अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Monday, October 24, 2011

ठाडा गविसका निवर्तमान अध्यक्ष बसन्त कुमार श्रेष्ठले सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाए

ठाडा गविसका निवर्तमान अध्यक्ष बसन्त कुमार श्रेष्ठले सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाएर बसेको पुष्टी भएपछि स्थानीय सर्वसाधारण विरोध गरेका छन ।


ठाडाको डमरु दह छेउ नजिकै रहेको सार्वजनिक जग्गा श्रेष्ठले २७ वर्षदेखि भोगचलन गर्दै आएका थिए ।

जिल्ला अदालतले उक्त जग्गा सार्वजानिक भएको ठहर गरेपछि सयौंको संख्यामा उपस्थित गाउँलेले नारा जुलुससहित विरोध र्याली नै निकालेर श्रेष्ठले कब्जा गरी बसेको जग्गा तुरुन्त छाडन चेतावनी दिएका छन । पर्यटकीय स्थल डमरु तालको छेउमा श्रेष्ठले ५ रोपनी ३ आना ३ दाम महत्वपूर्ण स्थानमा रहेको जग्गा २७ वर्षदेखि कब्जा गर्दै आएका थिए । विरोध सभामा आक्रोशित सहभागीहरुले जनतालाई ठगी सर्वजनिक जग्गा अतिक्रमण गर्ने श्रेष्ठलाई गाउँ छाड्न चेतावनी दिएका छन् । श्रेष्ठ एमाले जिल्ला सदस्य हुन् ।

ठाडामा पंञ्चायतकालमा सदरमुकाम बसेकोले अर्घाखाँचीको दोस्रो सदरमुकामको रुपमा लिईन्छ । अहिले पनि जिल्लाको दक्षिणी क्षेत्रका मुख्य नाका भएकाले उक्त स्थानमा रोपनीको ५० लाख रुपैयाँ मुल्यमा बिक्री हुँदै आएको छ ।

श्रेष्ठले झण्डै चार करोड मुल्य पर्ने सार्वजनिक जग्गा कब्जा गर्दै आएको गाउँलेको भनाई छ । पञ्चायतकालमा पञ्चहरुको आडमा कब्जा गरी बसेको र २०५२ सालमा गाविस अध्यक्ष भएको बेला सार्वजनिक जग्गा आफनो भएको भन्दै पक्की घर बनाएका थिए । अतिक्रमित सार्वजनिक जग्गा छानविन गर्न गाउँलेले जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला न्यायाधिश ऋषी प्रसाद अधिकारीको एकल ईजालसले जग्गा सर्वाजनिक भएको ठहर गरेपछि ठाडाका सयौं स्थानीय सर्वसाधारण गाउँले अतिक्रमण गरी बसेको जग्गामा उपस्थित भई विरोध गर्दै सार्वजनिक जग्गा छाड्न भन्दै घर घेरेका थिए ।

विवाह गर्न नमानेकै कारणबाट छिमेकीबाट हत्या

रूपन्देहीको धमौली-५ मा एक किशोरीको विवाह गर्न नमानेकै कारणबाट छिमेकीबाट हत्या भएको छ।


इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार सफिक मुसलमानकी १६ वर्षीया छोरी सविनालाई सोही गाविस-१ का हसन मोहम्मद मुसलमानले हत्या गरेको अभियोग लगाइएको छ ।

आफ्नी सानीआमाको छोरासँग विवाह गर्न अस्वीकार गरेको रिसमा निजले कर्तव्य गरिमारेको बयान हसनले प्रहरीलाई दिएको प्रहरी निरीक्षक देवी पौडेलले जानकारी दिनुभयो। अभियुक्त हसनलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको छ।