tag:blogger.com,1999:blog-75315082000181512122024-02-07T18:42:19.792+05:30अर्घाखाँची न्युज बोर्डआदरणिय पाठक बृन्द,
यो ARGHAKHANHI NEWS BOARD अर्घाखाँची जिल्ला र सो आसपासका क्षेत्र नजिक संग सम्बन्धित सूचनाहरुको संगालो हो / अत: अर्घाखाँची जिल्ला र सो आसपासका क्षेत्र नजिक संग सम्बन्धित कुनै सूचना, जानकारी, सल्लाह, सुझाबको हामी सधै अपेक्षा गर्दछौ / स्थानीय सुचना स्थानीय शैली र सरल भाषामा................
http://arghakhanchinewsboard.blogspot.comRamu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.comBlogger147125tag:blogger.com,1999:blog-7531508200018151212.post-47441503531637973602011-12-04T11:57:00.000+05:302011-12-04T11:57:08.598+05:30अर्घाखाँचीमा सुन्तला तेब्बर फले
पणेना सिम्लेका कृषक रेवतीराज पौडेललाई सुन्तलाका बोटमा दाना बढी लागेपछि बोट भाँचिन नदिन के गर्ने भन्ने चिन्ताले सताएको छ । यस पाली लटरम्मै फलेका बोटले थाम्नै नसक्ने भएको छ ।

पणेना गाउँमा गत वर्षको भन्दा सुन्तला तेब्बर फलेको छ । पौडेलले भने, एक बोटमा १० हजारभन्दा बढी दाना लागेको छ । पातभन्दा दाना बढी देख्निछन । पाकिसकेका सुन्तलाको बोट भाँचिनबाट जोगाउँन भुईमा टेका लगाएको उनले बताए । यसपाली दानासमेत ठूला छन । अन्न छाडेर व्यावसायीक सुन्तला खेती गरेका सिम्लेका किसान सुन्तला तेब्बर फलेपछि निकै खुसि छन ।

अन्न उब्जनी गर्ने खेतबारी मासेर आफनो २० रोपनी जग्गामा व्यवसायीक सुन्तला खेती गरेका सिम्लेका अर्का युवा कृषक चिरञ्जीवी पौडेलका १२ सय सुन्तलाका बोटमा लटरम्मै दानाले बोटै लत्रिएका छन । बढी फलेकाले आम्दानी बढी हुने संकेत देखिएको छ, उनले भने, यस्तो अहिलेसम्म फलेको थिएन । उनले सुन्तलाबाट वाषिर्क २ लाख ५० हजार रुपैयाँ आम्दानी गर्छन । व्यवासायीक सुन्तला खेती गरेका पणेनाका करिब ३ सय किसान सबैका बोटमा एक नासले सुन्तला फलेका छन ।

यो वर्ष सुन्तलाको लागि वातावरण मिल्दो भएकाले राम्रो फलेको हो, पोखराथोक कृषि सेवा केन्द्रका प्राविधिक दधिराम गौतमले भने, धेरै वषर्ा भएको, असिना र तुषारो नपरेकाले राम्रो फल लागेको हो । गतवर्षको तुलनामा सुन्तलाको आम्दानीबाट सिम्ले गाउँमा वाषिर्क दुई करोड रुपैयाँ आम्दानी भएकोमा यस वर्ष आम्दानी बढने उनले बताए ।जिल्लाको खन, खनदह, भगवती, अर्घातोष, खिदिम, पोखराथोक गाविसमा सुन्तला खेती हुने गरेपनि पणेनाको सिम्लेमा जिल्लाकै सबैभन्दा धेरै सुन्तला उत्पादन हुने गर्छ । पणेनाका करिब ७ सय मध्ये ३ सय घरपरिवारले अन्न उब्जनी गर्ने खेतबारी मासेरै सुन्तला खेती गरेका छन । सिम्लेका गाउँलेले १२ वर्ष देखी व्यवसायीक सुन्तला खेती गर्दै आएका छन । यस वर्ष रोग नलागेकाले पनि राम्रो फल लागेको हो ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-57405752519295877972011-12-04T11:54:00.000+05:302011-12-04T11:54:08.658+05:30प्रचण्डलाई लुम्बिनी बृहत्तर विकास समितिको निर्देशक बनाएकोमा बौद्धमार्गीहरु आन्दोलित
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लुम्बिनी बृहत्तर विकास समितिकोनिर्देशक बनाएपछि त्यसको बिरुद्धमा नेपालका बौद्धमार्गीहरु आन्दोलित भएका छन्। आन्दोलनकै क्रममा बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालको नेतृत्वमा नेपालका १५० वटा बढी बौद्धमार्गी संघ संस्थाहरुले २०६८ मंसीर २१ गते बिशाल जनप्रदर्शन गर्ने भएको छ।

काठमाडौंमा हुने बौद्धमार्गीहरुको जनप्रदर्शनमा ठुलो संख्यामा बौद्ध भिक्षु तथा भिक्षुनीहरु , धर्मगुरुहरु र करिव २० हजारको संख्यामा बौद्धमार्गीहरुको सहभागी हुने अनुमान गरिएको छ। बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालका प्रवक्ता अमरदिप मोक्तानका अनुसार मध्यान्ह १२ बजे काठमाडौंको माइतीघर मण्डलावाट शुरु हुने प्रदर्शनमा सबै राजनीतिक दलमा रहेका आदिबासी समुदायका नेता तथा कार्यकर्ताहरुको ठुलो संख्यामा उपस्थिति हुने छ।

मंसीर २१ गते काठमाडौंमा हुने बौद्धमार्गीहरुको प्रदर्शनमा सहभागी हुन अपिल गर्दै बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालले राजधानी काठमाडौंमा व्यापक रुपमा चिठ्ठी पत्रहरु र पर्चाहरु वितरण गर्ने काम गरिरहेको छ। विभिन्न राजनैतिक दलमा रहेका आदिबासी समुदायका राजनीतिज्ञ, समाजशास्त्री, मानव अधिकारवादी, कानून व्यवसायी, धर्मगुरुहरु र पत्रकारहरुलाई प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालले पत्र समेत पठाएको छ।

बौद्ध धर्म बिरोधीहरुद्वारा गणतन्त्रको मूल मर्म र भावना विपरित विगतको निरंकुश राज्य सत्ताले गर्ने गरेकै निति अनुसरण गर्दै शान्ति प्रेमी बौद्ध धर्मावलम्वीहरुको हृदयमा आघात पुर्याउने कार्य जारी राखेको भन्दै उनीहरुले आन्दोलनमा उत्रनु परेको बताएका छन्। सरोकारवाला बौद्ध धर्मावलम्वी आदिबासी समुदायको सल्लाह र सहमति बिना व्यक्तिगत स्वार्थको निमित्त केही व्यापारी मुखौटाधारी नेताहरुले भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई उद्योगमा परिणत गरी अपवित्र बनाउन तत्पर भई लागेकाप्रति उनीहरुको आपत्ति छ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-62852691565173665552011-12-01T14:27:00.000+05:302011-12-01T14:27:56.889+05:30अर्घाखाँचीको सन्धीखर्कमा ट्याक्टरवाट खसेर मृत्यु
गुडीरहेको ट्याक्टरवाट खसेर अर्घाखाँचीको सन्धीखर्कमा एक व्यतिmको ज्यान गएको छ । सन्धीखर्कदेखि नजिकै विहार वजारवाट ढुङ्गा लोडगरी सदरमुकाम सन्धिखर्कतर्फ जाँदै गरेको लु १ त ८२४३ नं.को ट्याक्टरवाट खसेर गम्भिर घाईते भएका रोल्पा घर भई सन्धीखर्क डेरा गरीवस्ने वर्ष ४५ का ट्याक्टर सहचालक गणेश विश्वकर्माको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको छ । शवलाई पोष्टमाटमकालागि जिल्ला अस्पतालमा राखिएको छ भने गाडी चालक आप्mनो नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-4701504865053436022011-11-24T11:48:00.000+05:302011-11-24T11:48:33.352+05:30अत्याधिक मदिरा सेवनवाट अर्घाखाँचीको सन्धिखर्कमा एक पुरुषको ज्यान गयो

अत्याधिक मदिरा सेवनवाट अर्घाखाँचीको सन्धिखर्कमा गएराति एक पुरुषको ज्यान गएको छ । यसरी ज्यान जानेमा सन्धिखर्क ६ तारामार्गका ५२ वर्षीय विष्णुवहादुर वोहोरा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखान्चीले जनाएको छ । राति मदिरा सेवनवाट लठ्ठीएर सडकमा लडिरहेको अवस्थामा उनलाई गस्ती प्रहरीले फेला पारेपछि उपचारको लागि जिल्ला अस्पतालमा लैजादै गर्दा उनको वाटोमै मृत्यु भएको थियो । मृतक वोहोराले जिल्ला अस्पताल सन्धिखर्कमा कार्यालय सहयोगिको पदमा रही काम गर्दै अएका थिए । मृतकको शव अहिले पोष्टमाटमकालागि जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको बताइएको छ ।

Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-71412170075796575152011-11-24T11:35:00.002+05:302011-11-24T11:35:46.209+05:30लुम्बिनी विकासको एकीकृत व्यवस्थापन योजना (आईएमपी) अन्तिम चरणमा
लुम्बिनी विकासको एकीकृत व्यवस्थापन योजना (आईएमपी) अन्तिम चरणमा पुगेको छ । यही वर्षको अन्त्यसम्ममा योजना लागू गर्ने तयारी भएको हो । युनेस्कोको 'वल्र्ड हेरिटेज सेन्टर' ले लुम्बिनीको दीर्घकालीन विकासका लागि योजना ल्याउनुबाहेकको विकल्प नरहेको बताएपछि नेपाली पक्ष तातेको छ ।

करिब सात महिनाअघि यो योजनाका लागि पुरातत्त्व विभाग, युनेस्को कन्सल्ट्यान्ट, संस्कृति मन्त्रालय र लुम्बिनी कोष सम्मिलित समितिले छलफल गरेर योजनालाई अन्तिम रूप दिंदैछ । 'नोभेम्बरमा हुने दुईवटा बैठकले यसको टुंगो लगाउनेछ,' पुरातत्त्व विभागका अधिकृत सुरेश श्रेष्ठले सोमबार कान्तिपुरसँग भने । उनी कमिटीमा फोकल प्वाइन्टको रूपमा सहभागी छन् ।

छरिएर आउने लगानीलाई एकद्वारबाट विकासमा लगाउन र जथाभावी निर्माण रोक्न यस्तो अवधारणा ल्याइएको उनले बताए । जापानी वास्तुविद् क्यान्जो टाङ्गेले ३० वर्षअघि लुम्बिनीको एक माइल टाढाबाट सुरु हुने नहरदेखि मायादेवी मन्दिरसम्मको भागलाई आधुनिकीकरण र कोलाहलबाट टाढा राखेर शान्त स्थलका रूपमा विकास गर्ने योजना अघि सारेका थिए । विभागका महानिर्देशक विष्णुराज कार्कीले यही मान्यताको आधारमा लुम्बिनीमा विकास हुनुपर्ने युनेस्कोले भन्दै आएको बताए । एकद्वार प्रणालीअन्तर्गत त्यहाँ हुने विकास निर्माण कार्यको समन्वय गर्न र बिनाविवाद अन्तर्राष्ट्रिय सहभागिता जुटाउन 'आईएमपी' आवश्यक भएको उनले बताए । 'योजना तयार भएर विभागमा प्रस्तुत हुनेछ, संस्कृति मन्त्रालय हँुदै मन्त्रिपरिषद्को बैठकमा पेस हुनेछ,' महानिर्देशक कार्कीले भने, 'पारित गर्नुको विकल्प छैन ।'

'लुम्बिनीमा हुने लगानीको एकीकृत हिसाबकिताब राख्न पनि सरल हुन्छ,' उनले भने,' दातृ मुलुकले सहयोग ल्याउनुअघि तयार पार्नेगरी अधिकारीहरू जुटिसकेका छन् ।' विश्वसम्पदा सूचीमा रहेकाले त्यहाँको निर्माण मापदण्ड हेर्ने, तय गर्ने र अनुगमन गर्ने प्रमुख सरोकारवाला विभाग हो । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुरूप पनि उक्त क्षेत्रको संरक्षणको मुख्य जिम्मेवारी पुरातत्त्वको हो । विभागले २०५२ सालमा उक्त क्षेत्रका १२ वटा साइटहरूको संरक्षण गरेको थियो ।

दाताले लुम्बिनीमा पाँचतारे होटल खोल्ने, अन्तर्राष्ट्रिय उद्यान बनाउने, विद्युतीय डुंगा सञ्चालन गर्ने, पुस्तकालय र अनुसन्धान केन्द्र खोल्ने ११ अर्बभन्दा बढी रुपैयाँको योजना अघि सारिसकेका छन् । जापानी ट्रस्ट फन्ड र युनेस्कोद्वारा सञ्चालित भिन्दाभिन्दै कार्यक्रमले उक्त क्षेत्रमा उत्खनन जारी राखेका छन् ।

चीन र श्रीलंकालगायत मुलुक पनि लुम्बिनी विकासमा सहभागी हुन इच्छुक देखिएको संस्कृति मन्त्रालयका अधिकारीले जनाएका छन् ।

विभिन्न टिमद्वारा लुम्बिनीको देवदहमा गरिएको उत्खननमा यस वर्ष र गत वर्ष बुद्धकालका हुक्का, इँटा, बुद्धका मूर्ति, मन्दिर, कोठाहरू, दियो र पोखरी फेला परिसकेको विभागले बताएको छ ।

देवदह विकास समिति र अन्य सरोकारवालाले संरक्षण, उत्खनन र विकासलाई गति दिनका लागि

आईएमपी कार्यक्रम लागू गर्न सरकारसँग लगातार माग गरिरहेको मन्त्रालयले जनाएको छ । उत्खनन गरिएका वस्तुको संरक्षण गर्न छुट्टै प्याकेज बनाउने तयारीसमेत भइरहेको महानिर्देशक कार्कीले बताए ।

'स्थानीयवासीमा चेतनाको अभाव र बढ्दो सहरीकरणले उक्त क्षेत्रमा पर्न सक्ने क्षतिलाई बचाउने गरी योजना अघि बढिसकेको छ,' उनले भने । उत्खनन र तिलौराकोट दरबारलाई बचाउन वरिपरिबाट पर्खालले घेर्ने कामसँगै स्थानीयमा जागृति कार्यक्रम लान आवश्यक भएको उनले बताए । 'घेरा हालेर मात्र संरक्षण सम्भव छैन,' महानिर्देशक कार्कीले भने, 'यसको महत्त्व बुझाउनु जरुरी छ ।'

लुम्बिनीमा सहयोग र योजनाभन्दा कार्यान्वयनको प्रतिबद्धता आवश्यक रहेको संस्कृति मन्त्रालयका एक अधिकारीले बताए । 'लुम्बिनी बनेमा त्यहाँ ओइरिने पर्यटकले मुलुकको अर्थतन्त्र धान्न सक्छ,' ती अधिकारीले भने, 'खेतीपाती र उद्योगधन्धाभन्दा यो बहुमूल्य सम्पदा उत्पादनमूलक छ ।'

संस्कृति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद रेग्मीले उक्त क्षेत्रको विकासका लागि सबै सरकारी संयन्त्र गृहकार्यमा जुटेको बताए । यसपछि यो कार्यले एक प्याकेजका रूपमा गति लिने उनले बताए ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-46808928573739068632011-11-22T10:43:00.002+05:302011-11-22T10:43:29.849+05:30नरपानी गाविसका कृषकहरु व्यबसाहिक तरकारी खेति तर्फ
अर्घाखांची जिल्लाको नरपानी गाविसका कृषकहरु व्यबसाहिक तरकारी खेति तर्फ आकर्शित बनेका छन् । धन आर्जनको निम्ती विदेशिनुनै पर्छ भन्ने मान्यतालाई चुनौति दिदै नरपानी गाविसका कृषकहरु व्यवसाहकीक तरकारी खेती तर्फ आर्कसित बेनेका हुन् । पुख्यौली खेतिलाई कम निरन्तरता दिदौ आफुहरु प्राय खेतियोग्य जमिनमा तरकारी खेति गरि मनग्य आम्दानी गर्न सफल भएका नरपानीका राममणि भट्टराईले बताएका छन् । उनिसँगै अन्य कृषकहरुले गाउँका बारिहरुमा अहिले साग,घिरैला,लैका,भेन्डि,सेमि लगायतका तरकारी लगाई बारि हराबरा बनाउनुका साथै मनग्य आम्दानी गर्न सफल भएका छन् । उनीहरुले बारिमा बाह्रैमासे मैसमी र बेमैसमी तरकारी लगाई मनग्य आम्दानी गर्न सफल भएको बताउँछन् ।

कृषक भट्राईले व्यवसाहीक तरकारी खेतिबाट छोराछोरीलाई बोडिङ्गहरुमा पढाएको बताउँदै घरपरिबार राम्रो साग धान्न सकेको बताएका छन् । उनि जस्तै गाउामा यसै खेति बाट जिविकोपार्जन गदै आएका छन् । कृषक भट्राई रोजगारका निम्ती बिदेसिदाा दलालको फन्दामा परेपछि उनले स्बदेशमै आई व्यवसाहिक तरकारी खेति गरेका हुन् । यिनिसँगै नरपानी गाविसका थुप्रै कृषकहरु यस खेति तर्फ आकर्शिष बनेका छन् । उनिहरुले उत्पादन गरेको तरकारी सन्धिखर्कको साथै बुटबलमा समेत निर्यात हुने गरेको कृषकहरुको भनाई रहेको छ । उनहरुले धन कमाउन प्रदेसिएका नेपाली युबाहरुलाई स्वदेसमै बसि आफुहरुले जस्तै कुनै खेती गरि मनग्य आम्दानी गर्न सल्लाह दिएका छन् ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-49495894377726751372011-11-20T11:00:00.000+05:302011-11-20T11:00:54.614+05:30अर्घाखाँचीका गाउँमा कटुवाल पेसा सङ्कटमा
कुनै बेला सूचनाको माध्यम बनेको कटुवाल प्रथा लोप हुँदै जान थालेपछि यससँगै जीविकोपार्जन गर्नेहरु अहिले वैकल्पिक पेसाको खोजीमा लागेका छन् ।

गाउँको विकास निर्माणका काम गर्दा, वनको घाँस दाउरा फडानी गर्दा, मर्दा पर्दा, भोज भतेर तथा विवाह, व्रतबन्ध, आदि कार्य गर्दा सबैले सुन्ने अग्लो स्थानमा गएर चिच्चाएर सबैलाई थाहा दिनु कटुवालको पुख्र्यौली पेसा हो ।

यसरी सूचना तथा खबर जानकारी गराएवापत प्रत्येक घरबाट एक दुई पाथी अन्न उठाएर जीविका चलाउने कटुवालप्रथा बढ्दो सञ्चारप्रविधिको विकासले गर्दा लोप हुने अवस्थामा पुगेको गैरसरकारी संस्था महासङ्घका जिल्ला सचिव चन्द्रमणि पाण्डेले बताए ।

सूचना र खबर गाउँगाउँका रेडियो र पत्रपत्रिकामा प्रकाशन र मोबाइल तथा फोनबाट आदानप्रदान हुन थालेपछि गाउँलेले परम्परादेखि दिँदै आएको अन्न दिन नमानेकाले आफ्नो पेसा सङ्कटमा पर्दैगएको अर्घाका कटुवाल डुकबहादुर कटुवालले गुनासो गरे ।

घरमा बसेर साँझ बिहानको छाक टार्न मुस्किल भएपछि घरपरिवारलाई पाल्न अब वैकल्पिक पेसा खोज्नुको विकल्प नभएको कटुवालहरु बताउँछन् । अझै पनि अर्घाखाँचीका केही गाउँमा कटुवालहरु कटुवाली पेसा अङ्गालेर जीविकोपार्जन गर्दैछन् । तर बढ्दो सूचना र सञ्चारको सुविधाले उनीहरुको जीवनयापनमा भने असुविधा हुनथालेको छ ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-30690274903718271112011-11-15T11:26:00.001+05:302011-11-15T11:27:18.756+05:30अर्घाखाँचीको किमडाडामा जीप दुर्घटना
अर्घाखाँचीको किमडाडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।गुल्मी तम्घासबाट अर्घाखाँचीको किमडाडा जाँदै गरेको लु १ ज १७५६ नम्बरको जीप किमडाँडा गाविसको वाड नं ८ सिमलपाटामा दुर्घटना भएको हो । दुर्घटनामा गुल्मी पुर्कोट दह आरुपाटा घर भएका जीपका सहचालक १८ वर्षका तिलक केसीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पेनसन लिन किमडाडाका बासिन्दाले जीप रिजर्ब गरेर तम्घास आएका थिए । मानिसलाई किमडाडाँ पु¥याएर फर्कने क्रममा जीपको ब्रेकफेल भई दुर्घटना भएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-84214517603096580672011-11-15T11:21:00.000+05:302011-11-15T11:21:40.703+05:30कपिलवस्तुकी एक युवती सामूहिक बलात्कारमा
घरेलु कामदारका रूपमा साउदी अरब पुगेकी एक नेपाली युवती सामूहिक बलात्कारमा परेकी छन् । उनको ढाड र खुट्टासमेत भाँच्चिएको छ ।

साउदीको राजधानी रियादमा कपिलवस्तुकी २६ वर्षीया नेपाली युवतीलाई सामूहिक बलात्कार गरी नेपाली दूतावासको गेटअगाडि फालिएको थियो । दुई महिनाअघि पनि बलात्कारमा परेकी एक युवती शरण खोज्दै दूतावास आइपुगेकी थिइन् ।

साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार पीडितलाई एक अस्पतालमा उपचार गराइराखिएको छ । ‘सामूहिक बलात्कार गरी बिहान ३ बजेतिर दूतावासको गेटअगाडि ल्याएर फालिएको रहेछ,’ उनले ईकान्तिपुरसँग भने, ‘बाटोमा हिंड्ने बटुवाले थाहा पाएपछि स्टाफ बस्ने क्वार्टरमा घन्टी बजाइदिएपछि मात्रै जानकारी भयो ।’

दूतावासले सूचना पाएलगत्तै प्रहरीको साथ लिई अस्पतालमा लगिएको र आवश्यक प्रमाण सुरक्षित राखिएको जनाएको छ । ‘पीडित सामान्य अवस्थामा आइनसकेकाले घटना विवरणबारे पूरै जानकारी आइसकेको छैन,’ उनले भने, ‘पीडित बोल्न सक्ने अवस्थामा नरहेकाले सोधपुछ भएको छैन ।’

उनका अनुसार पीडितको स्पोन्सर पत्ता लागेकाले दोषी पक्राउ हुने सम्भावना प्रबल छ । ‘उनी काम गर्ने घरमालिक पत्ता लागिसकेकाले प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको छ,’ उनले भने, ‘यस घटनामा प्रमाण दरिलो रहेकाले अभियुक्त पक्राउ हुने र कानुनी कारबाही गर्न सकिने स्थिति छ ।’ उपचारपछि पीडितलाई न्याय दिलाएर मात्र स्वदेश पठाइने पनि उनले बताए ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-24741530448687364872011-11-15T11:20:00.002+05:302011-11-15T11:20:19.513+05:30श्रीमान् श्रीमती नदी किनारमा मृत अवस्थामा
पाँच दिनदेखि बेपत्ता प्युठान दाखाक्वाडी- ९ का श्रीमान् श्रीमती माडी नदी किनारमा मृत अवस्थामा फेला परेका छन्। उनीहरु दुवै कम्मरमा डोरीले बाँधेको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक रामबहादुर महतराले बताए।

गत बिहीबारदेखि बेपत्ता रहेका ६० वर्षीय नेत्रबहादुर खत्री र ५५ वर्षीया गौरी खत्री रम्दीको चेरनेटास्थित माडी नदी किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-41134396501508049302011-11-15T11:19:00.002+05:302011-11-15T11:19:19.812+05:30दुई आमा छोराको हत्या भएको खुलासा
बाग्लुङको अधिकारीचौरमा मृत अवस्थामा भेटिएका दुई आमा छोराको हत्या भएको खुलासा भएको छ । कात्तिक २२ गते साँझ मृत अवस्थामा भेटिएका अधिकारी चौर ४ का २५ बर्षिया मिना भण्डारी र उनका साढे २ बर्षिय छोरा एञ्जल भण्डारीको स्थानीय दुई युवाले खुकुरी र काठको बिँड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

अधिकारी चौर ४ का १८ बर्षिय योगेन्द्र भण्डारी र वडा नम्बर ६ का रिमबहादुर बिकले आमा छोरको हत्या गरेको प्रहरीले सोमबार बागलुङमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आफूहरु सानो छँदा मृतक मिना भण्डारीका श्रीमान नगेन्द्र भण्डारीले आफुहरुलाई पटक–पटक कुटपिट गरेको बदला लिन उनका श्रीमति र छोराको हत्या गरेको उनीहरुले प्रारम्भिक बयानमा बताएको प्रहरी नायव उपरिक्षक उमाप्रसाद चर्तुवेदीले बताउनुभयो ।

प्रहरीका अनुसार भण्डारी र बिकले मृतक भण्डारीलाई उनका श्रीमान पोखरा गएका बेला ‘नगेन्द्रको फोन आएको छ’ भनेर बोलाई घरदेखी केही पर लगेर हत्या गरेको स्वीकार गरेका छन् । हत्यापछि उक्त घटनाबाट बच्नका लागि उनीहरुले श्यामबहादुर भण्डारीको नामबाट चिठी तयारी गरी बाटोमा फालेको थिए । मृतक भण्डारीका आमा छोराको शव कात्तिक २४ गते बिहान घरदेखी केही पर घाँसले पुरिएको अवस्थामा फेला
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-59570757276439139932011-11-10T11:17:00.001+05:302011-11-10T11:18:47.697+05:30आमा छोराको शव भेटियो

बाग्लुङको अधिकारीचौर गाविसको ओख्रेनीमा चार वर्षका छोरासहित आमा मिना भण्डारीको शव भेटिएको छ। भण्डारी ३ दिनदेखि सम्पर्कबाहिर रहेकी स्थानीय उजिर थापाले बताएका छन्। घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-12772522170466540272011-11-10T11:10:00.001+05:302011-11-10T11:12:24.868+05:30रुरु रेसुङा उपभोक्ता समिती गठन

रुरु रेसुङा संरक्षण तथा पर्यटन बिकास समिती(रुरेसपबिस),गुल्मी अन्तरगत रहने गरी आज रिडीमा "रुरु रेसुङा उपभोक्ता समिती" रिडीको गठन भएको छ्। रुरेसपबिसका अध्यक्ष्य श्री निम बहादुर पाण्डेको उपस्थितीमा गठित समितीको अध्यक्ष श्री फर्सुराम पौद्वेल रहनु भएको छ्। ११ सद्स्य रहेको समितीमा निम्न ब्यक्तीहरु रहनुभएको छ्: अध्यक्ष- फरसुराम पौद्वेल,उपाध्यक्ष- रामलाल बिक,कोषाध्यक्ष- धना राना, सद्स्यहरुमा- चन्द्र लाल कसजू, सुन्दर कसजू, दुर्गादत्त रेग्मी,परशुराम भट्टराई, राजेन्द्र राज पाण्डे,तारा सुबेदी, डोप कुमारी ज्ञवाली र सचिबमा दमोदर भट्टराई रहनु भएको छ्।

Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-91452944976477922572011-11-10T11:06:00.000+05:302011-11-10T11:06:29.242+05:30महासचिव वान की मुन लुम्बिनीको विकाशका लागि नेतृत्व गर्न सहमत
सयुक्त राष्ट्रसंघका महासचिव वान की मुन लुम्बिनीको विकाशका लागि बन्ने उच्चस्तरीय अन्तर्राष्ट्रिय समितिको नेतृत्व गर्न सहमत हुनुभएको छ । राष्ट्रसंघ महासचिव वान र वृहत्तर लुम्बिनी विकाश राष्ट्रिय परियोजनाका संयोजक समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गएराति राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा आउँदो मार्च महिना सम्ममा उच्चस्तरीय अन्तर्राष्ट्रिय समिति बनाउने र त्यसको नेतृत्व वानले गर्ने सहमति भएको हो । भेटका क्रममा माओवादी अध्यक्ष प्रचण्डले वुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तराष्ट्रिय शान्ति सहर बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको कुरा जानकारी गराउँदै वानलाई लुम्बिनीको वृहत्तर बिकाशका लागि बन्ने समितिको नेतृत्व गर्न आग्रह गर्नुभएको थियो ।

साथै उहाँले कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लालाई समेटेर वृहत लुम्बिनी विकाशका लागि नयाँ गुरुयोजना ल्याउने पनि बताउनुभयो । प्रचण्डले लुम्बिनी विकाश बारे छलफल गर्न सन् २०११ को सुरुमा नेपालमा अन्तर्राष्ट्रिय बैठकको आयोजना गरिने जानकारी गराउँदै त्यसमा सहभागि हुन वानलाई निम्तो दिनुभयो ।

प्रतिउत्तरमा वानले प्रचण्डको निम्तो स्विकार गर्दै लुम्बिनीको वृहत्तर विकाशका लागि आफुले सबै राजनीतिक तथा नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । महासचिव वान सँगको भेटका क्रममा लुम्बिनी विकाश राष्ट्रिय समितिका सदस्य डाक्टर मिनेन्द रिजाल राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य समितिका सदस्य मनोज बहादुर श्रेष्ठ तथा लुम्बिनी विकाश कोषका अन्तराष्ट्रिय सल्लाहाकार नोरितादा मोरिता लगायतको सहभागिता रहेको प्रचण्डका स्वकीय सचिव समीर दाहालले जानकारी दिनुभयो । वानसंग नेपालको शान्ति प्रकृयाका विषयमा पनि छलफल भएको छ ।

भेटमा शान्ति प्रकृयालाई टुंगोमा पुराउन पछिल्लो समय भएको सात बुँदे सहमतिका लागि नेतृत्व र सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको भन्दै वानले प्रचण्डको प्रसंसा गर्नु भयो । लुम्बिनीको बिकासमा संयुक्त राष्ट्रसंघ लगायत विभिन्न निकायको सहयोग जुटाउन प्रचण्ड नेतृत्वको टोली ४ दिन अघि अमेरिका प्रस्थान गरेको थियॊ । टोलीमा लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहर निर्माण गर्ने गुरुयोजना बनाउन गठित समितिका सदस्य एवं काँग्रेस नेता डा. मीनेन्द्र रिजाल मनोज बहादुर श्रेष्ठ प्रचण्डका स्वकीय सचिव समिर दाहाल र प्रकाश दाहाल सहभागि छन । माओवादी अध्यक्ष प्रचण्ड आउँदो २७ गते काठमाण्डू फर्किने कार्यक्रम छ ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-90142511628163124932011-11-09T11:03:00.002+05:302011-11-09T11:03:21.497+05:30तम्घासमा आँखा अस्पताल बन्ने
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आँखा अस्पताल बन्ने भएको छ । आँखा अस्पताल निर्माणका लागि आर्थिक तथा भौतिक व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढिरहेको नेपाल नेत्रज्योति सङ्घ गुल्मीले बताएको छ ।

आइतबार सदरमुकाम तमघासमा सम्पन्न सङ्घको १६औँ जिल्लासभाको अवसरमा जिल्लामा आँखा अस्पताल बनाउने तयारीका साथ काम भइरहेको सङ्घका अध्यक्ष भरतबहादुर चन्दले बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा आँखा अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले जिल्ला विकास समितिमार्फत आँखा अस्पतालको निर्माणमा सहयोगका लागि एकताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । एकीकृत नेकपा (माओवादी) का जिल्ला सह–इन्चार्ज नीमबहादुर पाण्डे, नेपाली काँग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष बोमबहादुर खड्का, राप्रपाका हेमबहादुर बोहरा, राप्रपा नेपालका ठाकुरप्रसाद पाण्डेलगायतका नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-81781899441075677072011-11-09T11:02:00.000+05:302011-11-09T11:02:21.547+05:30रुरुक्षेत्रमा सात करोड दिप प्रज्वलन
एउटा अभुतपुर्ब र ऐतीहासिक क्षणको सहभागी र साक्षी बन्न पाउँदा रुरु क्षेत्रका सम्पूर्ण बासिन्दाहरुले अत्यन्तै गर्व महशुस गरेका छन। शायद नेपालकै ऐतीहासिक हुन सक्छ तर रुरु क्षेत्रको लागि आजको दिन ऐतीहासिक अबश्य रह्यो। नेपालको प्रशिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्रमा बिश्वो हिन्दू महासंघ,नेपालको आयोजनामा सात करोड दिप प्रज्वलन गरिएको थियो। साँझ ६।३० बजे बाट सुरु गरिएको उक्त दिप प्रज्वलनमा दशौ हजार मानिसहरुको सहभागीता रहेको थियो। करीब तीन सय मिटर लामो स्थान ओगतेको उक्त सात करोड दिपको तीन पटक परीक्रमा गर्न पनि झदै झन्डै मुस्किल परेको थियो। कार्यक्रममा एककरोड दिप प्रज्वलन गर्ने भनीएपनी अन्तिम दिन सम्म आइपुग्दा सात करोड संकलन हुन गएको हो। कार्यक्रम रिडी बगरमा गरीएको थियो।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-2634430928351615292011-11-09T10:57:00.002+05:302011-11-09T10:57:24.804+05:30मलामी गएका कालीगण्डकीमा बेपत्ता
मलामी गएका पाल्पा यम्घा - ५ का गोपीकृष्ण बस्याल कालीगण्डकीमा बेपत्ता भएका छन्।

पाल्पा र स्याङ्गजाको सङ्गमस्थल राम्दी गएका २५ वर्षीय बस्याल कालीगण्डकीमा आफ्तको दाहसंकार गरी नदीमा नुहाउने क्रममा आज बिहान १० बजेतिर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनको अहिले तीव्र रुपमा खोजी कार्य भइरहेको छ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-91501081325318718512011-11-09T10:56:00.000+05:302011-11-09T10:56:15.877+05:30लुम्बिनीमा भारतीय चासो
भारतीय काग्रेस आईका विदेश विभाग प्रमुख डा. करण सिहले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतको चासो रहने बताउनुभएको छ। रिपोटर्स क्लब नेपालद्धारा मंगलबार आयोजना गरेको साक्षात्कारमा सिंहले भारतीय सिमा भन्दा आठ किलोमिटरमात्र टाढा रहेको लुम्बिनीमा अन्य मुलुकले लगानी गर्दा भारतको पनि चासो रहने बताउनु भएको हो।

साक्षात्कारमा सिंहले गौतम बुद्ध नेपालमा जन्मिए पनि भारतमै ज्ञान आर्जन गरेको र भारतमै देह त्याग गरेकोले लुम्बिनीमा भारतको चासो रहनु स्वभाविक भएको उनको तर्क थियो। उहाँले भारतदेखि लुम्बिनीसम्म बुद्धिस्ट सर्किट भएको भन्दै यसको विकासमा भारतले पनि लगानी गर्नु पर्ने बताए । यसकोलागी आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्ने उनले दृढता ब्यक्त गर्नुभयो। उहाँले लुम्बिनीको विकासको लागि नेपाल र भारतले मिलेर गर्नुपर्ने बताउनुभयो।

उहाँले एपेकमार्फत चिनिया लगानी लुम्बिनीमा ल्याउने र माओवादी अध्यक्ष प्रचण्ड लुम्बिनीमा सहयोग जुटाउन अमेरिका गएको विषयमा आफूलाई कुनै जानकारी नभए पनि अरुले लुम्बिनीमा लगानी गर्दा भारतको चासो भने रहने स्पष्ट पार्नुभयो। उहाँले लुम्बिनी र पशुपतिनाथ नेपाल भारत सम्बन्धको पहिचानको रुपमा रहेकोले पशुपति नाथको पनि गुरुयोजना बनाएर विकास गर्नु पर्ने सुझाव समेत दिनुभयो।

पछिल्लो समयमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउँदै संविधान निर्माण गर्ने सम्बन्धमा दलहरुवीच भएको सात बुँदे सहमतिप्रति भारत सकारात्मक रहेको भन्दै उहाँले भारतको नेपाल नीति सधै सकारात्मक र सहयोगी रहेको दावी गर्नुभयो। नेपालमा कसको नेतृत्वमा सरकार बन्छ भन्नेमा भारतको चासो नरहेको भन्दै शान्ति, संविधान र स्थायीत्वमा भारतको चासो र सदभाव रहेको उहाँको जोड रहेको थियो।

कार्यक्रममा डा. सिंहले सात बुँदे सहमतिले दलहरु मिले नेपालमा जे पनि हुन सक्ने भन्ने प्रमाणित सगरेको भन्दै सात बुँदे सहमति कार्यान्वयन हुनेमा आशा भए पनि चुनौतिहरु प्रयाप्त रहेको बताउनुभयो। उहाँले नेपाल र चीन सार्वभौम राष्ट्र भएकोले उनीहरुवीचको सम्बन्धमा भारतको कुनै आपत्ति नरहने भन्दै नेपालको विकास र स्थायीत्वमा भारत सधै चासो रहने बताउनुभयो। साक्षात्कारका सभापति क्लबका अध्यक्ष ऋषि धमलाले नेपाल र भारतवीचको सम्बन्ध अझै प्रगाढ बन्दै गएको भन्दै भारतले गरेको आर्थिक विकासबाट नेपालले पनि फाईदा लिनसक्नु पर्ने बताउनुभयो।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-5896908511752935752011-11-06T11:16:00.000+05:302011-11-06T11:16:39.210+05:30रिडी - काली गण्डकी स्नानको लागि तीर्थालुको घुइँचो
हरिबोधनी एकादशीका अवसरमा पवित्र काली गण्डकी स्नान र ह्रिशी केशव भगवानको दर्शनको लागि रिडी काली नदीको किनरमा बिहानैदेखि स्नान गर्ने तीर्थालु भक्तजनको घुइँचो लागेको छ। गाउँगाउँबाट आएका तीर्थालु भक्तजनको स्नान गर्न घुइँचो लागेको हो। भक्तजनहरुले काली नदीमा स्नानपश्चात् ऋषिकेशव भगवानको पूजा अर्चना गरेका छन्।

बिहानैदेखि रिडी रुरु परिसरमा भक्तजनहरुले भजनकीर्तन समेत गरेर उपवास बसिरहेका छन्। पाल्पा र स्याङ्जाको संगम स्थल राम्दीमा एकादशी मेला लागेकै बेला र्याफ्टिङ महोत्सव हुँदैछ। शुक्रबारदेखि सुरु महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव–२०६८ अन्तर्गत आजको आकर्षण र्याफ्टिङ रहेको आयोजकले बताएका छन्। महोत्सव अयोजक समितिका अध्यक्ष दिलिप प्रताप खाँडले आज र भोली र्याफ्टिङ हुने बताए। राम्दीमा श्रीमदभागवत सप्ताह महायज्ञ सञ्चालन भैरहेको छ। पण्डित दिनबन्धु पोखरेलको कथा बाचनमा चलेको महायज्ञमा हजारौंले सहभागिता जनाएका र कात्तिक २४ गतेसम्म चल्ने यज्ञबाट ६ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको खाँडले बताए। महायज्ञ जारीनै छ भने आज लाग्ने एकादशी मेला र र्याफ्टिङ उत्सवले राम्दी क्षेत्र तिर्थालु र आन्तरिक पर्यटकहरुको जमघटले खचाखच भरिने बताइएको छ। पाल्पाका रानीघाटमा पनि एकादशी मेला लागेको छ। यस्तै गुल्मीको ऐतिहासीक तथा धार्मिक स्थल रेसुङ्गा क्षेत्र र रुरु क्षेत्रमा दिनभर श्रृद्धालु भक्तजनहरुको निक्कै घुँईचो लाग्ने गर्दछ। रेसुङ्गाको पोखरीमा रहेको पानीले स्नान गरेपछि जीवनमा गरेका सम्पूर्ण पापहरु नष्ट हुने धार्मिक विश्वास रहेको छ। रेसुङ्गा पोखरीमा स्नान गर्नका लागि गुल्मी लगायत पाल्पा, बाग्लुङ्ग, अर्घाखाँची, प्यूठान लगायत टाढा टाढाबाट पनि श्रृद्धालु भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ। रेसुङ्गा क्षेत्रमा श्रृद्धालु भक्तजनहरुको सुविधाका लागि सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष रुद्रबहादुर भुजेलले बताए।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-40846376222754593322011-11-04T11:33:00.000+05:302011-11-04T11:33:08.913+05:30पाल्पाली युवाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई काम गर्ने मौका दिनुपर्ने भन्दै अभियान थाले
पाल्पाली युवाले वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईलाई काम गर्ने मौका दिनुपर्ने भन्दै अभियान थालेका छन्। 'बाबुरामलाई काम गर्न देउ' लेखिएका गन्जी लगाएर युवाले पार्टी भन्दा माथि उठेर सबैले राम्रो गर्नेलाई साथ दिनुपर्ने बताए।

बुधबार तानसेनमा पत्रकार सम्मेलन गरेर उनीहरुले योग्यलाई मौका दिनुपर्ने बताए। कुनै दलसँग आबद्ध नभएको र सचेत नेपाली जनताका हैसियतले यस्तो अभियान सुरु गरेको उनीहरुले बताए।

'सरकारका राम्रा कामको प्रशंसा गर्नुपर्छ, अखिर कसैलाई त विश्वास गर्नै पर्यो' अभियानका अगुवा सागर घिमिरेले भने 'परीक्षामा सँधै प्रथम भएका, कुशल अर्थमन्त्री भैसकेका र अहिलेसम्म जनचाहना बुझेर अघि बढेका प्रधानमन्त्री भएकाले हामीले उहाँलाई समर्थन गरेका हौँ।'

उनलाई अझै हौसला दिन यस्तो अभियान थालेको उनीहरुले बताए। अर्का अभियान्ता रामचन्द्र नेपालले अहिलेका भरोसायोग्य र जनताका प्रिय प्रधानमन्त्री भएकाले उनलाई काम गर्नका लागि हौसला दिन यस्तो अभियान चलाएको बताए। उनीहरुले यस्तै सन्देशका स्टिकर समेत तैयार पार्ने बताएका छन्।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-54402166640844634912011-11-04T11:30:00.000+05:302011-11-04T11:30:54.174+05:30टोपबहादुर रायमाझीकी श्रीमती सिमा भनिने योगमाया रायमाझीले अर्कै पुरुषसँग अंश मागिन

स्थानीय विकासमन्त्री एवं माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीकी श्रीमती सिमा भनिने योगमाया रायमाझीले अर्कै पुरुषसँग अंश मागेकी छिन् ।

बुटवल लक्ष्मीनगरका रामबहादुर कार्कीसँग दोश्रो विवाह गरेको र विवाहपछि खान लाउन नदिएको भन्दै सीमा अंश मागसहित रुपन्देही जिल्ला अदालतमा बुधबार फिरादपत्र दर्ता गरेकी छिन् । उजुरी दर्ता गरेको जानकारीपछि माओवादी अबध राज्यसमितिका सचिव निर्मलकुमारले आजै एक बिज्ञप्ति जारी गरि सीमालाई अनैतिक र अनुशासनहीन काम गरेको भन्दै निलम्बन गरेको बताएका छन् ।

बिसं २०४५ सालमा रायमाझीसँग प्रेम विवाह गरेकी योगमायाका २२ बषिर्य छोरा र १८ बषिर्य छोरी रहेका छन् । कार्कीसँग २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको र ३-४ महिनाअघि मात्र विवाह गरेको सीमाले दावी गरेकी छिन् । माओवादी स्रोतका अनुसार युद्धकालदेखि नै ठेकेदारहरुसँग सम्बन्धमा रहँदै आएकी सीमाको टोपबहादुरसँग राम्रो सम्बन्ध थिएन् । तर उनले रायमाझीसँग सम्बन्ध विच्छेद गरेकी छैनन । रायमाझी भौतिक योजनामन्त्री छँदा उनलाई खानेपानी संस्थानको बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।

योगमायाले कार्कीसँग २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको जानकारी पार्टीलाई गराएको माओवादी श्रोतले जनाएको छ । रामु कार्की भनिने रामबहादुर बुटबलमा ठेकेदार र म्यानपावर दलालका रुपमा चिनिन्छन् । माओवादीको वाईसिएलमा संलग्न रहेका उनी बुटवलका सार्वजनिक कार्यक्रमहरुमा सँगै देखिनुका साथै एकअर्काप्रति अस्वभाविक माया प्रर्दशन गर्दथे ।

माओवादी अवध राज्यसमिति श्रोतका अनुसार पार्टी र टोपबहादुर रायमाझीको नामको दुरुपयोग गरेको र पार्टी हित विपरित काम गरेको भन्दै पार्टीले योगमायालाई यसअघि पनि सचेत गराएको थियो ।

टोपबहादुर रायमाझी भूमिगत रहेको बेला दिल्ली जाँदा बि.सं. २०४० को दशकमा योगमायासँग भेट भएको थियो । लाहुरेकी छोरी योगमायाले मन पराएपछि २ जनाबीच बि.सं. २०४५ सालमा दिल्लीमा प्रगतिशिल विवाह भएको थियो । अर्घाखाँचीका रायमाझी विवाह गर्दा २८ वर्षका थिए ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-90460855345707809412011-11-02T10:48:00.002+05:302011-11-02T10:48:41.065+05:30कपिलवस्तुको गजेराहा जितपुर चोकमा रहेको पौडेल इलेक्ट्रोनिक पसलमा आगलागी
गएराति कपिलवस्तुको गजेराहा जितपुर चोकमा रहेको पौडेल इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ भन्दा बढिको क्षती भएको छ । आगलागीबाट फ्रिज, टिभी, राइसकुकरलगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आगलागीबाट २० लाख भन्दा बढिको क्षती भएको प्रारम्भिक अनुमान गरेको छ । प्रहरीले आगलागी कसरी भयो भन्ने अनुसन्धान भइरहेको जनाएको छ । मध्ये रातमा सुरु भएको आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा दुई घण्टा पछि नियन्त्रणमा आएको थियो ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-14345488843296144202011-11-02T10:47:00.002+05:302011-11-02T10:47:32.882+05:30छोराको अवस्था अहिलेसम्म पत्ता नलाग्दा बाबुआमा चिन्तित
गत साउन २२ गतेदेखि वेपत्ता छोराको अवस्था अहिलेसम्म पत्ता नलाग्दा बाबुआमा चिन्तित बनेका छन् । तानसेन नगरपालिका–४, बारुदखानका १६ वर्षिय किशोर न्यौपानेको अहिलेसम्म अवस्था सार्वजनिक नभएको हो ।

दुईसाता अघि प्रहरीले पत्रकार सम्मेलन गरी किशोर आफै अपहरणको नाटक गरेको दाबी गरेको थियो । बाबु रामप्रसाद र आमा नुनाकुमारीले मंगलवार पत्रकार सम्मेलन गरी प्रहरीले जे भनेको भएपनि अवस्था पत्ता लगाईदिन सम्वन्धित पक्षलाई आग्रह गरेका छन् । उनीहरुले राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, विद्यार्थी, उद्योगी, प्रशासन, प्रहरी सबैसंग आफ्नो छोराको अवस्था पत्ता लगाउन आग्रह गरेका छन् ।

उनीहरुले प्रहरीले भनेजस्तै किशोर आफैले घटना बनाउन नसक्ने दावी गरे । ‘उसले आफै अपहरणको नाटक गरेपनि प्रहरीले खोज्नु पर्यो’ बाबु रामप्रसादले भने, ‘छोरा भारततिर गएको भनेर प्रहरी उम्किन मिल्दैन । मेरो छोराको खोजी गरिनुपर्छ' उनले छोरा दोषी भए त्यसलाई पक्रेर कारवाही गर्न समेत आग्रह गरे । प्रहरीले दुईसाता अघि पत्रकार सम्मेलन गरी अपहरण नभएको बताएको थियो ।

प्रहरीको दावी झुठा रहेको दावी उनीहरुले गरे । ‘मेरो छोराको बानी राम्रोसंग थाहा छ’ उनले भने, ‘कुनै हालतमा यस्तो योजना बनाउन सक्दैन ।’ प्रहरीले छोरालाई पक्रेर पुष्टी गर्नुपर्नेमा जोड दिए । अनुसन्धानमा ढिलाई हुँदा सत्य कुरा लुक्न सक्ने उनीहरुले बताए । प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले केन्द्रीय अनुसन्धान व्यूरोमार्फत् भारतको विभिन्न स्थानमा खोजी कार्यका लागि अनुरोध गरिसकिएको बताए । अपहरणको नाटक गरेका किशोर नेटवर्किङ् व्यवसायको सिलसिलामा भारतमा गएको थपलियाले दाबी गरे ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-91373539533568133112011-10-31T10:42:00.000+05:302011-10-31T10:42:39.431+05:30अर्घाखाँचीका डोकामान्द्रा बुन्ने चित्रेको पेशा संकटमा

अर्घाखांची जिल्लाका ग्रामीण भेगका डोकामान्द्रा बुन्ने चित्रेको पेशा क्रमश संकटमा पदै गएको छ । गाउंशहर जताततै आजभोली बढ्दो प्लाष्टीक जन्य भांडाकुडाको प्रयोगका कारण बांसबाट बनाइने चित्रेको पेशा समेत संकटमा पदै गएको हो ।

पहिले प्रत्येक घरमा बर्षमा आधादर्जन बढि चाहिने डोकामान्द्रा मानिसको खेतीप्रतीको रुचीको कमिका साथै आधुनिक समानको बढ्दो प्रयोगले कमि आएको अर्घातोष ५ अर्घाखांचीका ७७ वर्षिय चित्रे धनबहादुर विकको भनाइ छ । पहिला बालीप्रथामा बर्षदिन डोका-मान्द्रा बुन्ने गरेकोमा अहिले बल्लतल्ल ज्यालादारीमा समेत काम पाउन मुश्कील हुने गरेको उनको अनुभव छ । दलित जातीका बुढा, पुराना विश्वकर्माले डोकामान्द्रा बुन्ने काममा बढि रुचि राखेपनि अहिलेका युवापुस्ता यो पेशाबाट भन्दा अन्य पेशाबाट बढि आम्दानी लिन थालेपछि चित्राबुन्ने पेशाबाट विमुख हुंदा कमि आएको स्थानीयबासिन्दा बताउंछन् ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0tag:blogger.com,1999:blog-7531508200018151212.post-84481293790034125592011-10-31T10:38:00.000+05:302011-10-31T10:38:30.989+05:30अर्घाखाँचीको जलुके गाविमा एक सुत्केरी महिलाको गयो

अत्याधिक रक्तश्राबका कारण अर्घाखाँचीको जलुके गाविमा एक सुत्केरी महिलाको ज्यान गएको छ । ढीलोे प्रसुति सेवावाट वच्चा जन्माए पनि महिलालाई अत्यन्तै रक्तश्राव भएपछि जलुके १ जुवाकोट निवासी १९ वर्षीय तारा पुलामीको ज्यान गएको हो ।

लामो समयसम्म सुत्केरी व्यथाले च्याँपेछि झण्डै १० घण्टाको वाटो डोलिमा वोकेर प्रसुति सेवाको लागि अर्घाखँचीकै ठाडा प्राथमिक स्वास्थ्यकेन्द्रमा पुर्याईएको थियो । प्राथमिक स्वास्थ्यकेन्द्रमा नवजात शिशुलाई जन्म दिएकि सुत्केरी पुलामिको घरफर्कदै गर्दा वाटोमै ज्यान गएको स्थानीयवासीले वताएका छन् । नवजात शिशु सकुसल रहे पनि वालपोषणमा भने निकै समस्या भएको छ । वर्षातको समयमा अवरुद्ध वनेको सडक मर्मत नहुँदा सवारी साधन नचलेपछि ती महिलालाई समयमै स्वास्थ्यचैकि सम्म पुर्याउन नसकेको स्थानीयवासीले वताएका छन् ।
Ramu Khanalhttp://www.blogger.com/profile/01930591186850897238noreply@blogger.com0