अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, October 23, 2011

दलितले मन्दिर प्रवेश गर्न पाए

जातीय विभेद नगर्ने सहमतिपछि गुल्मीको ठुलोलुम्पेक ९, पाहादीका दलितले मन्दिर प्रवेश गर्न पाएका छन् । पुस्तौँदेखि यहाँका दलितले मन्दिर प्रवेश गर्न पाएका थिएनन् ।


असोज १८ गते नवमीका दिन स्थानीय २४ वषर्ीय हरि विश्वकर्मालाई मन्दिर प्रवेश गर्दा कुटपिट भएको थियो । गैरदलितले उनलाई ढुंगा बोक्ने सजायसमेत तोकेका थिए । ढुंगा बोक्न नसकेका विश्वकर्माले आफूमाथि कुटपिट भएको र सजाय तोकेको इलाका प्रहरी कार्यालय, रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका थिए ।

बुधबार र बिहीबार रिडी प्रहरीमा भएको छलफलपछि गैरदलितले दलितसँग माफी मागेपछि मन्दिर प्रवेश गर्ने सहमति भएको हो । ठुलोलुम्पेकको पाहादीमा चार घर दलित बस्ती छ । उनीहरू शनिबार मन्दिर प्रवेश गरेर पूजाआजासमेत गरेको स्थानीय बालकृष्ण विश्वकर्माले बताए । उनकै नेतृत्वमा मन्दिर प्रवेश गरिएको थियो ।

'मन्दिर स्थापना गर्न दलित समुदायको पनि सहयोग छ,' विश्वकर्माले भने, 'मन्दिर व्यवस्थापन समितिमा समेत दलित समुदायलाई राखिएको छ तर जातीय छुवाछुत कायमै थियो ।' व्यवस्थापन समितिमा विश्वकर्मालाई राखिए पनि उनलाई मन्दिरमा पसेर पूजा गर्ने छुट थिएन ।

वषार्ंैपछि गाउँको मन्दिरमा प्रवेश गरेर पूजा गर्न पाएपछि उनीहरू खुसी भएका छन् । मन्दिर व्यवस्थापन समिति सदस्य बालकृष्ण विकको नेतृत्वमा चार घर विश्वकर्मा र वडा ७ का श्याम सार्कीले समाबेसी पूजाआजा गरेका छन् । दलित समुदायले चढाएको प्रसाद भित्र लैजान नपाएको उनीहरूको गुनासो थियो । 'पुस्तौँदेखि नपाएको मन्दिर प्रवेश गरेर पूजा गर्न पाउँदा खुसी लागेको छ,' सार्कीले भने, 'अहिले आफूलाई मान्छे भएको जस्तो अनुभूति भएको छ ।'

मन्दिर व्यवस्थापन समिति सदस्य रामप्रसाद पाण्डेले गैरदलितले पनि सोही मन्दिरमा पूजा गर्ने बताए । 'त्यही मन्दिरमा पूजा गरिन्छ,' उनले फोनमा भने, 'श्रद्धा भएका धर्म भएकाले पूजा गर्छन् ।'

No comments:

Post a Comment