अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Monday, July 4, 2011

अर्घाखाँचीमा कृषि श्रमिकको अभाब


अहिलेको युवा पुस्ताले कृषि क्षेत्र आफ्नो रोजाईमा नपार्नाले र युवा पलायनको समस्याको
कारण अर्घाखाँचीमा कृषि श्रमिकको अभाब हुन गएको छ / जसको कारण अहिले गाउ गाउमा
खेत, बारीमा काम गर्ने मानिस पाउन निकै कठिन भएको छ / अहिले चैते धान काट्ने र रोपाई
गर्ने समयमा निकै ठुलो कठिनाई भोग्नु परिरहेको अर्घाखाँचीका कृषकहरु बताउ छन् /

अर्घाखाँचीका स्कूलमा मोबाइल लैजान प्रतिबन्ध


हालै प्रकाशित एस.एल.सी. नतिजा अनुसार अर्घाखाँची जिल्लामा २८% को संख्याको
हाराहारीमा मात्र बिद्यार्थी उतिर्ण रहेको र जिल्लाको शैक्षिक बाताबरणमा मोबाइलले
प्रतिकुल प्रभाब परेको भन्दै अब देखि स्कूलमा मोबाइल लैजान नपाउने गरि प्रतिबन्ध
गरिएको छ / अब यस प्रतिबन्ध बाट विद्यालयको शैक्षिक बाताबरणमा सकारात्मक प्रभाब
पर्ने समेत आकलन गरिएको छ /

Sunday, July 3, 2011

बुटवल-रिडी-बलकोट- छत्रगन्ज सडक अझै सुचारु हुन सकेन

लगातारको बर्षाले गर्दा बुटवल-रिडी-बलकोट- छत्रगन्ज सडक खण्डको विभिन्न
स्थानमा आएको पहिरो , बाढी र कच्ची हिलो सडकका कारण अझै सडक सुचारु
हुन सकेको छैन / जसको कारण गाउबाट बुटवलतर्फ र बुटवलबाट गाउतर्फ जाने
यात्रुलाई कठिनाई भएको छ / मुलत यसबाट बृद,अशक्त बिरामी , टाढा टाढा जानु
पर्ने यात्रुहरु र टाढा टाढा बाट घर फर्किने यात्रुहरु बढी प्रभावित भएका छन् /

बिबिध कार्यक्रमको आयोजनागरि अर्घाखाँचीमा पनि गिरिजा प्रसाद कोइरालाको जन्मजयन्ति मनाइयो

नेपाली कांग्रेसका स्व. नेता गिरिजा प्रसाद कोइरालाको ८८ औ जन्मजयन्ति अर्घाखाँचीमा पनि बिबिध कार्यक्रमको आयोजनागरि मनाइयो / जिल्ला र स्थानीय स्तरमा आयोजना गरिएको अधिकांश
कार्यक्रमका अधिकांश बक्ताहरुले वर्तमान सरकार गिरिजा प्रसाद कोइरालाले सधै भन्ने गरेको जस्तो सहमति , सहकार्य र एकताबाट चल्नु पर्ने र मुलुकलाई छिट्टै निकास दिनु पर्ने बताए / स्व. कोइरालाको ८८ औ जन्मजयन्ति कार्यक्रममा सहभागी अर्घाखाँची जिल्लाका नेपाली कांग्रेसका प्रभाबशालि नेता श्री दिनामणि पाण्डेले नेपाली कांग्रेसमा अरु पार्टीमा भएजस्तो गुट उपगुट श्रीजना हुन नदिन नेताहरु चनाखो हुनु पर्ने र पार्टी लाई एकताबद्ध रुपमा केन्द्रीय तह बाट तल्लो तहसम्म लागेमा मात्र स्व. कोइरालाको सच्चा श्रद्धान्जली हुने बताउनु भयो /

Saturday, July 2, 2011

अर्घाखाँचीको हंसपुरमा पहिरोले पुरिएर एक जनाको मृत्यु


अर्घाखाँची जिल्लाको हंसपुरमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ / हंसपुर गाविसको साखिन्दार निवासी श्री चन्द्रबहादुर श्रीसको घर पहिरोमा पुरिएपछि उनकी श्रीमतीको ज्यान गएको
हो । त्यस्तै हंसपुर गाविसको वाड नं . ५ मा उदय थापाको त्रिसना मेडिकल भएको घर र हसपुर ४ कै केदार सिंह घर्तीको घर पनि पहिरोले पुरेको छ ।

Friday, July 1, 2011

अर्घाखाँचीका स्थानीय स्तरमा बोलिने केहि शब्दहरु लोपहुने स्थितिमा

अर्घाखाँचीमा स्थानीय स्तरमा बोलिने भाषाका केहि शब्दहरु लोपहुने अबस्थामा पुगेका छन् / जस्तै हुन्तो, कर, हए, जातिबिती, टेस परो, सार परो, अण, त्या अण, जाद्रै, लगायतका शब्दहरु बिस्तारै बिस्तारै कम सुनिन थालेका छन् / मानिसमा आएको शैक्षिक चेतना बृदिको कारण यस्ता शब्दहरु हराउन थालेको केरुंगा, जाबुनडाडा घरभई हाल काठमाडौँका विभिन्न क्याम्पस प्राध्यापन गर्नु हुने नबराज पाण्डे बताउनु हुन्छ / उहाले मानिसमा आएको चेतनामा बृदिको खुलेर प्रसंशा गर्दै यस्ता स्थनीय परिचयक शब्दहरुको संरक्षण गर्नु पर्नेमा पनि जोड दिनु भयो /

गाउमा खन्यु र बिडुला पाक्न थाले


अहिले बर्तमानमा जो जहाँ जस्तो अबस्थामा भए पनि गाउघरको याद न आउने को होला र ? यतिबेला अर्घाखाँचीका गाउमा गाउमा खन्यु, बिडुला, बडहर, आरु, आप लगायतका स्थानीय फलफूल पाक्न थालेका छन् / जताततै हरियाली छाएको छ / बनमा चित्रा चित... चित..... चितिरित ..........गरि कराउन थालेका छन् / बारीमा मकै , कबेलीका झाल एक आपसमा लुकामारी खेल्दै छन् / आहा हाम्रो गाउघर....अनि ...तर .... तपाइको उपस्थितिको मात्रै कमि छ ! अब सबै काम छोडी एक पटक आफ्नो गाउ घरको यादमा डुब्ने पो हो कि ........घरमा फोन गर्ने पो हो कि .....!!!!!!!!!!!!