अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, August 3, 2011

अपहरणमा परेका पर्वतका दुई बालिकाको अवस्था अझै अज्ञात

अपहरणमा परेका पर्वतका दुई बालिकाको अवस्था अझै अज्ञात पत्ता लाग्न सकेको छैन। आइतबार राति अपहरित पर्वत पिपलटारी- ९ का नमूना र नविना तिवारीबारे मंगलबार साँझसम्म केही जानकारी फेला नपरेको पर्वत प्रहरीले जनाएको छ। बालिकाबारे अहिलेसम्म केही थाहा लागेन,' डिएसपी राजेन्द्रबहादुर गुरुङले भने, 'अझै गम्भीर अनुसन्धान गर्नेछौं।' प्रहरी निरीक्षक जयबहादुर सेठीको संयोजकत्वमा छानबिन समित बनाई प्रहरीले अनुसन्धान थालेको छ। एक लाख रुपैयाँ मागेर बालिका अपहरण गरेको बाबु कृष्णप्रसादले बताए पनि त्यसपछि फिरौती माग्न कसैले सम्पर्क गरेको छैन। 'यसले घटना रहस्यमय बनेको छ,' डिएसपी गुरुङले भने।सम्भावित ठाउँ र नाकामा प्रहरी परिचालित भएको छ। बालिकाका बाबुलाई पनि प्रहरीले सोधपुछ गरेको छ।

पर्वतका मानवअधिकारवादी संघसंस्थाले मंगलबार विज्ञप्ति जारी गर्दै सकुशल रिहाईको माग गरेका छन्। प्याब्सन र एनप्याब्सनले घटनाको परिणाममुखी अनुसन्धानका लागि प्रमुख जिल्ला अधिकारी वेदबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन्।

सहपाठी अपहरण भएपछि सकुशल फर्काउन साथीले आग्रह गरेका छन्। 'मेरो साथीलाई कसले किन लगे होला,' नमुनाकी सहपाठी अस्मिता क्षेत्रीले भनिन्, 'नमुनाले कसैको केही बिगारेको छैन, जहाँ भए पनि ल्याइदेऊ।'

Tuesday, August 2, 2011

हर हर गंगे..........हर हर गंगे.......... ...........साउन महिनामा रिडीमा स्नान गर्ने कि .?????

हर हर गंगे..........हर हर गंगे.......... ...........साउन महिनामा रिडीमा स्नान गर्ने कि .?????


प्रसिद्ध धार्मिक आस्थाको केन्द्र सिद्ध बाबा मन्दिर



प्रसिद्ध धार्मिक आस्थाको केन्द्र सिद्ध बाबा मन्दिर ,    जय सिद्ध बाबा ...................

पाल्पा हुदै अर्घाखाँची जाने सडकको एक दृश्य

पाल्पा हुदै अर्घाखाँची जाने सडकको एक दृश्य   
 
                                                

Monday, August 1, 2011

रुपन्देहीको सालझण्डीस्थित फायरलाइनमा सवारी दुर्घटना

रुपन्देहीको सालझण्डीस्थित फायरलाइनमा भएको सवारी दुर्घटनामा २० यात्रु घाइते भएका छन् ।


कपिलवस्तुको कृष्णनगरबाट काठमाडौं जाँदै गरेको लु १ ख ४०५२ नम्मरको बस बिहान ८ बजे पल्टीदा ५ गम्भीरसहित २० यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये धेरैजसो कपिलवस्तुको वाणगंगाबाट जल लिएर पर्रोहा बोलबम धाममा आउँदै गरेका भक्तजन रहेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते सबैको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बुटवलका एक कांग्रेस कार्यकर्ता शसस्त्र समुहको जिल्ला ईञ्चार्ज

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल मुस्लिम संघ रुपन्देहीका सचिव बरकत अलि भूमिगत सशस्त्र संगठन खोलेर चन्दा असुलीमा सक्रिय रहेको प्रहरीले जनाएको छ। तराई मधेश जनमुक्ति मोर्चा गोइत समूहको जिल्ला कमाण्डर बताएर अलिले रुपन्देहीका उद्योगी व्यवसायीबाट लाखौं रुपैंया चन्दा असुली गरेको प्रमाण प्रहरीले फेला पारेको छ। मोर्चाको जिल्ला कमाण्डर यमराज सिंहका नामले अलि चिनिएका थिए। उनी खुला रुपमा कांग्रेसको जातीय संगठनमा क्रियाशिल छन्। अलि रुपन्देही इञ्चार्ज रहेको तराई मधेश जनमुक्ति मोर्चा गोइत अन्यत्र अस्तित्वमा नरहेको प्रहरी श्रोतको भनाई छ।

तीन साताअघि अनुसन्धानको सिलसिलामा पक्राउ परेका अलिलाई छुटाउन कांग्रेस केन्द्रीय सदस्य एंव पूर्वमन्त्री बालकृष्ण खाण र पूर्व राज्यमन्त्री भरत शाहले रुपन्देहीका प्रहरी अधिकृतलाई टेलिफोनबाट र भेटेर नै छोड्न दवाव दिएका थिए। नेपाली कांग्रेस रुपन्देहीले विज्ञप्ति निकालेर नै अलीलाई पक्राउ गरेको प्रति विरोध जनाएको थियो। उसले अलीलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको थियो।

अलिसँगै प्रहरीले सो समूहको सहायक जिल्ला ईञ्चाज धकधई गाविस-२ लक्ष्मीनगरका २८ वर्षीय विजय सिंह भनिने विष्णु चौधरी, सैन्य कमाण्डर रवि सिंह भनिने २९ वर्षीय रविन्द्र चौधरी, क्षेत्र नम्वर २ का इञ्चार्ज प्रदीप प्रजापति भनिने प्रभु नारायण कोहार र सदस्य फरेना गाविस-३ बिजगौलीका २४ वर्षीय श्यामदेव गुप्तालाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाएको छ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका अनुसार, पक्राउ परेका विष्णुको साथबाट एक थान कटुवा पेस्तोल र ६ राउण्ड गोली, प्रभुनारायणको घरबाट तराई मधेश जनमुक्ति मोर्चा गोइत लेखेको एक सय ७१ थान रसिद लगायतका कागजपत्र प्रहरीले बरामद गरेको छ। उनीहरुले सर्बसाधारणबाट उठाएको चन्दाबारेमा अनुसन्धान र बयान भइरहेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्रनाथ रेग्मीले नागरिकलाई बताए। उनीहरुले चन्दा नदिए मार्ने धम्की दिएको पत्र यहाका उद्योगी व्यवसायीलाई पठाएका पत्रहरु समेत प्रहरीले संकलन गरेको छ।

मोर्चाका जिल्ला ईञ्चार्ज अलि बैशाखमा झण्डै नौ महिना लामो जेल जीवन बिताएर छुटेका थिए। अलीले फेरि पुरानै क्रियाकलापमा सक्रिय भएको सूचनाका आधारमा अनुसन्धानका लागि प्रहरीले असार २० गते पक्राउ गरेको थियो। कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले अलि निर्दोष रहेको र प्रहरीले अनाहकमा फसाउन खोजेको दावी गरे।

हतियार कारोवारको अभियोगमा गत बर्षको साउन ५ गते पक्राउ परेका अली गत बैशाख २ गते ७५ हजार जरिवानामा छुटेका थिए। गत बर्ष भारतीय नागरिक ओमप्रकाश पासवान र राहुलप्रताप सिंहबाट अलीले ९ एमएनको इटालियन पेस्तोल भारतीय २१ ह्जार रुपैंयामा खरिद गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। भारतबाट हतियार खरिद गरेर यहा ल्याउने र बेच्ने धन्दामा लागेका अली पछिल्लो पल्ट सशस्त्र समूहको नाममा चन्दा असुली र धम्कीमा लागेको पाइएको प्रहरीको भनाई छ।

हतियारको कारोवार अघि उनी गाडी चोरी तस्करीमा संलग्न रहेका थिए। गाडी मोटरसाइकलको नक्कली ब्यूबुकसहित पक्राउ अलि दुई बर्ष अघि रुपन्देही जिल्ला अदातलमा परेको मुद्धामा अदालतले सामान्य धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको थियो।

रिडीमा देवदत्त ऋशीको मुर्ती बनेको बर्षौ पछि अब बल्ल देवदत्त पार्क बन्ने

रिडीमा  देवदत्त ऋशीको मुर्ती बनेको बर्षौ पछि अब बल्ल   देवदत्त पार्क बन्ने भएको छ्। रुरु रेशुङा संरक्षण तथा पर्यतन बिकास समितीमा भएको राजनैतिक खिचातानीका कारण अलपत्र बनेको  देवदत्त ऋशीको मुर्ती र   देवदत्त पार्कको निर्माण कार्य सुरु भएको छ्। करिब दशलाख रुपैयाको लागतमा देव्दत्त ऋशीको मुर्ती नजिक पुग्नको लागि श्रेणी,बारहरु तथा मर्मतसंभार कार्य हुँदैछ् भने,आउदो बर्ष करीब २१लाख रुपैयाको लागतमा देव्दत्त पार्कका अन्य हिस्साको निर्माण कार्य गरिने भएको छ्।