अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, November 9, 2011

तम्घासमा आँखा अस्पताल बन्ने

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आँखा अस्पताल बन्ने भएको छ । आँखा अस्पताल निर्माणका लागि आर्थिक तथा भौतिक व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढिरहेको नेपाल नेत्रज्योति सङ्घ गुल्मीले बताएको छ ।

आइतबार सदरमुकाम तमघासमा सम्पन्न सङ्घको १६औँ जिल्लासभाको अवसरमा जिल्लामा आँखा अस्पताल बनाउने तयारीका साथ काम भइरहेको सङ्घका अध्यक्ष भरतबहादुर चन्दले बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा आँखा अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले जिल्ला विकास समितिमार्फत आँखा अस्पतालको निर्माणमा सहयोगका लागि एकताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । एकीकृत नेकपा (माओवादी) का जिल्ला सह–इन्चार्ज नीमबहादुर पाण्डे, नेपाली काँग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष बोमबहादुर खड्का, राप्रपाका हेमबहादुर बोहरा, राप्रपा नेपालका ठाकुरप्रसाद पाण्डेलगायतका नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

रुरुक्षेत्रमा सात करोड दिप प्रज्वलन

एउटा अभुतपुर्ब र ऐतीहासिक क्षणको सहभागी र साक्षी बन्न पाउँदा रुरु क्षेत्रका सम्पूर्ण बासिन्दाहरुले अत्यन्तै गर्व महशुस गरेका छन। शायद नेपालकै ऐतीहासिक हुन सक्छ तर रुरु क्षेत्रको लागि आजको दिन ऐतीहासिक अबश्य रह्यो। नेपालको प्रशिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्रमा बिश्वो हिन्दू महासंघ,नेपालको आयोजनामा सात करोड दिप प्रज्वलन गरिएको थियो। साँझ ६।३० बजे बाट सुरु गरिएको उक्त दिप प्रज्वलनमा दशौ हजार मानिसहरुको सहभागीता रहेको थियो। करीब तीन सय मिटर लामो स्थान ओगतेको उक्त सात करोड दिपको तीन पटक परीक्रमा गर्न पनि झदै झन्डै मुस्किल परेको थियो। कार्यक्रममा एककरोड दिप प्रज्वलन गर्ने भनीएपनी अन्तिम दिन सम्म आइपुग्दा सात करोड संकलन हुन गएको हो। कार्यक्रम रिडी बगरमा गरीएको थियो।

मलामी गएका कालीगण्डकीमा बेपत्ता

मलामी गएका पाल्पा यम्घा - ५ का गोपीकृष्ण बस्याल कालीगण्डकीमा बेपत्ता भएका छन्।


पाल्पा र स्याङ्गजाको सङ्गमस्थल राम्दी गएका २५ वर्षीय बस्याल कालीगण्डकीमा आफ्तको दाहसंकार गरी नदीमा नुहाउने क्रममा आज बिहान १० बजेतिर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनको अहिले तीव्र रुपमा खोजी कार्य भइरहेको छ।

लुम्बिनीमा भारतीय चासो

भारतीय काग्रेस आईका विदेश विभाग प्रमुख डा. करण सिहले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतको चासो रहने बताउनुभएको छ। रिपोटर्स क्लब नेपालद्धारा मंगलबार आयोजना गरेको साक्षात्कारमा सिंहले भारतीय सिमा भन्दा आठ किलोमिटरमात्र टाढा रहेको लुम्बिनीमा अन्य मुलुकले लगानी गर्दा भारतको पनि चासो रहने बताउनु भएको हो।


साक्षात्कारमा सिंहले गौतम बुद्ध नेपालमा जन्मिए पनि भारतमै ज्ञान आर्जन गरेको र भारतमै देह त्याग गरेकोले लुम्बिनीमा भारतको चासो रहनु स्वभाविक भएको उनको तर्क थियो। उहाँले भारतदेखि लुम्बिनीसम्म बुद्धिस्ट सर्किट भएको भन्दै यसको विकासमा भारतले पनि लगानी गर्नु पर्ने बताए । यसकोलागी आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्ने उनले दृढता ब्यक्त गर्नुभयो। उहाँले लुम्बिनीको विकासको लागि नेपाल र भारतले मिलेर गर्नुपर्ने बताउनुभयो।

उहाँले एपेकमार्फत चिनिया लगानी लुम्बिनीमा ल्याउने र माओवादी अध्यक्ष प्रचण्ड लुम्बिनीमा सहयोग जुटाउन अमेरिका गएको विषयमा आफूलाई कुनै जानकारी नभए पनि अरुले लुम्बिनीमा लगानी गर्दा भारतको चासो भने रहने स्पष्ट पार्नुभयो। उहाँले लुम्बिनी र पशुपतिनाथ नेपाल भारत सम्बन्धको पहिचानको रुपमा रहेकोले पशुपति नाथको पनि गुरुयोजना बनाएर विकास गर्नु पर्ने सुझाव समेत दिनुभयो।

पछिल्लो समयमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउँदै संविधान निर्माण गर्ने सम्बन्धमा दलहरुवीच भएको सात बुँदे सहमतिप्रति भारत सकारात्मक रहेको भन्दै उहाँले भारतको नेपाल नीति सधै सकारात्मक र सहयोगी रहेको दावी गर्नुभयो। नेपालमा कसको नेतृत्वमा सरकार बन्छ भन्नेमा भारतको चासो नरहेको भन्दै शान्ति, संविधान र स्थायीत्वमा भारतको चासो र सदभाव रहेको उहाँको जोड रहेको थियो।

कार्यक्रममा डा. सिंहले सात बुँदे सहमतिले दलहरु मिले नेपालमा जे पनि हुन सक्ने भन्ने प्रमाणित सगरेको भन्दै सात बुँदे सहमति कार्यान्वयन हुनेमा आशा भए पनि चुनौतिहरु प्रयाप्त रहेको बताउनुभयो। उहाँले नेपाल र चीन सार्वभौम राष्ट्र भएकोले उनीहरुवीचको सम्बन्धमा भारतको कुनै आपत्ति नरहने भन्दै नेपालको विकास र स्थायीत्वमा भारत सधै चासो रहने बताउनुभयो। साक्षात्कारका सभापति क्लबका अध्यक्ष ऋषि धमलाले नेपाल र भारतवीचको सम्बन्ध अझै प्रगाढ बन्दै गएको भन्दै भारतले गरेको आर्थिक विकासबाट नेपालले पनि फाईदा लिनसक्नु पर्ने बताउनुभयो।