अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, August 24, 2011

लुम्बिनीमा नेपाली मौलिक बौद्ध वास्तुकलामा आधारित विहार बन्ने

बुद्धको जन्मथलो लुम्बिनीमा पहिलोपल्ट नेपाली मौलिक बौद्ध वास्तुकलामा आधारित विहार बन्ने भएको छ । लुम्बिनी विकास कोषले वज्रयानी परम्परामा आधारित विहार बनाउन यसैसाता नेपाल परम्परागत बौद्ध धर्म संघलाई जिम्मेवारी दिएको हो ।


लुम्बिनीमा दर्जनभन्दा बढी विदेशी विहार भए पनि अहिलेसम्म नेपाली विहार छैन । लुम्बिनीमा विभिन्न देशका विहार स्थापना गर्न 'मोनास्टिक जोन' छुट्टयाइएको छ । त्यसमा चीन, कोरिया, जापान, थाइल्यान्ड, बर्मा, भियतनाम, जर्मनी र अरू बौद्ध धर्म पछ्याउने देशका विहार छन् ।

बुद्ध जन्मथलो घुम्न आउनेहरूका लागि यी विहार सर्वाधिक आकर्षण केन्द्र रहने गरेका छन् । 'लुम्बिनीको बौद्ध विहार क्षेत्रमा पहिलोपल्ट नेपाली मौलिक वास्तुकलामा आधारित विहार बन्न लागेको हो,' बौद्ध विद्वान् नरेशमान वज्राचार्यले भने । यो विहार 'मोनास्टिक जोन' को 'डब्लूसी-टु प्लट' मा छ ।

विहार ८० स्क्वायर मिटरमा बन्ने छ । नेपाली मौलिक परम्परागत वास्तुकलामा आधारित विहार काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर पाँच सयको हाराहारीमा छन् ।

यी विहारको निर्माण लिच्छवि र मल्लकालदेखि अहिलेसम्म अटुट रूपमा चलिआएको छ । विहारको निर्माण बौद्ध ग्रन्थहरूमा उल्लेख भएअनुसार हुने गर्छ ।

'विहारको प्रारम्भिक स्वरूप मात्र तयार भएको छ, अन्तिम स्वरूपबारे अझै बौद्धिक छलफल गर्नेछौं,' वज्राचार्यले भने । उनले विहारको निर्माण चाँडै सुरु हुने र कम समयमा निर्माण सम्पन्न गर्न प्रयास हुने बताए । विहार निर्माणका लागि चाहिने अर्थ संकलनबारे पनि नीति-नियम बन्न बाँकी छ ।



अर्घाखाँचीमा भाईरल विरामीको चाप बढदै

जिल्ला अस्पताल अर्घाखाँचीमा विरामीको चाप बढदै गएको छ । जिल्ला अस्पतालमा गत एक हप्ता देखि दैनिक ४० जनासम्म विरामि आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा विषेश गरी भाईरल ज्वरो, जण्डिस, टाईफाईट, निमोनिया लगायतका विरामीको चाप बढदै गएको छ । विरामिको संख्या वढ्दै गएपछि वेड अभावमा विरामीहरु भुईमै सुतेर उपचार गर्न बाध्य भएका छन ।


अस्पतालमा सबैभन्दा बढी भाईरल ज्वरोका विरामी आउने गरेको जिल्ला अस्पताल प्रमुख डा. चित्र प्रसाद शर्मा वाग्लेले वताउनु भयो । जिल्ला अस्पतालमा मात्रै नभएर गाउ“का स्वास्थ्य केन्द्रमा समेत यस पटक भाईरल ज्वरो, जण्डिस, टाईफाईट जस्ता विरामीको चाप बढेको छ । विरामीको सख्या बढी भएपछि डाक्टर एवं चिकित्सकहरुलाई पनि उपचार र सेवा दिन कठिनाई भएको गुनासो गरेका छन । अस्पतालमा दैनिक विरामीको सख्या थपिदै गएको र सबैभन्दा बढी वालवालिका, महिला र बुढाबुढीहरु विरामी परेको जिल्ला अस्पतालले जनाएको छ ।

Tuesday, August 23, 2011

अर्घाखाँचीको केरुंगा अमराईमा श्रीकृष्णको भब्य रथ यात्रा

अर्घाखाँचीको केरुंगा अमराई उर्फ अमारेमा  श्रीकृष्ण जन्माष्ठमीको अवशरमा श्रीकृष्णको भब्य रुपमा  रथ  यात्रा सम्पन्न गरिएको छ । यसरी  अमराई स्थित राधा कृष्ण  मन्दिर परिशरवाट मन्दिर व्यवस्थापन समितिद्वारा निकालिएको रथ यात्रा वाजागाजा र पुजाआजा सहित अमराई वजार परिक्रमा गराइएको थियो ।   गए राती मध्यरातमा श्रीकृष्णको जन्म भएको खुसियालीमा श्रद्धालुहरुले यसरी प्रत्यक वर्ष विभिन्न झाँकिहरुका साथमा रथयात्रा गरदै  आएका छन् ।    

रथ यात्रा हेर्नको लागि जिल्लाका विभिन्न स्थानहरुवाट श्रद्धलुहरुको ठुलो घुँईचो समेत लाग्ने गर्दछ । त्यस्तै यसै अबसरमा नेवार समुदायको  परम्परागत जातीय संस्कृति लाखे नाच पनि केरुंगाको हटिया बजारमा प्रदशन हुने गर्दछ /  

Monday, August 22, 2011

कविता थापा आत्महत्याका दोषीलाई कारवाही गर : संसदीय समिति

बुटवल नगरपालिका–१३ बस्ने कविता थापालाई स्थानीय आमा समूहले यातना दिएको र त्यसपछि आत्महत्या गरेको भन्ने सम्बन्धमा अध्ययन गर्न गठित संसदीय उपसमितिले आफ्नो प्रतिवेदन व्यवस्थापिका–संसद्को महिला, बालबालिका तथा समाजकल्याण समिति समक्ष बुझाएको छ ।

व्यवस्थापिका–संसद् महिला, बालबालिका तथा समाजकल्याण समितिको सोमबार सिंहदरबारस्थित कार्यकक्षमा बसेको बैठकमा उपसमितिले प्रतिवेदन बुझाउँदै घटनामा स्थानीय जनजागरण आमा समूहको गतिविधि कानुन विपरीत भएकाले दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही अगाडि बढाउन सुझाव दिएको छ ।

बैठकले उपसमितिको प्रतिवेदनअनुसार दोषीमाथि कारबाही गर्न प्रहरी प्रशासनलाई कठिनाइ भएको देखिएकाले आगामी दिनमा ‘आत्महत्या गर्न बाध्य पार्ने पृष्ठभूमि तयार गर्नेलाई दण्डित गर्ने’ कानुन तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

मृतक कविता थापामाथि सार्वजनिक स्थलमा दुव्र्यवहार भएको समयमा त्यहाँ कार्यरत प्रहरीको भूमिकासमेत प्रभावकारी नदेखिएकाले वडा प्रहरी कार्यालय, योगीकुटीका इन्चार्जसहितको टोली परिवर्तन गर्न र छुट्टै अनुसन्धान टोली खटाई उक्त घटनाको निष्पक्ष ढङ्गले छानबिन र अनुसन्धान गर्न गृहमन्त्रालयलाई निर्देशनसमेत बैठकले दिएको छ ।

समितिका सभापति सन्ध्यादेवीको अध्यक्षतामा बसेको सो बैठकले मुलुकका विभिन्न स्थानमा महिलामाथि भइरहेका हिंसात्मक घटनाको जानकारी लिन गृहसचिव र प्रहरी महानिरीक्षकलाई भदौ ७ गते आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा बोल्ने समितिका सदस्यहरु विनोद पहाडी, कविता सरदार बाँतर, सीता पौडेललगायतले विभिन्न स्थानमा महिलामाथि हत्या, हिंसा र दुव्र्यवहारका घटना भइरहेता पनि प्रहरी प्रशासन मौन रहेकामा आपत्ति जनाए ।

बैठकले महिला जिल्ला समन्वय समिति गठन एवं कार्यविधि र संरचनाको संशोधनका लागि अध्ययन गर्न गठित उपसमितिको म्याद आगामी भदौ १० गतेसम्म थप गर्ने निर्णयसमेत गरेको छ ।

सडक सुरक्षा अवधारणा लागू हुने

प्रहरीले यहाँ सडक सुरक्षा चेक प्वाइन्ट -आरएससीसी) अवधारणा लागू गर्ने भएको छ । सुरक्षा व्यवस्थालाई कसिलो, वैज्ञानिक र व्यवस्थित गर्न प्रहरीले उक्त अवधारणा ल्याएको हो । यो भदौ पहिलो साताबाट जिल्लामा लागू गरिने प्रहरीले बतायो ।

प्रहरी उपरीक्षक धीरु बस्न्यातले उक्त अवधारणा आफैं बनाई लागू गर्न लागेका हुन् । अवधारणाअन्तर्गत एक दिनमा ३० स्थानमा मोबाइल ब्यारिकेट -फलामको चलायमान ब्यारियर) राखेर चेकजाँच गरिनेछ । १० समूहमा रहने प्रहरी टोलीले एक ठाउँमा ४ घन्टासम्म बसेर चेक जाँच गर्नेछ । त्यसपछि फेरि अर्को पूर्वनिर्धारित ठाउँमा गएर चेकजाँच गर्नेछ । यसरी एक दिनमा एउटा टोलीले ३ स्थानमा गई चेकजाँचमा कडाइ गर्नेछ । टोलीमा संलग्न पूर्वका प्रहरीलाई पश्चिम, पश्चिमकालाई पूर्व तथा उत्तरकालाई दक्षिण र दक्षिणकालाई उत्तर पठाइनेछ ।

प्रत्येक चेक प्वाइन्टमा ९ प्रहरी खटाइनेछ । प्वाइन्टमा खटिने प्रहरीसँग मेटल डिडेक्टर, मादक पदार्थ सेवन गरे/नगरेको चेकजाँच गर्ने उपकरण 'बे्रथ लाइजर', गाडी कति स्पिडमा गइरहेको छ भन्ने थाहा पाउन प्रयोग गरिने 'र्‍याडर' लगायतको उपकरण पनि रहनेछ । त्यस्तै ट्राफिक कोन, राति लगाउने ज्याकेट, हेड टर्च र लामो लाइट र भरटेक्स सञ्चार सेट पनि हुनेछन् । प्रधान कार्यालय र मन्त्रालयले रकम नदिए पनि प्रहरीले स्थानीय साधन स्रोत उपयोग गरेर अवधारणाअन्तर्गत काम गर्न लागेको हो ।

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत पिपरा, जितपुर, अर्घाखाँची चोक, गोरुसिंगे, चन्द्रौटा र शिवपुरमा चेक प्वाइन्ट राखी चेकजाँच गरिनेछ । त्यस्तै कृष्णनगर-चन्द्रौटा सडक अन्तर्गत बहादुरगन्ज र शिवानगर चोक तथा तौलिहवा-लुम्बिनी सडकअन्तर्गत जमुबार पुल र पकडीमा चेकजाँच गरिनेछ । त्यस्तै तौलिहवा-मर्जादपुर सडकअन्तर्गत बरदहवा र तौलिहवा-महाराजगन्ज सडकअन्तर्गत छोटकी तौलिहवा लगायतका स्थानमा चेक प्वाइन्ट बनाइनेछ ।

सुरक्षाका लागि ३० मोबाइल ब्यारिकेट ल्याइसकिएको छ । बे्रथ लाइजर, र्‍याडर भने सिंगापुरबाट मगाइएको छ ।

अवधारणाअन्तर्गत जिल्लाका राजमार्ग, दक्षिणी भारतीय सीमा र छिमेकी रूपन्देही, अर्घाखाँची र दाङसँग जोडिने पक्की र कच्ची गरी ३ सय ३३ किलोमिटरभित्र सय बढी चेक प्वाइन्ट राखिनेछ ।



Friday, August 19, 2011

अर्घाखाँची बलकोट घर भई हाल कृष्णनगरमा बस्ने शमशेर मिया र लगायतलाई सार्वजनिक मुद्दा

भन्सार अधिकृत र कर्मचारीमाथि दुव्र्यवहार गरी कुटपिट गर्ने २ जनालाई स्थानीय प्रशासनले सार्वजनिक मुद्दा चलाएको छ ।

कृष्णनगर भन्सारका २२ कर्मचारीले शान्ति सुरक्षाको माग गर्दै दोषीलाई कडा कारबाहीको माग गर्दै प्रशासनमा उजुरी गरेपछि आरोपीलाई पक्राउ गरी मुद्दा चलाइएको हो । गत साउन ३० मा कृष्णनगर गाविस २ बस्ने अकिल मिया र अर्घाखाँची बलकोट २ घर भई हाल कृष्णनगरमा बस्ने शमशेर मियाले भन्सार अघिकृत लगायत ६/७ कर्मचारीलाई कार्यालयमा गई गाली गलौज, दुव्र्यवहार र हातपात गरेका थिए । उनीहरूले अवैध रूपमा चोरी तस्करी गरी ल्याएका समान गत साउन २६ मा कृष्णनगरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले पक्राउ गरी भन्सार चलान गरेको थियो ।


कृष्णनगर र चन्द्रौटा क्षेत्रलाई २ नगरपालिका बनाउन सिफारिस

कपिलबस्तुमा नगरपालिका बनाउन नेपाल सरकारले घोषणा गरेपछि कपिलबस्तुमा पनि अहिले जिल्ला स्तरीय नगर क्षेत्र निर्धारण सिफारिस समितिले जिल्लामा २ नगरपालिका बनाउन सिफारिस पठाएको छ । उक्त सिफारिस समितिले कृष्णनगर र चन्द्रौटा क्षेत्रलाई बिभिन्न गाबिससंग गाभेर केन्द्रिय सिफारिस समितिमा नगरपािलका बनाउन सिफारिस पठाएको बताएको छ ।उक्त समितिले यसरी कष्णनगर र शिवराज नगरपािलका नामाकरण गरेको छ । उक्त २ नगरलाई नगरपालिकाको सिफरिस गरी पठाएको जिबिस कपिलबस्तुले बताएको छ । जिल्लामा एक साता सम्म ब्यापकरुपमा अध्ययन, अवलोकन, छलफल र बैठक गरी नगरपालिकाको सिफारिस गर्न समितिलेनिर्णय गरेको हो । उक्त दुई स्थानमा नगरपािलकाका लागि चाहिने सम्मपुर्ण मापदण्ड पुरा भएको बताईएको छ ।


समितिका संयोजक तथा स्थानीय बिकास अधिकारी चिरीञ्जीवी भण्डारीका अनुसार समितिले नगरपािलको नाम, समाबेश गाबिसको संख्या, नगरपािलकाको केन्द्र, वडा संख्या र चार किल्ला बिभाजन गरी सिफारिस पठाएको बताउनुभयो ।