घनश्याम गौतम
गुल्मीको आँपचौर गाविसमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा मर्नेको संख्या तीन पुगेको छ । वामीटक्सारबाट मजुवातर्फ आउँदै गरेको लु. १ ज १६९४ नम्बरको जिप गुल्मीकै आँपचौर गाविस-३ झक्कले भन्ने स्थानमा अर्को जिपलाई साइड दिने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा २ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्थायी प्रहरी चौकी मजुवाले जनाएको छ ।
प्रहरीका अनुसार जिप मालिक कुर्घा-५ भुवाचिदीका सुब्बा भन्ने टुङ्गबहादुर रायमाझी, कुर्घा-३ का दुर्गाबहादुर रायमाझी र बाग्लुङ्गबाट सरुवा भै कीर्तिपुर काठमाण्डौंजाँदै गरेका प्रहरी जवान मनोज आलेको मृत्यु भएको हो । मृतक मध्ये जिप मालिक रायमाझी र प्रहरी जवान आलेको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्गाबहादुर रायमाझीको उपचारका क्रममा रुद्रावती अस्पताल मजुवामा मृत्यु भएको हो । प्रहरी जवान आले जलजला-२ बाग्लुङ्गका हुन् ।
विपरीत दिशाबाट आएको जिपलाई साइड दिने क्रममा जिप सडकबाट झण्डै ४० मिटर तल बडीघाट खोला किनारमा खसेको प्रहरीले जनाएको छ । घटनामा गम्भिर घाइते बुर्तिबाङ्ग-१ बाग्लुङ्गका ३७ वर्षीया होमकुमारी कुँवर, ३५ वर्षीय घनेन्द्र रायमाझी, बुर्तिबाङ्ग-२ का २८ वर्षीय नेत्रप्रसाद पाण्डे र ३८ वर्षीय डिलबहादुर माझकोटीलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाईको रुद्रावती अस्पतालले जनाएको छ ।
घटनामा घाइते अन्य ६ जनाको मजुवामै उपचार भइरहेको छ ।
आदरणिय पाठक बृन्द, यो ARGHAKHANHI NEWS BOARD अर्घाखाँची जिल्ला र सो आसपासका क्षेत्र नजिक संग सम्बन्धित सूचनाहरुको संगालो हो / अत: अर्घाखाँची जिल्ला र सो आसपासका क्षेत्र नजिक संग सम्बन्धित कुनै सूचना, जानकारी, सल्लाह, सुझाबको हामी सधै अपेक्षा गर्दछौ / स्थानीय सुचना स्थानीय शैली र सरल भाषामा................ http://arghakhanchinewsboard.blogspot.com
अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु
Wednesday, July 20, 2011
Tuesday, July 19, 2011
३२ वर्षे पूरै कमाइ दान
दिलीप पौडेल, बाग्लुङ, साउन ३- पियनले आफ्नो कति कमाइ बचाउँछ, कति रकम समाजसेवामा लगाउँछ? जैदीस्थित संस्कृत उच्च माविका परिचर होमबहादुर क्षेत्रीले यी प्रश्नको उत्तर आश्चर्यजनक व्यवहारले दिएका छन्, ३२ वर्षे पूरै कमाइ पाँच लाख रुपैयाँ स्कुललाई दान गरेर। 'धेरै पढ्न पाइनँ,' आठ कक्षा पढेका होमबहादुरले भने, 'मैले नपाए पनि अरू वञ्चित नहुन् भनेर सघाइरहेको छु।' उनी २०३५ सालदेखि उक्त विद्यालयमा काम गरिरहेका छन्।
जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ घाइते
जनार्दन घिमिरे
गुल्मी जिल्लाको आँपचौर गाविसमा आज दिउसो भएको जीप दूर्घटनामापरि दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा जीपका मालीक सुव्वा रायमाझी र प्रहरी जवान मनोज आले रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । वामीटक्सारवाट मजुवातर्फ जाँदै गरेको लु १ ज १६९४ नम्वरको जीप आँपचौर झक्कले भन्ने स्थानमा दूर्घटना भएको हो । दूर्घटनामापरि १५ जना घाईते भएका छन् ।

Monday, July 18, 2011
Sunday, July 17, 2011
सन्धिखर्क नगरपालिका घोषणा
सरकारले बजेटमार्फत अर्घाखाँचिको सदरमुकाम सन्धिखर्क सँगै ४१ वटा नयाँ नगरपालिका घोषणा गरेको छ । २०५८ सालमा प्रा. सूर्यलाल अमात्यको संयोजकत्वमा गठन भएको कार्यदलले दिएको सिफारिस अनुसार सरकारले नयाँ नगरपालिका घोषणा गरेको हो । स्थानीय विकास मन्त्रालयको सिफारिसमा साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् थप ४१ वटा नगरपालिका घोषणा गरेको हो ।
अर्घाखाँचिको जिल्लाको सदरमुकाम सन्धिखर्क गाविसलाई सन्धिखर्क नगरपालिका घोषणा गरिएको हो । त्यसैगरी छिमेकी जिल्ला गुल्मीको सदरमुकाम तम्घास गाविसलाई पनि तम्घास नगरपालिका घोषणा गरिएको छ ।
काठमाडौंमा साँखु क्षेत्रका गाविस मिलाएर शंखरापुर नगरपालिका घोषणा गरिएको छ। त्यस्तै ललितपुर भैंसेपाटी क्षेत्रका केही गाविस मिलाएर कार्यविनायक नगरपालिका घोषणा भएको छ। ललितपुरमै अर्को चम्पापुर नगरपालिका थपिएको छ।
स्थानीय विकास मन्त्रालयका उपसचिव राजकुमार श्रेष्ठका अनुसार थपिएका नगरपालिकामा ताप्लेजुङ, फिदिम (पाँचथर), बिर्तामोड (झापा), उर्लाबारी (मोरङ), म्याङलुङ (तेह्रथुम), भोजपुर, दिक्तेल (खोटाङ) छन्।
त्यस्तै उदयपुर कटारी, सप्तरी कन्चनपुर रुपनगर र मोहनपुर कल्याणपुर, सिरहाको रामनगर मिर्चैया पनि नगरपालिका घोषणा भएका छन्। धनुषामा धनुषाधाम र सखुवा महेन्द्रनगर दुई थपिएका छन्। महोत्तरीमा निगौल गौशाला, रामेछापको मन्थली, सर्लाही हरिऔन, रौतहट चन्द्रनिगाहपुर, बारा जीतपुर पनि नगरपालिका भएका छन्।
धादिङको निलकण्ठ, सिन्धुपाल्चोक चौतारा, काभ्रे पाँचखाल पनि नगरपालिका भएका छन्। काभ्रेमा पाँचखाल नगरपालिका भएपछि जिल्लामा चार नगरपालिका भएका छन्। तनहुँमा खैरेनीटार दुलेगौंडा, बन्दीपुर गरी दुई नगरपालिका बनाइएको छ। लमजुङको बेंसीसहरलाई पनि नगरपालिका बनाइएको छ।
पर्वतको कुस्मा, म्याग्दी बेनी, गुल्मी तम्घास, अर्घाखाँची सन्धीखर्क, नवलपरासी गैंडाकोट र सुनौल पनि नगरपालिका भएका छन्। त्यस्तै प्युठान, सल्यान, बाँके कोहलपुर, बर्दिया राजापुर, बझाङ चैनपुर, अछाम मंगलसेन र साफेँबगर र जुम्लाको चन्दननाथ नगरपालिका भएका छन्।

Friday, July 15, 2011
तानसेन-बुटवल सडक खण्ड कहालिलाग्दो
सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन-बुटवल सडक खण्ड । जहाँ दैनिक १५ सय भन्दा बढी गाडी गुड्छन् । विगत केही बर्षदेखि यो सडकको न त मर्मत सम्भार नै भएको छ न त स्तरोन्नति नै । बरु दिन प्रतिदिन सडक विगार्ने काम भएको छ । वर्षेनी आउने पहिरोले यो सडको विजोग त भएको थियो नै अहिले त जताततै सडक खनेर भताभुङ्ग पारिएको छ ।
विकासका लागि विनास हुन्छ । यो सत्य हो । तर विकासका नाममा भएको संरचना र तयो पनि अन्त्यन्तै संवेदनशील क्षेत्रमा गरिने यस्तो कार्यले तानसेन-बुटवल सडक खण्ड अस्तव्यस्त भएको छ । हुन त सडक मर्मतका लागि बर्षेनी करोडौ बजेट निकासा गरिन्छ । तर त्यो मात्र टालटुलमा सिमित हुन्छ ।
सडक डिभिजन कार्यालयले हरेक बर्ष मर्मत गरेपनि बाटोको अवस्थामा खासै सुधार आउने गरेको छैन् । यस्तो अप्ठ्यारो खण्डमा नै डोजर लगाएर राजमार्ग खन्न दिएपछि सवारी साधन ओहोरदोहोर गर्न कठिनाई भएको छ । राजमार्ग भत्काएर रुपन्देहीको वुटवल बजारमा खानेपानी लैजान पाईप बिछ्याउने भनी सडक भत्काउने काम भएपछि सडकको यो हालत भएको हो ।
सडक खनिएको कारण सवारी साधन ओहोरदोहोरमा समस्या परेको छ भने दैनिक सवारी साधन जाममा फस्ने गरेका छन् । सडकमा खनेको माटो सडकमै छोड्दा सडक कच्चीजस्तै भएको छ भने धुलोले ढाकेको छ । खानेपानी कार्यालयले धरौटी बाटो मर्मतका लागि ८० लाख राखेपनि बाटो खनाई औपचारिक मात्र बनेको छ । यो सडकमा हरेक बर्ष हुने दुर्घटनामा धेरैले ज्यान गुमाउने गरेका छन् । यो बाटो विगारेपछि ५ वटा दुर्घटना भइसकेका छन् । जसमा दर्जनौ घाइते भएका छन् भने ३ जनाको ज्यान गइसकेको छ । चालकहरुले यो बाटोमा हत्केलामा ज्यान राखेर गाडी चलाउनुपर्ने बाध्यता रहेको गुनासो गर्ने गरेका छन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटवलले दोभान ५ भुम्साको सिस्नेमुलबाट २० इन्चको पानी लैजान पाईप बिछ्याउने काम गरेपनि सडकको विकासमा भने पटक्कै ध्यान दिएको छैन । ठेकेदारले मनपरी रुपमा सडक भत्काउँदासमेत अनुमति दिने निकायबाट अनुगमन नहुँदा आवश्यकता भन्दा बढी सडक खनिएको चालकहरु बताउँछन् । त्यसै त अप्ठ्यारो सडक त्यसमाथि सडक नै खनेपछि यात्रुहरु भगवान भरोसा भनेर िहंड्न बाध्य भएका छन् ।
खानेपानी डिभिजन कार्यालयले पाइपमा मात्रै ध्यान दिएका कारण राजमार्गको यस्तो दुरावस्था भएको हो । वुटवल भएर पाल्प्ाा गुल्मी स्याङ्गजा कास्कीलगायत विभिन्न जिल्लामा चल्ने गाडी यही सडक भएर चल्ने भएपनि विकासको नाममा सडकको विनास भएको छ । विकास गर्ने दुई निकाय खानेपानी र सडक डिभिजन आपुू अनुकूल चल्दा यस्तो अवस्था आएको बताउँछन् स्थानीयहरु । खानेपानीसंग धरौटी लिएर बाटो खन्न दिएकाले त्यसको मर्मत कार्य छिट्टै गरिने सडक डिभिजन पाल्पाका इन्जिनीयर गौतम श्रेष्ठ बताउँछन् ।
इन्जीनियरको भनाई मान्ने हो भने पनि हरेक बर्ष मर्मत गरिने सडकको हालत सधै नै उस्तै किन त आपुूहरुले सडक भत्काएर पाईप लैजानुभन्दा अन्य किसिमबाट पाईप बिछ्याउन माग गरेपनि पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ । सिदार्थ राजमार्ग मर्मतका लागी बर्षेनी ६० लाख भन्दा बढी बजेट विनोजित हुने गरेको छ तर त्यो बजेटको सदुपयोग भने भएको देखिदैन् । सडक खनेर पाईप बिछ्याउन दिने कामलाई सहमतिको रंग दिएपनि यस्तो काम गैरकानुनी हुने कानुनविदहरुको भनाई छ ।

सर्पको टोकाईबाट बालकको मृत्यु
अर्घाखाँचीको जलुके गाविसमा सर्पको टोकाईवाट एक बालकको ज्यान गएको छ । जलुके गाविस वाड नं २ साखा डाँडा निवासी डिल बहादुर नेपालीका १ २ बर्षिय छोरा दिपकको ज्यान गएको हो । बिहान घरमै सुतीरहेको अबस्थामा बालकलाई सर्पले टोकेपछि उपचारका लागि उपस्वास्थ्य चौकी लैजाँदै गर्दा आज बाटौ मै ज्यान गएको बताईएको छ ।
Subscribe to:
Posts (Atom)