अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, July 24, 2011

बाटो पिचको लागि ध्यानाकर्षण

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको टुँडीखेल गल्लीको सडकमा हिउँदमा धुलो र वर्षादमा हिलोले सताएको भन्दै स्थानीय बासिन्दाहरुले सडक पिचका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।


स्थानीय बासिन्दाहरुले सन्धिखर्कका अधिकाम्स सडकहरु पिच गरेर व्यवस्थित गरि सक्दा पनि बजारको सरकारी कार्यालयसँग प्रत्यक्ष सरोकार राख्ने गल्ली पीच नहुँदा सास्ती व्यहोर्नु परेको भन्दै प्रंमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले टुँडीखेल लाइन सडक र आसपासका सडकहरु तत्काल पिच गर्नका लागि पहल नगरीए आन्दोलन गर्ने चेतावनि दिदैँ जिविस, गाविस र राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाएका छन् ।

पैसा नहुँदा उपचार नपाएर बालकको मृत्यु

गगनशिला खड्का
गुल्मीको दुर्गम गाविस सिर्सेनीका एक बालकको आर्थिक अभावका कारण समयमै उपचार नपाउँदा मृत्यु भएको छ । सदरमुकाम तम्घासबाट पश्चिम विकट गाविस सिर्सेनी वार्ड नं ९ निबासी चन्द्र परीयारका तीन वर्षिया करण परीयारको मृत्यू भएको हो । विगत एक हप्तादेखि निमोनियाले ग्रस्त करणलाई स्थानिय स्तरमै उपचार गाराईरहे पनि समयमै थप उपचारका लागी सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउन नसक्दा मृत्यू भएको हो । गाउँकै उपस्वास्थ्य-चौकीबाट रीफर गरीए पनि तम्घास ल्याउन रकम अभावका कारण ढिला भएपछि उनीहरुले शनिबार मात्रै सदरमुकाम तम्घास ल्याएका थिए ।

तम्घासको रेसुङ्गा अस्पतालमा ल्याएको र सो अस्पतालले तत्काल मिसन अस्पतालमा लैजान सुझाव दिएपनि बालकका आफन्तले आर्थिक अभाव दर्शाउँदै त्यहाँबाट विरामी विरामी बालकलाई लिएर घरतर्फ फर्किएका थिए । बिरामी बालकलाई आर्थिक अभावमा घरतर्फै फर्काएको आधा घण्टा नवित्दै उनको मृत्यू भएको थियो । “बालक तीनदिनदेखि बेहोस रहेछन्, – रेसुङ्गा अस्पत्तालका डाक्टर अशोक थापाले भने – पहिला त यहिँ नै ल्याउन ढिलो भयो त्यसमाथी तत्काल पाल्पा पु¥याउनुपर्ने बालकलाई घरतर्फ फर्काए । ” बालकका बाबु घरमा नभएको र आमा सुत्केरी अबस्थामा रहेकोले छिमेकीले बेहोस भईसकेपछि तम्घासमा ल्याएका थिए ।

“ बालकका बाबु भारतमा छन्, हामीले खोजेर ल्याएको जम्मा पैतीस सय मात्र थियो, ” उनका आफन्त गोपाल परीयारले भने – तीन हजार त एम्बुलेन्स खर्च मात्रै चाँहीदो रहेछ, उपचार खर्च त नहुने भयो भनेर फर्काएका हौँ ।” उनले खर्च नभएकै कारण धेरैदिन गाउँकै उपस्वास्थ्यचौकीको भर पर्नुपरेको बताए । जिल्लामा निमोनिया, झााडापखाला लागेका बालकहरुलाई अस्पत्ताल लैजानु भन्दा पनि धामीझाँक्री कहाँ लैजाने चलन रहेको छ । यसकारण पनि गाउँका थुप्रै बालबालीकाको अकालमा ज्यान जाने गरेको छ ।

गाउँमा मात्र नभई सदरमुकाम तम्घासमा समेत तीन महिनादेखि रक्तश्रावले पिडीत प्यूठानबाट मजदुरी गर्न तम्घासमा बसेकी २६ वर्षिय गौमती घर्तिले दैनिक धामीझाँक्री गराईरहेकी छन् । साथमा पैसा नभएका कारण अस्पत्तालमा लैजान नसकेको पिडीत महिलाका श्रीमान दुर्गामान घर्तिले बताए । दैनिक मजदुरी गर्ने दुर्गामानका २६ वर्षको उमेरमै पाँच सन्तान भैसकेका छन् । “ अव भने गर्भवती हुनबाट बच्छु भन्दै संगीनी सुई लगाएकी थिएँ , – गौमतिले भनिन् – त्यसदिनदेखि रगत बगेको बग्यै छ । सुई लगाएर कुल कुल्यान रीसाएकी भनेर हेरखोर गराईरहेकी छु । ” उता उनलाई झारफुक गरीरहेका धामी प्यूठान अर्खा ४ का जित बहादुर रानाले भने घरका सिमेभूमेले यस्तो दुःख दिएको भन्दै भने “ सिमेभूमेलाई मनाएको छु , अव ठिक हुन्छ । ” उनले एउटा कुचो, एक अम्खोरा पानी र हातमा खरानी लिएर ति महिलाको

शिरमा झारफुख गरीरहेका थिए । किन अस्पत्ताल नगएर धामीझाँक्री गराएको भन्ने प्रश्नमा गौमतीले भनिन् “के भन्छ के भन्छ, हामी त बुझ्दैन ।

झुत्रे देखेपछि वास्तै गर्दैन भनेर नगएको हो । अव त मरीन्छ की जानुपर्ला ।” यो घटना जिल्लाको प्रतिनिधीमूलक घटना हो । सिर्सेनीका बालकको मृत्यू पनि यस्तै कारणले भएको हो । यता जिल्ला स्वास्थ्य प्रमुख डा हरी बहादुर केसीले भने त्यस्ता गरीव महिलाहरु अस्पत्ताल

आएमा निःशुल्क उपचार गरीने बताए । “ हामीले गाउँ गाउँमा गरीव विपन्नको उपचार निःशुल्क गछौँ भनेर जानकारी पु¥याएका छौँ, उपचार नै गर्न आउँदैनन् त के गर्ने ?” –केसीले भने ।





शेरबहादुरले प्राप्त गरे बुटवल श्री

लुम्बिनी अञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि (बुटवल श्री) शेरबहादुर खाम्चामगरले जितेका छन्। बुटवल हाटबजारलाइनस्थित कान्ति सभाहलमा खचाखच दर्शकमाझ सम्पन्न प्रतियोगितामा ५५ किलोग्राम, ६० किलोग्राम, ६५ किलोग्राम, ७० किलोग्राम र त्यसभन्दा माथिको गरी ५ समूहमा रुपन्देही, पाल्पा, नवलपरासी र कपिलवस्तु जिल्लाका गरी ३५ जना 'बडी बिल्डर' सहभागी थिए। जसमा फस्टरनरअप विजेन्द्रमान श्रेष्ठ, सेकेन्ड रनरअप चन्द्रमान श्रेष्ठ भए भने सुवास सिंह तथा प्रदीप कर्माचार्यले सान्त्वना स्थान प्राप्त गरे।


तौल समूहअन्तर्गत ५५ किलोग्राम मा प्रदीप कर्माचार्य, ६० किलोग्राम मा सुवास सिंह, ६५ किलोग्राममा विजेन्द्रमान श्रेष्ठ, ७० किलोग्राममा शेरबहादुर खाम्चा र ७० किलोग्राम माथिकोमा चन्द्रमान श्रेष्ठ विजयी भए। रूपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस सेन्टरको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा न्यू होराइजन स्कुलका कलाकारले गीत एवं नृत्य प्रस्तुत गरेका थिए।

Friday, July 22, 2011

विदेशबाट आउँदा ल्याउने एल.सी.डी., प्लाज्मा वा एल.ई.डी. टेलिभिजनमा कति कर लाग्छ त

वैदेशिक रोजगारबाट फर्केका नेपाली यात्रुहरुले विदेशबाट आउँदा ल्याउने एल.सी.डी., प्लाज्मा वा एल.ई.डी. टेलिभिजनमा समदरमा लाग्ने महसुल दर  परिबर्तन भएको छ । यो जानकारीबाट मुलत: वैदेशिक रोजगारबाट फर्किने यात्रुहरुलाई सहजता हुने छ \अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गरेको बजेटमा यो ब्यवस्था गरिएको  हो ।


 
                             अहिलेको नया महसुल दर   (New Custom Rate)



एल.सी.डी.प्लाज्मा वा          ६ महिनासम्म विदेश                           ६ महिना भन्दा बढी

एल.इ.डी.टिभी को             बसी फर्केकालागी                                   बिदेशमा बसी फर्केका लागि

साइज( इन्चमा )               (प्रतिइन्च रुपैयाँमा)                               (प्रतिइन्च रुपैयाँमा)


क . २२ " सम्म                               २५०/-                                                २०० /-

ख . २३ " देखि २९ " सम्म              ४००/-                                                ३५० /-

ग . ३० " देखि ३२ " सम्म              ५०० /-                                              ४५० /-

घ . ३३ " देखि ३९ " सम्म              ५५० /-                                            ५०० /-

ङ . ४० " देखि ४९ " सम्म             ६०० /-                                                ५५० /-

च. ५० " र सो भन्दा माथि          १२५० /-                                             १२०० /-

त्यसबाहेक तपाईँले भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर केही पनि तिर्नुपर्दैन।

 

यदि तपाईँले ३२ इञ्चको टिभी ल्याउनु भयो। तपाईँ विदेशमा बसी फर्केको छ महिनामात्रै भएको छ भने तपाईँले प्रति इञ्च ५ सय रुपैयाँ अर्थात् ३२x५०० रुपैयाँ = १६ हजार रुपैयाँ कर तिर्नुपर्छ। यदि तपाईँ छ महिनाभन्दा बढी समय बसी नेपाल फर्कनुभएको हो भने तपाईँले ३२X४५०‌= १४ हजार ४ सय रुपैयाँ मात्रै कर तिरे हुन्छ।

ढिकुरा गाविसमा ९ वर्षीय बालकको माथिबाट खसेको ढुङ्गाले लागेर ज्यान गयो

जंगलमा बाख्रा चराउदै गर्दा माथिबाट खसेको ढुङ्गा लागेर अर्घाखाँचि  जिल्लाको ढिकुरा गाविसको हर्राचौर गाउका ९ वर्षीय बालक अस्मित नेपालीको ज्यान गएको ज्यान गएको छ । दिउसो घर नजिकैको जंगलको तलपटी बाख्रा चराउन बसिरहेको बेला माथिबाट एक्कासी आएको ढङ्गाले टाउकोमा लागेपछि नेपालीको घटनास्थलमै ज्यान गएको थियो । ढुगाले नेपालीको टाउको फुटेपछि उच्च रत्तश्रावका कारण घटनास्थलमै ज्यान गएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Thursday, July 21, 2011

रक्तचन्दनसहित पक्राउ

भैरहवा, साउन ५ (नागरिक)-
रुपन्देही प्रहरीले सिन्धुपाल्चोक, तातोपानीका २८ वर्षीय मिङमार लामालाई १ सय ८३ किलो ९५ ग्राम रक्तचन्दनसहित पक्राउ गरेको छ। पक्राउमा परेका लामा र रक्तचन्दन जिल्ला प्रहरी कार्यालय भैरहवाले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। बा ६ च ५८०० नम्बरको कालो बलेरो जिपमा ५ वटा जुटको बोरामा प्याकिङ गरिएको अवस्थामा अरक्तचन्दन फेला परेको रुपन्देहीका निमित्त जिल्ला प्रहरी प्रमुख भोजजंग शाहले बताए।

प्रहरीले गाडी तथा चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय रुपन्देहीमा पठाउने जनाएको छ।

साइटिस सन्धिमा हस्ताक्षर गरेकाले नेपालमा रक्तचन्दन प्रतिबन्धित छ।





तानसेन तम्घास सडक अबरुद्ध

गगनशिला खड्का
साँघुरो सडकमा गाडी विग्रेपछि बाहिरबाट गुल्मी जिल्लाको सदर मुकाम तम्घास सहित क्षेत्र नं २ र ३ प्रवेश गर्ने एकमात्र सडक तानसेन तम्घास सडकखण्ड बुधबार विहान देखि अबरुद्ध बनेको छ । तानसेन तम्घास सडकखण्डको खन्यारुखमा ना २ ख ५६५१ नम्बरको ट्रक विग्रेपछि बुधबार विहान सात बजेदेखि सडक अबरुद्ध भएको यात्रु रीख बहादुर पाण्डेले जानकारी दिए ।

सडक अबरुद्ध भएपछि पाल्पा बुटबल लगायत जिल्ला बाहिर र क्षेत्र नं १ बाट सदरमुकाम तथा २ र ३ नम्बर क्षेत्रमा आउने तथा बाहिर जाने सवारी साधनहरु विच बाटोमै अलपत्र परेका छन् । सिमेण्ट बोकेको ट्रक ओभरलोडका कारण लर्केर सडकमा तेर्सो परेको कारण सडक बन्द भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार रेशम थापाले जानकारी दिए । विग्रेको ट्रक तान्नको लागी प्रयास भईरहेकोले केही घण्टामा सडक सुचारु हुने उहाँले जानकारी दिए ।