अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Thursday, July 21, 2011

रक्तचन्दनसहित पक्राउ

भैरहवा, साउन ५ (नागरिक)-
रुपन्देही प्रहरीले सिन्धुपाल्चोक, तातोपानीका २८ वर्षीय मिङमार लामालाई १ सय ८३ किलो ९५ ग्राम रक्तचन्दनसहित पक्राउ गरेको छ। पक्राउमा परेका लामा र रक्तचन्दन जिल्ला प्रहरी कार्यालय भैरहवाले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। बा ६ च ५८०० नम्बरको कालो बलेरो जिपमा ५ वटा जुटको बोरामा प्याकिङ गरिएको अवस्थामा अरक्तचन्दन फेला परेको रुपन्देहीका निमित्त जिल्ला प्रहरी प्रमुख भोजजंग शाहले बताए।

प्रहरीले गाडी तथा चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय रुपन्देहीमा पठाउने जनाएको छ।

साइटिस सन्धिमा हस्ताक्षर गरेकाले नेपालमा रक्तचन्दन प्रतिबन्धित छ।





तानसेन तम्घास सडक अबरुद्ध

गगनशिला खड्का
साँघुरो सडकमा गाडी विग्रेपछि बाहिरबाट गुल्मी जिल्लाको सदर मुकाम तम्घास सहित क्षेत्र नं २ र ३ प्रवेश गर्ने एकमात्र सडक तानसेन तम्घास सडकखण्ड बुधबार विहान देखि अबरुद्ध बनेको छ । तानसेन तम्घास सडकखण्डको खन्यारुखमा ना २ ख ५६५१ नम्बरको ट्रक विग्रेपछि बुधबार विहान सात बजेदेखि सडक अबरुद्ध भएको यात्रु रीख बहादुर पाण्डेले जानकारी दिए ।

सडक अबरुद्ध भएपछि पाल्पा बुटबल लगायत जिल्ला बाहिर र क्षेत्र नं १ बाट सदरमुकाम तथा २ र ३ नम्बर क्षेत्रमा आउने तथा बाहिर जाने सवारी साधनहरु विच बाटोमै अलपत्र परेका छन् । सिमेण्ट बोकेको ट्रक ओभरलोडका कारण लर्केर सडकमा तेर्सो परेको कारण सडक बन्द भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार रेशम थापाले जानकारी दिए । विग्रेको ट्रक तान्नको लागी प्रयास भईरहेकोले केही घण्टामा सडक सुचारु हुने उहाँले जानकारी दिए ।