अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, July 27, 2011

पर्वत की सुनिता नेपालीलाई ६ वर्षपछि न्याय

 बिहे गर्ने आश देखाएर प्रेमीले शारीरिक सम्पर्क राखे। पछि बिहे गर्नु त कता, उल्टै दलित भन्दै हेप्न थालेपछि पर्वत बराचौर- ६ की सुनिता नेपाली बिचल्लीमा परिन्। तिनै सुनिताले ६ वर्षपछि बल्ल न्याय पाएकी छिन्। सोही गाउँकै वडा नम्बर ७ का सोमबहादुर खत्रीसँग प्रेम गरेकी सुनिताले २०६२ मा छोरो पाएकी थिइन्।

प्रेमीबाट माया नपाए पनि न्याय पाइछाड्ने उनको अठोट थियो। अंशका लागि बाबु र आमा छोराको नाता कायम गर्न जिल्ला अदालत पर्वतले दिएको आदेश समेत कार्यान्वयन नभएपछि उनी बाग्लुङस्थित पूनरावेदन अदालत गुहार्न आइन्। जिल्ला अदालतको फैसला सदर गर्दै पुनरावेदनले माघमा गरेको फैसला अहिले आएर कार्यान्वयन भएको छ। उक्त फैसलाअनुसार बराचौरस्थित जग्गा जमिनको अंश अदालतले यसै साता सुनिताको नाममा दिलाई दिएको छ । अदालतले आदेश गरे पनि आनाकानी गरिरहेका परिवारलाई अन्ततः अंश दिन करै लाग्यो।

'पतिले धोका दिएपछि घर न घाट भएर भौँतारिँदै हिँडेकी थिएँ,' सुनिताले भनिन्, 'छोरा र मलाई धोका दिए पनि अंश पाउँदा खुसी लागेको छ।' अंशसंगै बाबुको नामबाट उनका छोराको समेत जन्म दर्ता भएको छ।

खत्रीले गर्भ बोकाएर भागेपछि छोराको अहिलेसम्म जन्मदर्ता भएको थिएन। 'घरकाले नै नसकारेपछि कसरी दर्ता हुन्थ्यो,' सुनिताले भनिन्, 'अब छोराले पनि कानुनी रुपमा बाबु पायो।'

२०६३ मा जिल्ला अदालत पर्वतमा आत्मनिर्भर विकास मञ्च र जिल्ला कानुनी सहायता समिति, पर्वतको सहयोगमा खत्रीसँग नाता सम्बन्ध र अंश माग गर्दै सुनिताले मुद्दा हालेकी थिइन्। माइतीबाट समेत अपहेलित भएकी उनी अहिले पोखरामा बसेर बृत्तचित्र बनाउन थालेकी छिन्। 'छोरालाई यहीँकै एसओएस बालग्राममा पढाइरहेकी छु,' उनले भनिन्।
 

सिद्धार्थनगर की एक युवतीले हतियार देखाएर आफुलाई यौन दुर्व्यवहार गरेको दावी

हतियार देखाएर आफुलाई यौन दुर्व्यवहार गरेको दावी गर्दै सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी युवतीले  प्रहरीमाथि कारवाहीको माग गरेकी छन् ।

रुपन्देहीको गोनाहा–३ खजुरीया घर भई पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी हवल्दार अवधेश यादवले यौन दुर्व्यहार गरेको दावी गर्दै निसा खान (नाम परिवर्तन) ले कारवाहीको माग गरेकी हुन् ।

खानले यादवमाथि कारवाही र शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा सोमवार जाहेरी दिएकी छन् ।

बेलहियाको सुख्खा बन्दरगाहा सुनसान सडकमा रोकेर आफुलाई यौन दुर्व्यवहार गर्न थालेपछि चिच्याउन लाग्दा उसले रिवाल्भर झिकेर आफ्नो टाउकोमा राखेर कराए गोली हानी मारिदिने धम्की दिएको जाहेरीमा उल्लेख छ ।

यादव लामो समयदेखि रुपन्देहीमा घुमुवा प्रहरीको रुपमा काम गर्दै आएका प्रहरी हुन् । घुमुवा छँदा अवैध कारोवार गर्नेसंग अवैध असुली गर्ने गरेको आरोप यादवमाथि लाग्दै आएको थियो । प्रहरी उपरीक्षक रबिन्द्रनाथ रेग्मीले यस घटनाबारे प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा छानविन समिति गठन गरिएको बताए ।

Tuesday, July 26, 2011

हार्दिक श्रद्धा सुमन


जरे खोलामा डुबेर इहलिला समाप्त हुने किशोरीहरु





जरे खोलामा डुबेर इहलिला समाप्त हुने किशोरीहरु अध्यनरत नेपाल राष्टिय उच्च माबि, ठुलापोखरा

अर्घाखाँचीका ग्रामिण क्षेत्रमा चल्ने ठुला सबारी साधन तर कच्ची एवं साघुरो सडकको एक दृश्य


अर्घाखाँचीका  ग्रामिण क्षेत्रमा चल्ने ठुला सबारी साधन तर  कच्ची  एवं  साघुरो  सडकको एक दृश्य 

 

खाँचीकोट गाविसलाई नगरपालीकामा समाबेस नगरिएको बिरोधमा चक्काजाम

सन्धिखर्क बाट नजिकै रहेको गाविस खाँचीकोट गाविसलाई हालै घोषणा भएको सन्धिखर्क नगरपालीकामा समाबेस नगरिएको बिरोधमा स्थानीय बासिन्दाले गोरुसिङे सन्धिखर्क सडक
अन्तर्गत खाँचीकोट फुदबाङमा  आज बिहान चक्काजाम गरेका  छन्  ।

 नरपानी र वांगलालाइ नगरपालीकामा समाबेस गर्दा सदरमुकामबाट नजिक रहेका स्थानलाई नसमेटेको भन्दै स्थानीय बासिन्दाले बिहान ९ देखि १० बजे सम्म १ घण्टा चक्काजाम गरेका हुन् ।

खाँचीकोटलाई नगरपालीकामा समाबेस गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय मार्फत स्थानीय बिकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएका खाँचीकोटका स्थानीय बासिन्दाले पहिलो चरणको बिरोध स्वरुप चक्काजाम गरेका छन् । नेपाल सरकारले हालै अर्घाखाँचीमा पहिलोपटक सन्धिखर्क वांगला र नरपानी गाविसलाई समेटेर सन्धिखर्क नगरपालीका घोषणा गरेको थियो ।

कपिलबस्तु नरसंहारका दोषीलाई कारवाही माग

चार बर्षअघि कपिलबस्तुको चन्द्रौटामा भएको नरसंहारका दोषीहरुलाई कारवाही र पीडितहरुलाई क्षतीपूर्तीको माग गर्दै सोमबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

जबाफदेहिता निगरानी समिति कपिलवस्तु र एड्भोकेसी फोरमको अगुवाईमा कपिलवस्तु घटनाका पीडित, कपिलवस्तुका सभासद, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका मन्त्री घनश्याम भुसाललाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले पीडितको समस्या सम्बोधन गर्न मंगलबारसम्मको समय मागेको फोरमद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

ज्ञापनपत्रमा पुनरावेदन अदालतका न्यायाधिश लोकेन्द्र मल्लिकको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदन अनुसार दोषीलाई कारबाही गर्न र पीडितलाई परिपुरण दिन माग गरिएको छ ।
२०६४ साल भदौ ३० गते कपिलवस्तुको चन्द्रौटामा मोहित खाँको हत्यापछि भड्किएको हिंसामा १३ जनाको हत्या हुनुका साथै दर्जनौ घरमा आगलागी, तोडफोड र क्षति भएको थियो ।

रिडी बलकोट सडक खण्डको पुल वनाउने क्रममा एक जनाको मृत्यु

 दिगाम गाविसको वार्ड नं. ८ हर्दिखोलामा पुल वनाउने क्रममा पुलवाट खसेर अर्घाखाँची जिल्लाको पाली गाविस निवासी चेतनारायण कुमालको छोरा १८ वर्षीय गोपाल कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । निर्माण गर्दै गरेको पुलवाट खसेर गुल्मीको दिगाममा एक युवाको ज्यान गएको हो । कुमालको गुल्मीको रिडीमा पोष्टमार्टम गरि आफन्तहरुलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यलय रिडीले जनाएको छ ।