अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, July 6, 2011

जुवाडे मास्टर सापहरु जरिवाना तिरेर मुक्त

छ दिन अघि तास खेल्दै गरेको अवस्थामा तम्घासको होटलबाट पक्राउ परेका शिक्षक मंगलबार जरिवाना तिरेर मुक्त भएका छन् ।
प्रहरीले विहीवार तम्घासको अमृत गेष्टहाउसबाट तास खेल्दै गरेको अवस्थामा पक्राउ परेका अर्जे–५ का विद्यादेवि प्राविका प्रधानाध्यापक रणबहादुर नेपाली, छापहिले–२ का जमलपोखरा माविका शिक्षक अशोक जि.सी. र इस्मारजस्थल–९ का खड्गदेवी प्राविका शिक्षक धन बहादुर कुँवरलाई जरिवाना लिएर अदालतले मुक्त गरेको हो । तीन जना शिक्षकसंगै छापहिले–२ का हरीलाल थापा पनि पक्राउ परेका थिए ।
जुवा ऐन २०२० अनुसार खेल्नेलाई जनही २ सय रुपैंया र हेर्नेलाई ५० रुपैंया अभियोग दावी अनुसार जिल्ला न्यायधीश खडानन्द तिवारीको इजलासको फैसला अनुसार उनीहरु मुक्त भएको जिल्ला न्यायधिवक्ता कुलप्रसाद पाण्डेले बताए । चार जना मध्ये प्रधानाध्यापक नेपाली हेर्ने मध्येमा परेकाले ५० रुपैंया जरिवानामा परेका थिए ।
जुवा ऐन २०२० अनुसार पहिलो पटक सामान्य जरिवाना र पटकेमा पर्नेलाई दोस्रो पटक देखि कैदसम्मको सजाय व्यवस्था छ । पक्राउ चारै जनाबाट जफत गरिएको रकम र विगो भने जफत गरिएको अदालतले जनाएको छ ।
 कान्तिपुर दैनिक

बुटवलमा डेंगु संक्रमणका बिरामी भेटिए


यो वर्ष पनि हालै बुटवलमा डेंगु संक्रमणका बिरामी भेटिएका छन् / गत बर्ष असोजमा मात्र डेंगुका
बिरामी भेटिएकोमा यस वर्ष भने असारमै डेंगु संक्रमणका बिरामी भेटिएका छन् / लुम्बिनी अन्चल
अस्पतालमा उपचार्थ भर्ना भएका बिरामी मद्धे एक जना पुरुष र एक महिलामा सो रोग भेटिएको सो अस्पतालले जनाएको छ /

लगातारको झरीले गर्दा कपिलबस्तुमा मदरसा बिद्यालय भत्कियो

लगातारको झरीले गर्दा कपिलबस्तु जिल्लाको पिपरा -७ गौरा गाउमा रहेको मदरसा बिद्यालय भत्किएको छ / सो मदरसा  बिद्यालय २०५० सालमा निर्माण गरि कक्षा ५ सम्म पढाई हुदै आएको थियो / तर सो मदरसा बिद्यालय  भत्किए पछि सो मदसा स्कूलमा अध्यनरत १४० बिद्यार्थी अहिले
 खुला आकास मुनि पढ्न बाध्य छन् /

Tuesday, July 5, 2011

अर्घाखाँचीमा करोडौ मूल्य बराबरका जडिबुटीको सदुपयोग भएन

प्राकृतिक सम्पदामा धनि जिल्ला अर्घाखाँचीमा करोडौ मूल्य बराबरका जडिबुटीको सदुपयोग भएन /
जसको कारण जिल्लाले आफ्नो आयको ठुलो हिस्सा समेत गुमाउनु परेको / जिल्लाको विभिन्न स्थानमा पाइने टिमुर , चिराइतो, हर्रो , बर्रो, रिठा लगायतका अन्य बहुमुल्य जडिबुटी उचित संरक्षणको अभाबमा बन जंगलमा तेत्तिकै खेर गईरहेका / यस्ता जडिबुटी गाई, भैसी , बाख्रा आदिलाई घासको रुपमा उपयोग भैरहेको /

अर्घाखाँचीमा यौन चेतनामा बृदि

विभिन्न सरकारी तथा गैर सरकारी तथ्यांक अनुसार अर्घाखाँचीमा यौन चेतनामा बृदि भएको जनाएको छ / जसको कारण युवा युवतीले यौन र सो संग सम्बन्धित यौन स्वास्थको बारेमा आपसमा खुलेर कुरा गर्ने सस्कारमा बृदि भएको छ / श्रीमान र श्रीमती बिच आपसी सहमतिको आधारमा मात्र गर्भ धारण गर्ने , सुरक्षित गर्भ पतन गराउने र परिवार नियोजनका अस्थाई साधनको प्रयोगमा समेत उल्लेख्य बृदि भएको छ / पहिला पहिला कन्डमको बारेमा कुरा गर्ने लाज मान्ने महिलाहरु अहिले आफूभन्दा टाढा भएका श्रीमान हरुले सकभर बाहिर यौन सम्पर्क गर्दै नगर्नु तर यदि गर्न परेमा कन्डमको प्रयोग अनिबार्य रुपमा गर्नै पर्ने भनेर सम्झाउने गर्ने गरेको समेत पाइन्छ / अझ रमाइलो पक्ष त के छ भने बजार बाट कण्डम बिना संकोच महिला आफैले नै किन्ने र श्रीमानलाई पठाई दिने गर्ने गरेको समेत पाइन्छ /

Monday, July 4, 2011

अर्घाखाँचीमा कृषि श्रमिकको अभाब


अहिलेको युवा पुस्ताले कृषि क्षेत्र आफ्नो रोजाईमा नपार्नाले र युवा पलायनको समस्याको
कारण अर्घाखाँचीमा कृषि श्रमिकको अभाब हुन गएको छ / जसको कारण अहिले गाउ गाउमा
खेत, बारीमा काम गर्ने मानिस पाउन निकै कठिन भएको छ / अहिले चैते धान काट्ने र रोपाई
गर्ने समयमा निकै ठुलो कठिनाई भोग्नु परिरहेको अर्घाखाँचीका कृषकहरु बताउ छन् /

अर्घाखाँचीका स्कूलमा मोबाइल लैजान प्रतिबन्ध


हालै प्रकाशित एस.एल.सी. नतिजा अनुसार अर्घाखाँची जिल्लामा २८% को संख्याको
हाराहारीमा मात्र बिद्यार्थी उतिर्ण रहेको र जिल्लाको शैक्षिक बाताबरणमा मोबाइलले
प्रतिकुल प्रभाब परेको भन्दै अब देखि स्कूलमा मोबाइल लैजान नपाउने गरि प्रतिबन्ध
गरिएको छ / अब यस प्रतिबन्ध बाट विद्यालयको शैक्षिक बाताबरणमा सकारात्मक प्रभाब
पर्ने समेत आकलन गरिएको छ /