अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Thursday, July 21, 2011

तानसेन तम्घास सडक अबरुद्ध

गगनशिला खड्का
साँघुरो सडकमा गाडी विग्रेपछि बाहिरबाट गुल्मी जिल्लाको सदर मुकाम तम्घास सहित क्षेत्र नं २ र ३ प्रवेश गर्ने एकमात्र सडक तानसेन तम्घास सडकखण्ड बुधबार विहान देखि अबरुद्ध बनेको छ । तानसेन तम्घास सडकखण्डको खन्यारुखमा ना २ ख ५६५१ नम्बरको ट्रक विग्रेपछि बुधबार विहान सात बजेदेखि सडक अबरुद्ध भएको यात्रु रीख बहादुर पाण्डेले जानकारी दिए ।

सडक अबरुद्ध भएपछि पाल्पा बुटबल लगायत जिल्ला बाहिर र क्षेत्र नं १ बाट सदरमुकाम तथा २ र ३ नम्बर क्षेत्रमा आउने तथा बाहिर जाने सवारी साधनहरु विच बाटोमै अलपत्र परेका छन् । सिमेण्ट बोकेको ट्रक ओभरलोडका कारण लर्केर सडकमा तेर्सो परेको कारण सडक बन्द भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार रेशम थापाले जानकारी दिए । विग्रेको ट्रक तान्नको लागी प्रयास भईरहेकोले केही घण्टामा सडक सुचारु हुने उहाँले जानकारी दिए ।

Wednesday, July 20, 2011

तौलिहवा बन्दका कारण जनजीबन प्रभाबित

कपिलवस्तु, सदरमुकाम तौलिहवा बन्दका कारण यहाँको जनजीबन प्रभाबित बनेको छ । तौलिहबाका पसल, बजार पुर्ण रुपमा बन्द छन् । यातायातका साधन पनि चलेको छैन् । सदरमुकामबाट चल्ने र बाहिरबाट आउने कुनै पनि सबारी साधन चलेका छैनन् ।

मंगलवार प्रहरीले एक ट्रक चामल बल प्रयोग गरी पक्राउ गरेको बिरोधमा तौलिहवा उद्योग वाणिज्य संघले बुधबार बन्दकोे आव्हान गरको हो ।

प्रहरीले कपिलवस्तु नगरपालिका-७ बरदहवाबाट लु १ ख ६३१६ नंम्वरको ट्रकमा रहेको ५२ क्वीन्टल चामल अबैध रुपमा भन्सार छलेर ल्याएको भन्दै पक्राउ गरेको आरोप उद्योग वाणिज्य संघले लगाएको छ । संघले आबश्यक कागज सहित जिल्लाको रंगपुर गाबिस स्थित सरजु गल्ला भण्डार पान नं. ३००३५८४९६ बाट चामल खरिद गरि उत्तम गल्ला भण्डार बुटवल लैजाने गरेको जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख उपरीक्षक धिरु बस्नेतको सरुबा र पक्राउ गरेको चामल फिर्ता नभए सम्म बन्द जारी रहने उद्योग वाणिज्य संघका अध्यक्ष संतोष कसौधनले बताए । त्यस्तै संघका अध्यक्षको नेतृत्बमा ब्यापारीहरुको एक समुहले प्रमुख जिल्ला अधिकारी डा. कमलेश्बर सिन्हालाई ज्ञापनपत्र दिदै प्रहरी प्रमुखको तत्काल सरुबा हुनु पर्ने माग राखेका छन् ।

रुपन्देहीको शंकरनगरमा दलित महिलालाई मन्दिरमा पुजा गर्न रोक

विनोद परियार
रुपन्देहीको शंकरनगर वडा नं ३ स्थित एक मन्दिरमा दलित महिला केहि कथित उपल्लो जातका महिलाहरुले संगै पुजा गर्न अस्विकार गरेका छन् ।

मंगल चौथीको पुजाका लागि सिद्धार्थराजमार्गसंग सटेर रहेको दुर्गामन्दिर पुजाका लागि गएकी सोही ठाउ बस्ने ३२ बषिय पुनम विकलाई त्यहाका केहि महिलाहरुले पानी चनल्ने जातसंग बसेर पुजा गर्न नहुने भन्दै अपमान गरेको पिडित पुन विकले बताउनुभयो । विगत दुई महिनादेखि डेरामा बस्दै आएकी विकले यसअघि गत असार २१ गैरदलित महिलाहरु संगै पुजा गरेकी थिईन तर दसलत भन्ने थाहा पाएपछि उनीहरुले विकसंग पुजा गर्न नमानेका हुन् ।

गैरदलित महिलाहरुले पुनमसंग पुजा नगर्ने बताउदै अगाडि या पछाडि एक्लै पुजा गर्न आग्रह गरेपछि मंगलबार केहिबेर विवाद समेत भएको थियो । कथित उपल्लो जातका केहि महिलाहरुले दलितसंग बसेर पुजा गर्दा अनिष्ट हुने,कुल देवता रिसाउने भएकाले पुजा नगरेको बताएका छन् स्थानिय शिला क्षेत्रीले दलित भनेर हेला नगरेको दावी गर्दै आफुहरुले भगवान रिसाउनछन् भनेर मात्रै संगै पुजा नगरेको दावी गर्नुभयो । तल्लो जातको संग पुजा गर्दा भगवान रिसाउछन् घरमा अनिष्ट हुन्छ हामीले के गर्ने उहाले भन्नुभयो ।
तर पिडित पुनमले भने दलित भन्ने थाहा पाएलगतै उनीहरुले आफुलाई मन्दिरमा पुजा गर्न नै रोक लगाएर एक्लै पुजा गर्न दवाव दिएको बताउनुभयो । गाउका केहि महिलाहरुले संगै बसेर पुजा गर्देनौ भन्ने र पुनमले संगै पुजा गर्न पाउनुपर्छ भन्ने अडानका कारण विवाद भएको पण्डित पण्डित जनार्दन ज्ञवालीले बताउनुभयो ।
उहाका अनुसार स्थानिय केहि महिलाहरुले पुनम विश्वकर्मा भएकाले उनीसंग पुजा गर्न नमानेका हुन् । शिक्षित र सचेत देखिने महिलाहरुबाटै यस्तो घटना हुन लजास्पद भएको टिप्पणी गरिएको छ । जातकै आधारमा सार्वजनिक मन्दिरमा विभेद गर्न नुहने स्थानियहरुको भनाई छ । नेपालको कानुनले सार्वजनिक मन्दिरमा प्रवेश तथा पुजापाठमा जातको आधारमा विभेद गरे कारवाहि हुने उल्लेख गरेको छ । शंकरनगर रुपन्देही जिल्लामै नमुना गाविसको रुपमा परिचित छ ।

यसैविच सो घटनाको रिर्पोटिङका लागि पुगेका पत्रकारहरुलाई स्थानिय केहि महिलाहरुले अभद्र ब्यबहार गरेका छन् । पत्रकार विनोद परियार र संजय विश्वकर्मालाई त्यहाका केहि महिलाहरुले पुनम विकको घटनालाई लिएर रिर्पोटिङ गर्न आएको भन्दै धम्कीपुर्ण भाषामा गाली गर्दै दुब्र्यबहार गरेका हुन् ।

जिप दुर्घटनामा मर्नेको संख्या तीन

घनश्याम गौतम
गुल्मीको आँपचौर गाविसमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा मर्नेको संख्या तीन पुगेको छ । वामीटक्सारबाट मजुवातर्फ आउँदै गरेको लु. १ ज १६९४ नम्बरको जिप गुल्मीकै आँपचौर गाविस-३ झक्कले भन्ने स्थानमा अर्को जिपलाई साइड दिने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा २ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्थायी प्रहरी चौकी मजुवाले जनाएको छ ।

प्रहरीका अनुसार जिप मालिक कुर्घा-५ भुवाचिदीका सुब्बा भन्ने टुङ्गबहादुर रायमाझी, कुर्घा-३ का दुर्गाबहादुर रायमाझी र बाग्लुङ्गबाट सरुवा भै कीर्तिपुर काठमाण्डौंजाँदै गरेका प्रहरी जवान मनोज आलेको मृत्यु भएको हो । मृतक मध्ये जिप मालिक रायमाझी र प्रहरी जवान आलेको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्गाबहादुर रायमाझीको उपचारका क्रममा रुद्रावती अस्पताल मजुवामा मृत्यु भएको हो । प्रहरी जवान आले जलजला-२ बाग्लुङ्गका हुन् ।

विपरीत दिशाबाट आएको जिपलाई साइड दिने क्रममा जिप सडकबाट झण्डै ४० मिटर तल बडीघाट खोला किनारमा खसेको प्रहरीले जनाएको छ । घटनामा गम्भिर घाइते बुर्तिबाङ्ग-१ बाग्लुङ्गका ३७ वर्षीया होमकुमारी कुँवर, ३५ वर्षीय घनेन्द्र रायमाझी, बुर्तिबाङ्ग-२ का २८ वर्षीय नेत्रप्रसाद पाण्डे र ३८ वर्षीय डिलबहादुर माझकोटीलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाईको रुद्रावती अस्पतालले जनाएको छ ।

घटनामा घाइते अन्य ६ जनाको मजुवामै उपचार भइरहेको छ ।

Tuesday, July 19, 2011

३२ वर्षे पूरै कमाइ दान

दिलीप पौडेल, बाग्लुङ, साउन ३- पियनले आफ्नो कति कमाइ बचाउँछ, कति रकम समाजसेवामा लगाउँछ? जैदीस्थित संस्कृत उच्च माविका परिचर होमबहादुर क्षेत्रीले यी प्रश्नको उत्तर आश्चर्यजनक व्यवहारले दिएका छन्, ३२ वर्षे पूरै कमाइ पाँच लाख रुपैयाँ स्कुललाई दान गरेर।  'धेरै पढ्न पाइनँ,' आठ कक्षा पढेका होमबहादुरले भने, 'मैले नपाए पनि अरू वञ्चित नहुन् भनेर सघाइरहेको छु।'  उनी २०३५ सालदेखि उक्त विद्यालयमा काम गरिरहेका छन्।      

 ६० वर्षे होमबहादुरले एक दर्जन विद्यालयलाई चन्दा दिइसकेका छन्। जैदीस्थित संस्कृत उमाविलाई १ लाख १० हजार, कुइधाङ प्राविलाई १५ हजार, सरस्वती निमाविलाई ५० हजार, अर्जेवास्थित जनकल्याण माविलाई ७५ हजार, जनशिक्षित माविलाई ५० हजार, छिस्तीस्थित वसन्त माविलाई २५ हजार र वागलिङ प्राविलाई १० हजार रुपैयाँ सहयोग गरिसकेका छन्। त्यसो त उनले रेडक्रस, स्थानीय युवा क्लब, बाटोघाटो, पुल निर्माणमा समेत सघाउँदै आएका छन्।  ठूलो हृदयका उनी स्वयंको आर्थिक अवस्था भने बलियो छैन। बिहानबेलुका छाक टार्न उनले ज्यालामजदुरी गर्नुपर्छ। 'मेरो आम्दानी अरूलाई दिँदै ठिक्क हुन्छ,' उनले भने, 'गाउँ आउने लाहुरेले दिएका कपडाले गुजारा गर्छु।'  दिउँसो विद्यालयमा काम गरेबापत आएको सम्पूर्ण तलब उनी शिक्षामा खर्चन्छन्। आफ्ना लागि केही बच्दैन। उनी जुत्ताचप्पल लगाउँदैनन्। उनका दाह्री कपाल सेताम्मे छन्।  'हाम्रो विद्यालयलाई उच्च मावि बनाउँदा उनैले १ लाख १० हजार रुपैयाँ दिने घोषणा गरेपछि थप रकम जुटाउन गाह्रो परेन,' संस्कृत मावि व्यवस्थापन समिति अध्यक्ष मोहराज शर्माले भने, 'पियनले नै एक लाखभन्दा धेरै रकम दिएपछि अरुलाई चन्दा दिन नैतिक दबाब पर्‍यो।'  होमबहादुरले पनि समाजसेवा निरन्तर कायम राख्ने बताए।  साढे तीन दशकअघि जागिर थाल्दा मासिक डेढ सय रुपैयाँ तलब पाउने होमबहादुर अहिले ८ हजार रुपैयाँ पाउँछन्। 'बाँचुन्जेल श्रम गरेरै खान्छु,' उनले भने, 'कमाएको पैसा सबै विद्यालय र समाजसेवामा लगाउँछु।'  होमबहादुरको त्याग देखेर दर्जनौं विद्यालय र सामाजिक संस्थाले सम्मान गरेका छन्। जैदीबाट जनशिक्षित मावि अर्जेवासम्म बाजागाजासहित डोली चढाएर ल्याएको घटना उनलाई ताजै छ। 'मेरो सानो सहयोगलाई पनि अरूले ठूलोे भनी मूल्यांकन गरिदिएकामा हर्ष लाग्यो,' क्षेत्रीले भने, 'अझै उत्साहित भएको छु, आफ्नो अभियानमा समर्पित भएर लाग्नेछु।' हालसम्म अविवाहित होमबहादुरको सम्पत्तिको नाममा एक घरमात्र रहेको छ।  गाउँमा कोही बिरामी परे उनले नै बोकेर फलेबास र कुस्मासम्म नै ल्याउने गरेका छन्। 'काम नगरी बस्नै मन लाग्दैन,' होमबहादुरले भने, 'बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म काम गर्छु।' गाउँघरमा अप्ठेरो परे होमबहादुरको नै खोजी हुने भएकाले गाउँमा समेत उनी सबैका प्रिय छन्। 'साह्रोगाह्रो परे उनैलाई डाक्छौं,' स्थानीय लक्ष्मीदेवी चालिसेले भनिन्।

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ घाइते

जनार्दन घिमिरे
गुल्मी जिल्लाको आँपचौर गाविसमा आज दिउसो भएको जीप दूर्घटनामापरि दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा जीपका मालीक सुव्वा रायमाझी र प्रहरी जवान मनोज आले रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । वामीटक्सारवाट मजुवातर्फ जाँदै गरेको लु १ ज १६९४ नम्वरको जीप आँपचौर झक्कले भन्ने स्थानमा दूर्घटना भएको हो । दूर्घटनामापरि १५ जना घाईते भएका छन् ।