अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Tuesday, June 28, 2011

अर्घाखाँचीका किसान वर्षैभर तरकारी खेतीमा

अर्घाखाँचीका किसान गाउँमा सडक सञ्जाल विस्तारसँगै आधुनिक खेतीमा आकषिर्त भएका छन् । वर्षमा दुईपटक मकै, गहुँ र जौको खेती गर्ने किसानले हाल बाह्रै महिना खेतबारीमा तरकारीखेती गरी मनग्य आम्दानी गर्न सक्ने भएका हुन् ।
आलु, गोलभेंडा, बन्दा, काउली, सिमी, साग, प्याज, लसुनलगायत तरकारीखेती गरी किसानले लाखौँ रुपैयाँ कमाउन थालेका छन् । उनीहरूले सुन्तला, कागती, मौसमी, कफी, अदुवा तथा अलैँचीखेतीबाट पनि आम्दानी लिन थालेका छन् । 
गाउँ-गाउँमा सडक पुगेपछि उत्पादन बजारसम्म पुर्‍याउन सहज भएकाले आधुनिक खेतीमा आकषिर्त भएको किसानको भनाइ छ । 
जिल्लामा ०४६ सम्म गोरुसिंगेदेखि सन्धिखर्कसम्म ६८ किमि कच्ची सडक रहेकोमा हाल करिब १२ सय किमि सडक निर्माण भएको जिल्ला विकास समिति अर्घाखाँचीले जनाएको छ । 
किसानले गाईभैँसीपालनबाट पनि मनग्य आम्दानी गर्दै आएका छन् । पणेना, पटौटी, हंसपुर, खनदह, अर्घातोष, मरेङ, भगवती गाविसका किसानले यस वर्ष मात्रै करिब २ करोडको सुन्तला बिक्री गरेका छन् भने ठाडा, सीतापुर, सिद्धारा र सुवर्णखाल गाविसबाट १५ करोड रुपैयाँको अदुवा निकासी भएको छ । 
भगवती, अर्घातोष, मरेङ, पटौटी, पणेना, पोखराथोकबाट १५ सय लिटर दूध प्रत्येक दिन बिक्री हुने गरेको किसान बताउँछन् । चालू आवसम्म दुईतिहाइ बढी बजेट सडकमा मात्रै विनियोजन गर्दै आएको जिविसले आगामी वर्षदेखि आधुनिक कृषि र सिँचाइ योजनामा थप बजेट विनियोजन गरी जिल्लालाई आत्मनिर्भर बनाउने तयारीमा रहेको स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए /      

अर्घाखाँचीमा बाँदर आतंक

अर्घाखाँची जिल्लाका केरुंगा, बलकोट, छत्रगन्ज, चिदिका, ठुलापोखरा, डिभर्ना लगायतका अधिकांश गाविसहरुमा यतिबेला बाँदरले बारीमा लगाएको मकै लगायत अन्य फलफुल सखापै हुने गरि खाइ दिएर स्थानीय किसान माझ एउटा ठुलो समस्या श्रीजना गराएको छ, जसको कारण किसानहरु बिहान सबेरै देखी साझ सम्म बारीमा गइ बाँदर धपाउन बिबश छन् / स्थानीय एक पीडितका अनुसार यो समस्या वर्षामा मात्र नभई हिउदमा पनि उत्तिकै रहेको छ र कतै बाट पनि बाँदर ब्यबस्थापन सम्बन्धी कार्य नभएको गुनासो ARGHAKHANCHI NEWS BOARD लाई बताए / यो किसानहरु माझ आतंकको रुपमा नै रहेको समेत उनले बताए /