अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Tuesday, July 26, 2011

हार्दिक श्रद्धा सुमन


जरे खोलामा डुबेर इहलिला समाप्त हुने किशोरीहरु





जरे खोलामा डुबेर इहलिला समाप्त हुने किशोरीहरु अध्यनरत नेपाल राष्टिय उच्च माबि, ठुलापोखरा

अर्घाखाँचीका ग्रामिण क्षेत्रमा चल्ने ठुला सबारी साधन तर कच्ची एवं साघुरो सडकको एक दृश्य


अर्घाखाँचीका  ग्रामिण क्षेत्रमा चल्ने ठुला सबारी साधन तर  कच्ची  एवं  साघुरो  सडकको एक दृश्य 

 

खाँचीकोट गाविसलाई नगरपालीकामा समाबेस नगरिएको बिरोधमा चक्काजाम

सन्धिखर्क बाट नजिकै रहेको गाविस खाँचीकोट गाविसलाई हालै घोषणा भएको सन्धिखर्क नगरपालीकामा समाबेस नगरिएको बिरोधमा स्थानीय बासिन्दाले गोरुसिङे सन्धिखर्क सडक
अन्तर्गत खाँचीकोट फुदबाङमा  आज बिहान चक्काजाम गरेका  छन्  ।

 नरपानी र वांगलालाइ नगरपालीकामा समाबेस गर्दा सदरमुकामबाट नजिक रहेका स्थानलाई नसमेटेको भन्दै स्थानीय बासिन्दाले बिहान ९ देखि १० बजे सम्म १ घण्टा चक्काजाम गरेका हुन् ।

खाँचीकोटलाई नगरपालीकामा समाबेस गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय मार्फत स्थानीय बिकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएका खाँचीकोटका स्थानीय बासिन्दाले पहिलो चरणको बिरोध स्वरुप चक्काजाम गरेका छन् । नेपाल सरकारले हालै अर्घाखाँचीमा पहिलोपटक सन्धिखर्क वांगला र नरपानी गाविसलाई समेटेर सन्धिखर्क नगरपालीका घोषणा गरेको थियो ।

कपिलबस्तु नरसंहारका दोषीलाई कारवाही माग

चार बर्षअघि कपिलबस्तुको चन्द्रौटामा भएको नरसंहारका दोषीहरुलाई कारवाही र पीडितहरुलाई क्षतीपूर्तीको माग गर्दै सोमबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

जबाफदेहिता निगरानी समिति कपिलवस्तु र एड्भोकेसी फोरमको अगुवाईमा कपिलवस्तु घटनाका पीडित, कपिलवस्तुका सभासद, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका मन्त्री घनश्याम भुसाललाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले पीडितको समस्या सम्बोधन गर्न मंगलबारसम्मको समय मागेको फोरमद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

ज्ञापनपत्रमा पुनरावेदन अदालतका न्यायाधिश लोकेन्द्र मल्लिकको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदन अनुसार दोषीलाई कारबाही गर्न र पीडितलाई परिपुरण दिन माग गरिएको छ ।
२०६४ साल भदौ ३० गते कपिलवस्तुको चन्द्रौटामा मोहित खाँको हत्यापछि भड्किएको हिंसामा १३ जनाको हत्या हुनुका साथै दर्जनौ घरमा आगलागी, तोडफोड र क्षति भएको थियो ।

रिडी बलकोट सडक खण्डको पुल वनाउने क्रममा एक जनाको मृत्यु

 दिगाम गाविसको वार्ड नं. ८ हर्दिखोलामा पुल वनाउने क्रममा पुलवाट खसेर अर्घाखाँची जिल्लाको पाली गाविस निवासी चेतनारायण कुमालको छोरा १८ वर्षीय गोपाल कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । निर्माण गर्दै गरेको पुलवाट खसेर गुल्मीको दिगाममा एक युवाको ज्यान गएको हो । कुमालको गुल्मीको रिडीमा पोष्टमार्टम गरि आफन्तहरुलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यलय रिडीले जनाएको छ ।