अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Thursday, July 28, 2011

रिडीको रुरु फ्रेन्डस क्लब द्वारा सन्चालित एम्बुलेन्सको चालकमा नयाँ नियुक्ती

 रिडीको रुरु फ्रेन्डस क्लबका पदाधिकारीहरुको बैठकले क्लब द्वारा सन्चालित एम्बुलेन्सका लागि नयाँ चालक  नियुक्ती गरेको छ्। यस अघीका चालक घनश्याम न्यौपानेले चालकको जिम्मेवारी बाट राजिनामा गरेपछी नयाँ चालकमा पदम कंडेल लाई नियुक्ती गरिएको हो। यस अघी क्लबले चालक नियुक्तीका लागि दर्खास्तको अब्हान गरेको थियो। जसमा तीन जना ब्यक्तीहरु पदम ज्ञवाली,पदम कंडेल र आषिश जोशीको दर्खास्त परेको थियो।


पाल्पा प्रहरीले आपराधिक गतिविधिमा संलग्न १७ जनालाई पक्राउ

पाल्पा प्रहरीले दुई दिनमा हतियारसहित आपराधिक गतिविधिमा संलग्न १७ जनालाई पक्राउ गरेको छ। जसमध्ये ५ जोडीचाहिँ आपत्तिजनक अवस्थामा होटलबाट समातिएका हुन।साउन ९ र १० गते पक्राउ परेकामध्ये पेस्तोल र बिष्फोटक सामग्री बोक्ने, लागूऔषध कारोबारी, चोरी डैकैतमा संलग्न, यौनजन्य क्रियाकलाप गर्दै गरेका र हत्या अभियोगका आरोपी छन्। आपराधिक क्रियाकलापमा संलग्न यति धेरैलाई दुई दिन अन्तरमा पक्राउ गरेको यो नै पहिलो भएको प्रहरीले जनाएको छ।


जल्पा धुलीमारका ४० वर्षे धनबहादुर बरामेको घरबाट बाकसमा लुकाई राखेको कटुवा पेस्तोल १ थान, डेटोनेटर २ थान, फ्युजतार र १ केजी बारुद सहित पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले बताए।

अर्चले–८ का १८ वर्षीय भगवत गाहा, २० वर्षीय भुमबहादुर सिंजाली र ५२ वर्षीय दिलबहादुर गाहालाई चोरीका गहना र नगद ३० हजारसहित पक्राउ गरिएको छ। सुनको औंठी, फुली दुईवटा र चाँदीका बाला, ७ थान सिमकार्ड र पुराना सिक्का १ सय ९७ गोटासहित पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरु रिग्नेरह–३ पूर्वाखोलाका नरबहादुर नेपालीको पसल, अर्चले–६ का सेरबहादुर खन्गाहा र दिलबहादुर रानाको घर र सिलुवा १ दलबहादुर थापा र नारायण श्रेष्ठको घरमा चोरी गरेर फरार थिए।

साउन १ गते बुटवल–१३ देवीनगरकी एक युवतीलाई करणी गरेर शौचालयको सेफ्टी ट्याङ्कीमा लुकाई फरार पाल्पा गोठादी–९ का चेतबहादुर घर्ती र उनकी पत्‍नी गौमाया पुनलाई पक्राउ गरी रुपन्देही प्रहरीलाई बुझाएको प्रहरीले बतायो।

पक्राउ परेका १७ जना र अनुसन्धान चल्दै गरेका थप गरेर प्रहरी हिरासतमा २५ जना छन्। महिला र पुरुसका दुई बेग्लाबेग्लै हिरासत कक्ष छन्। 'महिला कक्षमा चाप थेग्न समस्या छैन तर पुरुषतर्फ अटाउन मुस्किल परेको छ।’ प्रहरी नायव उपरीक्षक थपलियाले भने- गर्मी समय भएकाले लत्ताकपडाको खासै समस्या छैन।

तानसेनका होटलबाट प्रहरीले ५ जोडीलाई आपत्तिजनक अवस्थामा पक्राउ

तानसेनका होटलबाट प्रहरीले ५ जोडीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ। 'तानसेन बसपार्कस्थित होटल सिम्रिक र होटल मनकामनामा जाँच गर्दा यौन क्रियाकलापमा संलग्न अवस्थामा ५ जना पुरुष र ५ जना महिलालाई पक्राउ गरिएको हो।’ थपलियाले नागरिकसँग भने- यौनजन्य क्रियाकलाप बढेको गुनासोका आधारमा होटल तथा लजहरूमा चेकजाँच बढाएका छौं।