अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, October 23, 2011

दलितले मन्दिर प्रवेश गर्न पाए

जातीय विभेद नगर्ने सहमतिपछि गुल्मीको ठुलोलुम्पेक ९, पाहादीका दलितले मन्दिर प्रवेश गर्न पाएका छन् । पुस्तौँदेखि यहाँका दलितले मन्दिर प्रवेश गर्न पाएका थिएनन् ।


असोज १८ गते नवमीका दिन स्थानीय २४ वषर्ीय हरि विश्वकर्मालाई मन्दिर प्रवेश गर्दा कुटपिट भएको थियो । गैरदलितले उनलाई ढुंगा बोक्ने सजायसमेत तोकेका थिए । ढुंगा बोक्न नसकेका विश्वकर्माले आफूमाथि कुटपिट भएको र सजाय तोकेको इलाका प्रहरी कार्यालय, रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका थिए ।

बुधबार र बिहीबार रिडी प्रहरीमा भएको छलफलपछि गैरदलितले दलितसँग माफी मागेपछि मन्दिर प्रवेश गर्ने सहमति भएको हो । ठुलोलुम्पेकको पाहादीमा चार घर दलित बस्ती छ । उनीहरू शनिबार मन्दिर प्रवेश गरेर पूजाआजासमेत गरेको स्थानीय बालकृष्ण विश्वकर्माले बताए । उनकै नेतृत्वमा मन्दिर प्रवेश गरिएको थियो ।

'मन्दिर स्थापना गर्न दलित समुदायको पनि सहयोग छ,' विश्वकर्माले भने, 'मन्दिर व्यवस्थापन समितिमा समेत दलित समुदायलाई राखिएको छ तर जातीय छुवाछुत कायमै थियो ।' व्यवस्थापन समितिमा विश्वकर्मालाई राखिए पनि उनलाई मन्दिरमा पसेर पूजा गर्ने छुट थिएन ।

वषार्ंैपछि गाउँको मन्दिरमा प्रवेश गरेर पूजा गर्न पाएपछि उनीहरू खुसी भएका छन् । मन्दिर व्यवस्थापन समिति सदस्य बालकृष्ण विकको नेतृत्वमा चार घर विश्वकर्मा र वडा ७ का श्याम सार्कीले समाबेसी पूजाआजा गरेका छन् । दलित समुदायले चढाएको प्रसाद भित्र लैजान नपाएको उनीहरूको गुनासो थियो । 'पुस्तौँदेखि नपाएको मन्दिर प्रवेश गरेर पूजा गर्न पाउँदा खुसी लागेको छ,' सार्कीले भने, 'अहिले आफूलाई मान्छे भएको जस्तो अनुभूति भएको छ ।'

मन्दिर व्यवस्थापन समिति सदस्य रामप्रसाद पाण्डेले गैरदलितले पनि सोही मन्दिरमा पूजा गर्ने बताए । 'त्यही मन्दिरमा पूजा गरिन्छ,' उनले फोनमा भने, 'श्रद्धा भएका धर्म भएकाले पूजा गर्छन् ।'

Friday, October 21, 2011

छोराले दाउराले हिर्काएर आफ्नै बुबाको हत्या

पाल्पाको भूवनपोखरी गाविस २ मा छोराले दाउराले हिर्काएर आफ्नै बुबाको हत्या गरेका छन् ।
४३ वर्षीय दिपबहादुर आलेले ७५ वर्षीय बाबु बसन्तबहादुर आलेलाई चिर्पटले हिर्काएर हत्या गरेका हुन् । छोराको कुटाइबाट घाइते भएका बृद्धको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार घाइते भएका बसन्तलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार गरेर घर लगेपछि उनको मृत्यु भएको छ । छोरा दिप बहादुर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ ।

सामान्य झगडाको क्रममा बाबुले समात्न आएपछि चिर्पटले हिर्काएको प्रहरीको बयानमा छोरा दिपले भनेका छन् ।



सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष भनि नेपाल सरकारद्धारा गरिएको घोषणाप्रति युवा बौद्ध समूह काठमाडौँको आपत्ति

सरोकारवालासँग कुनै परामर्श नै नगरी सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष भनि नेपाल सरकारद्धारा गरिएको घोषणाप्रति युवा बौद्ध समूह काठमाडौँले आपत्ति प्रकट गरेको छ। बुद्धधर्मको प्रसारप्रसार र प्रवर्द्धनमा लामो समयदेखि समर्पित व्यक्ति तथा संस्थाहरुको प्रतिनिधित्व बिना नै भ्रमण वर्ष र उच्चस्तरीय बृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठनको घोषणा गरिएकोमा आपत्ति प्रकट गरेको हो।


युवा बौद्ध समूहले एक विज्ञप्ति जारी गर्दै यसप्रति खेद ब्यक्त गरेको छ। विश्वका असंख्य बौद्धजनको आस्थाको केन्द्र भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा विकास निर्माणका कार्य अघि बढाउने काम जापानी वास्तुकलाविद केन्जो टाँगेले तयार गर्नुभएको गुरुयोजनाविपरीत हुन नहुनेतर्फ पनि समूहले सबै पक्षको ध्यानाकर्षण गराएको छ।

प्रधानमन्त्री डा बाबुराम भट्टराईको भारत भ्रमणको बेला लुम्बिनीको जन्मस्थलबारे छिमेकी मुलुकबाट हुँदैआएको मिथ्याप्रचारको नेपाल सरकारको तर्फबाट आधिकारिक तवरमा खण्डन गरिनुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ।

Wednesday, October 19, 2011

अर्घाखाँचीको केरुङ्गावाट बुटवलतर्फ जादै गरेको जिपबाट खसेर एकजनाको मृत्यु

अर्घाखाँचीको केरुङ्गावाट बुटवलतर्फ जादै  गरेको लु१ज ११६८ नम्बरको जिपबाट खसेर गुल्मी दौँघा गाविस वडा नम्बर ६ का १८ वर्षीय मानबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। तम्घास-तानसेन सडक खण्ड अन्तर्गत पाल्पाको देउराली लगुवामा गुडिरहेको जिपबाट खसेर एकजनाको ज्यान गएको  हो ।   जिपको ढोकामा झुण्डिएर यात्रा गरिरहेका नेपालीको टाउकोमा गम्भीर चोट लागेकामा उपचारका लागि तानसेन तर्फ ल्याउँदै गर्दा बीच बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


यौन कृयाकलापमा संलग्न एक जोडी रङ्गेहात पक्राउ

यौन कृयाकलापमा संलग्न एक जोडीलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ। तानसेनको बनदेवी भन्ने स्थानमा यौनसम्पर्क गरिरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।


पक्राउ पर्नेहरुमा जिल्लाको चापपानी गाविस-९ घर भई हाल तानसेन बसेर क्याम्पस अध्ययन गर्दै आएका २१ वर्षीय युवा र मस्याम गाविस-६ घर भई हाल तानसेन बसी अध्ययन गर्दै आएकी १९ वर्षीया युवती रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले जनाउनुभएको

दुर्गा मन्दिरमा पूजा गरेको भन्दै गुल्मी ठूलोलुम्पेकका एक 'दलित' युवकलाई ढुंगा बोक्ने सजाय

दसैंमा दुर्गा मन्दिरमा पूजा गरेको भन्दै गुल्मी ठूलोलुम्पेकका एक 'दलित' युवकलाई गाउँलेले कुटपिट गरी ढुंगा बोक्ने सजाय तोकेका छन् । गाउँलेको सजायअनुसार ढुंगा बोक्न नसकेपछि ती युवा भागेर पाल्पा आइपुगेका छन् ।


ठूलोलुम्पेक-९ का २४ वर्षीय हरि विश्वकर्मालाई मन्दिरमा पूजा गरेको आरोपमा गाउँलले सजाय तोकेका हुन् । परम्परागत रीतिरिवाज उल्लंघन गरेको भन्दै आफूलाई गाउँलेले स्थानीय धुसेनी पहाडी प्राथमिक विद्यालयका लागि चार दिनसम्म ढुंगा बोक्ने सजाय तोकेको उनले बताए । ढुंगा बोक्न नसकेपछि गाउँबाट विस्थापित भई उनी पाल्पाको तानसेनस्थित आफन्तकहाँ आएका हुन् ।

'दसैंको नवमीका दिन दुर्गा मन्दिरमा पूजा गरेर बाहिर निस्केको थिएँ,' उनले भने, 'अध्यक्ष अनन्त भट्टराई र शिक्षक रामप्रसाद पाण्डे लगायतले मन्दिरमा तँ दलित किन पसिस् भन्दै कुटपिट गरे ।' त्यसपछि गाउँलेले छलफल गरी सजाय तोक्दै ढुंगा बोक्न पटक-पटक धम्क्याएपछि न्याय खोज्दै गुल्मीको सदरमुकाम तम्घास आई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय रिडीमा निवेदन दिएर उनी पाल्पा आएका हुन् ।

शिक्षक पाण्डेले भने आफूले कुटपिट नगरेको बताए । 'मैले होइन, युवाहरूले हात हालेका हुन्,' उनले भने ।

'एक्लै चार दिनभर ढुंगा बोक्नुपर्ने निर्णय गरे,' उनले भने, 'गाउँमा हामी कमजोर भएकाले केही बोल्न सक्ने अवस्था भएन ।' गाउँमा चार घर दलित परिवार बसोवास गर्छन् । इलाका प्रहरी कार्यालय रिडी, गुल्मीका प्रहरी सहायक निरीक्षक जनक भुसालले पीडितको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिने बताए ।

भारतीय राजदुताबासको सहयोगमा रिडीको संस्कृत तथा साधारण माबीको नयाँ भवन बन्ने

भारतीय राजदुताबासको ३ करोड ९३ लाख रुपैयाको सहयोगमा रिडीको संस्कृत तथा साधारण माबीको नयाँ भवन बन्ने भएको छ्। गएको आस्विन २७गते ग्रामीण बिकास तथा भवन निर्माण बिभाग पाल्पा,संस्कृत तथा सधारणा मा बी, रिडी र भारतीय राजदुताबासका बिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ्।

सम्झौता अनुसार दुतावासले तीन तले,करीब ४०० विद्यार्थी क्षमता भएको भवन निर्माणका लागि ३ करोड ९३ लाख रुपैया उपलब्ध गराउने छ्। नेपाल भारत आर्थिक सहयोग कार्यक्रम अन्तरगत निर्माण गर्न लागिएको उक्त भवनको निर्माण ग्रामीण बिकास तथा भवन निर्माण बिभाग,पाल्पाले गर्नेभएको छ्। गुल्मीमा यो भारत सरकारको पाँचौ बिकास परीयोजना हो।