अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Thursday, July 21, 2011

तानसेन तम्घास सडक अबरुद्ध

गगनशिला खड्का
साँघुरो सडकमा गाडी विग्रेपछि बाहिरबाट गुल्मी जिल्लाको सदर मुकाम तम्घास सहित क्षेत्र नं २ र ३ प्रवेश गर्ने एकमात्र सडक तानसेन तम्घास सडकखण्ड बुधबार विहान देखि अबरुद्ध बनेको छ । तानसेन तम्घास सडकखण्डको खन्यारुखमा ना २ ख ५६५१ नम्बरको ट्रक विग्रेपछि बुधबार विहान सात बजेदेखि सडक अबरुद्ध भएको यात्रु रीख बहादुर पाण्डेले जानकारी दिए ।

सडक अबरुद्ध भएपछि पाल्पा बुटबल लगायत जिल्ला बाहिर र क्षेत्र नं १ बाट सदरमुकाम तथा २ र ३ नम्बर क्षेत्रमा आउने तथा बाहिर जाने सवारी साधनहरु विच बाटोमै अलपत्र परेका छन् । सिमेण्ट बोकेको ट्रक ओभरलोडका कारण लर्केर सडकमा तेर्सो परेको कारण सडक बन्द भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार रेशम थापाले जानकारी दिए । विग्रेको ट्रक तान्नको लागी प्रयास भईरहेकोले केही घण्टामा सडक सुचारु हुने उहाँले जानकारी दिए ।

No comments:

Post a Comment