अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Friday, July 1, 2011

अर्घाखाँचीका स्थानीय स्तरमा बोलिने केहि शब्दहरु लोपहुने स्थितिमा

अर्घाखाँचीमा स्थानीय स्तरमा बोलिने भाषाका केहि शब्दहरु लोपहुने अबस्थामा पुगेका छन् / जस्तै हुन्तो, कर, हए, जातिबिती, टेस परो, सार परो, अण, त्या अण, जाद्रै, लगायतका शब्दहरु बिस्तारै बिस्तारै कम सुनिन थालेका छन् / मानिसमा आएको शैक्षिक चेतना बृदिको कारण यस्ता शब्दहरु हराउन थालेको केरुंगा, जाबुनडाडा घरभई हाल काठमाडौँका विभिन्न क्याम्पस प्राध्यापन गर्नु हुने नबराज पाण्डे बताउनु हुन्छ / उहाले मानिसमा आएको चेतनामा बृदिको खुलेर प्रसंशा गर्दै यस्ता स्थनीय परिचयक शब्दहरुको संरक्षण गर्नु पर्नेमा पनि जोड दिनु भयो /

गाउमा खन्यु र बिडुला पाक्न थाले


अहिले बर्तमानमा जो जहाँ जस्तो अबस्थामा भए पनि गाउघरको याद न आउने को होला र ? यतिबेला अर्घाखाँचीका गाउमा गाउमा खन्यु, बिडुला, बडहर, आरु, आप लगायतका स्थानीय फलफूल पाक्न थालेका छन् / जताततै हरियाली छाएको छ / बनमा चित्रा चित... चित..... चितिरित ..........गरि कराउन थालेका छन् / बारीमा मकै , कबेलीका झाल एक आपसमा लुकामारी खेल्दै छन् / आहा हाम्रो गाउघर....अनि ...तर .... तपाइको उपस्थितिको मात्रै कमि छ ! अब सबै काम छोडी एक पटक आफ्नो गाउ घरको यादमा डुब्ने पो हो कि ........घरमा फोन गर्ने पो हो कि .....!!!!!!!!!!!!

लगातारको झरीले अर्घाखाँचीको जनजीवन प्रभावित

अर्घाखाँची तथा गुल्मी,पाल्पा,कपिलबस्तु लगायत देशभर परेको लगातारको झरीले गर्दा जनजीवनप्रभावित बन्न पुगेको छ /जिल्लाका ग्रामिण क्षेत्रका अधिकांश कच्ची सडकमा पहिरोले गर्दा यातायात अबरुद्ध हुन पुगेको छ / जसको कारण सदरमुकाम सन्धिखर्क लगायत बुटवल जाने र घर फर्कन चाहाने यात्रुहरु प्रभावित हुन पुगेका छन् /ठुलोखोलामा आएको बाढीले गर्दा मथुरा फाट,खेवा,लब्धी,चिसापानी आदि स्थानमा बाढीलेप्रभावितपरेकोछ / साथै जिल्लाका अन्य स्थानमा पनि खोलामा बाढी आइ प्रभावित पारेको छ /स्थानीय एक बासिन्दाको भनाइ अनुसार धेरै समय पछि टारीखेतमा रोपाई गर्न पानी आएकोले गाउमा निकै खुशी छाएको छ /

Thursday, June 30, 2011

जलबायु परिबर्तनको असर अर्घाखाँचीका भ्यागुतामा पनि

अहिले वर्षातको समय छ. झरी परि रहेको छ, जताततै मूल फुटेको छ, खेतमा, पोखरीमा,घर घरमा पानी भर्न खनेको सानासाना पोखरीमा समेत पानी जम्मा भएको छ / यसबेला मजाले भ्यागुताहरु कराउने , साउने किरा आउने समय हो तर अहिले बिगतको जस्तो भ्यागुताहरु , साउने किराहरु नभएको स्थानीय बूढापाकाहरु बताउ छन् / उनीहरु यो कलि लागेको र प्रकृतिमा प्रभाब परेको भन्दछन भने सो कुरा नमान्नेहरू जलबायु परिबर्तनको असर , प्रकृतिमा मानबिय प्रभाब लगायत अन्य कारणले गर्दा अर्घाखाँचीका भ्यागुताको संख्यामा कमि आएको बताउ छन् /

अर्घाखाँचीमा वाली गीत गाउदै असार पन्ध्र मनाइयो



असारे  मासको दबदबे हिलो छि मलाई घिन लाग्यो

पातली नानीलाई फरिया किन्दा छ बिस ऋण लाग्यो ............

भन्दै वाली गीत गाउदै, दहि चिउरा खाएर अर्घाखाँचीमा पनि असार पन्ध्र मनाइयो / बिगतमा रोपाई गर्न समयमा पानी नपरेको कारण रोपाई ढिला शुरुहुने गरेकोमा यसपटक भने समयमा पानी परेकोले रोपाई गर्न सहज भएको छ र किसान माझ खुसियाली छाएको छ / अर्घाखाँचीको मथुरा फाट, चुत्राबेशी, बेलवा लगायत अधिकांश ठाउमा रोपाई शुरु भएको छ /

Wednesday, June 29, 2011

अर्घाखाँची जिल्लामा भैंसीको अभाव

अर्घाखाँची जिल्लामा भैंसीको अभाव हुन थालेको छ । भैंसी ब्यापारीहरुले मासुका लागि थारो भैंसी र दुहुना भैंसी समेत गाउँगाउँबाट खरिद गरी शहरमा लगेर बिक्री गर्न थालेपछि जिल्लामा भैंसीको अभाव हुन थालेको हो ।मासुका लागि पाडा र राँगाहरु मात्र बिक्री हुने गरेकोमा ३ वर्षयता भैंसीका पाडी र दूध दिने भैंसी समेत सहरमा निकासी हुन थालेपछि जिल्लामा भैंसीको अभाव हुन थालेको हो ।

  बर्केना थारो भैंसीलाई जिल्लामा २ वर्ष पहिलेसम्म ६ हजारदेखि १० हजारसम्ममा बिक्री हुने गरेकोमा भैंसी व्यवसायीहरुले बर्केना र थारो भैंसी १२ देखि २० हजारसम्ममा खरिद गर्न थालेपछि जिल्लामा भैंसी रित्तिन थालेका हुन् । मासुका लागि जिल्लाबाट भैंसी निकासी हुन थालेपछि लैना भैंसीको मूल्यपनि निक्कै चर्किएको छ । २ वर्ष पहिलेसम्म १२ हजारदेखि १७ हजार मूल्यमा पाइने भैंसी अहिले ३५ देखि ४० हजारमा पनि पाइन मुस्किल पर्ने गरेको कृषकहरुको भनाइ छ ।
भैंसीपालन व्यवसायका लागि अनुकुल मानिएको अर्घाखाँचीमा लैनो भैंसी नपाइँदा कृषकहरु निक्कै चिन्तित भएका छन् । व्यवसायिक रुपमा ८-१० वटा भैंसी पाल्ने कृषकहरुले आर्थिक प्रलोभनमा परी गोठका भैंसी रित्ताएर १-२ वटा मात्र पाल्न थालेको जनाइएको छ । जिल्लाबाट ट्रकका ट्रक भैंसीहरु बाहिँरिदा पनि स्थानीय प्रशासन र सरोकार वाला निकाय भने मौन रहेका छन् । गाउँबाट भैंसी रित्तिँदै गएपछि जिल्लामा दूध र घिउको अभाव हुन थालेको छ ।

From:

अर्घाखाँचीको यात्राको सुरक्षा भगवानमा निहित

अर्घाखाँची जिल्लाको ग्रामिण क्षेत्रको  सडक संजाल प्राय साघुरो  एवं  कच्ची रहेकोले बर्षातको समयमा सडकमा पानी जम्ने, सडकमा खाल्डा पर्ने, सडक गिलो हुने, भासिने आदि कारणले बर्षातको समयमा सडक दुर्घटना बढ्न सक्ने यात्रुहरुले बताएका छन् / कमजोर सडक र चालकको गल्तीले गर्दा सडक दुर्घटना बाट ज्यान गुमाउनेको संख्या बर्सेनि बढी रहेको छ / सन्धिखर्क हुदै बुटवल जाने आउने यात्रुले श्री सुपा देउरालीको दर्शन गरी सुरक्षित यात्राको कामना गर्ने र यता केरुंगा , बलकोट हुदै यात्रा गर्नेले रिडीको दर्शन गरी सुरक्षित यात्राको कामना गर्ने चलन यद्यपी कायम नै छ / यसरी अर्घाखाँचीको यात्राको सुरक्षा भगवानमा निहित रहेको भन्ने यात्रुको कमि छैन /