अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Saturday, July 9, 2011

खाल्डोमा ४५ दिन निराहार तपस्या

टोपराज शर्मा
मानिस खाना नखाई कति दिन बस्न सक्ला ? दुई-चार दिन अथवा बढीमा एक हप्ता, तर धेरैको यस्तो अनुमानलाई गलत सावित गरिदिएका छन् ३१ वर्षीय सरोज अधिकारीले। रूपन्देहीको पर्यटकीय स्थल शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा आफूलाई शान्तिदूत बताउने अधिकारीले वैशाख १ गतेदेखि जेठ १४ गतेसम्म ४५ दिनसम्म निराहार भूगर्भ तपस्या बसेर सबैलाई अचम्मित तुल्याउँदै नयाँ कीर्तिमान बनाएका हुन्। अर्घाखाँची घर भै बुटवल बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक अध्ययनरत अधिकारीले विश्व शान्तिको कामना, संविधान निर्माणमा दबाब, पर्यटन वर्ष सफल पार्न टेवा पुर्‍याउने एवं योगको महत्त्व दर्साउन निराहार तपस्या गरेको बताएका छन्। वन विहारमा ९ फिट गहिरो र ९ फिट चौडा खाल्डोमा बसेर तपस्या गरेका अधिकारीले हरेक दिन बिहान ३ बजे पानी मात्र पिउने गरेका थिए।


सुरुमा ४० दिन निराहार बस्ने घोषणा गरेका अधिकारीले जेठ १० गते ५ दिन थप गरेका थिए। अधिकारीले यसअघि दाङमा २१ दिन निराहार तपस्या गरेका थिए। नेपालमा हालसम्मकै सबैभन्दा लामो दाबी गरिएको र विश्वमा समेत दुर्लभ मानिने निराहार तपस्याका कारण चर्चामा आएका अधिकारी विश्वमा चुलिँदै गएको खाद्यान्न संकट कम गर्न र मानव स्वास्थ्यलाई तन्दुरुस्त राख्न पनि हरेक व्यक्ति सातामा कम्तीमा एक दिन निराहार बस्नुपर्छ भन्छन्।
http://www.ekantipur.com/

Friday, July 8, 2011

कर्मचारीको तलब बढ्ने

सरकारले बजेटमार्फत कर्मचारीको तलब वृद्धि गर्ने तयारी गरेको छ । बुधबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सल्लाहकार केशव आचार्यले यस्तो खुलासा गरेका हुन् ।
'सरकारसँग पयाप्त स्रोत नभए पनि सरकारी कर्मचारीको तलब वृद्धि गरिने छ,' आचार्यले भने, 'तर कति वृद्धि गर्ने भनेर टुंगो लागिसकेको छैन ।'
उनले आगमी बजेट ठूला आयोजनामा लगानी गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा केन्दि्रत रहने जानकारी दिए । जलाशययुक्त जलविद्युत् आयोजना, विद्युत् विकास बैंक र जनताको जलविद्युत् कार्यक्रममा प्राथमिकता दिने उनले बताए ।
वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव समाधान गर्न पनि विशेष कार्यक्रम आउने उनले बताए । बजेटको आकार भने राष्ट्रिय योजना आयोगले तोकेबमोजिम हुने उनको भनाइ थियो ।
अर्थशास्त्री विश्वम्भर प्याकुर्‍यालले बजेटको आकारलाई बढाउन नहुने बताए । आकार वृद्धि गर्दा मुद्रास्फीति बढ्ने उनले बताए । 'सरकारले विकास खर्च गर्न नसक्दा बजेटको आकार मात्र बढाएर अर्थतन्त्रलाई सहयोग हुँदैन,' उनले भने ।
अर्का अर्थशास्त्री चिरञ्जीवी नेपालले तरलता अभावको समस्या तरलता व्यवस्थापन कोष बनाएर हल गर्न सकिने बताए । उनले बजेट वितरणमुखी भएर आउन लागेको गुनासो गरे ।

Thursday, July 7, 2011

मृतक परिवारलाई क्षतिपूर्ति दिन आदेश

दिनेश रेग्मी
कतारस्थित समुद्रमा २ वर्षअघि पानी जहाज दुर्घटना परी मृत्यु भएका ८ नेपाली कामदारका परिवारलाई क्षतिपूर्ति दिन यहाँको पुनरावेदन अदालतले आदेश दिएको छ ।
दुर्घटनामा परेका अरू ४ कामदारको क्षतिपूर्तिको सुनुवाइ भने तीन महिनापछि हुने भएको छ ।
पुनरावेदन अदालतबाट मुद्दा जित्नेमा बगडा(६ महोत्तरीका शेषनाथ यादव, डिभर्ना(३ अर्घाखाँचीका मानसिंह खत्री, जौलीपोखरी(८ रोल्पाका जयबहादुर पुन मगर, कटकुइया(१ बनियाँगाउँ, बाँकेका मृतक अब्बास अहमद सई, फेटा(८ बाराका मेहदी हुसेन मियाँ, हब्सेकोट(३ नवलपरासीका घनश्याम सार्की, छिस्ती(१ बागलुङका लीलाराम पौडेल र हापुर(२ दाङका शंकर विष्टका परिवार छन् ।
कामदारहरू गुम्दी(५ धादिङका गंगाबहादुर गुरुङ, सुगाभवानीपट्टी(५ महोत्तरीका राजीवकुमार दत्त, गैराकोट(१ पाल्पाका तिलकबहादुर खम्चा र कुर्घा३ पर्वतका ऋषिप्रसाद शर्मा पौडेलको मुद्दाको सुनुवाइ अक्टोबर ९असोज(कात्तिक)मा हुने यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विभिन्न मितिमा पुनरावेदनबाट ८ जनाको मुद्दा जितेका छौं । बाँकीको सुनुवाइ अक्टोबरमा हुने जानकारी आएको छ, कतारका लागि नेपाली राजदूत सूर्यनाथ मिश्रले भने, अब कामदार कार्यरत रहेको कम्पनी एबिकेले सर्वोच्चमा मुद्दा दायर नगरे चाँडै क्षतिपूर्ति पाउने छौं । सर्वोच्चमा मुद्दा दायर गर्न कम्पनीले ६० दिनको म्याद पाउँछ । उसले प्रतिकामदार २५ हजार रियाल (५ लाख रुपैयाँ० धरौटी राख्नुपर्ने कतारी कानुनमा प्रावधान छ ।
राजदूत मिश्रले सिभिल कोर्टबाट सबै कामदार र पुनरावेदन अदालतबाट ८ कामदारको मुद्दा जितिसकेको हुँदा एउटै प्रकृतिको मुद्दा भएकाले बाँकी ४ ले समेत पुनरावेदनबाट जित्ने विश्वास व्यक्त गरे । दूतावासले प्राइमरी कोर्टबाट २०६७ माघ १२९२६ जनवरी २०११ ० मा मुद्दा जितेर क्षतिपूर्तिका लागि क्यारिङ आउट कोर्टु (अदालतको फैसला कार्यान्वयन गर्ने अदालत) मा रकम दाबी गरेको बेला एचबिके कम्पनी पुनरावेदन अदालत पुगेको थियो । ुहरेक कामदारको २५ हजार रियाल धरौटी राख्नुपर्ने र दुई वटा अदालतबाट हारिसकेकाले कम्पनी सर्वोच्च जाने सम्भावना कम छ, मिश्रले भने ।
कतारी कानुनअनुसार कामको सिलसिलामा मृत्यु भएका प्रत्येक कामदारको परिवारले ब्लड मनीस्वरूप  २ लाख रियाल ९४० लाख रुपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था छ । दूतावासका तर्फबाट कतारी महिला कानुन व्यवसायी मोना अब्दुल रहेमान हुसेन एयरले मुद्दा लड्दै आएकी छन् । २०६६ असार १६ ९२००९ जुन ३०० कामको सिलसिलामा पानी जहाज दुर्घटनामा परेर १२ नेपाली, १६ भारतीय, एक बंगालादेशी र एक इन्डोनेसियालीसहित ३० जनाको भएको थियो । कतारको समुद्रमा भएको ग्यास प्लान्टको सफाइ गरेर र्फकंदै गर्दा जहाज पल्टिँदा उनीहरूको मृत्यु भएको थियो ।
युएईको दुबईस्थित एउटा कम्पनीको भाडामा लिएको उक्त पानी जहाजमा चालक दलका ९ सदस्यसहित ३५ जना कामदार सवार थिए । जसमध्ये नेपालीसहित २४ जना एचबिके कम्पनीका र २ जना एचबिकेकै लागि क्याटरिङ कम्पनीबाट ल्याइएका कामदार थिए ।  एचबिके पावर क्लिनिङ कम्पनी र कतारकै बिमा कम्पनीबीच कसले क्षतिपूर्ति दिने भन्ने विवाद थियो । एचबिकेले कामदारको बिमा गरेकाले क्षतिपूर्ति रकम बिमा कम्पनीले तिर्नुपर्ने दाबी गरेको छ ।
ुहाम्रा कामदार एचबिके कम्पनीमा कार्यरत रहेकाले हामी एचबिकेविरुद्ध मुद्दा लड्दै आएका छौं, राजदूत मिश्रले भने, उसले जसबाट क्षतिपूर्ति लिए पनि हाम्रा कामदारको तिर्नुपर्छ । बिमा कम्पनीले पानी भाडामा चलाएको एचबिकेले पुरानो जहाज प्रयोग गरेको र चालक ९क्याप्टेन० को लापरबाहीले दुर्घटना भएकाले क्षतिपूर्ति एचबिकेले तिनुपर्ने अडान लिएको छ ।
From : http://khadisandesh.blogspot.com

Wednesday, July 6, 2011

जुवाडे मास्टर सापहरु जरिवाना तिरेर मुक्त

छ दिन अघि तास खेल्दै गरेको अवस्थामा तम्घासको होटलबाट पक्राउ परेका शिक्षक मंगलबार जरिवाना तिरेर मुक्त भएका छन् ।
प्रहरीले विहीवार तम्घासको अमृत गेष्टहाउसबाट तास खेल्दै गरेको अवस्थामा पक्राउ परेका अर्जे–५ का विद्यादेवि प्राविका प्रधानाध्यापक रणबहादुर नेपाली, छापहिले–२ का जमलपोखरा माविका शिक्षक अशोक जि.सी. र इस्मारजस्थल–९ का खड्गदेवी प्राविका शिक्षक धन बहादुर कुँवरलाई जरिवाना लिएर अदालतले मुक्त गरेको हो । तीन जना शिक्षकसंगै छापहिले–२ का हरीलाल थापा पनि पक्राउ परेका थिए ।
जुवा ऐन २०२० अनुसार खेल्नेलाई जनही २ सय रुपैंया र हेर्नेलाई ५० रुपैंया अभियोग दावी अनुसार जिल्ला न्यायधीश खडानन्द तिवारीको इजलासको फैसला अनुसार उनीहरु मुक्त भएको जिल्ला न्यायधिवक्ता कुलप्रसाद पाण्डेले बताए । चार जना मध्ये प्रधानाध्यापक नेपाली हेर्ने मध्येमा परेकाले ५० रुपैंया जरिवानामा परेका थिए ।
जुवा ऐन २०२० अनुसार पहिलो पटक सामान्य जरिवाना र पटकेमा पर्नेलाई दोस्रो पटक देखि कैदसम्मको सजाय व्यवस्था छ । पक्राउ चारै जनाबाट जफत गरिएको रकम र विगो भने जफत गरिएको अदालतले जनाएको छ ।
 कान्तिपुर दैनिक

बुटवलमा डेंगु संक्रमणका बिरामी भेटिए


यो वर्ष पनि हालै बुटवलमा डेंगु संक्रमणका बिरामी भेटिएका छन् / गत बर्ष असोजमा मात्र डेंगुका
बिरामी भेटिएकोमा यस वर्ष भने असारमै डेंगु संक्रमणका बिरामी भेटिएका छन् / लुम्बिनी अन्चल
अस्पतालमा उपचार्थ भर्ना भएका बिरामी मद्धे एक जना पुरुष र एक महिलामा सो रोग भेटिएको सो अस्पतालले जनाएको छ /

लगातारको झरीले गर्दा कपिलबस्तुमा मदरसा बिद्यालय भत्कियो

लगातारको झरीले गर्दा कपिलबस्तु जिल्लाको पिपरा -७ गौरा गाउमा रहेको मदरसा बिद्यालय भत्किएको छ / सो मदरसा  बिद्यालय २०५० सालमा निर्माण गरि कक्षा ५ सम्म पढाई हुदै आएको थियो / तर सो मदरसा बिद्यालय  भत्किए पछि सो मदसा स्कूलमा अध्यनरत १४० बिद्यार्थी अहिले
 खुला आकास मुनि पढ्न बाध्य छन् /

Tuesday, July 5, 2011

अर्घाखाँचीमा करोडौ मूल्य बराबरका जडिबुटीको सदुपयोग भएन

प्राकृतिक सम्पदामा धनि जिल्ला अर्घाखाँचीमा करोडौ मूल्य बराबरका जडिबुटीको सदुपयोग भएन /
जसको कारण जिल्लाले आफ्नो आयको ठुलो हिस्सा समेत गुमाउनु परेको / जिल्लाको विभिन्न स्थानमा पाइने टिमुर , चिराइतो, हर्रो , बर्रो, रिठा लगायतका अन्य बहुमुल्य जडिबुटी उचित संरक्षणको अभाबमा बन जंगलमा तेत्तिकै खेर गईरहेका / यस्ता जडिबुटी गाई, भैसी , बाख्रा आदिलाई घासको रुपमा उपयोग भैरहेको /