अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, November 9, 2011

तम्घासमा आँखा अस्पताल बन्ने

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आँखा अस्पताल बन्ने भएको छ । आँखा अस्पताल निर्माणका लागि आर्थिक तथा भौतिक व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढिरहेको नेपाल नेत्रज्योति सङ्घ गुल्मीले बताएको छ ।

आइतबार सदरमुकाम तमघासमा सम्पन्न सङ्घको १६औँ जिल्लासभाको अवसरमा जिल्लामा आँखा अस्पताल बनाउने तयारीका साथ काम भइरहेको सङ्घका अध्यक्ष भरतबहादुर चन्दले बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा आँखा अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले जिल्ला विकास समितिमार्फत आँखा अस्पतालको निर्माणमा सहयोगका लागि एकताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । एकीकृत नेकपा (माओवादी) का जिल्ला सह–इन्चार्ज नीमबहादुर पाण्डे, नेपाली काँग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष बोमबहादुर खड्का, राप्रपाका हेमबहादुर बोहरा, राप्रपा नेपालका ठाकुरप्रसाद पाण्डेलगायतका नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

No comments:

Post a Comment