अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, December 4, 2011

अर्घाखाँचीमा सुन्तला तेब्बर फले

पणेना सिम्लेका कृषक रेवतीराज पौडेललाई सुन्तलाका बोटमा दाना बढी लागेपछि बोट भाँचिन नदिन के गर्ने भन्ने चिन्ताले सताएको छ । यस पाली लटरम्मै फलेका बोटले थाम्नै नसक्ने भएको छ ।


पणेना गाउँमा गत वर्षको भन्दा सुन्तला तेब्बर फलेको छ । पौडेलले भने, एक बोटमा १० हजारभन्दा बढी दाना लागेको छ । पातभन्दा दाना बढी देख्निछन । पाकिसकेका सुन्तलाको बोट भाँचिनबाट जोगाउँन भुईमा टेका लगाएको उनले बताए । यसपाली दानासमेत ठूला छन । अन्न छाडेर व्यावसायीक सुन्तला खेती गरेका सिम्लेका किसान सुन्तला तेब्बर फलेपछि निकै खुसि छन ।

अन्न उब्जनी गर्ने खेतबारी मासेर आफनो २० रोपनी जग्गामा व्यवसायीक सुन्तला खेती गरेका सिम्लेका अर्का युवा कृषक चिरञ्जीवी पौडेलका १२ सय सुन्तलाका बोटमा लटरम्मै दानाले बोटै लत्रिएका छन । बढी फलेकाले आम्दानी बढी हुने संकेत देखिएको छ, उनले भने, यस्तो अहिलेसम्म फलेको थिएन । उनले सुन्तलाबाट वाषिर्क २ लाख ५० हजार रुपैयाँ आम्दानी गर्छन । व्यवासायीक सुन्तला खेती गरेका पणेनाका करिब ३ सय किसान सबैका बोटमा एक नासले सुन्तला फलेका छन ।

यो वर्ष सुन्तलाको लागि वातावरण मिल्दो भएकाले राम्रो फलेको हो, पोखराथोक कृषि सेवा केन्द्रका प्राविधिक दधिराम गौतमले भने, धेरै वषर्ा भएको, असिना र तुषारो नपरेकाले राम्रो फल लागेको हो । गतवर्षको तुलनामा सुन्तलाको आम्दानीबाट सिम्ले गाउँमा वाषिर्क दुई करोड रुपैयाँ आम्दानी भएकोमा यस वर्ष आम्दानी बढने उनले बताए ।जिल्लाको खन, खनदह, भगवती, अर्घातोष, खिदिम, पोखराथोक गाविसमा सुन्तला खेती हुने गरेपनि पणेनाको सिम्लेमा जिल्लाकै सबैभन्दा धेरै सुन्तला उत्पादन हुने गर्छ । पणेनाका करिब ७ सय मध्ये ३ सय घरपरिवारले अन्न उब्जनी गर्ने खेतबारी मासेरै सुन्तला खेती गरेका छन । सिम्लेका गाउँलेले १२ वर्ष देखी व्यवसायीक सुन्तला खेती गर्दै आएका छन । यस वर्ष रोग नलागेकाले पनि राम्रो फल लागेको हो ।

प्रचण्डलाई लुम्बिनी बृहत्तर विकास समितिको निर्देशक बनाएकोमा बौद्धमार्गीहरु आन्दोलित

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लुम्बिनी बृहत्तर विकास समितिकोनिर्देशक बनाएपछि त्यसको बिरुद्धमा नेपालका बौद्धमार्गीहरु आन्दोलित भएका छन्। आन्दोलनकै क्रममा बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालको नेतृत्वमा नेपालका १५० वटा बढी बौद्धमार्गी संघ संस्थाहरुले २०६८ मंसीर २१ गते बिशाल जनप्रदर्शन गर्ने भएको छ।


काठमाडौंमा हुने बौद्धमार्गीहरुको जनप्रदर्शनमा ठुलो संख्यामा बौद्ध भिक्षु तथा भिक्षुनीहरु , धर्मगुरुहरु र करिव २० हजारको संख्यामा बौद्धमार्गीहरुको सहभागी हुने अनुमान गरिएको छ। बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालका प्रवक्ता अमरदिप मोक्तानका अनुसार मध्यान्ह १२ बजे काठमाडौंको माइतीघर मण्डलावाट शुरु हुने प्रदर्शनमा सबै राजनीतिक दलमा रहेका आदिबासी समुदायका नेता तथा कार्यकर्ताहरुको ठुलो संख्यामा उपस्थिति हुने छ।

मंसीर २१ गते काठमाडौंमा हुने बौद्धमार्गीहरुको प्रदर्शनमा सहभागी हुन अपिल गर्दै बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालले राजधानी काठमाडौंमा व्यापक रुपमा चिठ्ठी पत्रहरु र पर्चाहरु वितरण गर्ने काम गरिरहेको छ। विभिन्न राजनैतिक दलमा रहेका आदिबासी समुदायका राजनीतिज्ञ, समाजशास्त्री, मानव अधिकारवादी, कानून व्यवसायी, धर्मगुरुहरु र पत्रकारहरुलाई प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालले पत्र समेत पठाएको छ।

बौद्ध धर्म बिरोधीहरुद्वारा गणतन्त्रको मूल मर्म र भावना विपरित विगतको निरंकुश राज्य सत्ताले गर्ने गरेकै निति अनुसरण गर्दै शान्ति प्रेमी बौद्ध धर्मावलम्वीहरुको हृदयमा आघात पुर्‍याउने कार्य जारी राखेको भन्दै उनीहरुले आन्दोलनमा उत्रनु परेको बताएका छन्। सरोकारवाला बौद्ध धर्मावलम्वी आदिबासी समुदायको सल्लाह र सहमति बिना व्यक्तिगत स्वार्थको निमित्त केही व्यापारी मुखौटाधारी नेताहरुले भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई उद्योगमा परिणत गरी अपवित्र बनाउन तत्पर भई लागेकाप्रति उनीहरुको आपत्ति छ।

Thursday, December 1, 2011

अर्घाखाँचीको सन्धीखर्कमा ट्याक्टरवाट खसेर मृत्यु

गुडीरहेको ट्याक्टरवाट खसेर अर्घाखाँचीको सन्धीखर्कमा एक व्यतिmको ज्यान गएको छ । सन्धीखर्कदेखि नजिकै विहार वजारवाट ढुङ्गा लोडगरी सदरमुकाम सन्धिखर्कतर्फ जाँदै गरेको लु १ त ८२४३ नं.को ट्याक्टरवाट खसेर गम्भिर घाईते भएका रोल्पा घर भई सन्धीखर्क डेरा गरीवस्ने वर्ष ४५ का ट्याक्टर सहचालक गणेश विश्वकर्माको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको छ । शवलाई पोष्टमाटमकालागि जिल्ला अस्पतालमा राखिएको छ भने गाडी चालक आप्mनो नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।