अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Tuesday, November 15, 2011

अर्घाखाँचीको किमडाडामा जीप दुर्घटना

अर्घाखाँचीको किमडाडामा  भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।गुल्मी तम्घासबाट अर्घाखाँचीको किमडाडा जाँदै गरेको लु १ ज १७५६ नम्बरको जीप किमडाँडा गाविसको वाड नं ८ सिमलपाटामा दुर्घटना भएको हो । दुर्घटनामा गुल्मी पुर्कोट दह आरुपाटा घर भएका जीपका सहचालक १८ वर्षका तिलक केसीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पेनसन लिन किमडाडाका बासिन्दाले जीप रिजर्ब गरेर तम्घास आएका थिए । मानिसलाई किमडाडाँ पु¥याएर फर्कने क्रममा जीपको ब्रेकफेल भई दुर्घटना भएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

कपिलवस्तुकी एक युवती सामूहिक बलात्कारमा

घरेलु कामदारका रूपमा साउदी अरब पुगेकी एक नेपाली युवती सामूहिक बलात्कारमा परेकी छन् । उनको ढाड र खुट्टासमेत भाँच्चिएको छ ।


साउदीको राजधानी रियादमा कपिलवस्तुकी २६ वर्षीया नेपाली युवतीलाई सामूहिक बलात्कार गरी नेपाली दूतावासको गेटअगाडि फालिएको थियो । दुई महिनाअघि पनि बलात्कारमा परेकी एक युवती शरण खोज्दै दूतावास आइपुगेकी थिइन् ।

साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार पीडितलाई एक अस्पतालमा उपचार गराइराखिएको छ । ‘सामूहिक बलात्कार गरी बिहान ३ बजेतिर दूतावासको गेटअगाडि ल्याएर फालिएको रहेछ,’ उनले ईकान्तिपुरसँग भने, ‘बाटोमा हिंड्ने बटुवाले थाहा पाएपछि स्टाफ बस्ने क्वार्टरमा घन्टी बजाइदिएपछि मात्रै जानकारी भयो ।’

दूतावासले सूचना पाएलगत्तै प्रहरीको साथ लिई अस्पतालमा लगिएको र आवश्यक प्रमाण सुरक्षित राखिएको जनाएको छ । ‘पीडित सामान्य अवस्थामा आइनसकेकाले घटना विवरणबारे पूरै जानकारी आइसकेको छैन,’ उनले भने, ‘पीडित बोल्न सक्ने अवस्थामा नरहेकाले सोधपुछ भएको छैन ।’

उनका अनुसार पीडितको स्पोन्सर पत्ता लागेकाले दोषी पक्राउ हुने सम्भावना प्रबल छ । ‘उनी काम गर्ने घरमालिक पत्ता लागिसकेकाले प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको छ,’ उनले भने, ‘यस घटनामा प्रमाण दरिलो रहेकाले अभियुक्त पक्राउ हुने र कानुनी कारबाही गर्न सकिने स्थिति छ ।’ उपचारपछि पीडितलाई न्याय दिलाएर मात्र स्वदेश पठाइने पनि उनले बताए ।

श्रीमान् श्रीमती नदी किनारमा मृत अवस्थामा

पाँच दिनदेखि बेपत्ता प्युठान दाखाक्वाडी- ९ का श्रीमान् श्रीमती माडी नदी किनारमा मृत अवस्थामा फेला परेका छन्। उनीहरु दुवै कम्मरमा डोरीले बाँधेको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक रामबहादुर महतराले बताए।


गत बिहीबारदेखि बेपत्ता रहेका ६० वर्षीय नेत्रबहादुर खत्री र ५५ वर्षीया गौरी खत्री रम्दीको चेरनेटास्थित माडी नदी किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ।

दुई आमा छोराको हत्या भएको खुलासा

बाग्लुङको अधिकारीचौरमा मृत अवस्थामा भेटिएका दुई आमा छोराको हत्या भएको खुलासा भएको छ । कात्तिक २२ गते साँझ मृत अवस्थामा भेटिएका अधिकारी चौर ४ का २५ बर्षिया मिना भण्डारी र उनका साढे २ बर्षिय छोरा एञ्जल भण्डारीको स्थानीय दुई युवाले खुकुरी र काठको बिँड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

अधिकारी चौर ४ का १८ बर्षिय योगेन्द्र भण्डारी र वडा नम्बर ६ का रिमबहादुर बिकले आमा छोरको हत्या गरेको प्रहरीले सोमबार बागलुङमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आफूहरु सानो छँदा मृतक मिना भण्डारीका श्रीमान नगेन्द्र भण्डारीले आफुहरुलाई पटक–पटक कुटपिट गरेको बदला लिन उनका श्रीमति र छोराको हत्या गरेको उनीहरुले प्रारम्भिक बयानमा बताएको प्रहरी नायव उपरिक्षक उमाप्रसाद चर्तुवेदीले बताउनुभयो ।

प्रहरीका अनुसार भण्डारी र बिकले मृतक भण्डारीलाई उनका श्रीमान पोखरा गएका बेला ‘नगेन्द्रको फोन आएको छ’ भनेर बोलाई घरदेखी केही पर लगेर हत्या गरेको स्वीकार गरेका छन् । हत्यापछि उक्त घटनाबाट बच्नका लागि उनीहरुले श्यामबहादुर भण्डारीको नामबाट चिठी तयारी गरी बाटोमा फालेको थिए । मृतक भण्डारीका आमा छोराको शव कात्तिक २४ गते बिहान घरदेखी केही पर घाँसले पुरिएको अवस्थामा फेला