अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, July 31, 2011

साउने औंशीको अवशरमा रेसुङ्गा पोखरीमा नुहाउन जाने श्रद्धालुहरुको भिड

साउने औंशीको अवशरमा शनिबार गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गा पोखरीमा नुहाउन जाने श्रद्धालुहरुको दिनभर भिड लागेको थियो । रेसुङ्गा पोखरीको पानीले नुहाएपछि श्रद्धालुहरु लाई चारधाम जान नपर्ने र आफुले अन्जानमा गरेका संम्पुर्ण पापहरु पनि नष्ट हुने तथा संवृद्धी प्राप्त हुने धार्मिक विश्वासका कारण साउने औंशिका दिन रेसुङ्गा पोखरीमा नुहाउन जाने श्रद्धालुहरुको घँुईचो लाग्ने गर्दछ ।


साउनभर रेसुङ्गा पोखरीमा नुहाउन र यज्ञशालामा पुजाआजा गर्नका लागि गुल्मी लगायत वाग्लुङ्ग, अर्घाखाँची, प्यूठान, पाल्पा, स्याङ्गजा लगाएतका ठाउँहरुवाट श्रृद्धालु जाने गर्दछन् । त्यसमा पनि विशेष गरि साउने औंशीका दिन वढीमात्रमा पोखरीमा नुहाउन जाने मानिसहरुको चाँप वढ्दै जान थालेको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष युवराज भण्डारीले वताउनुभयो ।

विगत वर्षको तुलनामा यसपटकको साउने औंशिमा रेसुङ्गा पोखरीमा नुहाउन अघिल्लो वेलुकीदेखि नै श्रद्धालु भक्तजनहरु रेसुङ्गामा गएर वास वसेका थिए । साउने औंशीको दिन रेसुङ्गा पोखरीमा धेरै जसो मानिसहरु धार्मिक मान्यताका कारण जाने गरेपनि कतिपय युवायुवतीहरु भने यसदिन आफ्ना साथीहरुसँग रमाईलो मनाउन र भेटघाट गर्नका लागि पनि जाने गर्दछन् । रेसुङ्गा संरक्षण समितिले यस क्षेत्रमा मासु र

मदिरा जन्य पदार्थहरु विक्रि वितरणमा रोक लगाएका कारण गत वर्ष भन्दा योपटक पोखरीमा लाग्ने मेला पनि निकै व्यवस्थित वनेको छ । संरक्षण समितिले आज त्यस क्षेत्रमा आयोजना गरेको प्रवचन तथा भजन किर्तनमा मानिसहरु निकै उत्साह पूर्ण सहभागिता रहेको थियो ।

यज्ञशाला मन्दिरमा साउन अवधिभर पुराण वाचन, पाठ पारायण, भजन किर्तन, होम, श्राद्ध आदि विशेष धार्मिक कार्यक्रमहरु समेत हुने गर्दछ । प्राकृतिक तथा जैविक विविधताले समेत परिचित यस क्षेत्रमवाट हिमाली क्षेत्रका हिमश्रृखलाहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने हुनाले पछिल्लो समयमा यस क्षेत्रमा भ्रमण गर्न आउने आन्तरीक तथा वाह्य प्रर्यटकहरुको संख्यामा समेत वृद्धि भएको छ । त्यस्तैगरि

आज गुल्मीको धार्मिक क्षेत्र रुरु र रुद्रवेणीधाममा पनि श्रद्धालुहरुको घुँईचो लागेको थियो ।

No comments:

Post a Comment