अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, November 2, 2011

छोराको अवस्था अहिलेसम्म पत्ता नलाग्दा बाबुआमा चिन्तित

गत साउन २२ गतेदेखि वेपत्ता छोराको अवस्था अहिलेसम्म पत्ता नलाग्दा बाबुआमा चिन्तित बनेका छन् । तानसेन नगरपालिका–४, बारुदखानका १६ वर्षिय किशोर न्यौपानेको अहिलेसम्म अवस्था सार्वजनिक नभएको हो ।


दुईसाता अघि प्रहरीले पत्रकार सम्मेलन गरी किशोर आफै अपहरणको नाटक गरेको दाबी गरेको थियो । बाबु रामप्रसाद र आमा नुनाकुमारीले मंगलवार पत्रकार सम्मेलन गरी प्रहरीले जे भनेको भएपनि अवस्था पत्ता लगाईदिन सम्वन्धित पक्षलाई आग्रह गरेका छन् । उनीहरुले राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, विद्यार्थी, उद्योगी, प्रशासन, प्रहरी सबैसंग आफ्नो छोराको अवस्था पत्ता लगाउन आग्रह गरेका छन् ।

उनीहरुले प्रहरीले भनेजस्तै किशोर आफैले घटना बनाउन नसक्ने दावी गरे । ‘उसले आफै अपहरणको नाटक गरेपनि प्रहरीले खोज्नु पर्यो’ बाबु रामप्रसादले भने, ‘छोरा भारततिर गएको भनेर प्रहरी उम्किन मिल्दैन । मेरो छोराको खोजी गरिनुपर्छ' उनले छोरा दोषी भए त्यसलाई पक्रेर कारवाही गर्न समेत आग्रह गरे । प्रहरीले दुईसाता अघि पत्रकार सम्मेलन गरी अपहरण नभएको बताएको थियो ।

प्रहरीको दावी झुठा रहेको दावी उनीहरुले गरे । ‘मेरो छोराको बानी राम्रोसंग थाहा छ’ उनले भने, ‘कुनै हालतमा यस्तो योजना बनाउन सक्दैन ।’ प्रहरीले छोरालाई पक्रेर पुष्टी गर्नुपर्नेमा जोड दिए । अनुसन्धानमा ढिलाई हुँदा सत्य कुरा लुक्न सक्ने उनीहरुले बताए । प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले केन्द्रीय अनुसन्धान व्यूरोमार्फत् भारतको विभिन्न स्थानमा खोजी कार्यका लागि अनुरोध गरिसकिएको बताए । अपहरणको नाटक गरेका किशोर नेटवर्किङ् व्यवसायको सिलसिलामा भारतमा गएको थपलियाले दाबी गरे ।

No comments:

Post a Comment