रुरु फ्रेन्डस क्लबका पदाधिकारीहरुको बैठकले क्लब द्वारा सन्चालित एम्बुलेन्सका लागि नयाँ चालक नियुक्ती गरेको छ्। यस अघीका चालक घनश्याम न्यौपानेले चालकको जिम्मेवारी बाट राजिनामा गरेपछी नयाँ चालकमा पदम कंडेल लाई नियुक्ती गरिएको हो। यस अघी क्लबले चालक नियुक्तीका लागि दर्खास्तको अब्हान गरेको थियो। जसमा तीन जना ब्यक्तीहरु पदम ज्ञवाली,पदम कंडेल र आषिश जोशीको दर्खास्त परेको थियो।
आदरणिय पाठक बृन्द, यो ARGHAKHANHI NEWS BOARD अर्घाखाँची जिल्ला र सो आसपासका क्षेत्र नजिक संग सम्बन्धित सूचनाहरुको संगालो हो / अत: अर्घाखाँची जिल्ला र सो आसपासका क्षेत्र नजिक संग सम्बन्धित कुनै सूचना, जानकारी, सल्लाह, सुझाबको हामी सधै अपेक्षा गर्दछौ / स्थानीय सुचना स्थानीय शैली र सरल भाषामा................ http://arghakhanchinewsboard.blogspot.com
अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु
Thursday, July 28, 2011
पाल्पा प्रहरीले आपराधिक गतिविधिमा संलग्न १७ जनालाई पक्राउ
पाल्पा प्रहरीले दुई दिनमा हतियारसहित आपराधिक गतिविधिमा संलग्न १७ जनालाई पक्राउ गरेको छ। जसमध्ये ५ जोडीचाहिँ आपत्तिजनक अवस्थामा होटलबाट समातिएका हुन।साउन ९ र १० गते पक्राउ परेकामध्ये पेस्तोल र बिष्फोटक सामग्री बोक्ने, लागूऔषध कारोबारी, चोरी डैकैतमा संलग्न, यौनजन्य क्रियाकलाप गर्दै गरेका र हत्या अभियोगका आरोपी छन्। आपराधिक क्रियाकलापमा संलग्न यति धेरैलाई दुई दिन अन्तरमा पक्राउ गरेको यो नै पहिलो भएको प्रहरीले जनाएको छ।
जल्पा धुलीमारका ४० वर्षे धनबहादुर बरामेको घरबाट बाकसमा लुकाई राखेको कटुवा पेस्तोल १ थान, डेटोनेटर २ थान, फ्युजतार र १ केजी बारुद सहित पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले बताए।
अर्चले–८ का १८ वर्षीय भगवत गाहा, २० वर्षीय भुमबहादुर सिंजाली र ५२ वर्षीय दिलबहादुर गाहालाई चोरीका गहना र नगद ३० हजारसहित पक्राउ गरिएको छ। सुनको औंठी, फुली दुईवटा र चाँदीका बाला, ७ थान सिमकार्ड र पुराना सिक्का १ सय ९७ गोटासहित पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरु रिग्नेरह–३ पूर्वाखोलाका नरबहादुर नेपालीको पसल, अर्चले–६ का सेरबहादुर खन्गाहा र दिलबहादुर रानाको घर र सिलुवा १ दलबहादुर थापा र नारायण श्रेष्ठको घरमा चोरी गरेर फरार थिए।
पक्राउ परेका १७ जना र अनुसन्धान चल्दै गरेका थप गरेर प्रहरी हिरासतमा २५ जना छन्। महिला र पुरुसका दुई बेग्लाबेग्लै हिरासत कक्ष छन्। 'महिला कक्षमा चाप थेग्न समस्या छैन तर पुरुषतर्फ अटाउन मुस्किल परेको छ।’ प्रहरी नायव उपरीक्षक थपलियाले भने- गर्मी समय भएकाले लत्ताकपडाको खासै समस्या छैन।
तानसेनका होटलबाट प्रहरीले ५ जोडीलाई आपत्तिजनक अवस्थामा पक्राउ
तानसेनका होटलबाट प्रहरीले ५ जोडीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ। 'तानसेन बसपार्कस्थित होटल सिम्रिक र होटल मनकामनामा जाँच गर्दा यौन क्रियाकलापमा संलग्न अवस्थामा ५ जना पुरुष र ५ जना महिलालाई पक्राउ गरिएको हो।’ थपलियाले नागरिकसँग भने- यौनजन्य क्रियाकलाप बढेको गुनासोका आधारमा होटल तथा लजहरूमा चेकजाँच बढाएका छौं।
Wednesday, July 27, 2011
यातायात ब्यवस्था कार्यालय बुटवलको सरकारी कागजात किर्ते गर्ने पक्राउ
देबघाट क्षेत्र बिकास समितिका पूर्व कार्यकारी निर्देशक श्रीधर शर्मा सरकारी छाप किर्ते गरेको अभियोगमा पक्राउ परेका छन् ।
यातायात ब्यवस्था कार्यालय बुटवलको सरकारी छाप बनाएर आफै लाइसेन्स बितरण गरेको प्रमाण फेलापरेपछि उनलाई प्रमाण सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए । उनले संचालन गरेको ड्राइभिङ इन्सिस्टिच्यूटमा आफैले यातायात कार्यालयको सरकारी छाप र शाखा अधिकृतको छाप समेत बनाएर धमाधम लाइसेन्स बितरण गरेको वारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
यातायात कार्यालय बुटवलको छाप, लेटरप्याड , लाईसेन्सका खाली कार्ड ,लाईसेन्समा टासिने होलो ग्र्राम र चिकित्सकको लेटरप्याड समेत बरामद भएको छ । प्रहरीले उनको डा्रइभिङ इन्स्िटच्यूटमा प्रयोग हुदै आएका २ वटा कारपनि बरामद गरेको छ । एउटाको कागजात रहेको र अर्को गाडीको नभएकाले चोरीको गाडि रहेको आसंकामा थप छानविन शुरु गरेको छ ।
मंगलवार पक्राउ परेका उनलाई कावासोती प्रहरी हिरासतमा राखिएको छ । बुधवार सरकारी वकिलको कार्यालयमा म्याद थप्न उनलाई परासी लगिएको छ । उनिसंगै उनका भाई सन्तोष शर्मालाई पनि पक्राउ गरिएको छ
बुटवलको मेडिटेक इन्टरनेशनल एकाडेमी सञ्चालकले सीटीईभीटी बिरूद्ध सर्वोच्च अदालतमा रिट दायर
नर्सिङ कलेजको भर्ना प्रक्रियामा सीटीईभीटीले लापरबाही गरेको भन्दै बुटवलको एक कलेज सञ्चालकले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
सीटीईभीटीले बुटवलको सामुदायिक स्वास्थ्य प्रतिष्ठान मेडिटेक इन्टरनेशनल एकाडेमीको भर्नाको फारम वितरण गर्न अनुमति दिएपनि प्रवेश परीक्षाका लागि अनुमति दिएको छैन ।
सीटीईभीटी बिरूद्ध मेडिटेकका प्रवन्ध निर्देशक मिलन ज्ञवालीले रिट दायर गरेका हुन् । घुस नदिएकै आरोपमा प्रवेश परिक्षामा समावेश नगरेको सञ्चालकले आरोप लगाएका छन् । २०६६ सालमा सीटीईभीटीबाट दुईबर्षका लागि अस्थायी सम्बन्धन लिएर तीन बर्षे प्रमाणपत्र तहको नर्सिङ्गको अध्ययन सुरु गराईएको मेडिटेक नर्सिङ्ग कलेजले शैक्षिक सत्र ०६८/६९ का लागि नविकरण समेत गरिसकेको छ ।
कलेजले तेश्रो व्याचका लागि सबै प्रक्रिया पुरा गरि परिषद कै स्वीकृतिमा कलेजले भर्ना फाराम बितरण गरेको संचालक रघुनाथ गिरीले बताए । ६० जना बिद्यार्थीलाई फाराम बितरण गरी प्रवेश परीक्षाको तयारीमा रहेको बेला परिषद्ले गत ७ गतेको सूचनामा परीक्षा केन्द्र नै नतोकी बिधार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको उनले बताए । परिषद्ले सुनुयोजित रुपमै फाराम भरेका बिद्यार्थीले प्रवेश परीक्षामा सहभागी गर्न नपाउने गरि परीक्षा केन्द्र नतोकेको गिरीले बताए ।
कलेज तथा अस्पतालको निरिक्षण नै नगरी परिषद्का उपाध्यक्ष गोपाल खनाल र सदस्य सचिब जयबहादुर टण्डनले आफैले निरिक्षण गरेको झूटो कागज बनाएर पूर्वाधार नपुगेको आरोप लगाउदै प्रवेश परीक्षा रोकेको गिरीले बताए । कलेजको स्वीकृति लिदा समेत सीटीईभीटीका सदस्य सचिवलाई २४ लाख रूपैया घुस खुवाएको सञ्चालकले बताए । 'सम्बन्धन लिन पनि २४ लाख रूपैया नदिएसम्म गरिदिएनन,' कलेजका एक सञ्चालकले घुस खुवाउँदा बैकमा जम्मा गरेको रसिद देखाउदै भने-'अहिले पनि पैसा चाहि मागेका छैन, उनीहरूको आशय चाँही पैसा लिने हो ।
पर्वत की सुनिता नेपालीलाई ६ वर्षपछि न्याय
बिहे गर्ने आश देखाएर प्रेमीले शारीरिक सम्पर्क राखे। पछि बिहे गर्नु त कता, उल्टै दलित भन्दै हेप्न थालेपछि पर्वत बराचौर- ६ की सुनिता नेपाली बिचल्लीमा परिन्। तिनै सुनिताले ६ वर्षपछि बल्ल न्याय पाएकी छिन्। सोही गाउँकै वडा नम्बर ७ का सोमबहादुर खत्रीसँग प्रेम गरेकी सुनिताले २०६२ मा छोरो पाएकी थिइन्।
प्रेमीबाट माया नपाए पनि न्याय पाइछाड्ने उनको अठोट थियो। अंशका लागि बाबु र आमा छोराको नाता कायम गर्न जिल्ला अदालत पर्वतले दिएको आदेश समेत कार्यान्वयन नभएपछि उनी बाग्लुङस्थित पूनरावेदन अदालत गुहार्न आइन्। जिल्ला अदालतको फैसला सदर गर्दै पुनरावेदनले माघमा गरेको फैसला अहिले आएर कार्यान्वयन भएको छ। उक्त फैसलाअनुसार बराचौरस्थित जग्गा जमिनको अंश अदालतले यसै साता सुनिताको नाममा दिलाई दिएको छ । अदालतले आदेश गरे पनि आनाकानी गरिरहेका परिवारलाई अन्ततः अंश दिन करै लाग्यो।
'पतिले धोका दिएपछि घर न घाट भएर भौँतारिँदै हिँडेकी थिएँ,' सुनिताले भनिन्, 'छोरा र मलाई धोका दिए पनि अंश पाउँदा खुसी लागेको छ।' अंशसंगै बाबुको नामबाट उनका छोराको समेत जन्म दर्ता भएको छ।
खत्रीले गर्भ बोकाएर भागेपछि छोराको अहिलेसम्म जन्मदर्ता भएको थिएन। 'घरकाले नै नसकारेपछि कसरी दर्ता हुन्थ्यो,' सुनिताले भनिन्, 'अब छोराले पनि कानुनी रुपमा बाबु पायो।'
२०६३ मा जिल्ला अदालत पर्वतमा आत्मनिर्भर विकास मञ्च र जिल्ला कानुनी सहायता समिति, पर्वतको सहयोगमा खत्रीसँग नाता सम्बन्ध र अंश माग गर्दै सुनिताले मुद्दा हालेकी थिइन्। माइतीबाट समेत अपहेलित भएकी उनी अहिले पोखरामा बसेर बृत्तचित्र बनाउन थालेकी छिन्। 'छोरालाई यहीँकै एसओएस बालग्राममा पढाइरहेकी छु,' उनले भनिन्।
सिद्धार्थनगर की एक युवतीले हतियार देखाएर आफुलाई यौन दुर्व्यवहार गरेको दावी
हतियार देखाएर आफुलाई यौन दुर्व्यवहार गरेको दावी गर्दै सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी युवतीले प्रहरीमाथि कारवाहीको माग गरेकी छन् ।
खानले यादवमाथि कारवाही र शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा सोमवार जाहेरी दिएकी छन् ।
बेलहियाको सुख्खा बन्दरगाहा सुनसान सडकमा रोकेर आफुलाई यौन दुर्व्यवहार गर्न थालेपछि चिच्याउन लाग्दा उसले रिवाल्भर झिकेर आफ्नो टाउकोमा राखेर कराए गोली हानी मारिदिने धम्की दिएको जाहेरीमा उल्लेख छ ।
रुपन्देहीको गोनाहा–३ खजुरीया घर भई पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी हवल्दार अवधेश यादवले यौन दुर्व्यहार गरेको दावी गर्दै निसा खान (नाम परिवर्तन) ले कारवाहीको माग गरेकी हुन् ।
खानले यादवमाथि कारवाही र शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा सोमवार जाहेरी दिएकी छन् ।
बेलहियाको सुख्खा बन्दरगाहा सुनसान सडकमा रोकेर आफुलाई यौन दुर्व्यवहार गर्न थालेपछि चिच्याउन लाग्दा उसले रिवाल्भर झिकेर आफ्नो टाउकोमा राखेर कराए गोली हानी मारिदिने धम्की दिएको जाहेरीमा उल्लेख छ ।
यादव लामो समयदेखि रुपन्देहीमा घुमुवा प्रहरीको रुपमा काम गर्दै आएका प्रहरी हुन् । घुमुवा छँदा अवैध कारोवार गर्नेसंग अवैध असुली गर्ने गरेको आरोप यादवमाथि लाग्दै आएको थियो । प्रहरी उपरीक्षक रबिन्द्रनाथ रेग्मीले यस घटनाबारे प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा छानविन समिति गठन गरिएको बताए ।
Subscribe to:
Posts (Atom)