रुरु रेसुङा संरक्षण तथा पर्यटन बिकास समिती(रुरेसपबिस),गुल्मी अन्तरगत रहने गरी आज रिडीमा "रुरु रेसुङा उपभोक्ता समिती" रिडीको गठन भएको छ्। रुरेसपबिसका अध्यक्ष्य श्री निम बहादुर पाण्डेको उपस्थितीमा गठित समितीको अध्यक्ष श्री फर्सुराम पौद्वेल रहनु भएको छ्। ११ सद्स्य रहेको समितीमा निम्न ब्यक्तीहरु रहनुभएको छ्: अध्यक्ष- फरसुराम पौद्वेल,उपाध्यक्ष- रामलाल बिक,कोषाध्यक्ष- धना राना, सद्स्यहरुमा- चन्द्र लाल कसजू, सुन्दर कसजू, दुर्गादत्त रेग्मी,परशुराम भट्टराई, राजेन्द्र राज पाण्डे,तारा सुबेदी, डोप कुमारी ज्ञवाली र सचिबमा दमोदर भट्टराई रहनु भएको छ्।
आदरणिय पाठक बृन्द, यो ARGHAKHANHI NEWS BOARD अर्घाखाँची जिल्ला र सो आसपासका क्षेत्र नजिक संग सम्बन्धित सूचनाहरुको संगालो हो / अत: अर्घाखाँची जिल्ला र सो आसपासका क्षेत्र नजिक संग सम्बन्धित कुनै सूचना, जानकारी, सल्लाह, सुझाबको हामी सधै अपेक्षा गर्दछौ / स्थानीय सुचना स्थानीय शैली र सरल भाषामा................ http://arghakhanchinewsboard.blogspot.com
अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु
Thursday, November 10, 2011
महासचिव वान की मुन लुम्बिनीको विकाशका लागि नेतृत्व गर्न सहमत
सयुक्त राष्ट्रसंघका महासचिव वान की मुन लुम्बिनीको विकाशका लागि बन्ने उच्चस्तरीय अन्तर्राष्ट्रिय समितिको नेतृत्व गर्न सहमत हुनुभएको छ । राष्ट्रसंघ महासचिव वान र वृहत्तर लुम्बिनी विकाश राष्ट्रिय परियोजनाका संयोजक समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गएराति राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा आउँदो मार्च महिना सम्ममा उच्चस्तरीय अन्तर्राष्ट्रिय समिति बनाउने र त्यसको नेतृत्व वानले गर्ने सहमति भएको हो । भेटका क्रममा माओवादी अध्यक्ष प्रचण्डले वुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तराष्ट्रिय शान्ति सहर बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको कुरा जानकारी गराउँदै वानलाई लुम्बिनीको वृहत्तर बिकाशका लागि बन्ने समितिको नेतृत्व गर्न आग्रह गर्नुभएको थियो ।
साथै उहाँले कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लालाई समेटेर वृहत लुम्बिनी विकाशका लागि नयाँ गुरुयोजना ल्याउने पनि बताउनुभयो । प्रचण्डले लुम्बिनी विकाश बारे छलफल गर्न सन् २०११ को सुरुमा नेपालमा अन्तर्राष्ट्रिय बैठकको आयोजना गरिने जानकारी गराउँदै त्यसमा सहभागि हुन वानलाई निम्तो दिनुभयो ।
प्रतिउत्तरमा वानले प्रचण्डको निम्तो स्विकार गर्दै लुम्बिनीको वृहत्तर विकाशका लागि आफुले सबै राजनीतिक तथा नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । महासचिव वान सँगको भेटका क्रममा लुम्बिनी विकाश राष्ट्रिय समितिका सदस्य डाक्टर मिनेन्द रिजाल राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य समितिका सदस्य मनोज बहादुर श्रेष्ठ तथा लुम्बिनी विकाश कोषका अन्तराष्ट्रिय सल्लाहाकार नोरितादा मोरिता लगायतको सहभागिता रहेको प्रचण्डका स्वकीय सचिव समीर दाहालले जानकारी दिनुभयो । वानसंग नेपालको शान्ति प्रकृयाका विषयमा पनि छलफल भएको छ ।
भेटमा शान्ति प्रकृयालाई टुंगोमा पुराउन पछिल्लो समय भएको सात बुँदे सहमतिका लागि नेतृत्व र सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको भन्दै वानले प्रचण्डको प्रसंसा गर्नु भयो । लुम्बिनीको बिकासमा संयुक्त राष्ट्रसंघ लगायत विभिन्न निकायको सहयोग जुटाउन प्रचण्ड नेतृत्वको टोली ४ दिन अघि अमेरिका प्रस्थान गरेको थियॊ । टोलीमा लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहर निर्माण गर्ने गुरुयोजना बनाउन गठित समितिका सदस्य एवं काँग्रेस नेता डा. मीनेन्द्र रिजाल मनोज बहादुर श्रेष्ठ प्रचण्डका स्वकीय सचिव समिर दाहाल र प्रकाश दाहाल सहभागि छन । माओवादी अध्यक्ष प्रचण्ड आउँदो २७ गते काठमाण्डू फर्किने कार्यक्रम छ ।

Wednesday, November 9, 2011
तम्घासमा आँखा अस्पताल बन्ने
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आँखा अस्पताल बन्ने भएको छ । आँखा अस्पताल निर्माणका लागि आर्थिक तथा भौतिक व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढिरहेको नेपाल नेत्रज्योति सङ्घ गुल्मीले बताएको छ ।
आइतबार सदरमुकाम तमघासमा सम्पन्न सङ्घको १६औँ जिल्लासभाको अवसरमा जिल्लामा आँखा अस्पताल बनाउने तयारीका साथ काम भइरहेको सङ्घका अध्यक्ष भरतबहादुर चन्दले बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा आँखा अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले जिल्ला विकास समितिमार्फत आँखा अस्पतालको निर्माणमा सहयोगका लागि एकताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । एकीकृत नेकपा (माओवादी) का जिल्ला सह–इन्चार्ज नीमबहादुर पाण्डे, नेपाली काँग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष बोमबहादुर खड्का, राप्रपाका हेमबहादुर बोहरा, राप्रपा नेपालका ठाकुरप्रसाद पाण्डेलगायतका नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

रुरुक्षेत्रमा सात करोड दिप प्रज्वलन
एउटा अभुतपुर्ब र ऐतीहासिक क्षणको सहभागी र साक्षी बन्न पाउँदा रुरु क्षेत्रका सम्पूर्ण बासिन्दाहरुले अत्यन्तै गर्व महशुस गरेका छन। शायद नेपालकै ऐतीहासिक हुन सक्छ तर रुरु क्षेत्रको लागि आजको दिन ऐतीहासिक अबश्य रह्यो। नेपालको प्रशिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्रमा बिश्वो हिन्दू महासंघ,नेपालको आयोजनामा सात करोड दिप प्रज्वलन गरिएको थियो। साँझ ६।३० बजे बाट सुरु गरिएको उक्त दिप प्रज्वलनमा दशौ हजार मानिसहरुको सहभागीता रहेको थियो। करीब तीन सय मिटर लामो स्थान ओगतेको उक्त सात करोड दिपको तीन पटक परीक्रमा गर्न पनि झदै झन्डै मुस्किल परेको थियो। कार्यक्रममा एककरोड दिप प्रज्वलन गर्ने भनीएपनी अन्तिम दिन सम्म आइपुग्दा सात करोड संकलन हुन गएको हो। कार्यक्रम रिडी बगरमा गरीएको थियो।
मलामी गएका कालीगण्डकीमा बेपत्ता
मलामी गएका पाल्पा यम्घा - ५ का गोपीकृष्ण बस्याल कालीगण्डकीमा बेपत्ता भएका छन्।
पाल्पा र स्याङ्गजाको सङ्गमस्थल राम्दी गएका २५ वर्षीय बस्याल कालीगण्डकीमा आफ्तको दाहसंकार गरी नदीमा नुहाउने क्रममा आज बिहान १० बजेतिर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनको अहिले तीव्र रुपमा खोजी कार्य भइरहेको छ।

लुम्बिनीमा भारतीय चासो
भारतीय काग्रेस आईका विदेश विभाग प्रमुख डा. करण सिहले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतको चासो रहने बताउनुभएको छ। रिपोटर्स क्लब नेपालद्धारा मंगलबार आयोजना गरेको साक्षात्कारमा सिंहले भारतीय सिमा भन्दा आठ किलोमिटरमात्र टाढा रहेको लुम्बिनीमा अन्य मुलुकले लगानी गर्दा भारतको पनि चासो रहने बताउनु भएको हो।
साक्षात्कारमा सिंहले गौतम बुद्ध नेपालमा जन्मिए पनि भारतमै ज्ञान आर्जन गरेको र भारतमै देह त्याग गरेकोले लुम्बिनीमा भारतको चासो रहनु स्वभाविक भएको उनको तर्क थियो। उहाँले भारतदेखि लुम्बिनीसम्म बुद्धिस्ट सर्किट भएको भन्दै यसको विकासमा भारतले पनि लगानी गर्नु पर्ने बताए । यसकोलागी आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्ने उनले दृढता ब्यक्त गर्नुभयो। उहाँले लुम्बिनीको विकासको लागि नेपाल र भारतले मिलेर गर्नुपर्ने बताउनुभयो।
उहाँले एपेकमार्फत चिनिया लगानी लुम्बिनीमा ल्याउने र माओवादी अध्यक्ष प्रचण्ड लुम्बिनीमा सहयोग जुटाउन अमेरिका गएको विषयमा आफूलाई कुनै जानकारी नभए पनि अरुले लुम्बिनीमा लगानी गर्दा भारतको चासो भने रहने स्पष्ट पार्नुभयो। उहाँले लुम्बिनी र पशुपतिनाथ नेपाल भारत सम्बन्धको पहिचानको रुपमा रहेकोले पशुपति नाथको पनि गुरुयोजना बनाएर विकास गर्नु पर्ने सुझाव समेत दिनुभयो।
पछिल्लो समयमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउँदै संविधान निर्माण गर्ने सम्बन्धमा दलहरुवीच भएको सात बुँदे सहमतिप्रति भारत सकारात्मक रहेको भन्दै उहाँले भारतको नेपाल नीति सधै सकारात्मक र सहयोगी रहेको दावी गर्नुभयो। नेपालमा कसको नेतृत्वमा सरकार बन्छ भन्नेमा भारतको चासो नरहेको भन्दै शान्ति, संविधान र स्थायीत्वमा भारतको चासो र सदभाव रहेको उहाँको जोड रहेको थियो।
कार्यक्रममा डा. सिंहले सात बुँदे सहमतिले दलहरु मिले नेपालमा जे पनि हुन सक्ने भन्ने प्रमाणित सगरेको भन्दै सात बुँदे सहमति कार्यान्वयन हुनेमा आशा भए पनि चुनौतिहरु प्रयाप्त रहेको बताउनुभयो। उहाँले नेपाल र चीन सार्वभौम राष्ट्र भएकोले उनीहरुवीचको सम्बन्धमा भारतको कुनै आपत्ति नरहने भन्दै नेपालको विकास र स्थायीत्वमा भारत सधै चासो रहने बताउनुभयो। साक्षात्कारका सभापति क्लबका अध्यक्ष ऋषि धमलाले नेपाल र भारतवीचको सम्बन्ध अझै प्रगाढ बन्दै गएको भन्दै भारतले गरेको आर्थिक विकासबाट नेपालले पनि फाईदा लिनसक्नु पर्ने बताउनुभयो।

Sunday, November 6, 2011
रिडी - काली गण्डकी स्नानको लागि तीर्थालुको घुइँचो
हरिबोधनी एकादशीका अवसरमा पवित्र काली गण्डकी स्नान र ह्रिशी केशव भगवानको दर्शनको लागि रिडी काली नदीको किनरमा बिहानैदेखि स्नान गर्ने तीर्थालु भक्तजनको घुइँचो लागेको छ। गाउँगाउँबाट आएका तीर्थालु भक्तजनको स्नान गर्न घुइँचो लागेको हो। भक्तजनहरुले काली नदीमा स्नानपश्चात् ऋषिकेशव भगवानको पूजा अर्चना गरेका छन्।
बिहानैदेखि रिडी रुरु परिसरमा भक्तजनहरुले भजनकीर्तन समेत गरेर उपवास बसिरहेका छन्। पाल्पा र स्याङ्जाको संगम स्थल राम्दीमा एकादशी मेला लागेकै बेला र्याफ्टिङ महोत्सव हुँदैछ। शुक्रबारदेखि सुरु महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव–२०६८ अन्तर्गत आजको आकर्षण र्याफ्टिङ रहेको आयोजकले बताएका छन्। महोत्सव अयोजक समितिका अध्यक्ष दिलिप प्रताप खाँडले आज र भोली र्याफ्टिङ हुने बताए। राम्दीमा श्रीमदभागवत सप्ताह महायज्ञ सञ्चालन भैरहेको छ। पण्डित दिनबन्धु पोखरेलको कथा बाचनमा चलेको महायज्ञमा हजारौंले सहभागिता जनाएका र कात्तिक २४ गतेसम्म चल्ने यज्ञबाट ६ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको खाँडले बताए। महायज्ञ जारीनै छ भने आज लाग्ने एकादशी मेला र र्याफ्टिङ उत्सवले राम्दी क्षेत्र तिर्थालु र आन्तरिक पर्यटकहरुको जमघटले खचाखच भरिने बताइएको छ। पाल्पाका रानीघाटमा पनि एकादशी मेला लागेको छ। यस्तै गुल्मीको ऐतिहासीक तथा धार्मिक स्थल रेसुङ्गा क्षेत्र र रुरु क्षेत्रमा दिनभर श्रृद्धालु भक्तजनहरुको निक्कै घुँईचो लाग्ने गर्दछ। रेसुङ्गाको पोखरीमा रहेको पानीले स्नान गरेपछि जीवनमा गरेका सम्पूर्ण पापहरु नष्ट हुने धार्मिक विश्वास रहेको छ। रेसुङ्गा पोखरीमा स्नान गर्नका लागि गुल्मी लगायत पाल्पा, बाग्लुङ्ग, अर्घाखाँची, प्यूठान लगायत टाढा टाढाबाट पनि श्रृद्धालु भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ। रेसुङ्गा क्षेत्रमा श्रृद्धालु भक्तजनहरुको सुविधाका लागि सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष रुद्रबहादुर भुजेलले बताए।

Subscribe to:
Posts (Atom)