अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, July 20, 2011

रुपन्देहीको शंकरनगरमा दलित महिलालाई मन्दिरमा पुजा गर्न रोक

विनोद परियार
रुपन्देहीको शंकरनगर वडा नं ३ स्थित एक मन्दिरमा दलित महिला केहि कथित उपल्लो जातका महिलाहरुले संगै पुजा गर्न अस्विकार गरेका छन् ।

मंगल चौथीको पुजाका लागि सिद्धार्थराजमार्गसंग सटेर रहेको दुर्गामन्दिर पुजाका लागि गएकी सोही ठाउ बस्ने ३२ बषिय पुनम विकलाई त्यहाका केहि महिलाहरुले पानी चनल्ने जातसंग बसेर पुजा गर्न नहुने भन्दै अपमान गरेको पिडित पुन विकले बताउनुभयो । विगत दुई महिनादेखि डेरामा बस्दै आएकी विकले यसअघि गत असार २१ गैरदलित महिलाहरु संगै पुजा गरेकी थिईन तर दसलत भन्ने थाहा पाएपछि उनीहरुले विकसंग पुजा गर्न नमानेका हुन् ।

गैरदलित महिलाहरुले पुनमसंग पुजा नगर्ने बताउदै अगाडि या पछाडि एक्लै पुजा गर्न आग्रह गरेपछि मंगलबार केहिबेर विवाद समेत भएको थियो । कथित उपल्लो जातका केहि महिलाहरुले दलितसंग बसेर पुजा गर्दा अनिष्ट हुने,कुल देवता रिसाउने भएकाले पुजा नगरेको बताएका छन् स्थानिय शिला क्षेत्रीले दलित भनेर हेला नगरेको दावी गर्दै आफुहरुले भगवान रिसाउनछन् भनेर मात्रै संगै पुजा नगरेको दावी गर्नुभयो । तल्लो जातको संग पुजा गर्दा भगवान रिसाउछन् घरमा अनिष्ट हुन्छ हामीले के गर्ने उहाले भन्नुभयो ।
तर पिडित पुनमले भने दलित भन्ने थाहा पाएलगतै उनीहरुले आफुलाई मन्दिरमा पुजा गर्न नै रोक लगाएर एक्लै पुजा गर्न दवाव दिएको बताउनुभयो । गाउका केहि महिलाहरुले संगै बसेर पुजा गर्देनौ भन्ने र पुनमले संगै पुजा गर्न पाउनुपर्छ भन्ने अडानका कारण विवाद भएको पण्डित पण्डित जनार्दन ज्ञवालीले बताउनुभयो ।
उहाका अनुसार स्थानिय केहि महिलाहरुले पुनम विश्वकर्मा भएकाले उनीसंग पुजा गर्न नमानेका हुन् । शिक्षित र सचेत देखिने महिलाहरुबाटै यस्तो घटना हुन लजास्पद भएको टिप्पणी गरिएको छ । जातकै आधारमा सार्वजनिक मन्दिरमा विभेद गर्न नुहने स्थानियहरुको भनाई छ । नेपालको कानुनले सार्वजनिक मन्दिरमा प्रवेश तथा पुजापाठमा जातको आधारमा विभेद गरे कारवाहि हुने उल्लेख गरेको छ । शंकरनगर रुपन्देही जिल्लामै नमुना गाविसको रुपमा परिचित छ ।

यसैविच सो घटनाको रिर्पोटिङका लागि पुगेका पत्रकारहरुलाई स्थानिय केहि महिलाहरुले अभद्र ब्यबहार गरेका छन् । पत्रकार विनोद परियार र संजय विश्वकर्मालाई त्यहाका केहि महिलाहरुले पुनम विकको घटनालाई लिएर रिर्पोटिङ गर्न आएको भन्दै धम्कीपुर्ण भाषामा गाली गर्दै दुब्र्यबहार गरेका हुन् ।

No comments:

Post a Comment