अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Thursday, August 11, 2011

खिल्जी गाविसको एक किराना पसलमा आगलागी

अर्घाखाँचीको खिल्जी गाविसको एउटा किराना पसलमा आगलागी हुँदा एक लाख ३५ हजार वरावरको धनमाल जलेर नष्ट भएको छ । खिल्जी गाविस वार्ड नं. २ रामपुर स्थित श्यामलाल चुँदालीको किराना पसलमा आगलागी हुँदा पसलमा रहेको दैनिक उपभोग्य सामान, भाँडाकुँडा, अन्नपात, नगद तथा कागजपत्रहरु सवै जलेर नष्ट भएको प्रहरीले वताएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन /




   

कविता थापा घटना मध्ययुगीन बर्बरता

जनजागरण महिला समुहका सदस्यहरुको यातनापछि आत्महत्या गरेकी बुटवलको योगीकुटीकी कविता थापाको घटनाबारे सत्यतथ्य अध्ययन गर्न आएको चार सदस्यीय संसदीय छानवीन टोलीले बुधबारदेखि स्थलगत अध्ययन थालेको छ ।


घटनास्थल, प्रत्यक्षदर्शी, हिरासतमा रहेका महिला तथा स्थानीय प्रहरी प्रशासनसंगको सोधपुछपछि प्रतिक्रीया दिंदै टोली संयोजक विनोद पहाडीले कवितामाथि महिला समुहले गरेको कार्य मध्ययुगीन बर्बरता तथा मानव सम्यतालाई नै चुनौति दिने खालको भएको टिप्पणी गरेका छन् ।

दवाउन खोजिएको घटनालाई बाहिर ल्याएर सञ्चार माध्यमले राज्यको आँखा खोलेको बताउँदै टोलीले अब यस्ता घटना दोहोरिन नदिन पनि घटनाको गहिरो अध्ययन गर्ने उनको भनाई थियो । स्थलगत अध्ययनमा संलग्न नैनकला थापाले घटनालाई जघन्य अपराधका रुपमा लिएर अध्ययन सुरु गरेको र त्यसअनुसार घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने बताए ।

टोलीले बिहीबार पनि घटनाको थप अध्ययन गर्ने र पीडित तथा प्रत्यक्षदर्शी मानवअधिकारकर्मी, पत्रकारलगायतसंग छलफल गर्ने जनाएको छ । शनिबार दिउँसो रक्सी खाने कुलतमा लागेको आरोप लगाउँदै स्थानीय जनजागरण महिला समुहका सदस्यहरुले यातना दिएपछि आत्मग्लानीका कारण कविताले त्यसराति घरमा झुण्डीएर आत्महत्या गरेकी थिइन् ।

संसदीय छानविन टोलीको अध्ययनपछि पनि मृतक पक्षधरले प्रहरीले सबै दोषी महिलालाई पक्राउ गर्नु पर्ने तथा पीडितलाई राहत उपलब्ध नगराउँदासम्म शव नउठाउने भन्दै पाँचौं दिन बुधबार पनि शव घरकै बरण्डामा राखेको छ ।

मृतकका आफन्त तथा स्थानीयले स्थलगत अध्ययनकालागि आएको संसदीय टोलीसंग घटनाको सत्यतथ्य अध्ययन गर्न तथा सबै दोषीलाई पक्राउ गरी सार्वजनिक गर्न अनुरोध गर्दै केहीबेर बाटो समेत छेकेका थिए । शव हेर्न आउने मृतकका दाजुभाइ तथा टाढा टाढाका आफन्तहरुसमेतको घरआसपासमा भीड लागेको छ ।

आक्रोशीत समुहको भीडले योगीकुटी बजार थप तनाग्रत बनेको छ । प्रहरीले घटनामा संलग्न देवु ढकाल, श्याम कुमारी गिरी, माया थापा र कमला न्यौपानेलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखेको छ ।

Wednesday, August 10, 2011

लुम्बिनीको विकासका लागि छलफल

माओवादी अध्यक्ष पुष्पकमल दाहालले लुम्बिनीको विकासका लागि आयोजना गरिएको छलफलमा भाग लिन नै आफू मलेसिया गएको स्पष्ट पारेका छन् ।

मलेसियाको चार दिन बसाइपछि बुधबार स्वदेश फर्किएका अध्यक्ष दाहालले बुधबार त्रिभूवन विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै बैठकमा लुम्बिनीको विकासका लागि अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरियालगायतका प्रतिनिधिसित छलफल भएको बताए ।

लुम्बिनीमा तीन अर्ब अमेरिकी डलरको महत्त्वाकांक्षी परियोजना घोषणा गर्ने चिनियाँ संस्थाको आधिकारिकता विवाद उठेकाबेला दाहाल एसिया प्यासिफिक एक्सचेन्ज एण्ड कोअपरेसन फाउण्डेसन -एपीईसीएफ)को बैठकमा सहभागी हुन मलेसिया गएका थिए ।

'यसबारे विवादास्पद कुरा आएका छन्,' दाहालले भने, 'तर त्यस्तो केही होइन, यो एक्लै लुकेर गर्ने कुरा होइन, सरकारसँग सहकार्य गरेरै हुन्छ ।' उनले नेपालसहित भारत र चीनसमेत मिलेर लुम्बिनीलाई धार्मिक पर्यटकीय क्षेत्रकारुपमा विकास गरिने बताए ।

माओवादी अध्यक्ष दाहालले अबको राजनीति ५ बुँदे सहमतिअनुसार नै अघि बढ्ने बताए । प्रधानमन्त्री झलनाथ खनाललाई सन्चो भएपछि सहमति प्रयासका लागि गृहकार्य हुनेसमेत जानकारी दिए ।

दाहाल आइतबार विदेश विभाग प्रमुख कृष्णबहादुर महरासहित मलेसिया उडेका थिए ।

पाल्पा दरवारको पून निर्माण कार्य तिव्र गतीमा

२०६२ साल माघ १८ गते तात्कालीन विद्रोही नेकपा माओवादीद्धारा तानसेन आक्रमणका क्रममा ध्वस्त भएको ऐतिहासिक दरवारको पून निर्माणको कार्य यतिखेर तिव्र गतीमा बढेको छ ।२०६७ साल असार मसान्तमै सकिसक्नु पर्ने ठेक्का सम्झौता भएपनि ठेकेदार कम्पनीले काठको समस्या देखाउादै निर्माण कार्यलाई कछुवाको गतीमा अगाडी बढाएको दरबारको पुरानै स्वरुप र शैलीमा पूनर्निमाण हुन लागेको हो । वि.सं. १९६३ सालमा पाल्पा गौडाका तात्कालीन जनरल प्रताप शमशेरले दैनिक प्रशाशनिक कार्य सञ्चालनका लागी ४ तला २ वटा बुर्जा सहित एक बैठक कक्ष सहित ६७ वटा कोठा भएको दरबार निर्माण गराएका थिए ।

शान्ति तथा पूनर्निमाण मन्त्रालयद्धारा प्राप्त ४ करोड ९२ लाख रुपैयाामा पूननिर्माण भएको दरबार कोढे काठ र इट्टाबाट बन्न लागेको हो भने पाको इट्टा पिसेर चुना मिसाइ निर्माण गरिएको सुर्की लगाइ निर्मित यस दरबारमा ध्वस्त हुनु पूर्व प्रमुख जिल्ला अधिकारीको निवास सहित एक दर्जन सरकारी कार्यालयले आफ्नो दैनिक प्रशासनिक कार्य सञ्चालन गर्दै आएका थिए ।


दरबारलार्य आवश्यक पर्ने काठ ठूला ठूला साइजको भएको र अत्यन्त कमै पाइने काठ नेपालको पश्चिमी जिल्लाबाट ल्याउनु पर्दा काठको कारणले गर्दा ०६७ आषाढ मसान्तमा निर्माण कार्य पुरा गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । ४ करोड ९२ लाख रुपैयाा टेनडर प्रक्रियाबाट पूर्ननिर्माण हुन लागेको दरबार ऐतिहासिक, पुरातात्वीक दृष्टिकोणबाट महत्वपूर्ण र सरकारी कार्यालयहरुले दैनिक कार्य सम्पादन गर्नलाइृ विगतमा अत्यन्त सहज भएपनि पूननिर्माण पश्चात् सरकारी कार्यालयलाई पुन स्थापना गर्ने वा दरबारलाईृ संग्राहालय बनाउने विषयमा स्थानीय प्रशासन, राजनैतिक पार्टीका स्थानीय प्रतिनिधी बिच समन्वय हुन नसक्दा भावी योजना अलपत्र छ ।

दरबार परिसरमा जिल्ला प्रशासन, जिल्ला विकास समिति, राष्ट्रीय अनुसन्धान, कोष तथा लेखा नियन्त्रक, मालपोत, भूमिसुधार, सरकारी वकिलको कार्यालय सहित प्रमुख जिल्ला अधिकारीको निवास समेत रहेको थियो । २००७ सालको राजनैतिक परिवर्तन पछि लामो समयसम्म सरकार संरक्षित दरबारमा २०१५ साल देखि सरकारी अड्डा तात्कालिन स्वर्गीय राजा महेनद्रको मैखिक आदेशबाट राखीएको थियो ।

पुरानो स्वरुप पुरानै शैलीमा निर्मित दरबार प्रशाशनकि कार्यका लागि उपयुक्त नहुने र यसलाई राष्ट्रिय महत्वका साथमा सङग्राहालय बनाउुपर्ने राजनैतकि दलहरको भनाइ रहेको छ । प्रशासनिक कार्य सञ्चालनका लागी कोठा सााघुरा सुविधा विहिन हुादा कार्य सम्पादनका लागी कठीन कुने हुादा अन्यत्र सारीनु पर्दछ भन्ने यहााका प्रशासकहरुको भनाइ रहेको छ ।

 ६७ कोठा भएको दरबार २०६२ साल माघ १८ गते तात्कालीन विद्रोही नेकपा माओवादीद्धारा तानसेन आक्रमणका क्रममा ध्वस्त भएको थियो ।

Tuesday, August 9, 2011

जलुके गाविसमा सिकार खेल्न जंगलमा गएको बेला आफ्नै साथीले चलाएको गोलीलागेर एक जनाको ज्यान गयो

अर्घाखाँचीको जलुके गाविसमा सिकार खेल्न जंगलमा गएको बेला आफ्नै साथीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

जलुके गाविस वाड नं ५ बुढीदमारको जंगलमा सिकार खेल्न गएको बेला टंकबहादुर पुनले मृग भनेर चलाएको गोली लागेर आफ्नै साथी स्थानीय ५२ बषिर्य डालबहादुर कुमाल -- के एम ) को ज्यान गएको हो ।

हिजो दिउसो सिकार खेल्न गएको समयमा आफ्नै साथीको मृग भनेर गोली चलाउदा मृत्यु भएको गोली चलाउने पुनले स्थानीय बासिन्दा समक्ष स्वीकारेको स्थानीय बासिन्दाले बताएका छन् ।

हत्या गर्ने पुन फरार भएका छन् । अर्घाखाँची,प्युठान र दांगको सिमाना तथा बिकट गाँउमा घटना भएकाले समाचार आज दिउसो मात्र प्राप्त भएको हो ।


घटनाको बारेमा जानकारी लिनर् इलाका प्हरी कार्यलय ठाडाको एक टोली घटनास्थल तर्फगएको तर घटनाको बारेमा आधिकारिक जानकारी नआईसकेको प्रहरी नायब उपरिक्षक अरुण पौडेलले बताउनु भयो ।

जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले एसएलसी मौका परिक्षामा परिक्षाको मर्यादा विपरित काम गरेको भन्दै ७ जना परिक्षार्थीलाई निष्कासन

जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले एसएलसी मौका परिक्षामा परिक्षाको मर्यादा विपरित काम गरेको भन्दै ७ जना परिक्षार्थीलाई निष्कासन गरेको छ । अर्घाखाँचीमा एसएलसीबाट परिक्षार्थी निष्कासन गरिएको यो पहिलो पटक हो ।




अर्घाखाँचीको अर्घाखाँची आबसीय उच्च मा वी केन्द्रबाट १४७१२५६ टि र १४७१२६७ इ,१४७०३९र्६र् इ,०४७०१३९ जि सिम्वोल नम्वरका ४ जना परिक्षार्थी र जनज्योती उच्च मा वी सन्धिर्खक केन्द्रबाट १४७०१८८ आर,१४७०१७३ सी,१४७०३४४ आर सिम्वोल नम्वरका ३ जना परिक्षार्थीहरु निष्कासन गरिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानाकारी दिए ।



परिक्षाको मर्यादा माथी गएर काम गरिएको अवस्था भेटाएपछि आजको अग्रेजी परिक्षाबाट ६ जना प्ररीक्षार्थी निष्कासन गरिएको खनालले बताउनुभयो । परिक्षा सञ्चालन हुन भन्दा १ हप्ता अगाडी देखी र परिक्षा हलमा प्रवेश गरेपछि पनि परिक्ष्ँार्थीलाई सचेत गर्राईएको भएपनि नियमको कुनै वास्ता नगरेकाले निष्कासन गरिएको कार्यालय जनाएको छ ।



एसएलसी बिग्रे अर्घाखाँची जानु पर्छ भन्ने मान्यतालाई जिल्ला शिक्षा कार्यालयको कदमले पक्कै पनि चुनौती दिएको छ । विगतमा भन्दा यो वर्ष मौका परिक्षा थप मर्यादित बनाउने कार्यालयको योजनामा धेरै सफलता मिलेको शिक्षा विदहरुको बुझाई रहेको छ । ३ केन्द्रमा परिक्षा सञ्चालन भएको थियो।

आत्महत्या गरेकी कविता थापाको शव तेस्रो दिन पनि उठ्न सकेन

स्थानीय जनजागरण महिला समूहको यातनापछि आत्महत्या गरेकी योगीकुटीकी कविता थापाको शव तेस्रो दिन पनि उठ्न सकेन ।


रक्सी खाने बानी सुधार्ने नाममा सार्वजनिक स्थानमा लगेर महिला समूहले यातना दिएकाले आत्महत्या गरेकी कविताको शव आफन्तहरूले दोषीमाथि कारबाही माग गर्दै नउठाएका हुन् । उनको शव सोमबार रातिसम्म घरको बरन्डामै छ ।

महिला समूहले शनिबार हातखुट्टा बाँधेर कालोमोसो दली उनलाई यातना दिएका थिए । पछि प्रहरीले आएर बाँधिएको हातखट्टाको डोरी फुकाउन लगाएको थियो । यातनासहित सार्वजनिक बेइज्जती गरेपछि उनले झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

'दोषीउपर कारबाही नहुँदासम्म शव उठाउँदैनौं,' बुहारी तारा थापाले भनिन्, 'मृत्युको मुखमा पुर्‍याउनेमाथि कारबाही हुनैपर्छ, नत्र हामी शव उठाउने छैनौं ।' घटनापछि योगीकुटी शोकमग्न बनेको छ । शव घरमा राखिएका कारण भावविह्वल भएर हेर्न आउनेहरूको भीड र आत्महत्या गर्न बाध्य बनाएको भन्दै आक्रोसित समूहको चहलपहलका कारण सोमबार दिनभर योगीकुटी बजारमा भीडभाड भएको थियो । शोकका कारण सोमबार योगीकुटीमा लाग्ने साप्ताहिक हाट पनि लागेन ।

अघिल्लो दिन महिला समूहलाई दोषी देखाएर मौखिक उजुरी गरेका मृतक कविताका श्रीमान् गोपाल थापाले सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा सार्वजनिक अपराधसम्बन्धी किटानी जाहेरी दर्ता पनि गराएका छन् । उक्त जाहेरीका आधारमा घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक कृष्णकुमार महतले बताए । किटानीकै आधारमा जनजागरण आमा समूह आवद्ध महिलालाई इलाका प्रहरी कार्यालय बुटवलमा सोधपुछ सुरु गरिएको छ ।

सोमबार चार जनालाई सोधपुछ गरिएको छ । 'आत्महत्या आफंैले गरेको भए पनि आत्महत्या गर्न बाध्य पार्नु गाली बेइज्जती हुन सक्छ । कानुनलाई समेत हातमा लिएर महिला समूहले जुन क्रियाकलाप गरेको भनिएको छ, त्यो वास्तवमै उनीहरूले गलत गरेका हुन्,' नायव उपरीक्षक महतले भने, 'उनीहरू कानुनको दायरामा आउँछन् ।'

स्थानीय महिला समूहका अगुवाले भने मादक पदार्थ सेवन गर्ने गरेको र परपुरुषसँग अनैतिक सम्बन्ध रहेको 'हल्ला चलेका' ले कवितालाई सही बाटोमा ल्याउन त्यसो गरिएको तर्क गरेका छन् । 'म त्यहाँ थिइन तर मैले साथीहरूलाई कवितालाई सुधार्नका लागि सम्झाउनु भनेकी हुँ,' महिला समूहकी अध्यक्ष शुष्माकुमारी अर्यालले भनिन्, 'उनलाई सामाजिक सचेतना गराउँदा घटनाले दुःखद मोड लिन पुग्यो ।'

मृतक कविताका भाइ भीमसेन पोखरेलका अनुसार घटना 'मिलाउने' भन्दै पीडित पक्ष, स्थानीय र केही नागरिक अगुवा सोमबार इलाका प्रहरी कार्यालय बुटवल तथा स्थानीय शिवालयमा छलफलमा बसेका थिए । तर पीडित पक्षले दोषीमाथि कारबाही नभएमा घटना मिलाउनुको कुनै औचित्य नहुने प्रस्ट पारेको थियो । 'कानुन हातमा लिएर सार्वजनिक स्थलमा यातना दिई दुव्र्यवहार गरेकै कारण दिदी आत्महत्या गर्न बाध्य भएकाले उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि नबढ्दासम्म हामी शव उठाउन्नौं,' पोखरेलले भने ।

यसैबीच घटनाको सत्यतथ्य अध्ययनका लागि व्यवस्थापिका संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले विधायक विनोद पहाडीको संयोजकत्वमा ४ सदस्यीय संसदीय छानबिन समिति बनाएको छ । समितिमा एमालेका पुरणसिंह दयाल, कांग्रेसका विमला नेपाली, सावित्री सिंह सदस्य छन् । समितिले प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा घटनाको अविलम्ब निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाहीको निर्देशन पनि गरेको छ । यता छानबिन समितिको मंगलबार काठमाडौंमा बसेको बैठकले गृहसचिव लीलामणि पौडेललाई भेटेर घटनाबारे जानकारी लिएको छ । समितिले घटनास्थलमै आएर घटनाको अध्ययन गर्ने र एक साताभित्र प्रतिवेदन बुझाउने संयोजक पहाडीले बताए ।