कुनै बेला सूचनाको माध्यम बनेको कटुवाल प्रथा लोप हुँदै जान थालेपछि यससँगै जीविकोपार्जन गर्नेहरु अहिले वैकल्पिक पेसाको खोजीमा लागेका छन् ।
गाउँको विकास निर्माणका काम गर्दा, वनको घाँस दाउरा फडानी गर्दा, मर्दा पर्दा, भोज भतेर तथा विवाह, व्रतबन्ध, आदि कार्य गर्दा सबैले सुन्ने अग्लो स्थानमा गएर चिच्चाएर सबैलाई थाहा दिनु कटुवालको पुख्र्यौली पेसा हो ।
यसरी सूचना तथा खबर जानकारी गराएवापत प्रत्येक घरबाट एक दुई पाथी अन्न उठाएर जीविका चलाउने कटुवालप्रथा बढ्दो सञ्चारप्रविधिको विकासले गर्दा लोप हुने अवस्थामा पुगेको गैरसरकारी संस्था महासङ्घका जिल्ला सचिव चन्द्रमणि पाण्डेले बताए ।
सूचना र खबर गाउँगाउँका रेडियो र पत्रपत्रिकामा प्रकाशन र मोबाइल तथा फोनबाट आदानप्रदान हुन थालेपछि गाउँलेले परम्परादेखि दिँदै आएको अन्न दिन नमानेकाले आफ्नो पेसा सङ्कटमा पर्दैगएको अर्घाका कटुवाल डुकबहादुर कटुवालले गुनासो गरे ।
घरमा बसेर साँझ बिहानको छाक टार्न मुस्किल भएपछि घरपरिवारलाई पाल्न अब वैकल्पिक पेसा खोज्नुको विकल्प नभएको कटुवालहरु बताउँछन् । अझै पनि अर्घाखाँचीका केही गाउँमा कटुवालहरु कटुवाली पेसा अङ्गालेर जीविकोपार्जन गर्दैछन् । तर बढ्दो सूचना र सञ्चारको सुविधाले उनीहरुको जीवनयापनमा भने असुविधा हुनथालेको छ ।