अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Friday, November 4, 2011

पाल्पाली युवाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई काम गर्ने मौका दिनुपर्ने भन्दै अभियान थाले

पाल्पाली युवाले वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईलाई काम गर्ने मौका दिनुपर्ने भन्दै अभियान थालेका छन्। 'बाबुरामलाई काम गर्न देउ' लेखिएका गन्जी लगाएर युवाले पार्टी भन्दा माथि उठेर सबैले राम्रो गर्नेलाई साथ दिनुपर्ने बताए।


बुधबार तानसेनमा पत्रकार सम्मेलन गरेर उनीहरुले योग्यलाई मौका दिनुपर्ने बताए। कुनै दलसँग आबद्ध नभएको र सचेत नेपाली जनताका हैसियतले यस्तो अभियान सुरु गरेको उनीहरुले बताए।



'सरकारका राम्रा कामको प्रशंसा गर्नुपर्छ, अखिर कसैलाई त विश्वास गर्नै पर्‍यो' अभियानका अगुवा सागर घिमिरेले भने 'परीक्षामा सँधै प्रथम भएका, कुशल अर्थमन्त्री भैसकेका र अहिलेसम्म जनचाहना बुझेर अघि बढेका प्रधानमन्त्री भएकाले हामीले उहाँलाई समर्थन गरेका हौँ।'

उनलाई अझै हौसला दिन यस्तो अभियान थालेको उनीहरुले बताए। अर्का अभियान्ता रामचन्द्र नेपालले अहिलेका भरोसायोग्य र जनताका प्रिय प्रधानमन्त्री भएकाले उनलाई काम गर्नका लागि हौसला दिन यस्तो अभियान चलाएको बताए। उनीहरुले यस्तै सन्देशका स्टिकर समेत तैयार पार्ने बताएका छन्।

टोपबहादुर रायमाझीकी श्रीमती सिमा भनिने योगमाया रायमाझीले अर्कै पुरुषसँग अंश मागिन

  
स्थानीय विकासमन्त्री एवं माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीकी श्रीमती सिमा भनिने योगमाया रायमाझीले अर्कै पुरुषसँग अंश मागेकी छिन् ।


बुटवल लक्ष्मीनगरका रामबहादुर कार्कीसँग दोश्रो विवाह गरेको र विवाहपछि खान लाउन नदिएको भन्दै सीमा अंश मागसहित रुपन्देही जिल्ला अदालतमा बुधबार फिरादपत्र दर्ता गरेकी छिन् । उजुरी दर्ता गरेको जानकारीपछि माओवादी अबध राज्यसमितिका सचिव निर्मलकुमारले आजै एक बिज्ञप्ति जारी गरि सीमालाई अनैतिक र अनुशासनहीन काम गरेको भन्दै निलम्बन गरेको बताएका छन् ।

बिसं २०४५ सालमा रायमाझीसँग प्रेम विवाह गरेकी योगमायाका २२ बषिर्य छोरा र १८ बषिर्य छोरी रहेका छन् । कार्कीसँग २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको र ३-४ महिनाअघि मात्र विवाह गरेको सीमाले दावी गरेकी छिन् । माओवादी स्रोतका अनुसार युद्धकालदेखि नै ठेकेदारहरुसँग सम्बन्धमा रहँदै आएकी सीमाको टोपबहादुरसँग राम्रो सम्बन्ध थिएन् । तर उनले रायमाझीसँग सम्बन्ध विच्छेद गरेकी छैनन । रायमाझी भौतिक योजनामन्त्री छँदा उनलाई खानेपानी संस्थानको बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।

योगमायाले कार्कीसँग २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको जानकारी पार्टीलाई गराएको माओवादी श्रोतले जनाएको छ । रामु कार्की भनिने रामबहादुर बुटबलमा ठेकेदार र म्यानपावर दलालका रुपमा चिनिन्छन् । माओवादीको वाईसिएलमा संलग्न रहेका उनी बुटवलका सार्वजनिक कार्यक्रमहरुमा सँगै देखिनुका साथै एकअर्काप्रति अस्वभाविक माया प्रर्दशन गर्दथे ।

माओवादी अवध राज्यसमिति श्रोतका अनुसार पार्टी र टोपबहादुर रायमाझीको नामको दुरुपयोग गरेको र पार्टी हित विपरित काम गरेको भन्दै पार्टीले योगमायालाई यसअघि पनि सचेत गराएको थियो ।

टोपबहादुर रायमाझी भूमिगत रहेको बेला दिल्ली जाँदा बि.सं. २०४० को दशकमा योगमायासँग भेट भएको थियो । लाहुरेकी छोरी योगमायाले मन पराएपछि २ जनाबीच बि.सं. २०४५ सालमा दिल्लीमा प्रगतिशिल विवाह भएको थियो । अर्घाखाँचीका रायमाझी विवाह गर्दा २८ वर्षका थिए ।