अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Thursday, June 30, 2011

जलबायु परिबर्तनको असर अर्घाखाँचीका भ्यागुतामा पनि

अहिले वर्षातको समय छ. झरी परि रहेको छ, जताततै मूल फुटेको छ, खेतमा, पोखरीमा,घर घरमा पानी भर्न खनेको सानासाना पोखरीमा समेत पानी जम्मा भएको छ / यसबेला मजाले भ्यागुताहरु कराउने , साउने किरा आउने समय हो तर अहिले बिगतको जस्तो भ्यागुताहरु , साउने किराहरु नभएको स्थानीय बूढापाकाहरु बताउ छन् / उनीहरु यो कलि लागेको र प्रकृतिमा प्रभाब परेको भन्दछन भने सो कुरा नमान्नेहरू जलबायु परिबर्तनको असर , प्रकृतिमा मानबिय प्रभाब लगायत अन्य कारणले गर्दा अर्घाखाँचीका भ्यागुताको संख्यामा कमि आएको बताउ छन् /

अर्घाखाँचीमा वाली गीत गाउदै असार पन्ध्र मनाइयो



असारे  मासको दबदबे हिलो छि मलाई घिन लाग्यो

पातली नानीलाई फरिया किन्दा छ बिस ऋण लाग्यो ............

भन्दै वाली गीत गाउदै, दहि चिउरा खाएर अर्घाखाँचीमा पनि असार पन्ध्र मनाइयो / बिगतमा रोपाई गर्न समयमा पानी नपरेको कारण रोपाई ढिला शुरुहुने गरेकोमा यसपटक भने समयमा पानी परेकोले रोपाई गर्न सहज भएको छ र किसान माझ खुसियाली छाएको छ / अर्घाखाँचीको मथुरा फाट, चुत्राबेशी, बेलवा लगायत अधिकांश ठाउमा रोपाई शुरु भएको छ /

Wednesday, June 29, 2011

अर्घाखाँची जिल्लामा भैंसीको अभाव

अर्घाखाँची जिल्लामा भैंसीको अभाव हुन थालेको छ । भैंसी ब्यापारीहरुले मासुका लागि थारो भैंसी र दुहुना भैंसी समेत गाउँगाउँबाट खरिद गरी शहरमा लगेर बिक्री गर्न थालेपछि जिल्लामा भैंसीको अभाव हुन थालेको हो ।मासुका लागि पाडा र राँगाहरु मात्र बिक्री हुने गरेकोमा ३ वर्षयता भैंसीका पाडी र दूध दिने भैंसी समेत सहरमा निकासी हुन थालेपछि जिल्लामा भैंसीको अभाव हुन थालेको हो ।

  बर्केना थारो भैंसीलाई जिल्लामा २ वर्ष पहिलेसम्म ६ हजारदेखि १० हजारसम्ममा बिक्री हुने गरेकोमा भैंसी व्यवसायीहरुले बर्केना र थारो भैंसी १२ देखि २० हजारसम्ममा खरिद गर्न थालेपछि जिल्लामा भैंसी रित्तिन थालेका हुन् । मासुका लागि जिल्लाबाट भैंसी निकासी हुन थालेपछि लैना भैंसीको मूल्यपनि निक्कै चर्किएको छ । २ वर्ष पहिलेसम्म १२ हजारदेखि १७ हजार मूल्यमा पाइने भैंसी अहिले ३५ देखि ४० हजारमा पनि पाइन मुस्किल पर्ने गरेको कृषकहरुको भनाइ छ ।
भैंसीपालन व्यवसायका लागि अनुकुल मानिएको अर्घाखाँचीमा लैनो भैंसी नपाइँदा कृषकहरु निक्कै चिन्तित भएका छन् । व्यवसायिक रुपमा ८-१० वटा भैंसी पाल्ने कृषकहरुले आर्थिक प्रलोभनमा परी गोठका भैंसी रित्ताएर १-२ वटा मात्र पाल्न थालेको जनाइएको छ । जिल्लाबाट ट्रकका ट्रक भैंसीहरु बाहिँरिदा पनि स्थानीय प्रशासन र सरोकार वाला निकाय भने मौन रहेका छन् । गाउँबाट भैंसी रित्तिँदै गएपछि जिल्लामा दूध र घिउको अभाव हुन थालेको छ ।

From:

अर्घाखाँचीको यात्राको सुरक्षा भगवानमा निहित

अर्घाखाँची जिल्लाको ग्रामिण क्षेत्रको  सडक संजाल प्राय साघुरो  एवं  कच्ची रहेकोले बर्षातको समयमा सडकमा पानी जम्ने, सडकमा खाल्डा पर्ने, सडक गिलो हुने, भासिने आदि कारणले बर्षातको समयमा सडक दुर्घटना बढ्न सक्ने यात्रुहरुले बताएका छन् / कमजोर सडक र चालकको गल्तीले गर्दा सडक दुर्घटना बाट ज्यान गुमाउनेको संख्या बर्सेनि बढी रहेको छ / सन्धिखर्क हुदै बुटवल जाने आउने यात्रुले श्री सुपा देउरालीको दर्शन गरी सुरक्षित यात्राको कामना गर्ने र यता केरुंगा , बलकोट हुदै यात्रा गर्नेले रिडीको दर्शन गरी सुरक्षित यात्राको कामना गर्ने चलन यद्यपी कायम नै छ / यसरी अर्घाखाँचीको यात्राको सुरक्षा भगवानमा निहित रहेको भन्ने यात्रुको कमि छैन /

भीरबाट ट्रक खस्यो, दुईको मृत्यु

टेकनारायण भट्टराई
पाल्पा-गुल्मी सडक खण्ड अन्तर्गत जोर्तेमा ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। बुधबार बिहान करिब ८ बजे ट्रक करिब डेढसय मिटर तल खसेको थियो। भीरबाट चालक मकवानपुर जिल्लाका नवराज घलनलाई मृत अवस्थामा निकालिएको थियो।

नाम नखुलेका सहचालकलाई स्थानीयले घाइते अवस्थामा निकालेका भएपनि उनको केही बेरमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकमा उनीहरू दुईजना मात्र सवार थिए। मुसलधारे पानी परेका कारण प्रहरी उद्दारका लागि घटनास्थल पुग्न ढिलाई भएको बताइएको छ।

गुल्मी मजुवामा पुल निर्माणका लागि सामान लिएर जाँदै गरेको ना २ ख८५०५ नम्बरको ट्रक पल्टेर जोर्ते मन्दिरको अग्लो पहाडमा अड्केर झुण्डिएको अवस्थामा रहेको प्रत्यक्षदर्शी शुशिल कुँवरले बताए।

दुर्घटनापछि एक घण्टासम्म अवरुद्ध बनेको पाल्पा-गुल्मी सडक सुचारु भएको प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले बताए। मुसलधारे पानी परेको र हुस्सु लागेकोले ओरालो र साँघुरो ठाउँमा विपरीत दिशाबाट आएको ट्रकलाई साइड दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शी कुँवरले बताए।

अर्घाखाँची र आसपासका पर्यटकिय स्थलहरु







अर्घाखाँची जिल्लाको नक्सा








श्री कालीका मन्दिर , केरुंगा
   

    





श्री सुपा देउरालीको मन्दिर









ठाडाको दह









अर्घाखाँचीको रमाइलो बस्ती








श्री सुपा देउराली केरुंगा कोल्दी








रिडिखोला जलविद्युत आयोजना


  



 












चौपारी




रिडी









ऋषिश्वोर






रिडी बजार
ऋषिश्वोरको मन्दिर

अर्घाखाँचीमा धान रोपाई


यसपाली समयमा नै पानी परेकोले अर्घाखाँचीका किसान यतिबेला धान रोपाईमा ब्यस्त छन् / मानो खाएर मुरी फलाउनु पर्ने भएकोले पनि थप चटारो थपेको छ / अर्घाखाँचीका खेत तल बेसीमा हुने र बसाई अलि मथि हुने साथै युवाहरु गाउमा नबस्ने कारणले पनि धान रोपाईमा समस्या परेको गुनासो अर्घाखाँची बलकोटका एक किसानले ARGHAKHANCHI NEWS BOARD लाई बताए /
 हो हो ह ह .....हो हो ह ह ..........

     
धान रोपाइमा वाली गाउदै किसान
 



Tuesday, June 28, 2011

अर्घाखाँचीका किसान वर्षैभर तरकारी खेतीमा

अर्घाखाँचीका किसान गाउँमा सडक सञ्जाल विस्तारसँगै आधुनिक खेतीमा आकषिर्त भएका छन् । वर्षमा दुईपटक मकै, गहुँ र जौको खेती गर्ने किसानले हाल बाह्रै महिना खेतबारीमा तरकारीखेती गरी मनग्य आम्दानी गर्न सक्ने भएका हुन् ।
आलु, गोलभेंडा, बन्दा, काउली, सिमी, साग, प्याज, लसुनलगायत तरकारीखेती गरी किसानले लाखौँ रुपैयाँ कमाउन थालेका छन् । उनीहरूले सुन्तला, कागती, मौसमी, कफी, अदुवा तथा अलैँचीखेतीबाट पनि आम्दानी लिन थालेका छन् । 
गाउँ-गाउँमा सडक पुगेपछि उत्पादन बजारसम्म पुर्‍याउन सहज भएकाले आधुनिक खेतीमा आकषिर्त भएको किसानको भनाइ छ । 
जिल्लामा ०४६ सम्म गोरुसिंगेदेखि सन्धिखर्कसम्म ६८ किमि कच्ची सडक रहेकोमा हाल करिब १२ सय किमि सडक निर्माण भएको जिल्ला विकास समिति अर्घाखाँचीले जनाएको छ । 
किसानले गाईभैँसीपालनबाट पनि मनग्य आम्दानी गर्दै आएका छन् । पणेना, पटौटी, हंसपुर, खनदह, अर्घातोष, मरेङ, भगवती गाविसका किसानले यस वर्ष मात्रै करिब २ करोडको सुन्तला बिक्री गरेका छन् भने ठाडा, सीतापुर, सिद्धारा र सुवर्णखाल गाविसबाट १५ करोड रुपैयाँको अदुवा निकासी भएको छ । 
भगवती, अर्घातोष, मरेङ, पटौटी, पणेना, पोखराथोकबाट १५ सय लिटर दूध प्रत्येक दिन बिक्री हुने गरेको किसान बताउँछन् । चालू आवसम्म दुईतिहाइ बढी बजेट सडकमा मात्रै विनियोजन गर्दै आएको जिविसले आगामी वर्षदेखि आधुनिक कृषि र सिँचाइ योजनामा थप बजेट विनियोजन गरी जिल्लालाई आत्मनिर्भर बनाउने तयारीमा रहेको स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए /      

अर्घाखाँचीमा बाँदर आतंक

अर्घाखाँची जिल्लाका केरुंगा, बलकोट, छत्रगन्ज, चिदिका, ठुलापोखरा, डिभर्ना लगायतका अधिकांश गाविसहरुमा यतिबेला बाँदरले बारीमा लगाएको मकै लगायत अन्य फलफुल सखापै हुने गरि खाइ दिएर स्थानीय किसान माझ एउटा ठुलो समस्या श्रीजना गराएको छ, जसको कारण किसानहरु बिहान सबेरै देखी साझ सम्म बारीमा गइ बाँदर धपाउन बिबश छन् / स्थानीय एक पीडितका अनुसार यो समस्या वर्षामा मात्र नभई हिउदमा पनि उत्तिकै रहेको छ र कतै बाट पनि बाँदर ब्यबस्थापन सम्बन्धी कार्य नभएको गुनासो ARGHAKHANCHI NEWS BOARD लाई बताए / यो किसानहरु माझ आतंकको रुपमा नै रहेको समेत उनले बताए /