अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Thursday, June 30, 2011

जलबायु परिबर्तनको असर अर्घाखाँचीका भ्यागुतामा पनि

अहिले वर्षातको समय छ. झरी परि रहेको छ, जताततै मूल फुटेको छ, खेतमा, पोखरीमा,घर घरमा पानी भर्न खनेको सानासाना पोखरीमा समेत पानी जम्मा भएको छ / यसबेला मजाले भ्यागुताहरु कराउने , साउने किरा आउने समय हो तर अहिले बिगतको जस्तो भ्यागुताहरु , साउने किराहरु नभएको स्थानीय बूढापाकाहरु बताउ छन् / उनीहरु यो कलि लागेको र प्रकृतिमा प्रभाब परेको भन्दछन भने सो कुरा नमान्नेहरू जलबायु परिबर्तनको असर , प्रकृतिमा मानबिय प्रभाब लगायत अन्य कारणले गर्दा अर्घाखाँचीका भ्यागुताको संख्यामा कमि आएको बताउ छन् /

अर्घाखाँचीमा वाली गीत गाउदै असार पन्ध्र मनाइयो



असारे  मासको दबदबे हिलो छि मलाई घिन लाग्यो

पातली नानीलाई फरिया किन्दा छ बिस ऋण लाग्यो ............

भन्दै वाली गीत गाउदै, दहि चिउरा खाएर अर्घाखाँचीमा पनि असार पन्ध्र मनाइयो / बिगतमा रोपाई गर्न समयमा पानी नपरेको कारण रोपाई ढिला शुरुहुने गरेकोमा यसपटक भने समयमा पानी परेकोले रोपाई गर्न सहज भएको छ र किसान माझ खुसियाली छाएको छ / अर्घाखाँचीको मथुरा फाट, चुत्राबेशी, बेलवा लगायत अधिकांश ठाउमा रोपाई शुरु भएको छ /