बैदेसिक रोजगारीको सिलसिलामा साउदी अरब गएका अर्घाखाँची जिल्ला सन्धिखर्क ६ निवासी २६ बर्षिय कमल मुखीयाको प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएको छ । काम सकेर औषधी पसलमा औषधी लिन साईकलमा गईरहेको समयमा प्रहरीको गाडीको ठक्करबाट मुखीयाको घटनास्थलमै मृत्यु भएको छ ।
आदरणिय पाठक बृन्द, यो ARGHAKHANHI NEWS BOARD अर्घाखाँची जिल्ला र सो आसपासका क्षेत्र नजिक संग सम्बन्धित सूचनाहरुको संगालो हो / अत: अर्घाखाँची जिल्ला र सो आसपासका क्षेत्र नजिक संग सम्बन्धित कुनै सूचना, जानकारी, सल्लाह, सुझाबको हामी सधै अपेक्षा गर्दछौ / स्थानीय सुचना स्थानीय शैली र सरल भाषामा................ http://arghakhanchinewsboard.blogspot.com
अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु
Monday, August 29, 2011
Sunday, August 28, 2011
सभासदलाई पाल्पा जिल्ला प्रवेश निषेध
संविधान निर्माण नभएसम्म संविधान सभाका सभासदलाई पाल्पा जिल्ला प्रवेश निषेधको घोषणा गरिएको छ। जनमोर्चा निकट अखिल छैठौंले तानसेन सितलपाटीमा सभामार्फत् शनिबार यस्तो घोषणा गरेको हो। तानसेनमा सभासद निषेध गर्न कालो ब्यानर टाँगिएको छ। अखिल छैठौंका महासचिव अनिल किशोर घिमिरेले संविधान निर्माणमा भन्दा सत्ताको खेलमा लागेका भन्दै देशभर सभासदलाई खबरदारीका कार्यक्रम गरिएको बताए। ‘हाम्रो घोषणा अवज्ञा गरेर पाल्पा आउने सभासदलाई बाटो छेक्छौं, कालो झण्डा देखाउँछौं,' उनले भने, ‘संविधान सभामा सभासदले संविधान निर्माणका लागि यस्तै दवाबका कार्यक्रम गर्न पनि हामी आग्रह गर्छौ।'
उनले संविधान निर्माणमा भन्दा म्याद थपेर भत्ता खाने र सत्ताका लागि लुछाचुडी गर्ने प्रवृत्तिको विरोधमा यस्तो गरिएको बताए।
‘संविधान नलेख्दासम्म सभासदलाई जिल्ला निषेध छ' सितलपाटी मुल ढोकामा टाँगिएको ब्यानरमा लेखिएको छ, ‘संविधान लेख्न छाडेर सत्ता र भत्तामा लिप्त हुन जनताले जिताएका हैनन्।'
Friday, August 26, 2011
नक्कली नोट सहित एक जनालाई पक्राउ
इलाका प्रहरी कार्यालय कावासोती नवलपरासीले बिहीबार राति ठूलो परिणाममा नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको रजहरबाट नेपाली एक हजार रुपैयांका नक्कली नोट एक सय १२ थान सहित नुवाकोट भिकुरी ४ बस्ने ४४ वर्षीय छोरा शिवराम भट्टलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेसंग एक लाख १२ हजार रुपैयां नक्कली नेपाली नोट र केही नक्कली मुगा समेत बरामद भएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख डिएसपी मुकुन्द मरासिनीका बताए । भट्टलाई राति ना ४ ख ३१९८ नम्बरको रात्रिबस मार्फत काठमाडौंबाट धनगढी जाने क्रममा सुराकीको आधारमा पक्राउ गरेको डिएसपी मरासिनीले जनाए । यसअघि काठमाडौं र भैरहवा लगायतका स्थानबाट यस्तो नक्कली नेपाली नोट बरामद गरिए पनि नवलपरासीमा पहिलो पटक यतिको ठूलो परिणाममा नक्कली नोट बरामद भएको हो । पक्राउ परेकोलाई खोटो चलन अन्तरगत मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ विद्यार्थी छुटाउन रातभर नाराबाजी
पक्राउ विद्यार्थी छुटाउन नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका विद्यार्थीले बिहीबार रातभर नाराबाजी गरेका छन् । राजनीतिक दलको दबाबमा शिक्षक कुटेको आरोपमा शारदा उच्च मावि ख्याहाका विद्यार्थी र सवारीधनीलाई पक्राउ गरेर झुठा मुद्दा लगाउन खोजेको विरोधमा जिल्ला प्रहरी कार्यालयको गेट घेराउ गरेका हुन् । उनीहरले राति १२ बजे प्रहरी हिरासतमा रहेका विद्यार्थीलाई छुटाउन सफल भए ।
'शिक्षकले जे गरे पनि हुने भन्ने छ र ? राजनीतिक पहुंच लगाएर विद्यार्थीलाई झुठा मुद्दा चलाउन खोजियो' नेविसंघका नेता केशव बस्यालले भने, 'त्यसैले पनि रातभर नाराबाजी गरेरै भएपनि विद्यार्थी छुटाउन बाध्य भयौ ।' दिउँसो कुरा नमिलेपछि विद्यार्थीले राति ८ बजेपछि जिल्ला प्रहरी र प्रशासन कार्यालय जाने गेटमा बसेर नाराबाजी गरेका हुन् ।
नेता बस्यालले सहमतिमा जाने भन्दा पनि राजनीतिक पहुंच लगाउन खोजिएकाले रातिमै भएपनि नाराबाजी गर्नु परेको बताए । प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका विद्यार्थीको दबाब थेग्न नसकेपछि बाध्य भएर प्रहरीले विद्यार्थी रिहा गरेको थियो । शिक्षक कुटेको आरोपमा राजु विश्वकर्मा, शान्ता विश्वकर्मा र तिलबहादुर पाण्डेलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको थियो ।
जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले राजनीतिक दलकै दबाबमा मुद्दा चलाउछु जे गर्ने गर्नुस् भनेपछि तानसेनका नेविसंघ र क्रान्तिकारीका विद्यार्थी आक्रोशित भएका हुन् । प्रमुख थपलियाले अनावश्यक राजनीति भएको आरोप लगाए । एमाले सभासद्, पुर्वसांसद साथै जिल्ला नेताले मुद्दा चलाउन दबाब दिएको नेविसंघ र क्रान्तिकारी विद्यार्थी संगठनले आरोप लगाएका थिए । एमाले अध्यक्ष यादवबहादुर रायमाझीले गाउँको मुद्धा गाउँमै मिलाउनुपर्नेमा राजनीतिकरण भएको बताए । 'दलकै केही साथीहरुले प्रतिष्ठाको विषय बनाउदा समस्या भएको हो' उनले भने, 'अहिले त हाम्रो दबाब कम भएछ भन्ने लागेको छ ।'
शारदा उच्च मावि ख्याहामा शिक्षकले बिद्यार्थी कुटेपछि सुरु भएको विवाद जिल्लासम्म आईपुग्दा राजनितिकरण भएपछि घटनाले अर्कै मोड लिएको हो । गत भदौ ५ गते बिद्यालयमा लाईनलाग्दा ढिलो आएको भन्दै कक्षा ९ मा अध्यनरत शेरबहादुर विश्वकर्मालाई शिक्षकद्धय गोपी भण्डारी र कृष्ण पाण्डेले कुटपिट गरेका थिए । भोलिपल्ट नै बिद्यार्थी जम्मा भएर शिक्षक कुटेको आरोप छ । स्थानीय गोपाल न्यौपानेका अनुसार नजिकमा रहेका सवारी चालक र धनीले छुट्याएकै कारण ठुलो घटना नभएको हो ।
भदौ ७ गते बसेको सर्वदलिय बैठकले घटनालाई गाउँमै मिलाएर अब आईन्दा दुबै पक्षले यस्ता गल्ती नदोहोर्याउने सहमति भएको स्थानीयले बताए । सहमति भएपनि शिक्षकले जिल्ला प्रहरीमा किटानी जाहेरी दिएपछि घटनाले अर्को रुप लिएको हो । प्रहरीले शिक्षक गोपी भण्डारी, विष्णुबहादुर सुनार र पार्वती सुनारलाई विद्यार्थीले कुटपिट गरेको आरोपमा थुनामा राखेर मुद्धा चलाउने तयारी गरेको थियो ।
Thursday, August 25, 2011
पहिलो दिन विद्यार्थीलाई शिक्षकले र दोस्रो दिन विद्यार्थीले शिक्षकलाई कुटे
पाल्पामा चार शिक्षकलाई कुटेको आरोपमा जिल्ला प्रहरीले तीन विद्यार्थीलाई पक्राउ गरेको छ । पाल्पाको पश्चिम ख्याहास्थित शारदा उच्च माविका शिक्षकलाई कुटेको आरोपमा राजु विश्वकर्मा, शान्ता विश्वकर्मा र तिलबहादुर पाण्डेलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको छ ।
प्रहरीका अनुसार विद्यालयका शिक्षक गोपी भण्डारी, विष्णुबहादुर सुनार र पार्वती सुनारलाई विद्यार्थीले कुटपिट गरेको आरोप छ । विद्यालयका प्राचार्य तुल्सीप्रसाद न्यौपानेले विद्यालयको अनुशासन पालना नगरेको भन्दै शिक्षकले पहिलो दिन कुटेको झोकमा विद्यार्थीले शिक्षकलाई कुटेका हुन् ।
स्थानीयबासीका अनुसार हो । मंगलबार लाइन लाग्न अटेर गरेको भनेर शिक्षकले विद्यार्थीलाई कुटपिट गरेको प्राचार्य न्यौपानले बताए । अर्को दिन विद्यार्थीले शिक्षकलाई विद्यालयमै कुटेका हुन् । दण्डरहित शिक्षणविधि अपनाउन सरकारले आग्रह गरेका बेला शिक्षकले विद्यार्थीलाई त्यसरी कुट्न नहुने स्थानीय एक शिक्षकले बताए ।
शिक्षक कुट्नेमा संलग्नलाई कारबाही गर्न जिल्लास्थित विभिन्न शिक्षकका संघसंस्थाले माग गरेका छन् । घटनाको विरोध गर्दै नेपाल राष्ट्रिय शिक्षक परिषद्, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक युनियन लगायतका शिक्षक सम्वद्ध संघसंस्थाले विज्ञप्ति निकालेर दोषी व्यक्तिलाई कानुनी कारबाहीको माग गरेका छन् । शिक्षक सम्वद्ध संघसंस्थाले भने शिक्षकद्धय कृष्णप्रसाद पाण्डे र गोपीप्रसाद भण्डारीमाथि मात्र कुटपिट भएको विज्ञप्तिमा जनाएका छन् ।
Wednesday, August 24, 2011
लुम्बिनीमा नेपाली मौलिक बौद्ध वास्तुकलामा आधारित विहार बन्ने
बुद्धको जन्मथलो लुम्बिनीमा पहिलोपल्ट नेपाली मौलिक बौद्ध वास्तुकलामा आधारित विहार बन्ने भएको छ । लुम्बिनी विकास कोषले वज्रयानी परम्परामा आधारित विहार बनाउन यसैसाता नेपाल परम्परागत बौद्ध धर्म संघलाई जिम्मेवारी दिएको हो ।
लुम्बिनीमा दर्जनभन्दा बढी विदेशी विहार भए पनि अहिलेसम्म नेपाली विहार छैन । लुम्बिनीमा विभिन्न देशका विहार स्थापना गर्न 'मोनास्टिक जोन' छुट्टयाइएको छ । त्यसमा चीन, कोरिया, जापान, थाइल्यान्ड, बर्मा, भियतनाम, जर्मनी र अरू बौद्ध धर्म पछ्याउने देशका विहार छन् ।
बुद्ध जन्मथलो घुम्न आउनेहरूका लागि यी विहार सर्वाधिक आकर्षण केन्द्र रहने गरेका छन् । 'लुम्बिनीको बौद्ध विहार क्षेत्रमा पहिलोपल्ट नेपाली मौलिक वास्तुकलामा आधारित विहार बन्न लागेको हो,' बौद्ध विद्वान् नरेशमान वज्राचार्यले भने । यो विहार 'मोनास्टिक जोन' को 'डब्लूसी-टु प्लट' मा छ ।
विहार ८० स्क्वायर मिटरमा बन्ने छ । नेपाली मौलिक परम्परागत वास्तुकलामा आधारित विहार काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर पाँच सयको हाराहारीमा छन् ।
यी विहारको निर्माण लिच्छवि र मल्लकालदेखि अहिलेसम्म अटुट रूपमा चलिआएको छ । विहारको निर्माण बौद्ध ग्रन्थहरूमा उल्लेख भएअनुसार हुने गर्छ ।
'विहारको प्रारम्भिक स्वरूप मात्र तयार भएको छ, अन्तिम स्वरूपबारे अझै बौद्धिक छलफल गर्नेछौं,' वज्राचार्यले भने । उनले विहारको निर्माण चाँडै सुरु हुने र कम समयमा निर्माण सम्पन्न गर्न प्रयास हुने बताए । विहार निर्माणका लागि चाहिने अर्थ संकलनबारे पनि नीति-नियम बन्न बाँकी छ ।
अर्घाखाँचीमा भाईरल विरामीको चाप बढदै
जिल्ला अस्पताल अर्घाखाँचीमा विरामीको चाप बढदै गएको छ । जिल्ला अस्पतालमा गत एक हप्ता देखि दैनिक ४० जनासम्म विरामि आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा विषेश गरी भाईरल ज्वरो, जण्डिस, टाईफाईट, निमोनिया लगायतका विरामीको चाप बढदै गएको छ । विरामिको संख्या वढ्दै गएपछि वेड अभावमा विरामीहरु भुईमै सुतेर उपचार गर्न बाध्य भएका छन ।
अस्पतालमा सबैभन्दा बढी भाईरल ज्वरोका विरामी आउने गरेको जिल्ला अस्पताल प्रमुख डा. चित्र प्रसाद शर्मा वाग्लेले वताउनु भयो । जिल्ला अस्पतालमा मात्रै नभएर गाउ“का स्वास्थ्य केन्द्रमा समेत यस पटक भाईरल ज्वरो, जण्डिस, टाईफाईट जस्ता विरामीको चाप बढेको छ । विरामीको सख्या बढी भएपछि डाक्टर एवं चिकित्सकहरुलाई पनि उपचार र सेवा दिन कठिनाई भएको गुनासो गरेका छन । अस्पतालमा दैनिक विरामीको सख्या थपिदै गएको र सबैभन्दा बढी वालवालिका, महिला र बुढाबुढीहरु विरामी परेको जिल्ला अस्पतालले जनाएको छ ।
Subscribe to:
Posts (Atom)