अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, December 4, 2011

अर्घाखाँचीमा सुन्तला तेब्बर फले

पणेना सिम्लेका कृषक रेवतीराज पौडेललाई सुन्तलाका बोटमा दाना बढी लागेपछि बोट भाँचिन नदिन के गर्ने भन्ने चिन्ताले सताएको छ । यस पाली लटरम्मै फलेका बोटले थाम्नै नसक्ने भएको छ ।


पणेना गाउँमा गत वर्षको भन्दा सुन्तला तेब्बर फलेको छ । पौडेलले भने, एक बोटमा १० हजारभन्दा बढी दाना लागेको छ । पातभन्दा दाना बढी देख्निछन । पाकिसकेका सुन्तलाको बोट भाँचिनबाट जोगाउँन भुईमा टेका लगाएको उनले बताए । यसपाली दानासमेत ठूला छन । अन्न छाडेर व्यावसायीक सुन्तला खेती गरेका सिम्लेका किसान सुन्तला तेब्बर फलेपछि निकै खुसि छन ।

अन्न उब्जनी गर्ने खेतबारी मासेर आफनो २० रोपनी जग्गामा व्यवसायीक सुन्तला खेती गरेका सिम्लेका अर्का युवा कृषक चिरञ्जीवी पौडेलका १२ सय सुन्तलाका बोटमा लटरम्मै दानाले बोटै लत्रिएका छन । बढी फलेकाले आम्दानी बढी हुने संकेत देखिएको छ, उनले भने, यस्तो अहिलेसम्म फलेको थिएन । उनले सुन्तलाबाट वाषिर्क २ लाख ५० हजार रुपैयाँ आम्दानी गर्छन । व्यवासायीक सुन्तला खेती गरेका पणेनाका करिब ३ सय किसान सबैका बोटमा एक नासले सुन्तला फलेका छन ।

यो वर्ष सुन्तलाको लागि वातावरण मिल्दो भएकाले राम्रो फलेको हो, पोखराथोक कृषि सेवा केन्द्रका प्राविधिक दधिराम गौतमले भने, धेरै वषर्ा भएको, असिना र तुषारो नपरेकाले राम्रो फल लागेको हो । गतवर्षको तुलनामा सुन्तलाको आम्दानीबाट सिम्ले गाउँमा वाषिर्क दुई करोड रुपैयाँ आम्दानी भएकोमा यस वर्ष आम्दानी बढने उनले बताए ।जिल्लाको खन, खनदह, भगवती, अर्घातोष, खिदिम, पोखराथोक गाविसमा सुन्तला खेती हुने गरेपनि पणेनाको सिम्लेमा जिल्लाकै सबैभन्दा धेरै सुन्तला उत्पादन हुने गर्छ । पणेनाका करिब ७ सय मध्ये ३ सय घरपरिवारले अन्न उब्जनी गर्ने खेतबारी मासेरै सुन्तला खेती गरेका छन । सिम्लेका गाउँलेले १२ वर्ष देखी व्यवसायीक सुन्तला खेती गर्दै आएका छन । यस वर्ष रोग नलागेकाले पनि राम्रो फल लागेको हो ।

प्रचण्डलाई लुम्बिनी बृहत्तर विकास समितिको निर्देशक बनाएकोमा बौद्धमार्गीहरु आन्दोलित

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लुम्बिनी बृहत्तर विकास समितिकोनिर्देशक बनाएपछि त्यसको बिरुद्धमा नेपालका बौद्धमार्गीहरु आन्दोलित भएका छन्। आन्दोलनकै क्रममा बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालको नेतृत्वमा नेपालका १५० वटा बढी बौद्धमार्गी संघ संस्थाहरुले २०६८ मंसीर २१ गते बिशाल जनप्रदर्शन गर्ने भएको छ।


काठमाडौंमा हुने बौद्धमार्गीहरुको जनप्रदर्शनमा ठुलो संख्यामा बौद्ध भिक्षु तथा भिक्षुनीहरु , धर्मगुरुहरु र करिव २० हजारको संख्यामा बौद्धमार्गीहरुको सहभागी हुने अनुमान गरिएको छ। बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालका प्रवक्ता अमरदिप मोक्तानका अनुसार मध्यान्ह १२ बजे काठमाडौंको माइतीघर मण्डलावाट शुरु हुने प्रदर्शनमा सबै राजनीतिक दलमा रहेका आदिबासी समुदायका नेता तथा कार्यकर्ताहरुको ठुलो संख्यामा उपस्थिति हुने छ।

मंसीर २१ गते काठमाडौंमा हुने बौद्धमार्गीहरुको प्रदर्शनमा सहभागी हुन अपिल गर्दै बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालले राजधानी काठमाडौंमा व्यापक रुपमा चिठ्ठी पत्रहरु र पर्चाहरु वितरण गर्ने काम गरिरहेको छ। विभिन्न राजनैतिक दलमा रहेका आदिबासी समुदायका राजनीतिज्ञ, समाजशास्त्री, मानव अधिकारवादी, कानून व्यवसायी, धर्मगुरुहरु र पत्रकारहरुलाई प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालले पत्र समेत पठाएको छ।

बौद्ध धर्म बिरोधीहरुद्वारा गणतन्त्रको मूल मर्म र भावना विपरित विगतको निरंकुश राज्य सत्ताले गर्ने गरेकै निति अनुसरण गर्दै शान्ति प्रेमी बौद्ध धर्मावलम्वीहरुको हृदयमा आघात पुर्‍याउने कार्य जारी राखेको भन्दै उनीहरुले आन्दोलनमा उत्रनु परेको बताएका छन्। सरोकारवाला बौद्ध धर्मावलम्वी आदिबासी समुदायको सल्लाह र सहमति बिना व्यक्तिगत स्वार्थको निमित्त केही व्यापारी मुखौटाधारी नेताहरुले भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई उद्योगमा परिणत गरी अपवित्र बनाउन तत्पर भई लागेकाप्रति उनीहरुको आपत्ति छ।

Thursday, December 1, 2011

अर्घाखाँचीको सन्धीखर्कमा ट्याक्टरवाट खसेर मृत्यु

गुडीरहेको ट्याक्टरवाट खसेर अर्घाखाँचीको सन्धीखर्कमा एक व्यतिmको ज्यान गएको छ । सन्धीखर्कदेखि नजिकै विहार वजारवाट ढुङ्गा लोडगरी सदरमुकाम सन्धिखर्कतर्फ जाँदै गरेको लु १ त ८२४३ नं.को ट्याक्टरवाट खसेर गम्भिर घाईते भएका रोल्पा घर भई सन्धीखर्क डेरा गरीवस्ने वर्ष ४५ का ट्याक्टर सहचालक गणेश विश्वकर्माको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको छ । शवलाई पोष्टमाटमकालागि जिल्ला अस्पतालमा राखिएको छ भने गाडी चालक आप्mनो नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


Thursday, November 24, 2011

अत्याधिक मदिरा सेवनवाट अर्घाखाँचीको सन्धिखर्कमा एक पुरुषको ज्यान गयो


अत्याधिक मदिरा सेवनवाट अर्घाखाँचीको सन्धिखर्कमा गएराति एक पुरुषको ज्यान गएको छ । यसरी ज्यान जानेमा सन्धिखर्क ६ तारामार्गका ५२ वर्षीय विष्णुवहादुर वोहोरा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखान्चीले जनाएको छ । राति मदिरा सेवनवाट लठ्ठीएर सडकमा लडिरहेको अवस्थामा उनलाई गस्ती प्रहरीले फेला पारेपछि उपचारको लागि जिल्ला अस्पतालमा लैजादै गर्दा उनको वाटोमै मृत्यु भएको थियो । मृतक वोहोराले जिल्ला अस्पताल सन्धिखर्कमा कार्यालय सहयोगिको पदमा रही काम गर्दै अएका थिए । मृतकको शव अहिले पोष्टमाटमकालागि जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको बताइएको छ ।


लुम्बिनी विकासको एकीकृत व्यवस्थापन योजना (आईएमपी) अन्तिम चरणमा

लुम्बिनी विकासको एकीकृत व्यवस्थापन योजना (आईएमपी) अन्तिम चरणमा पुगेको छ । यही वर्षको अन्त्यसम्ममा योजना लागू गर्ने तयारी भएको हो । युनेस्कोको 'वल्र्ड हेरिटेज सेन्टर' ले लुम्बिनीको दीर्घकालीन विकासका लागि योजना ल्याउनुबाहेकको विकल्प नरहेको बताएपछि नेपाली पक्ष तातेको छ ।


करिब सात महिनाअघि यो योजनाका लागि पुरातत्त्व विभाग, युनेस्को कन्सल्ट्यान्ट, संस्कृति मन्त्रालय र लुम्बिनी कोष सम्मिलित समितिले छलफल गरेर योजनालाई अन्तिम रूप दिंदैछ । 'नोभेम्बरमा हुने दुईवटा बैठकले यसको टुंगो लगाउनेछ,' पुरातत्त्व विभागका अधिकृत सुरेश श्रेष्ठले सोमबार कान्तिपुरसँग भने । उनी कमिटीमा फोकल प्वाइन्टको रूपमा सहभागी छन् ।

छरिएर आउने लगानीलाई एकद्वारबाट विकासमा लगाउन र जथाभावी निर्माण रोक्न यस्तो अवधारणा ल्याइएको उनले बताए । जापानी वास्तुविद् क्यान्जो टाङ्गेले ३० वर्षअघि लुम्बिनीको एक माइल टाढाबाट सुरु हुने नहरदेखि मायादेवी मन्दिरसम्मको भागलाई आधुनिकीकरण र कोलाहलबाट टाढा राखेर शान्त स्थलका रूपमा विकास गर्ने योजना अघि सारेका थिए । विभागका महानिर्देशक विष्णुराज कार्कीले यही मान्यताको आधारमा लुम्बिनीमा विकास हुनुपर्ने युनेस्कोले भन्दै आएको बताए । एकद्वार प्रणालीअन्तर्गत त्यहाँ हुने विकास निर्माण कार्यको समन्वय गर्न र बिनाविवाद अन्तर्राष्ट्रिय सहभागिता जुटाउन 'आईएमपी' आवश्यक भएको उनले बताए । 'योजना तयार भएर विभागमा प्रस्तुत हुनेछ, संस्कृति मन्त्रालय हँुदै मन्त्रिपरिषद्को बैठकमा पेस हुनेछ,' महानिर्देशक कार्कीले भने, 'पारित गर्नुको विकल्प छैन ।'

'लुम्बिनीमा हुने लगानीको एकीकृत हिसाबकिताब राख्न पनि सरल हुन्छ,' उनले भने,' दातृ मुलुकले सहयोग ल्याउनुअघि तयार पार्नेगरी अधिकारीहरू जुटिसकेका छन् ।' विश्वसम्पदा सूचीमा रहेकाले त्यहाँको निर्माण मापदण्ड हेर्ने, तय गर्ने र अनुगमन गर्ने प्रमुख सरोकारवाला विभाग हो । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुरूप पनि उक्त क्षेत्रको संरक्षणको मुख्य जिम्मेवारी पुरातत्त्वको हो । विभागले २०५२ सालमा उक्त क्षेत्रका १२ वटा साइटहरूको संरक्षण गरेको थियो ।

दाताले लुम्बिनीमा पाँचतारे होटल खोल्ने, अन्तर्राष्ट्रिय उद्यान बनाउने, विद्युतीय डुंगा सञ्चालन गर्ने, पुस्तकालय र अनुसन्धान केन्द्र खोल्ने ११ अर्बभन्दा बढी रुपैयाँको योजना अघि सारिसकेका छन् । जापानी ट्रस्ट फन्ड र युनेस्कोद्वारा सञ्चालित भिन्दाभिन्दै कार्यक्रमले उक्त क्षेत्रमा उत्खनन जारी राखेका छन् ।

चीन र श्रीलंकालगायत मुलुक पनि लुम्बिनी विकासमा सहभागी हुन इच्छुक देखिएको संस्कृति मन्त्रालयका अधिकारीले जनाएका छन् ।

विभिन्न टिमद्वारा लुम्बिनीको देवदहमा गरिएको उत्खननमा यस वर्ष र गत वर्ष बुद्धकालका हुक्का, इँटा, बुद्धका मूर्ति, मन्दिर, कोठाहरू, दियो र पोखरी फेला परिसकेको विभागले बताएको छ ।

देवदह विकास समिति र अन्य सरोकारवालाले संरक्षण, उत्खनन र विकासलाई गति दिनका लागि

आईएमपी कार्यक्रम लागू गर्न सरकारसँग लगातार माग गरिरहेको मन्त्रालयले जनाएको छ । उत्खनन गरिएका वस्तुको संरक्षण गर्न छुट्टै प्याकेज बनाउने तयारीसमेत भइरहेको महानिर्देशक कार्कीले बताए ।

'स्थानीयवासीमा चेतनाको अभाव र बढ्दो सहरीकरणले उक्त क्षेत्रमा पर्न सक्ने क्षतिलाई बचाउने गरी योजना अघि बढिसकेको छ,' उनले भने । उत्खनन र तिलौराकोट दरबारलाई बचाउन वरिपरिबाट पर्खालले घेर्ने कामसँगै स्थानीयमा जागृति कार्यक्रम लान आवश्यक भएको उनले बताए । 'घेरा हालेर मात्र संरक्षण सम्भव छैन,' महानिर्देशक कार्कीले भने, 'यसको महत्त्व बुझाउनु जरुरी छ ।'

लुम्बिनीमा सहयोग र योजनाभन्दा कार्यान्वयनको प्रतिबद्धता आवश्यक रहेको संस्कृति मन्त्रालयका एक अधिकारीले बताए । 'लुम्बिनी बनेमा त्यहाँ ओइरिने पर्यटकले मुलुकको अर्थतन्त्र धान्न सक्छ,' ती अधिकारीले भने, 'खेतीपाती र उद्योगधन्धाभन्दा यो बहुमूल्य सम्पदा उत्पादनमूलक छ ।'

संस्कृति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद रेग्मीले उक्त क्षेत्रको विकासका लागि सबै सरकारी संयन्त्र गृहकार्यमा जुटेको बताए । यसपछि यो कार्यले एक प्याकेजका रूपमा गति लिने उनले बताए ।

Tuesday, November 22, 2011

नरपानी गाविसका कृषकहरु व्यबसाहिक तरकारी खेति तर्फ

अर्घाखांची जिल्लाको नरपानी गाविसका कृषकहरु व्यबसाहिक तरकारी खेति तर्फ आकर्शित बनेका छन् । धन आर्जनको निम्ती विदेशिनुनै पर्छ भन्ने मान्यतालाई चुनौति दिदै नरपानी गाविसका कृषकहरु व्यवसाहकीक तरकारी खेती तर्फ आर्कसित बेनेका हुन् । पुख्यौली खेतिलाई कम निरन्तरता दिदौ आफुहरु प्राय खेतियोग्य जमिनमा तरकारी खेति गरि मनग्य आम्दानी गर्न सफल भएका नरपानीका राममणि भट्टराईले बताएका छन् । उनिसँगै अन्य कृषकहरुले गाउँका बारिहरुमा अहिले साग,घिरैला,लैका,भेन्डि,सेमि लगायतका तरकारी लगाई बारि हराबरा बनाउनुका साथै मनग्य आम्दानी गर्न सफल भएका छन् । उनीहरुले बारिमा बाह्रैमासे मैसमी र बेमैसमी तरकारी लगाई मनग्य आम्दानी गर्न सफल भएको बताउँछन् ।




कृषक भट्राईले व्यवसाहीक तरकारी खेतिबाट छोराछोरीलाई बोडिङ्गहरुमा पढाएको बताउँदै घरपरिबार राम्रो साग धान्न सकेको बताएका छन् । उनि जस्तै गाउामा यसै खेति बाट जिविकोपार्जन गदै आएका छन् । कृषक भट्राई रोजगारका निम्ती बिदेसिदाा दलालको फन्दामा परेपछि उनले स्बदेशमै आई व्यवसाहिक तरकारी खेति गरेका हुन् । यिनिसँगै नरपानी गाविसका थुप्रै कृषकहरु यस खेति तर्फ आकर्शिष बनेका छन् । उनिहरुले उत्पादन गरेको तरकारी सन्धिखर्कको साथै बुटबलमा समेत निर्यात हुने गरेको कृषकहरुको भनाई रहेको छ । उनहरुले धन कमाउन प्रदेसिएका नेपाली युबाहरुलाई स्वदेसमै बसि आफुहरुले जस्तै कुनै खेती गरि मनग्य आम्दानी गर्न सल्लाह दिएका छन् ।

Sunday, November 20, 2011

अर्घाखाँचीका गाउँमा कटुवाल पेसा सङ्कटमा

कुनै बेला सूचनाको माध्यम बनेको कटुवाल प्रथा लोप हुँदै जान थालेपछि यससँगै जीविकोपार्जन गर्नेहरु अहिले वैकल्पिक पेसाको खोजीमा लागेका छन् ।


गाउँको विकास निर्माणका काम गर्दा, वनको घाँस दाउरा फडानी गर्दा, मर्दा पर्दा, भोज भतेर तथा विवाह, व्रतबन्ध, आदि कार्य गर्दा सबैले सुन्ने अग्लो स्थानमा गएर चिच्चाएर सबैलाई थाहा दिनु कटुवालको पुख्र्यौली पेसा हो ।

यसरी सूचना तथा खबर जानकारी गराएवापत प्रत्येक घरबाट एक दुई पाथी अन्न उठाएर जीविका चलाउने कटुवालप्रथा बढ्दो सञ्चारप्रविधिको विकासले गर्दा लोप हुने अवस्थामा पुगेको गैरसरकारी संस्था महासङ्घका जिल्ला सचिव चन्द्रमणि पाण्डेले बताए ।

सूचना र खबर गाउँगाउँका रेडियो र पत्रपत्रिकामा प्रकाशन र मोबाइल तथा फोनबाट आदानप्रदान हुन थालेपछि गाउँलेले परम्परादेखि दिँदै आएको अन्न दिन नमानेकाले आफ्नो पेसा सङ्कटमा पर्दैगएको अर्घाका कटुवाल डुकबहादुर कटुवालले गुनासो गरे ।

घरमा बसेर साँझ बिहानको छाक टार्न मुस्किल भएपछि घरपरिवारलाई पाल्न अब वैकल्पिक पेसा खोज्नुको विकल्प नभएको कटुवालहरु बताउँछन् । अझै पनि अर्घाखाँचीका केही गाउँमा कटुवालहरु कटुवाली पेसा अङ्गालेर जीविकोपार्जन गर्दैछन् । तर बढ्दो सूचना र सञ्चारको सुविधाले उनीहरुको जीवनयापनमा भने असुविधा हुनथालेको छ ।