अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, July 31, 2011

तीन दिनअघि प्यूठानको बरौलामा भेटिएको बम निश्क्रिय पार्न अझै स्विकृति गरिएको छैन

तीन दिनअघि प्यूठानको बरौलामा भेटिएको बम अझै निश्क्रिय पारिएको छैन । बरौला ७ मलवाङमा शुक्रवार दिउँसो फेला परेको सकेट बम निश्क्रिय पार्नको लागि नेपाली सेना डिस्पोजल विभागबाट स्विकृति नआएकाले निश्क्रिय गरिएको छैन ।


बम स्थानीय अमर बहादुर सार्कीले खेतमा काम गर्दै गर्दा फेला पारेका थिए । आइतवार स्वट्ठकृत आएमा बम निश्क्रिय गरिने चण्डीदल गण प्यूठानले जनाएको छ । बमलाई प्रहरीको निगरानीमा राखिएको बरौला प्रहरी चौकीका इन्चार्ज मोहन वलीले बताए । द्धन्द्धकालमा तत्कालीन बिद्रोही माओवादी ओहोरदोहोर गर्ने क्रममा खसेको हुनसक्ने प्रहरीको आंशका छ ।

लुम्बिनी परिकल्पना बुनिएको 'एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन' मा को-को छन् त

लुम्बिनीलाई 'मुस्लिमको मक्का' र 'क्रिस्चियनको भेटिकनसिटी'जस्तै बनाउने परिकल्पना बुनिएको तीन अर्ब अमेरिकी डलर सहयोग घोषणा गर्ने चिनियाँ संस्था 'एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन' का ९ सहअध्यक्षमध्ये माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वयुवराज पारस शाहसहित आठ जना गैरचिनियाँ छन् ।


कार्यकारी उपाध्यक्ष एक जना मात्र चिनियाँ व्यक्ति हुन् । सहअध्यक्षहरू प्रायःजसो धनाढ्य छन् भने पाँच जना व्यवसायी हुन् । व्यवसायीमध्ये तीन जना अमेरिकी, एक बेलायती र एक मलेसियाली छन् । नेपाल र थाइल्यान्डका एक-एक राजनीतिज्ञ छन् । बाँकी दुईमध्ये कूटनीतिज्ञ र पूर्वयूवराज हुन् । को-को छन् त संस्थामा ?

१. पुष्पकमल दाहाल

फाउन्डेसनले आफ्नो वेबसाइटमा आफ्नो संस्थाका सहअध्यक्ष पुष्पकमल दाहाललाई नेपालमा क्रान्तिकारी परिवर्तन ल्याउने ठूलो पार्टी एकीकृत माओवादीका अध्यक्ष भनेर चिनाएको छ । दाहाललाई विदेश भ्रमण चीनबाट सुरु गर्ने पहिलो नेपाली प्रधानमन्त्रीका रूपमा समेत उल्लेख गरिएको छ । यसअघिका नेपाली प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने परम्परा दाहालबाट तोडिएको समेत उल्लेख छ ।

२. पारस शाह

फाउन्डेसनका अर्का सहअध्यक्ष पारस शाहलाई भने नेपालका युवराजकै रूपमा चिनाइएको छ ।

ज्ञानेन्द्र शाहलाई पूर्वराजा

भनिए पनि नेपालको संविधानअनुसार पारस राष्ट्रप्रमुख हुने लेखिएको छ ।

३. जिआओ उनान

स्नातकोत्तरसम्म अध्ययन गरेका ४७ वषर्ीय जिआओ उनान हालसम्म पदमा देखिएका एकमात्र चिनियाँ हुन् । बेइजिङमा जन्मिएका उनान चीनको उत्तरपूर्वी हेलोजियान प्रान्तको राजधानी हारविनका बासिन्दा हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य उनी चीनको राष्ट्रिय विकास तथा सुधार आयोगमा पश्चिम क्षेत्रीय उपनिर्देशक छन् । विश्व बौद्ध शान्ति प्रतिष्ठान र चीनको सामाजिक, आर्थिक तथा सांस्कृतिक आदानप्रदान समितिका समेत उनी उपाध्यक्ष हुन् । राष्ट्रसंघअन्तर्गत औद्योगिक विकास संगठन र विभिन्न चिनियाँ बैंकमा काम गरेको उनको अनुभव छ । अक्सफोर्ड आर्थिक अनुसन्धानमा वरिष्ठ सल्लाहकार, युनिभर्सिटी अफ हाइफा इजरायलका कार्यकारी निर्देशकलगायत उनी संलग्न संघसंस्थाको फेहरिस्त लामै छ ।

४. लियोन चार्नी

७३ वषर्ीय चार्नी अमेरिकी रियल स्टेटका टाइकुन हुन् । १ अर्ब ३० करोड डलरका मालिक उनलाई फोब्र्स म्यागजिनले अमेरिकी धनाढ्यको सूचीमा ३०८ औं नम्बरमा राखेको छ । पूर्वअमेरिकी राष्ट्रपति जिमी कार्टरका सल्लाहकार उनलाई पर्दा पछाडिका चतुर खेलाडी मानिन्छ । सन् १९७८ मा इजिप्ट र इजरायलबीच अमेरिकामा भएको पहिलो क्याम्प डेभिड शान्ति सम्झौता गराउन चार्नीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । यसबाहेक टेलिभिजन कार्यक्रम प्रस्तोता, राजनीतिक विश्लेषक, लेखक, सामाजिक कार्यकर्ता र यहुदी नेताका रूपमा समेत उनी उत्तिकै चिनिन्छन् ।

५.ज्याक रोजेन

ज्याक रोजेन अमेरिकी जुइस कंाग्रेसका अध्यक्ष हुन् । ५८ वषर्ीय उनलाई एक दैनिक पत्रिकाले अमेरिकाको उत्कृष्ट पाँच प्रभावशाली यहुदीमा सूचीकृत गरेको छ । दूरसञ्चार, स्वास्थ्य, सौन्दर्य प्रसाधनलगायत व्यवसायमा संलग्न उनी थुप्रैै बहुराष्ट्रिय कम्पनीमा अध्यक्ष छन् । संसारकै प्रमुख राजनीतिज्ञसँग उनको निकट सम्बन्ध रहेको फाउन्डेसनको वेबसाइटमा उल्लेख छ । रोजेनले थुप्रै पटक चीन भ्रमण गरेका छन् ।

६. टियोन हिउ किङ

७५ वर्षीय किङ मलेसियामा चिनियाँ मूलका धनाढ्य उद्यमीमा पर्छन् । एक अर्ब बीस करोड अमेरिकी डलरका मालिक उनलाई फोब्र्स म्यागजिनले मलेसियाका ४० धनाढ्यको सूचीमा १० औं नम्बरमा राखेको छ । काठ, तेल र सञ्चारक्षेत्रमा उनको लगानी छ । रिन्बुनान हाइजु ग्रुपका कार्यकारी अध्यक्ष उनको व्यवसाय हङकङ, चीन, सिंगापुर, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायत मुलुकमा समेत फैलिएको छ । फाउन्डेसनले चिनियाँ राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत नेताहरूसँग उनको राम्रो सम्बन्ध रहेको जनाएको छ ।

७. स्टिभन क्लार्क राकफेलर

४१ औं पूर्वअमेरिकी उपराष्ट्रपति नेल्सन राकफेलरका नाति हुन् स्टिभन । स्नातकोत्तरसम्म अध्ययन गरेका उनी अमेरिकास्थित पार्क एभेन्यु बैंकका निर्देशक हुन् । माइक्रोक्रेडिट बैंकिङका ज्ञाता उनलाई गरिबी उन्मूलन गर्न विशेष योगदान गरेबापत राष्ट्रसंघद्वारा फुल ब्राइट अवार्डले पुरस्कृत गरिएको थियो । सामाजिक संस्था ग्रामीण फाउन्डेसनका समेत उनी निर्देशक छन् ।

८. डा. राम्जी सन्बार

राम्जी सन्बार लन्डनस्थित सन्बार विकास निगम 'एसडीसी ग्रुप' का संस्थापक अध्यक्ष हुन् । ऊर्जा, निर्माण, सूचना प्रविधिलगायत क्षेत्रमा कार्यरत उक्त कम्पनी अमेरिका, युरोप तथा मध्य र सुदूरपूर्वमा समेत अग्रणी मानिन्छ । बेरुतको अमेरिकन विश्वविद्यालयबाट स्नातक उनलाई पेरिस विश्वविद्यालयले पर्यावरणसम्बन्धी मुद्दामा काम गरेबापत विद्यावरिधिको उपाधि दिएको हो ।

९. कोलिन हेसल्टिन

अस्टे्रलियाका वरिष्ठ कूटनीतिज्ञका श्रेणीमा पर्छन् हेसल्टिन । हाल नाटिलस इन्स्िटच्युटमा वरिष्ठ सहायक पदमा कार्यरत उनी सन् १९८२ देखि १९८५ र १९८८ देखि १९९२ सम्म बेइजिङस्थित अस्ट्रेलियाली दूतावासका मिसन उपप्रमुख थिए । सन् २००६ मा उनलाई सरकारले एसिया प्रशान्त आर्थिक सहयोग -एपेक) को कार्यकारी प्रमुखका रूपमा सिंगापुर नियुक्त गरेको थियो । सन् २००१ देखि २००५ मा उनी कोरियाका राजदूत

थिए । चिली र स्पेनमा समेत उनको कूटनीतिक नियुक्ति भएको थियो । तीस वर्षभन्दा अधिक समय यिनले विदेश मामला विभागअन्तर्गत एसिया प्रशान्त क्षेत्रमा रहेर काम गरेका छन् । यस क्षेत्रका निजी र सार्वजनिक संगठनका व्यापारिक तथा राजनीतिक रणनीति बनाउने मामलामा उनी विज्ञ मानिन्छन् ।

१०. कोर्न डबरान्सी

थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री डबरान्सी अक्टोबर २००२ देखि नोभेम्बर २००३ सम्म उक्त पदमा थिए । सन् १९७४ मा राजनीति सुरु गरेका उनी १९८६ मा पहिलोपटक उद्योग मन्त्रालयका उपमन्त्री बनेका हुन् । त्यसपछि विभिन्न समयमा पर्यटन,

ऊर्जा, खेलकुद, स्वास्थ्य मन्त्री हुँदै उनी उपप्रधानमन्त्रीसम्म बने । हाल थाइल्यान्ड चीन मैत्री संघमा उनी अध्यक्ष छन् । कुशल राजनीतिज्ञ र सामाजिक कार्यकर्ताको छवि बनाएका उनले दक्षिणपूर्वी एसियामा शान्ति र स्थायित्वका लागि लामो समय सक्रिय रहेर महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइन्छ

साउने औंशीको अवशरमा रेसुङ्गा पोखरीमा नुहाउन जाने श्रद्धालुहरुको भिड

साउने औंशीको अवशरमा शनिबार गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गा पोखरीमा नुहाउन जाने श्रद्धालुहरुको दिनभर भिड लागेको थियो । रेसुङ्गा पोखरीको पानीले नुहाएपछि श्रद्धालुहरु लाई चारधाम जान नपर्ने र आफुले अन्जानमा गरेका संम्पुर्ण पापहरु पनि नष्ट हुने तथा संवृद्धी प्राप्त हुने धार्मिक विश्वासका कारण साउने औंशिका दिन रेसुङ्गा पोखरीमा नुहाउन जाने श्रद्धालुहरुको घँुईचो लाग्ने गर्दछ ।


साउनभर रेसुङ्गा पोखरीमा नुहाउन र यज्ञशालामा पुजाआजा गर्नका लागि गुल्मी लगायत वाग्लुङ्ग, अर्घाखाँची, प्यूठान, पाल्पा, स्याङ्गजा लगाएतका ठाउँहरुवाट श्रृद्धालु जाने गर्दछन् । त्यसमा पनि विशेष गरि साउने औंशीका दिन वढीमात्रमा पोखरीमा नुहाउन जाने मानिसहरुको चाँप वढ्दै जान थालेको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष युवराज भण्डारीले वताउनुभयो ।

विगत वर्षको तुलनामा यसपटकको साउने औंशिमा रेसुङ्गा पोखरीमा नुहाउन अघिल्लो वेलुकीदेखि नै श्रद्धालु भक्तजनहरु रेसुङ्गामा गएर वास वसेका थिए । साउने औंशीको दिन रेसुङ्गा पोखरीमा धेरै जसो मानिसहरु धार्मिक मान्यताका कारण जाने गरेपनि कतिपय युवायुवतीहरु भने यसदिन आफ्ना साथीहरुसँग रमाईलो मनाउन र भेटघाट गर्नका लागि पनि जाने गर्दछन् । रेसुङ्गा संरक्षण समितिले यस क्षेत्रमा मासु र

मदिरा जन्य पदार्थहरु विक्रि वितरणमा रोक लगाएका कारण गत वर्ष भन्दा योपटक पोखरीमा लाग्ने मेला पनि निकै व्यवस्थित वनेको छ । संरक्षण समितिले आज त्यस क्षेत्रमा आयोजना गरेको प्रवचन तथा भजन किर्तनमा मानिसहरु निकै उत्साह पूर्ण सहभागिता रहेको थियो ।

यज्ञशाला मन्दिरमा साउन अवधिभर पुराण वाचन, पाठ पारायण, भजन किर्तन, होम, श्राद्ध आदि विशेष धार्मिक कार्यक्रमहरु समेत हुने गर्दछ । प्राकृतिक तथा जैविक विविधताले समेत परिचित यस क्षेत्रमवाट हिमाली क्षेत्रका हिमश्रृखलाहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने हुनाले पछिल्लो समयमा यस क्षेत्रमा भ्रमण गर्न आउने आन्तरीक तथा वाह्य प्रर्यटकहरुको संख्यामा समेत वृद्धि भएको छ । त्यस्तैगरि

आज गुल्मीको धार्मिक क्षेत्र रुरु र रुद्रवेणीधाममा पनि श्रद्धालुहरुको घुँईचो लागेको थियो ।

Saturday, July 30, 2011

सितापुरमा जिप दुर्घटनामा

गोरुिसंगे-सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँचीको सितापुर गाविसमा शुक्रबार भएको जिप दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अबस्था गम्भीर रहेको छ ।

सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु१ज १२०१ नम्बरको जिप सितापुरको बुढीचौरमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका धारापानी ५ का ४५ बर्षीय रामबहादुर केसी उनका १६ बर्षिय छोरा महेन्द्र केसी र ढाकाबांग ९ का २५ बर्षीय दामोदर खनाल रहेको प्रहरीले बताएको छ ।

गम्भीर घाइते ३ जनालाई उपचारका लागि लुम्बिनी अंचल अस्पताल बुटबल भर्ना गरिएको

Friday, July 29, 2011

अर्घाखाँचीको मथुरा फाटको एक मनमोहक दृश्य

 अर्घाखाँचीको मथुरा फाटको एक मनमोहक दृश्य 
                                         

Thursday, July 28, 2011

रिडीको रुरु फ्रेन्डस क्लब द्वारा सन्चालित एम्बुलेन्सको चालकमा नयाँ नियुक्ती

 रिडीको रुरु फ्रेन्डस क्लबका पदाधिकारीहरुको बैठकले क्लब द्वारा सन्चालित एम्बुलेन्सका लागि नयाँ चालक  नियुक्ती गरेको छ्। यस अघीका चालक घनश्याम न्यौपानेले चालकको जिम्मेवारी बाट राजिनामा गरेपछी नयाँ चालकमा पदम कंडेल लाई नियुक्ती गरिएको हो। यस अघी क्लबले चालक नियुक्तीका लागि दर्खास्तको अब्हान गरेको थियो। जसमा तीन जना ब्यक्तीहरु पदम ज्ञवाली,पदम कंडेल र आषिश जोशीको दर्खास्त परेको थियो।


पाल्पा प्रहरीले आपराधिक गतिविधिमा संलग्न १७ जनालाई पक्राउ

पाल्पा प्रहरीले दुई दिनमा हतियारसहित आपराधिक गतिविधिमा संलग्न १७ जनालाई पक्राउ गरेको छ। जसमध्ये ५ जोडीचाहिँ आपत्तिजनक अवस्थामा होटलबाट समातिएका हुन।साउन ९ र १० गते पक्राउ परेकामध्ये पेस्तोल र बिष्फोटक सामग्री बोक्ने, लागूऔषध कारोबारी, चोरी डैकैतमा संलग्न, यौनजन्य क्रियाकलाप गर्दै गरेका र हत्या अभियोगका आरोपी छन्। आपराधिक क्रियाकलापमा संलग्न यति धेरैलाई दुई दिन अन्तरमा पक्राउ गरेको यो नै पहिलो भएको प्रहरीले जनाएको छ।


जल्पा धुलीमारका ४० वर्षे धनबहादुर बरामेको घरबाट बाकसमा लुकाई राखेको कटुवा पेस्तोल १ थान, डेटोनेटर २ थान, फ्युजतार र १ केजी बारुद सहित पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले बताए।

अर्चले–८ का १८ वर्षीय भगवत गाहा, २० वर्षीय भुमबहादुर सिंजाली र ५२ वर्षीय दिलबहादुर गाहालाई चोरीका गहना र नगद ३० हजारसहित पक्राउ गरिएको छ। सुनको औंठी, फुली दुईवटा र चाँदीका बाला, ७ थान सिमकार्ड र पुराना सिक्का १ सय ९७ गोटासहित पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरु रिग्नेरह–३ पूर्वाखोलाका नरबहादुर नेपालीको पसल, अर्चले–६ का सेरबहादुर खन्गाहा र दिलबहादुर रानाको घर र सिलुवा १ दलबहादुर थापा र नारायण श्रेष्ठको घरमा चोरी गरेर फरार थिए।

साउन १ गते बुटवल–१३ देवीनगरकी एक युवतीलाई करणी गरेर शौचालयको सेफ्टी ट्याङ्कीमा लुकाई फरार पाल्पा गोठादी–९ का चेतबहादुर घर्ती र उनकी पत्‍नी गौमाया पुनलाई पक्राउ गरी रुपन्देही प्रहरीलाई बुझाएको प्रहरीले बतायो।

पक्राउ परेका १७ जना र अनुसन्धान चल्दै गरेका थप गरेर प्रहरी हिरासतमा २५ जना छन्। महिला र पुरुसका दुई बेग्लाबेग्लै हिरासत कक्ष छन्। 'महिला कक्षमा चाप थेग्न समस्या छैन तर पुरुषतर्फ अटाउन मुस्किल परेको छ।’ प्रहरी नायव उपरीक्षक थपलियाले भने- गर्मी समय भएकाले लत्ताकपडाको खासै समस्या छैन।