अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Tuesday, July 26, 2011

अर्घाखाँचीका ग्रामिण क्षेत्रमा चल्ने ठुला सबारी साधन तर कच्ची एवं साघुरो सडकको एक दृश्य


अर्घाखाँचीका  ग्रामिण क्षेत्रमा चल्ने ठुला सबारी साधन तर  कच्ची  एवं  साघुरो  सडकको एक दृश्य 

 

खाँचीकोट गाविसलाई नगरपालीकामा समाबेस नगरिएको बिरोधमा चक्काजाम

सन्धिखर्क बाट नजिकै रहेको गाविस खाँचीकोट गाविसलाई हालै घोषणा भएको सन्धिखर्क नगरपालीकामा समाबेस नगरिएको बिरोधमा स्थानीय बासिन्दाले गोरुसिङे सन्धिखर्क सडक
अन्तर्गत खाँचीकोट फुदबाङमा  आज बिहान चक्काजाम गरेका  छन्  ।

 नरपानी र वांगलालाइ नगरपालीकामा समाबेस गर्दा सदरमुकामबाट नजिक रहेका स्थानलाई नसमेटेको भन्दै स्थानीय बासिन्दाले बिहान ९ देखि १० बजे सम्म १ घण्टा चक्काजाम गरेका हुन् ।

खाँचीकोटलाई नगरपालीकामा समाबेस गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय मार्फत स्थानीय बिकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएका खाँचीकोटका स्थानीय बासिन्दाले पहिलो चरणको बिरोध स्वरुप चक्काजाम गरेका छन् । नेपाल सरकारले हालै अर्घाखाँचीमा पहिलोपटक सन्धिखर्क वांगला र नरपानी गाविसलाई समेटेर सन्धिखर्क नगरपालीका घोषणा गरेको थियो ।

कपिलबस्तु नरसंहारका दोषीलाई कारवाही माग

चार बर्षअघि कपिलबस्तुको चन्द्रौटामा भएको नरसंहारका दोषीहरुलाई कारवाही र पीडितहरुलाई क्षतीपूर्तीको माग गर्दै सोमबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

जबाफदेहिता निगरानी समिति कपिलवस्तु र एड्भोकेसी फोरमको अगुवाईमा कपिलवस्तु घटनाका पीडित, कपिलवस्तुका सभासद, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका मन्त्री घनश्याम भुसाललाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले पीडितको समस्या सम्बोधन गर्न मंगलबारसम्मको समय मागेको फोरमद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

ज्ञापनपत्रमा पुनरावेदन अदालतका न्यायाधिश लोकेन्द्र मल्लिकको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदन अनुसार दोषीलाई कारबाही गर्न र पीडितलाई परिपुरण दिन माग गरिएको छ ।
२०६४ साल भदौ ३० गते कपिलवस्तुको चन्द्रौटामा मोहित खाँको हत्यापछि भड्किएको हिंसामा १३ जनाको हत्या हुनुका साथै दर्जनौ घरमा आगलागी, तोडफोड र क्षति भएको थियो ।

रिडी बलकोट सडक खण्डको पुल वनाउने क्रममा एक जनाको मृत्यु

 दिगाम गाविसको वार्ड नं. ८ हर्दिखोलामा पुल वनाउने क्रममा पुलवाट खसेर अर्घाखाँची जिल्लाको पाली गाविस निवासी चेतनारायण कुमालको छोरा १८ वर्षीय गोपाल कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । निर्माण गर्दै गरेको पुलवाट खसेर गुल्मीको दिगाममा एक युवाको ज्यान गएको हो । कुमालको गुल्मीको रिडीमा पोष्टमार्टम गरि आफन्तहरुलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यलय रिडीले जनाएको छ ।


Monday, July 25, 2011

जरे खोलामा डुवेर तीन जनाको मृत्यु

नुहाउने क्रममा खोलामा पौडी खेल्दै गर्दा अर्घाखाँचीको ठुलापोखरामा ३ जनाको  डुबेर मृत्यु भएको छ । ठुलापोखरा गाविसको चौहा स्थित जरे खोलामा पौडी खेल्दा डुबेर मृत्यु हुनेमा ठुलापोखरा–१ नयाँ गाउँका    १६ वर्षीया उषा वि.क., १४ वर्षीया रिता विक र ठुलापोखरा २ की १५ वर्षीया रेखा पाण्डे रहेका छन । उषा र रेखाले ठुलापोखरा स्थित नेपाल राष्टिय उच्च माविको कक्षा ८ मा र रिताले ९ कक्षामा अध्ययनरत विद्यार्थी हुन । चौहा फाँटको खेतमा धान लिएर घर फर्कदै गरेका उनीहरु खोलाको दहमा नुहाउने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएको स्थानीयवासी चन्द्रमणी पाण्डेले बताउनुभयो । धानको भारी र शरिरका कपडा खोलाको छेउमा राखेर पौडी खेल्न गएका उनीहरु खोलामा डुबेको अवस्थामा देखेपछि स्थानीय वासिन्दाले प्रहरी र गाउँलेले खबर गरेका थिए । तीनै जना एकै ठाउँमा मृत्य अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सवलाई प्रहरी र स्थानीय वासिन्दाले खोलाबाट निकालेपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ ।


सडक मर्मतको माग गर्दै सन्धिखर्कस्थित सडकमा धान रोप्दै




वीरेन्द्र केसी
बाटो विग्रिएर सावारी साधान ठप्प भएपछि मर्मतको माग गर्दै अर्घाखाँची सदरमुकामको मुख्य बजार सन्धिखर्कस्थित नयाँ बसपार्क सडक अन्तरगत गुन्टेखोला सडकमा आइतवार धान रोप्दै स्थानीय बजारवासी /





मोटर साइकलको नयाँ बिक्री मूल्य


नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन(नाडा)ले सार्वजनिक गरेको नयाँ मूल्य विवरण