अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, July 20, 2011

जिप दुर्घटनामा मर्नेको संख्या तीन

घनश्याम गौतम
गुल्मीको आँपचौर गाविसमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा मर्नेको संख्या तीन पुगेको छ । वामीटक्सारबाट मजुवातर्फ आउँदै गरेको लु. १ ज १६९४ नम्बरको जिप गुल्मीकै आँपचौर गाविस-३ झक्कले भन्ने स्थानमा अर्को जिपलाई साइड दिने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा २ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्थायी प्रहरी चौकी मजुवाले जनाएको छ ।

प्रहरीका अनुसार जिप मालिक कुर्घा-५ भुवाचिदीका सुब्बा भन्ने टुङ्गबहादुर रायमाझी, कुर्घा-३ का दुर्गाबहादुर रायमाझी र बाग्लुङ्गबाट सरुवा भै कीर्तिपुर काठमाण्डौंजाँदै गरेका प्रहरी जवान मनोज आलेको मृत्यु भएको हो । मृतक मध्ये जिप मालिक रायमाझी र प्रहरी जवान आलेको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्गाबहादुर रायमाझीको उपचारका क्रममा रुद्रावती अस्पताल मजुवामा मृत्यु भएको हो । प्रहरी जवान आले जलजला-२ बाग्लुङ्गका हुन् ।

विपरीत दिशाबाट आएको जिपलाई साइड दिने क्रममा जिप सडकबाट झण्डै ४० मिटर तल बडीघाट खोला किनारमा खसेको प्रहरीले जनाएको छ । घटनामा गम्भिर घाइते बुर्तिबाङ्ग-१ बाग्लुङ्गका ३७ वर्षीया होमकुमारी कुँवर, ३५ वर्षीय घनेन्द्र रायमाझी, बुर्तिबाङ्ग-२ का २८ वर्षीय नेत्रप्रसाद पाण्डे र ३८ वर्षीय डिलबहादुर माझकोटीलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाईको रुद्रावती अस्पतालले जनाएको छ ।

घटनामा घाइते अन्य ६ जनाको मजुवामै उपचार भइरहेको छ ।

No comments:

Post a Comment