अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, June 29, 2011

अर्घाखाँची जिल्लामा भैंसीको अभाव

अर्घाखाँची जिल्लामा भैंसीको अभाव हुन थालेको छ । भैंसी ब्यापारीहरुले मासुका लागि थारो भैंसी र दुहुना भैंसी समेत गाउँगाउँबाट खरिद गरी शहरमा लगेर बिक्री गर्न थालेपछि जिल्लामा भैंसीको अभाव हुन थालेको हो ।मासुका लागि पाडा र राँगाहरु मात्र बिक्री हुने गरेकोमा ३ वर्षयता भैंसीका पाडी र दूध दिने भैंसी समेत सहरमा निकासी हुन थालेपछि जिल्लामा भैंसीको अभाव हुन थालेको हो ।

  बर्केना थारो भैंसीलाई जिल्लामा २ वर्ष पहिलेसम्म ६ हजारदेखि १० हजारसम्ममा बिक्री हुने गरेकोमा भैंसी व्यवसायीहरुले बर्केना र थारो भैंसी १२ देखि २० हजारसम्ममा खरिद गर्न थालेपछि जिल्लामा भैंसी रित्तिन थालेका हुन् । मासुका लागि जिल्लाबाट भैंसी निकासी हुन थालेपछि लैना भैंसीको मूल्यपनि निक्कै चर्किएको छ । २ वर्ष पहिलेसम्म १२ हजारदेखि १७ हजार मूल्यमा पाइने भैंसी अहिले ३५ देखि ४० हजारमा पनि पाइन मुस्किल पर्ने गरेको कृषकहरुको भनाइ छ ।
भैंसीपालन व्यवसायका लागि अनुकुल मानिएको अर्घाखाँचीमा लैनो भैंसी नपाइँदा कृषकहरु निक्कै चिन्तित भएका छन् । व्यवसायिक रुपमा ८-१० वटा भैंसी पाल्ने कृषकहरुले आर्थिक प्रलोभनमा परी गोठका भैंसी रित्ताएर १-२ वटा मात्र पाल्न थालेको जनाइएको छ । जिल्लाबाट ट्रकका ट्रक भैंसीहरु बाहिँरिदा पनि स्थानीय प्रशासन र सरोकार वाला निकाय भने मौन रहेका छन् । गाउँबाट भैंसी रित्तिँदै गएपछि जिल्लामा दूध र घिउको अभाव हुन थालेको छ ।

From:

No comments:

Post a Comment