अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, November 20, 2011

अर्घाखाँचीका गाउँमा कटुवाल पेसा सङ्कटमा

कुनै बेला सूचनाको माध्यम बनेको कटुवाल प्रथा लोप हुँदै जान थालेपछि यससँगै जीविकोपार्जन गर्नेहरु अहिले वैकल्पिक पेसाको खोजीमा लागेका छन् ।


गाउँको विकास निर्माणका काम गर्दा, वनको घाँस दाउरा फडानी गर्दा, मर्दा पर्दा, भोज भतेर तथा विवाह, व्रतबन्ध, आदि कार्य गर्दा सबैले सुन्ने अग्लो स्थानमा गएर चिच्चाएर सबैलाई थाहा दिनु कटुवालको पुख्र्यौली पेसा हो ।

यसरी सूचना तथा खबर जानकारी गराएवापत प्रत्येक घरबाट एक दुई पाथी अन्न उठाएर जीविका चलाउने कटुवालप्रथा बढ्दो सञ्चारप्रविधिको विकासले गर्दा लोप हुने अवस्थामा पुगेको गैरसरकारी संस्था महासङ्घका जिल्ला सचिव चन्द्रमणि पाण्डेले बताए ।

सूचना र खबर गाउँगाउँका रेडियो र पत्रपत्रिकामा प्रकाशन र मोबाइल तथा फोनबाट आदानप्रदान हुन थालेपछि गाउँलेले परम्परादेखि दिँदै आएको अन्न दिन नमानेकाले आफ्नो पेसा सङ्कटमा पर्दैगएको अर्घाका कटुवाल डुकबहादुर कटुवालले गुनासो गरे ।

घरमा बसेर साँझ बिहानको छाक टार्न मुस्किल भएपछि घरपरिवारलाई पाल्न अब वैकल्पिक पेसा खोज्नुको विकल्प नभएको कटुवालहरु बताउँछन् । अझै पनि अर्घाखाँचीका केही गाउँमा कटुवालहरु कटुवाली पेसा अङ्गालेर जीविकोपार्जन गर्दैछन् । तर बढ्दो सूचना र सञ्चारको सुविधाले उनीहरुको जीवनयापनमा भने असुविधा हुनथालेको छ ।

Tuesday, November 15, 2011

अर्घाखाँचीको किमडाडामा जीप दुर्घटना

अर्घाखाँचीको किमडाडामा  भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।गुल्मी तम्घासबाट अर्घाखाँचीको किमडाडा जाँदै गरेको लु १ ज १७५६ नम्बरको जीप किमडाँडा गाविसको वाड नं ८ सिमलपाटामा दुर्घटना भएको हो । दुर्घटनामा गुल्मी पुर्कोट दह आरुपाटा घर भएका जीपका सहचालक १८ वर्षका तिलक केसीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पेनसन लिन किमडाडाका बासिन्दाले जीप रिजर्ब गरेर तम्घास आएका थिए । मानिसलाई किमडाडाँ पु¥याएर फर्कने क्रममा जीपको ब्रेकफेल भई दुर्घटना भएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

कपिलवस्तुकी एक युवती सामूहिक बलात्कारमा

घरेलु कामदारका रूपमा साउदी अरब पुगेकी एक नेपाली युवती सामूहिक बलात्कारमा परेकी छन् । उनको ढाड र खुट्टासमेत भाँच्चिएको छ ।


साउदीको राजधानी रियादमा कपिलवस्तुकी २६ वर्षीया नेपाली युवतीलाई सामूहिक बलात्कार गरी नेपाली दूतावासको गेटअगाडि फालिएको थियो । दुई महिनाअघि पनि बलात्कारमा परेकी एक युवती शरण खोज्दै दूतावास आइपुगेकी थिइन् ।

साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार पीडितलाई एक अस्पतालमा उपचार गराइराखिएको छ । ‘सामूहिक बलात्कार गरी बिहान ३ बजेतिर दूतावासको गेटअगाडि ल्याएर फालिएको रहेछ,’ उनले ईकान्तिपुरसँग भने, ‘बाटोमा हिंड्ने बटुवाले थाहा पाएपछि स्टाफ बस्ने क्वार्टरमा घन्टी बजाइदिएपछि मात्रै जानकारी भयो ।’

दूतावासले सूचना पाएलगत्तै प्रहरीको साथ लिई अस्पतालमा लगिएको र आवश्यक प्रमाण सुरक्षित राखिएको जनाएको छ । ‘पीडित सामान्य अवस्थामा आइनसकेकाले घटना विवरणबारे पूरै जानकारी आइसकेको छैन,’ उनले भने, ‘पीडित बोल्न सक्ने अवस्थामा नरहेकाले सोधपुछ भएको छैन ।’

उनका अनुसार पीडितको स्पोन्सर पत्ता लागेकाले दोषी पक्राउ हुने सम्भावना प्रबल छ । ‘उनी काम गर्ने घरमालिक पत्ता लागिसकेकाले प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको छ,’ उनले भने, ‘यस घटनामा प्रमाण दरिलो रहेकाले अभियुक्त पक्राउ हुने र कानुनी कारबाही गर्न सकिने स्थिति छ ।’ उपचारपछि पीडितलाई न्याय दिलाएर मात्र स्वदेश पठाइने पनि उनले बताए ।

श्रीमान् श्रीमती नदी किनारमा मृत अवस्थामा

पाँच दिनदेखि बेपत्ता प्युठान दाखाक्वाडी- ९ का श्रीमान् श्रीमती माडी नदी किनारमा मृत अवस्थामा फेला परेका छन्। उनीहरु दुवै कम्मरमा डोरीले बाँधेको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक रामबहादुर महतराले बताए।


गत बिहीबारदेखि बेपत्ता रहेका ६० वर्षीय नेत्रबहादुर खत्री र ५५ वर्षीया गौरी खत्री रम्दीको चेरनेटास्थित माडी नदी किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ।

दुई आमा छोराको हत्या भएको खुलासा

बाग्लुङको अधिकारीचौरमा मृत अवस्थामा भेटिएका दुई आमा छोराको हत्या भएको खुलासा भएको छ । कात्तिक २२ गते साँझ मृत अवस्थामा भेटिएका अधिकारी चौर ४ का २५ बर्षिया मिना भण्डारी र उनका साढे २ बर्षिय छोरा एञ्जल भण्डारीको स्थानीय दुई युवाले खुकुरी र काठको बिँड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

अधिकारी चौर ४ का १८ बर्षिय योगेन्द्र भण्डारी र वडा नम्बर ६ का रिमबहादुर बिकले आमा छोरको हत्या गरेको प्रहरीले सोमबार बागलुङमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आफूहरु सानो छँदा मृतक मिना भण्डारीका श्रीमान नगेन्द्र भण्डारीले आफुहरुलाई पटक–पटक कुटपिट गरेको बदला लिन उनका श्रीमति र छोराको हत्या गरेको उनीहरुले प्रारम्भिक बयानमा बताएको प्रहरी नायव उपरिक्षक उमाप्रसाद चर्तुवेदीले बताउनुभयो ।

प्रहरीका अनुसार भण्डारी र बिकले मृतक भण्डारीलाई उनका श्रीमान पोखरा गएका बेला ‘नगेन्द्रको फोन आएको छ’ भनेर बोलाई घरदेखी केही पर लगेर हत्या गरेको स्वीकार गरेका छन् । हत्यापछि उक्त घटनाबाट बच्नका लागि उनीहरुले श्यामबहादुर भण्डारीको नामबाट चिठी तयारी गरी बाटोमा फालेको थिए । मृतक भण्डारीका आमा छोराको शव कात्तिक २४ गते बिहान घरदेखी केही पर घाँसले पुरिएको अवस्थामा फेला

Thursday, November 10, 2011

आमा छोराको शव भेटियो


बाग्लुङको अधिकारीचौर गाविसको ओख्रेनीमा चार वर्षका छोरासहित आमा मिना भण्डारीको शव भेटिएको छ। भण्डारी ३ दिनदेखि सम्पर्कबाहिर रहेकी स्थानीय उजिर थापाले बताएका छन्। घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

रुरु रेसुङा उपभोक्ता समिती गठन


रुरु रेसुङा संरक्षण तथा पर्यटन बिकास समिती(रुरेसपबिस),गुल्मी अन्तरगत रहने गरी आज रिडीमा "रुरु  रेसुङा उपभोक्ता समिती" रिडीको गठन भएको छ्। रुरेसपबिसका अध्यक्ष्य श्री निम बहादुर पाण्डेको उपस्थितीमा गठित समितीको अध्यक्ष श्री फर्सुराम पौद्वेल रहनु भएको छ्। ११ सद्स्य रहेको समितीमा निम्न ब्यक्तीहरु रहनुभएको छ्: अध्यक्ष- फरसुराम पौद्वेल,उपाध्यक्ष- रामलाल बिक,कोषाध्यक्ष- धना राना, सद्स्यहरुमा- चन्द्र लाल कसजू, सुन्दर कसजू, दुर्गादत्त रेग्मी,परशुराम भट्टराई, राजेन्द्र राज पाण्डे,तारा सुबेदी, डोप कुमारी ज्ञवाली र सचिबमा दमोदर भट्टराई रहनु भएको छ्।