटिङका लागि पुगेका पत्रकारहरुलाई स्थानिय केहि महिलाहरुले अभद्र ब्यबहार गरेका छन् । पत्रकार विनोद परियार र संजय विश्वकर्मालाई त्यहाका केहि महिलाहरुले पुनम विकको घटनालाई लिएर रिर्पोटिङ गर्न आएको भन्दै धम्कीपुर्ण भाषामा गाली गर्दै दुब्र्यबहार गरेका हुन् ।

जिप दुर्घटनामा मर्नेको संख्या तीन

घनश्याम गौतम
गुल्मीको आँपचौर गाविसमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा मर्नेको संख्या तीन पुगेको छ । वामीटक्सारबाट मजुवातर्फ आउँदै गरेको लु. १ ज १६९४ नम्बरको जिप गुल्मीकै आँपचौर गाविस-३ झक्कले भन्ने स्थानमा अर्को जिपलाई साइड दिने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा २ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्थायी प्रहरी चौकी मजुवाले जनाएको छ ।

प्रहरीका अनुसार जिप मालिक कुर्घा-५ भुवाचिदीका सुब्बा भन्ने टुङ्गबहादुर रायमाझी, कुर्घा-३ का दुर्गाबहादुर रायमाझी र बाग्लुङ्गबाट सरुवा भै कीर्तिपुर काठमाण्डौंजाँदै गरेका प्रहरी जवान मनोज आलेको मृत्यु भएको हो । मृतक मध्ये जिप मालिक रायमाझी र प्रहरी जवान आलेको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्गाबहादुर रायमाझीको उपचारका क्रममा रुद्रावती अस्पताल मजुवामा मृत्यु भएको हो । प्रहरी जवान आले जलजला-२ बाग्लुङ्गका हुन् ।

विपरीत दिशाबाट आएको जिपलाई साइड दिने क्रममा जिप सडकबाट झण्डै ४० मिटर तल बडीघाट खोला किनारमा खसेको प्रहरीले जनाएको छ । घटनामा गम्भिर घाइते बुर्तिबाङ्ग-१ बाग्लुङ्गका ३७ वर्षीया होमकुमारी कुँवर, ३५ वर्षीय घनेन्द्र रायमाझी, बुर्तिबाङ्ग-२ का २८ वर्षीय नेत्रप्रसाद पाण्डे र ३८ वर्षीय डिलबहादुर माझकोटीलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाईको रुद्रावती अस्पतालले जनाएको छ ।

घटनामा घाइते अन्य ६ जनाको मजुवामै उपचार भइरहेको छ ।

Tuesday, July 19, 2011

३२ वर्षे पूरै कमाइ दान

दिलीप पौडेल, बाग्लुङ, साउन ३- पियनले आफ्नो कति कमाइ बचाउँछ, कति रकम समाजसेवामा लगाउँछ? जैदीस्थित संस्कृत उच्च माविका परिचर होमबहादुर क्षेत्रीले यी प्रश्नको उत्तर आश्चर्यजनक व्यवहारले दिएका छन्, ३२ वर्षे पूरै कमाइ पाँच लाख रुपैयाँ स्कुललाई दान गरेर।  'धेरै पढ्न पाइनँ,' आठ कक्षा पढेका होमबहादुरले भने, 'मैले नपाए पनि अरू वञ्चित नहुन् भनेर सघाइरहेको छु।'  उनी २०३५ सालदेखि उक्त विद्यालयमा काम गरिरहेका छन्।      

 ६० वर्षे होमबहादुरले एक दर्जन विद्यालयलाई चन्दा दिइसकेका छन्। जैदीस्थित संस्कृत उमाविलाई १ लाख १० हजार, कुइधाङ प्राविलाई १५ हजार, सरस्वती निमाविलाई ५० हजार, अर्जेवास्थित जनकल्याण माविलाई ७५ हजार, जनशिक्षित माविलाई ५० हजार, छिस्तीस्थित वसन्त माविलाई २५ हजार र वागलिङ प्राविलाई १० हजार रुपैयाँ सहयोग गरिसकेका छन्। त्यसो त उनले रेडक्रस, स्थानीय युवा क्लब, बाटोघाटो, पुल निर्माणमा समेत सघाउँदै आएका छन्।  ठूलो हृदयका उनी स्वयंको आर्थिक अवस्था भने बलियो छैन। बिहानबेलुका छाक टार्न उनले ज्यालामजदुरी गर्नुपर्छ। 'मेरो आम्दानी अरूलाई दिँदै ठिक्क हुन्छ,' उनले भने, 'गाउँ आउने लाहुरेले दिएका कपडाले गुजारा गर्छु।'  दिउँसो विद्यालयमा काम गरेबापत आएको सम्पूर्ण तलब उनी शिक्षामा खर्चन्छन्। आफ्ना लागि केही बच्दैन। उनी जुत्ताचप्पल लगाउँदैनन्। उनका दाह्री कपाल सेताम्मे छन्।  'हाम्रो विद्यालयलाई उच्च मावि बनाउँदा उनैले १ लाख १० हजार रुपैयाँ दिने घोषणा गरेपछि थप रकम जुटाउन गाह्रो परेन,' संस्कृत मावि व्यवस्थापन समिति अध्यक्ष मोहराज शर्माले भने, 'पियनले नै एक लाखभन्दा धेरै रकम दिएपछि अरुलाई चन्दा दिन नैतिक दबाब पर्‍यो।'  होमबहादुरले पनि समाजसेवा निरन्तर कायम राख्ने बताए।  साढे तीन दशकअघि जागिर थाल्दा मासिक डेढ सय रुपैयाँ तलब पाउने होमबहादुर अहिले ८ हजार रुपैयाँ पाउँछन्। 'बाँचुन्जेल श्रम गरेरै खान्छु,' उनले भने, 'कमाएको पैसा सबै विद्यालय र समाजसेवामा लगाउँछु।'  होमबहादुरको त्याग देखेर दर्जनौं विद्यालय र सामाजिक संस्थाले सम्मान गरेका छन्। जैदीबाट जनशिक्षित मावि अर्जेवासम्म बाजागाजासहित डोली चढाएर ल्याएको घटना उनलाई ताजै छ। 'मेरो सानो सहयोगलाई पनि अरूले ठूलोे भनी मूल्यांकन गरिदिएकामा हर्ष लाग्यो,' क्षेत्रीले भने, 'अझै उत्साहित भएको छु, आफ्नो अभियानमा समर्पित भएर लाग्नेछु।' हालसम्म अविवाहित होमबहादुरको सम्पत्तिको नाममा एक घरमात्र रहेको छ।  गाउँमा कोही बिरामी परे उनले नै बोकेर फलेबास र कुस्मासम्म नै ल्याउने गरेका छन्। 'काम नगरी बस्नै मन लाग्दैन,' होमबहादुरले भने, 'बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म काम गर्छु।' गाउँघरमा अप्ठेरो परे होमबहादुरको नै खोजी हुने भएकाले गाउँमा समेत उनी सबैका प्रिय छन्। 'साह्रोगाह्रो परे उनैलाई डाक्छौं,' स्थानीय लक्ष्मीदेवी चालिसेले भनिन्।

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ घाइते

जनार्दन घिमिरे
गुल्मी जिल्लाको आँपचौर गाविसमा आज दिउसो भएको जीप दूर्घटनामापरि दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा जीपका मालीक सुव्वा रायमाझी र प्रहरी जवान मनोज आले रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । वामीटक्सारवाट मजुवातर्फ जाँदै गरेको लु १ ज १६९४ नम्वरको जीप आँपचौर झक्कले भन्ने स्थानमा दूर्घटना भएको हो । दूर्घटनामापरि १५ जना घाईते भएका छन् ।

Sunday, July 17, 2011

सन्धिखर्क नगरपालिका घोषणा

सरकारले बजेटमार्फत अर्घाखाँचिको सदरमुकाम सन्धिखर्क सँगै ४१ वटा नयाँ नगरपालिका घोषणा गरेको छ । २०५८ सालमा प्रा. सूर्यलाल अमात्यको संयोजकत्वमा गठन भएको कार्यदलले दिएको सिफारिस अनुसार सरकारले नयाँ नगरपालिका घोषणा गरेको हो । स्थानीय विकास मन्त्रालयको सिफारिसमा साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् थप ४१ वटा नगरपालिका घोषणा गरेको हो ।


अर्घाखाँचिको जिल्लाको सदरमुकाम सन्धिखर्क गाविसलाई  सन्धिखर्क  नगरपालिका घोषणा गरिएको हो । त्यसैगरी छिमेकी जिल्ला गुल्मीको  सदरमुकाम  तम्घास गाविसलाई  पनि तम्घास नगरपालिका घोषणा गरिएको छ ।

काठमाडौंमा साँखु क्षेत्रका गाविस मिलाएर शंखरापुर नगरपालिका घोषणा गरिएको छ। त्यस्तै ललितपुर भैंसेपाटी क्षेत्रका केही गाविस मिलाएर कार्यविनायक नगरपालिका घोषणा भएको छ। ललितपुरमै अर्को चम्पापुर नगरपालिका थपिएको छ।

स्थानीय विकास मन्त्रालयका उपसचिव राजकुमार श्रेष्ठका अनुसार थपिएका नगरपालिकामा ताप्लेजुङ, फिदिम (पाँचथर), बिर्तामोड (झापा), उर्लाबारी (मोरङ), म्याङलुङ (तेह्रथुम), भोजपुर, दिक्तेल (खोटाङ) छन्।

त्यस्तै उदयपुर कटारी, सप्तरी कन्चनपुर रुपनगर र मोहनपुर कल्याणपुर, सिरहाको रामनगर मिर्चैया पनि नगरपालिका घोषणा भएका छन्। धनुषामा धनुषाधाम र सखुवा महेन्द्रनगर दुई थपिएका छन्। महोत्तरीमा निगौल गौशाला, रामेछापको मन्थली, सर्लाही हरिऔन, रौतहट चन्द्रनिगाहपुर, बारा जीतपुर पनि नगरपालिका भएका छन्।

धादिङको निलकण्ठ, सिन्धुपाल्चोक चौतारा, काभ्रे पाँचखाल पनि नगरपालिका भएका छन्। काभ्रेमा पाँचखाल नगरपालिका भएपछि जिल्लामा चार नगरपालिका भएका छन्। तनहुँमा खैरेनीटार दुलेगौंडा, बन्दीपुर गरी दुई नगरपालिका बनाइएको छ। लमजुङको बेंसीसहरलाई पनि नगरपालिका बनाइएको छ।


पर्वतको कुस्मा, म्याग्दी बेनी, गुल्मी तम्घास, अर्घाखाँची सन्धीखर्क, नवलपरासी गैंडाकोट र सुनौल पनि नगरपालिका भएका छन्। त्यस्तै प्युठान, सल्यान, बाँके कोहलपुर, बर्दिया राजापुर, बझाङ चैनपुर, अछाम मंगलसेन र साफेँबगर र जुम्लाको चन्दननाथ नगरपालिका भएका छन्।

Friday, July 15, 2011

तानसेन-बुटवल सडक खण्ड कहालिलाग्दो

सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन-बुटवल सडक खण्ड । जहाँ दैनिक १५ सय भन्दा बढी गाडी गुड्छन् । विगत केही बर्षदेखि यो सडकको न त मर्मत सम्भार नै भएको छ न त स्तरोन्नति नै । बरु दिन प्रतिदिन सडक विगार्ने काम भएको छ । वर्षेनी आउने पहिरोले यो सडको विजोग त भएको थियो नै अहिले त जताततै सडक खनेर भताभुङ्ग पारिएको छ ।

विकासका लागि विनास हुन्छ । यो सत्य हो । तर विकासका नाममा भएको संरचना र तयो पनि अन्त्यन्तै संवेदनशील क्षेत्रमा गरिने यस्तो कार्यले तानसेन-बुटवल सडक खण्ड अस्तव्यस्त भएको छ । हुन त सडक मर्मतका लागि बर्षेनी करोडौ बजेट निकासा गरिन्छ । तर त्यो मात्र टालटुलमा सिमित हुन्छ ।

सडक डिभिजन कार्यालयले हरेक बर्ष मर्मत गरेपनि बाटोको अवस्थामा खासै सुधार आउने गरेको छैन् । यस्तो अप्ठ्यारो खण्डमा नै डोजर लगाएर राजमार्ग खन्न दिएपछि सवारी साधन ओहोरदोहोर गर्न कठिनाई भएको छ । राजमार्ग भत्काएर रुपन्देहीको वुटवल बजारमा खानेपानी लैजान पाईप बिछ्याउने भनी सडक भत्काउने काम भएपछि सडकको यो हालत भएको हो ।

सडक खनिएको कारण सवारी साधन ओहोरदोहोरमा समस्या परेको छ भने दैनिक सवारी साधन जाममा फस्ने गरेका छन् । सडकमा खनेको माटो सडकमै छोड्दा सडक कच्चीजस्तै भएको छ भने धुलोले ढाकेको छ । खानेपानी कार्यालयले धरौटी बाटो मर्मतका लागि ८० लाख राखेपनि बाटो खनाई औपचारिक मात्र बनेको छ । यो सडकमा हरेक बर्ष हुने दुर्घटनामा धेरैले ज्यान गुमाउने गरेका छन् । यो बाटो विगारेपछि ५ वटा दुर्घटना भइसकेका छन् । जसमा दर्जनौ घाइते भएका छन् भने ३ जनाको ज्यान गइसकेको छ । चालकहरुले यो बाटोमा हत्केलामा ज्यान राखेर गाडी चलाउनुपर्ने बाध्यता रहेको गुनासो गर्ने गरेका छन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटवलले दोभान ५ भुम्साको सिस्नेमुलबाट २० इन्चको पानी लैजान पाईप बिछ्याउने काम गरेपनि सडकको विकासमा भने पटक्कै ध्यान दिएको छैन । ठेकेदारले मनपरी रुपमा सडक भत्काउँदासमेत अनुमति दिने निकायबाट अनुगमन नहुँदा आवश्यकता भन्दा बढी सडक खनिएको चालकहरु बताउँछन् । त्यसै त अप्ठ्यारो सडक त्यसमाथि सडक नै खनेपछि यात्रुहरु भगवान भरोसा भनेर िहंड्न बाध्य भएका छन् ।

खानेपानी डिभिजन कार्यालयले पाइपमा मात्रै ध्यान दिएका कारण राजमार्गको यस्तो दुरावस्था भएको हो । वुटवल भएर पाल्प्ाा गुल्मी स्याङ्गजा कास्कीलगायत विभिन्न जिल्लामा चल्ने गाडी यही सडक भएर चल्ने भएपनि विकासको नाममा सडकको विनास भएको छ । विकास गर्ने दुई निकाय खानेपानी र सडक डिभिजन आपुू अनुकूल चल्दा यस्तो अवस्था आएको बताउँछन् स्थानीयहरु । खानेपानीसंग धरौटी लिएर बाटो खन्न दिएकाले त्यसको मर्मत कार्य छिट्टै गरिने सडक डिभिजन पाल्पाका इन्जिनीयर गौतम श्रेष्ठ बताउँछन् ।

इन्जीनियरको भनाई मान्ने हो भने पनि हरेक बर्ष मर्मत गरिने सडकको हालत सधै नै उस्तै किन त आपुूहरुले सडक भत्काएर पाईप लैजानुभन्दा अन्य किसिमबाट पाईप बिछ्याउन माग गरेपनि पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ । सिदार्थ राजमार्ग मर्मतका लागी बर्षेनी ६० लाख भन्दा बढी बजेट विनोजित हुने गरेको छ तर त्यो बजेटको सदुपयोग भने भएको देखिदैन् । सडक खनेर पाईप बिछ्याउन दिने कामलाई सहमतिको रंग दिएपनि यस्तो काम गैरकानुनी हुने कानुनविदहरुको भनाई छ ।

सर्पको टोकाईबाट बालकको मृत्यु

अर्घाखाँचीको जलुके गाविसमा सर्पको टोकाईवाट  एक बालकको ज्यान गएको छ । जलुके गाविस वाड नं २ साखा डाँडा निवासी डिल बहादुर नेपालीका १ २ बर्षिय छोरा दिपकको ज्यान गएको हो । बिहान घरमै सुतीरहेको अबस्थामा बालकलाई सर्पले टोकेपछि उपचारका लागि उपस्वास्थ्य चौकी लैजाँदै गर्दा आज बाटौ मै ज्यान गएको बताईएको छ ।

Tuesday, July 12, 2011

दाउरा खोज्ने क्रममा भिरवाट लडेर मृत्यु

सीता भण्डारी
दाउरा खोज्ने क्रममा भिरवाट लडेर गुल्मीको वलिथुममा हिजो साँझ एक महिलाको ज्यान गएको छ । वलिथुम गाविस वार्ड नं ८ निवासी ३२ वर्षीय दुर्गामाया घर्तिको घर नजिैकै पर्ने छाँचुरेको सकिना भन्ने भिरवाट लडेर मृत्युभएको हो । हिजो साँझ ५ वजे तिर दाउरा खोज्न गएकि दुर्गामाया साँझ सम्म घर नफर्किएपछि खोज्न जाने क्रममा भिर देखि करिव ५ सय मिटर तल गम्भिर घाईते अवस्थामा फेला परेकी थिईन् । घाईते घर्तिलाई घर तर्फ लैजादै गर्दा वाटोमै मृत्यु भएको पारीवारीक श्रोतले जनाएको छ

Monday, July 11, 2011

पाल्लाको गाल्धा गाविसमा झाडापखालाबाट तीन जनाको मृत्यु

टेकनरायण भट्टराई,
 पूर्वी पाल्लाको गाल्धा गाविसमा झाडापखालाबाट तीन जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बिरामी परेका छन्। मृत्यु हुनेमा गल्धा-२ खड्ग डाँडाका हस्तबहादुर बयम्बु, जगत बयम्बु र गल्धा-८ बेला डाँडाका एकको भने नाम खुल्न सकेको छैन। बिरामीहरुको स्थनीय स्वास्थ्य चौकी तथा निजी क्लिनिकमा भर्ना गरिएका छन्।

यतिको संख्यामा बिरामी पर्नुको कारण औंल्याउँदै त्यस क्षेत्रमा हैजा फैलिएको अनुमान जिल्ला जनस्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीको छ। उनले चाँडै नै त्यस क्षेत्रमा स्वास्थ्य टोली पठाउन लागेको बताए।
सदरमुकामबाट करिब ६० किमी पूर्वमा रहेको उक्त गाविसमा जान कठिनाई भएको अधिकारीको भनाई छ।

Saturday, July 9, 2011

खाल्डोमा ४५ दिन निराहार तपस्या

टोपराज शर्मा
मानिस खाना नखाई कति दिन बस्न सक्ला ? दुई-चार दिन अथवा बढीमा एक हप्ता, तर धेरैको यस्तो अनुमानलाई गलत सावित गरिदिएका छन् ३१ वर्षीय सरोज अधिकारीले। रूपन्देहीको पर्यटकीय स्थल शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा आफूलाई शान्तिदूत बताउने अधिकारीले वैशाख १ गतेदेखि जेठ १४ गतेसम्म ४५ दिनसम्म निराहार भूगर्भ तपस्या बसेर सबैलाई अचम्मित तुल्याउँदै नयाँ कीर्तिमान बनाएका हुन्। अर्घाखाँची घर भै बुटवल बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक अध्ययनरत अधिकारीले विश्व शान्तिको कामना, संविधान निर्माणमा दबाब, पर्यटन वर्ष सफल पार्न टेवा पुर्‍याउने एवं योगको महत्त्व दर्साउन निराहार तपस्या गरेको बताएका छन्। वन विहारमा ९ फिट गहिरो र ९ फिट चौडा खाल्डोमा बसेर तपस्या गरेका अधिकारीले हरेक दिन बिहान ३ बजे पानी मात्र पिउने गरेका थिए।


सुरुमा ४० दिन निराहार बस्ने घोषणा गरेका अधिकारीले जेठ १० गते ५ दिन थप गरेका थिए। अधिकारीले यसअघि दाङमा २१ दिन निराहार तपस्या गरेका थिए। नेपालमा हालसम्मकै सबैभन्दा लामो दाबी गरिएको र विश्वमा समेत दुर्लभ मानिने निराहार तपस्याका कारण चर्चामा आएका अधिकारी विश्वमा चुलिँदै गएको खाद्यान्न संकट कम गर्न र मानव स्वास्थ्यलाई तन्दुरुस्त राख्न पनि हरेक व्यक्ति सातामा कम्तीमा एक दिन निराहार बस्नुपर्छ भन्छन्।
http://www.ekantipur.com/

Friday, July 8, 2011

कर्मचारीको तलब बढ्ने

सरकारले बजेटमार्फत कर्मचारीको तलब वृद्धि गर्ने तयारी गरेको छ । बुधबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सल्लाहकार केशव आचार्यले यस्तो खुलासा गरेका हुन् ।
'सरकारसँग पयाप्त स्रोत नभए पनि सरकारी कर्मचारीको तलब वृद्धि गरिने छ,' आचार्यले भने, 'तर कति वृद्धि गर्ने भनेर टुंगो लागिसकेको छैन ।'
उनले आगमी बजेट ठूला आयोजनामा लगानी गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा केन्दि्रत रहने जानकारी दिए । जलाशययुक्त जलविद्युत् आयोजना, विद्युत् विकास बैंक र जनताको जलविद्युत् कार्यक्रममा प्राथमिकता दिने उनले बताए ।
वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव समाधान गर्न पनि विशेष कार्यक्रम आउने उनले बताए । बजेटको आकार भने राष्ट्रिय योजना आयोगले तोकेबमोजिम हुने उनको भनाइ थियो ।
अर्थशास्त्री विश्वम्भर प्याकुर्‍यालले बजेटको आकारलाई बढाउन नहुने बताए । आकार वृद्धि गर्दा मुद्रास्फीति बढ्ने उनले बताए । 'सरकारले विकास खर्च गर्न नसक्दा बजेटको आकार मात्र बढाएर अर्थतन्त्रलाई सहयोग हुँदैन,' उनले भने ।
अर्का अर्थशास्त्री चिरञ्जीवी नेपालले तरलता अभावको समस्या तरलता व्यवस्थापन कोष बनाएर हल गर्न सकिने बताए । उनले बजेट वितरणमुखी भएर आउन लागेको गुनासो गरे ।

Thursday, July 7, 2011

मृतक परिवारलाई क्षतिपूर्ति दिन आदेश

दिनेश रेग्मी
कतारस्थित समुद्रमा २ वर्षअघि पानी जहाज दुर्घटना परी मृत्यु भएका ८ नेपाली कामदारका परिवारलाई क्षतिपूर्ति दिन यहाँको पुनरावेदन अदालतले आदेश दिएको छ ।
दुर्घटनामा परेका अरू ४ कामदारको क्षतिपूर्तिको सुनुवाइ भने तीन महिनापछि हुने भएको छ ।
पुनरावेदन अदालतबाट मुद्दा जित्नेमा बगडा(६ महोत्तरीका शेषनाथ यादव, डिभर्ना(३ अर्घाखाँचीका मानसिंह खत्री, जौलीपोखरी(८ रोल्पाका जयबहादुर पुन मगर, कटकुइया(१ बनियाँगाउँ, बाँकेका मृतक अब्बास अहमद सई, फेटा(८ बाराका मेहदी हुसेन मियाँ, हब्सेकोट(३ नवलपरासीका घनश्याम सार्की, छिस्ती(१ बागलुङका लीलाराम पौडेल र हापुर(२ दाङका शंकर विष्टका परिवार छन् ।
कामदारहरू गुम्दी(५ धादिङका गंगाबहादुर गुरुङ, सुगाभवानीपट्टी(५ महोत्तरीका राजीवकुमार दत्त, गैराकोट(१ पाल्पाका तिलकबहादुर खम्चा र कुर्घा३ पर्वतका ऋषिप्रसाद शर्मा पौडेलको मुद्दाको सुनुवाइ अक्टोबर ९असोज(कात्तिक)मा हुने यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विभिन्न मितिमा पुनरावेदनबाट ८ जनाको मुद्दा जितेका छौं । बाँकीको सुनुवाइ अक्टोबरमा हुने जानकारी आएको छ, कतारका लागि नेपाली राजदूत सूर्यनाथ मिश्रले भने, अब कामदार कार्यरत रहेको कम्पनी एबिकेले सर्वोच्चमा मुद्दा दायर नगरे चाँडै क्षतिपूर्ति पाउने छौं । सर्वोच्चमा मुद्दा दायर गर्न कम्पनीले ६० दिनको म्याद पाउँछ । उसले प्रतिकामदार २५ हजार रियाल (५ लाख रुपैयाँ० धरौटी राख्नुपर्ने कतारी कानुनमा प्रावधान छ ।
राजदूत मिश्रले सिभिल कोर्टबाट सबै कामदार र पुनरावेदन अदालतबाट ८ कामदारको मुद्दा जितिसकेको हुँदा एउटै प्रकृतिको मुद्दा भएकाले बाँकी ४ ले समेत पुनरावेदनबाट जित्ने विश्वास व्यक्त गरे । दूतावासले प्राइमरी कोर्टबाट २०६७ माघ १२९२६ जनवरी २०११ ० मा मुद्दा जितेर क्षतिपूर्तिका लागि क्यारिङ आउट कोर्टु (अदालतको फैसला कार्यान्वयन गर्ने अदालत) मा रकम दाबी गरेको बेला एचबिके कम्पनी पुनरावेदन अदालत पुगेको थियो । ुहरेक कामदारको २५ हजार रियाल धरौटी राख्नुपर्ने र दुई वटा अदालतबाट हारिसकेकाले कम्पनी सर्वोच्च जाने सम्भावना कम छ, मिश्रले भने ।
कतारी कानुनअनुसार कामको सिलसिलामा मृत्यु भएका प्रत्येक कामदारको परिवारले ब्लड मनीस्वरूप  २ लाख रियाल ९४० लाख रुपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था छ । दूतावासका तर्फबाट कतारी महिला कानुन व्यवसायी मोना अब्दुल रहेमान हुसेन एयरले मुद्दा लड्दै आएकी छन् । २०६६ असार १६ ९२००९ जुन ३०० कामको सिलसिलामा पानी जहाज दुर्घटनामा परेर १२ नेपाली, १६ भारतीय, एक बंगालादेशी र एक इन्डोनेसियालीसहित ३० जनाको भएको थियो । कतारको समुद्रमा भएको ग्यास प्लान्टको सफाइ गरेर र्फकंदै गर्दा जहाज पल्टिँदा उनीहरूको मृत्यु भएको थियो ।
युएईको दुबईस्थित एउटा कम्पनीको भाडामा लिएको उक्त पानी जहाजमा चालक दलका ९ सदस्यसहित ३५ जना कामदार सवार थिए । जसमध्ये नेपालीसहित २४ जना एचबिके कम्पनीका र २ जना एचबिकेकै लागि क्याटरिङ कम्पनीबाट ल्याइएका कामदार थिए ।  एचबिके पावर क्लिनिङ कम्पनी र कतारकै बिमा कम्पनीबीच कसले क्षतिपूर्ति दिने भन्ने विवाद थियो । एचबिकेले कामदारको बिमा गरेकाले क्षतिपूर्ति रकम बिमा कम्पनीले तिर्नुपर्ने दाबी गरेको छ ।
ुहाम्रा कामदार एचबिके कम्पनीमा कार्यरत रहेकाले हामी एचबिकेविरुद्ध मुद्दा लड्दै आएका छौं, राजदूत मिश्रले भने, उसले जसबाट क्षतिपूर्ति लिए पनि हाम्रा कामदारको तिर्नुपर्छ । बिमा कम्पनीले पानी भाडामा चलाएको एचबिकेले पुरानो जहाज प्रयोग गरेको र चालक ९क्याप्टेन० को लापरबाहीले दुर्घटना भएकाले क्षतिपूर्ति एचबिकेले तिनुपर्ने अडान लिएको छ ।
From : http://khadisandesh.blogspot.com

Wednesday, July 6, 2011

जुवाडे मास्टर सापहरु जरिवाना तिरेर मुक्त

छ दिन अघि तास खेल्दै गरेको अवस्थामा तम्घासको होटलबाट पक्राउ परेका शिक्षक मंगलबार जरिवाना तिरेर मुक्त भएका छन् ।
प्रहरीले विहीवार तम्घासको अमृत गेष्टहाउसबाट तास खेल्दै गरेको अवस्थामा पक्राउ परेका अर्जे–५ का विद्यादेवि प्राविका प्रधानाध्यापक रणबहादुर नेपाली, छापहिले–२ का जमलपोखरा माविका शिक्षक अशोक जि.सी. र इस्मारजस्थल–९ का खड्गदेवी प्राविका शिक्षक धन बहादुर कुँवरलाई जरिवाना लिएर अदालतले मुक्त गरेको हो । तीन जना शिक्षकसंगै छापहिले–२ का हरीलाल थापा पनि पक्राउ परेका थिए ।
जुवा ऐन २०२० अनुसार खेल्नेलाई जनही २ सय रुपैंया र हेर्नेलाई ५० रुपैंया अभियोग दावी अनुसार जिल्ला न्यायधीश खडानन्द तिवारीको इजलासको फैसला अनुसार उनीहरु मुक्त भएको जिल्ला न्यायधिवक्ता कुलप्रसाद पाण्डेले बताए । चार जना मध्ये प्रधानाध्यापक नेपाली हेर्ने मध्येमा परेकाले ५० रुपैंया जरिवानामा परेका थिए ।
जुवा ऐन २०२० अनुसार पहिलो पटक सामान्य जरिवाना र पटकेमा पर्नेलाई दोस्रो पटक देखि कैदसम्मको सजाय व्यवस्था छ । पक्राउ चारै जनाबाट जफत गरिएको रकम र विगो भने जफत गरिएको अदालतले जनाएको छ ।
 कान्तिपुर दैनिक

बुटवलमा डेंगु संक्रमणका बिरामी भेटिए


यो वर्ष पनि हालै बुटवलमा डेंगु संक्रमणका बिरामी भेटिएका छन् / गत बर्ष असोजमा मात्र डेंगुका
बिरामी भेटिएकोमा यस वर्ष भने असारमै डेंगु संक्रमणका बिरामी भेटिएका छन् / लुम्बिनी अन्चल
अस्पतालमा उपचार्थ भर्ना भएका बिरामी मद्धे एक जना पुरुष र एक महिलामा सो रोग भेटिएको सो अस्पतालले जनाएको छ /

लगातारको झरीले गर्दा कपिलबस्तुमा मदरसा बिद्यालय भत्कियो

लगातारको झरीले गर्दा कपिलबस्तु जिल्लाको पिपरा -७ गौरा गाउमा रहेको मदरसा बिद्यालय भत्किएको छ / सो मदरसा  बिद्यालय २०५० सालमा निर्माण गरि कक्षा ५ सम्म पढाई हुदै आएको थियो / तर सो मदरसा बिद्यालय  भत्किए पछि सो मदसा स्कूलमा अध्यनरत १४० बिद्यार्थी अहिले
 खुला आकास मुनि पढ्न बाध्य छन् /

Tuesday, July 5, 2011

अर्घाखाँचीमा करोडौ मूल्य बराबरका जडिबुटीको सदुपयोग भएन

प्राकृतिक सम्पदामा धनि जिल्ला अर्घाखाँचीमा करोडौ मूल्य बराबरका जडिबुटीको सदुपयोग भएन /
जसको कारण जिल्लाले आफ्नो आयको ठुलो हिस्सा समेत गुमाउनु परेको / जिल्लाको विभिन्न स्थानमा पाइने टिमुर , चिराइतो, हर्रो , बर्रो, रिठा लगायतका अन्य बहुमुल्य जडिबुटी उचित संरक्षणको अभाबमा बन जंगलमा तेत्तिकै खेर गईरहेका / यस्ता जडिबुटी गाई, भैसी , बाख्रा आदिलाई घासको रुपमा उपयोग भैरहेको /

अर्घाखाँचीमा यौन चेतनामा बृदि

विभिन्न सरकारी तथा गैर सरकारी तथ्यांक अनुसार अर्घाखाँचीमा यौन चेतनामा बृदि भएको जनाएको छ / जसको कारण युवा युवतीले यौन र सो संग सम्बन्धित यौन स्वास्थको बारेमा आपसमा खुलेर कुरा गर्ने सस्कारमा बृदि भएको छ / श्रीमान र श्रीमती बिच आपसी सहमतिको आधारमा मात्र गर्भ धारण गर्ने , सुरक्षित गर्भ पतन गराउने र परिवार नियोजनका अस्थाई साधनको प्रयोगमा समेत उल्लेख्य बृदि भएको छ / पहिला पहिला कन्डमको बारेमा कुरा गर्ने लाज मान्ने महिलाहरु अहिले आफूभन्दा टाढा भएका श्रीमान हरुले सकभर बाहिर यौन सम्पर्क गर्दै नगर्नु तर यदि गर्न परेमा कन्डमको प्रयोग अनिबार्य रुपमा गर्नै पर्ने भनेर सम्झाउने गर्ने गरेको समेत पाइन्छ / अझ रमाइलो पक्ष त के छ भने बजार बाट कण्डम बिना संकोच महिला आफैले नै किन्ने र श्रीमानलाई पठाई दिने गर्ने गरेको समेत पाइन्छ /

Monday, July 4, 2011

अर्घाखाँचीमा कृषि श्रमिकको अभाब


अहिलेको युवा पुस्ताले कृषि क्षेत्र आफ्नो रोजाईमा नपार्नाले र युवा पलायनको समस्याको
कारण अर्घाखाँचीमा कृषि श्रमिकको अभाब हुन गएको छ / जसको कारण अहिले गाउ गाउमा
खेत, बारीमा काम गर्ने मानिस पाउन निकै कठिन भएको छ / अहिले चैते धान काट्ने र रोपाई
गर्ने समयमा निकै ठुलो कठिनाई भोग्नु परिरहेको अर्घाखाँचीका कृषकहरु बताउ छन् /

अर्घाखाँचीका स्कूलमा मोबाइल लैजान प्रतिबन्ध


हालै प्रकाशित एस.एल.सी. नतिजा अनुसार अर्घाखाँची जिल्लामा २८% को संख्याको
हाराहारीमा मात्र बिद्यार्थी उतिर्ण रहेको र जिल्लाको शैक्षिक बाताबरणमा मोबाइलले
प्रतिकुल प्रभाब परेको भन्दै अब देखि स्कूलमा मोबाइल लैजान नपाउने गरि प्रतिबन्ध
गरिएको छ / अब यस प्रतिबन्ध बाट विद्यालयको शैक्षिक बाताबरणमा सकारात्मक प्रभाब
पर्ने समेत आकलन गरिएको छ /

Sunday, July 3, 2011

बुटवल-रिडी-बलकोट- छत्रगन्ज सडक अझै सुचारु हुन सकेन

लगातारको बर्षाले गर्दा बुटवल-रिडी-बलकोट- छत्रगन्ज सडक खण्डको विभिन्न
स्थानमा आएको पहिरो , बाढी र कच्ची हिलो सडकका कारण अझै सडक सुचारु
हुन सकेको छैन / जसको कारण गाउबाट बुटवलतर्फ र बुटवलबाट गाउतर्फ जाने
यात्रुलाई कठिनाई भएको छ / मुलत यसबाट बृद,अशक्त बिरामी , टाढा टाढा जानु
पर्ने यात्रुहरु र टाढा टाढा बाट घर फर्किने यात्रुहरु बढी प्रभावित भएका छन् /

बिबिध कार्यक्रमको आयोजनागरि अर्घाखाँचीमा पनि गिरिजा प्रसाद कोइरालाको जन्मजयन्ति मनाइयो

नेपाली कांग्रेसका स्व. नेता गिरिजा प्रसाद कोइरालाको ८८ औ जन्मजयन्ति अर्घाखाँचीमा पनि बिबिध कार्यक्रमको आयोजनागरि मनाइयो / जिल्ला र स्थानीय स्तरमा आयोजना गरिएको अधिकांश
कार्यक्रमका अधिकांश बक्ताहरुले वर्तमान सरकार गिरिजा प्रसाद कोइरालाले सधै भन्ने गरेको जस्तो सहमति , सहकार्य र एकताबाट चल्नु पर्ने र मुलुकलाई छिट्टै निकास दिनु पर्ने बताए / स्व. कोइरालाको ८८ औ जन्मजयन्ति कार्यक्रममा सहभागी अर्घाखाँची जिल्लाका नेपाली कांग्रेसका प्रभाबशालि नेता श्री दिनामणि पाण्डेले नेपाली कांग्रेसमा अरु पार्टीमा भएजस्तो गुट उपगुट श्रीजना हुन नदिन नेताहरु चनाखो हुनु पर्ने र पार्टी लाई एकताबद्ध रुपमा केन्द्रीय तह बाट तल्लो तहसम्म लागेमा मात्र स्व. कोइरालाको सच्चा श्रद्धान्जली हुने बताउनु भयो /

Saturday, July 2, 2011

अर्घाखाँचीको हंसपुरमा पहिरोले पुरिएर एक जनाको मृत्यु


अर्घाखाँची जिल्लाको हंसपुरमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ / हंसपुर गाविसको साखिन्दार निवासी श्री चन्द्रबहादुर श्रीसको घर पहिरोमा पुरिएपछि उनकी श्रीमतीको ज्यान गएको
हो । त्यस्तै हंसपुर गाविसको वाड नं . ५ मा उदय थापाको त्रिसना मेडिकल भएको घर र हसपुर ४ कै केदार सिंह घर्तीको घर पनि पहिरोले पुरेको छ ।

Friday, July 1, 2011

अर्घाखाँचीका स्थानीय स्तरमा बोलिने केहि शब्दहरु लोपहुने स्थितिमा

अर्घाखाँचीमा स्थानीय स्तरमा बोलिने भाषाका केहि शब्दहरु लोपहुने अबस्थामा पुगेका छन् / जस्तै हुन्तो, कर, हए, जातिबिती, टेस परो, सार परो, अण, त्या अण, जाद्रै, लगायतका शब्दहरु बिस्तारै बिस्तारै कम सुनिन थालेका छन् / मानिसमा आएको शैक्षिक चेतना बृदिको कारण यस्ता शब्दहरु हराउन थालेको केरुंगा, जाबुनडाडा घरभई हाल काठमाडौँका विभिन्न क्याम्पस प्राध्यापन गर्नु हुने नबराज पाण्डे बताउनु हुन्छ / उहाले मानिसमा आएको चेतनामा बृदिको खुलेर प्रसंशा गर्दै यस्ता स्थनीय परिचयक शब्दहरुको संरक्षण गर्नु पर्नेमा पनि जोड दिनु भयो /

गाउमा खन्यु र बिडुला पाक्न थाले


अहिले बर्तमानमा जो जहाँ जस्तो अबस्थामा भए पनि गाउघरको याद न आउने को होला र ? यतिबेला अर्घाखाँचीका गाउमा गाउमा खन्यु, बिडुला, बडहर, आरु, आप लगायतका स्थानीय फलफूल पाक्न थालेका छन् / जताततै हरियाली छाएको छ / बनमा चित्रा चित... चित..... चितिरित ..........गरि कराउन थालेका छन् / बारीमा मकै , कबेलीका झाल एक आपसमा लुकामारी खेल्दै छन् / आहा हाम्रो गाउघर....अनि ...तर .... तपाइको उपस्थितिको मात्रै कमि छ ! अब सबै काम छोडी एक पटक आफ्नो गाउ घरको यादमा डुब्ने पो हो कि ........घरमा फोन गर्ने पो हो कि .....!!!!!!!!!!!!

लगातारको झरीले अर्घाखाँचीको जनजीवन प्रभावित

अर्घाखाँची तथा गुल्मी,पाल्पा,कपिलबस्तु लगायत देशभर परेको लगातारको झरीले गर्दा जनजीवनप्रभावित बन्न पुगेको छ /जिल्लाका ग्रामिण क्षेत्रका अधिकांश कच्ची सडकमा पहिरोले गर्दा यातायात अबरुद्ध हुन पुगेको छ / जसको कारण सदरमुकाम सन्धिखर्क लगायत बुटवल जाने र घर फर्कन चाहाने यात्रुहरु प्रभावित हुन पुगेका छन् /ठुलोखोलामा आएको बाढीले गर्दा मथुरा फाट,खेवा,लब्धी,चिसापानी आदि स्थानमा बाढीलेप्रभावितपरेकोछ / साथै जिल्लाका अन्य स्थानमा पनि खोलामा बाढी आइ प्रभावित पारेको छ /स्थानीय एक बासिन्दाको भनाइ अनुसार धेरै समय पछि टारीखेतमा रोपाई गर्न पानी आएकोले गाउमा निकै खुशी छाएको छ /