अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, December 4, 2011

अर्घाखाँचीमा सुन्तला तेब्बर फले

पणेना सिम्लेका कृषक रेवतीराज पौडेललाई सुन्तलाका बोटमा दाना बढी लागेपछि बोट भाँचिन नदिन के गर्ने भन्ने चिन्ताले सताएको छ । यस पाली लटरम्मै फलेका बोटले थाम्नै नसक्ने भएको छ ।


पणेना गाउँमा गत वर्षको भन्दा सुन्तला तेब्बर फलेको छ । पौडेलले भने, एक बोटमा १० हजारभन्दा बढी दाना लागेको छ । पातभन्दा दाना बढी देख्निछन । पाकिसकेका सुन्तलाको बोट भाँचिनबाट जोगाउँन भुईमा टेका लगाएको उनले बताए । यसपाली दानासमेत ठूला छन । अन्न छाडेर व्यावसायीक सुन्तला खेती गरेका सिम्लेका किसान सुन्तला तेब्बर फलेपछि निकै खुसि छन ।

अन्न उब्जनी गर्ने खेतबारी मासेर आफनो २० रोपनी जग्गामा व्यवसायीक सुन्तला खेती गरेका सिम्लेका अर्का युवा कृषक चिरञ्जीवी पौडेलका १२ सय सुन्तलाका बोटमा लटरम्मै दानाले बोटै लत्रिएका छन । बढी फलेकाले आम्दानी बढी हुने संकेत देखिएको छ, उनले भने, यस्तो अहिलेसम्म फलेको थिएन । उनले सुन्तलाबाट वाषिर्क २ लाख ५० हजार रुपैयाँ आम्दानी गर्छन । व्यवासायीक सुन्तला खेती गरेका पणेनाका करिब ३ सय किसान सबैका बोटमा एक नासले सुन्तला फलेका छन ।

यो वर्ष सुन्तलाको लागि वातावरण मिल्दो भएकाले राम्रो फलेको हो, पोखराथोक कृषि सेवा केन्द्रका प्राविधिक दधिराम गौतमले भने, धेरै वषर्ा भएको, असिना र तुषारो नपरेकाले राम्रो फल लागेको हो । गतवर्षको तुलनामा सुन्तलाको आम्दानीबाट सिम्ले गाउँमा वाषिर्क दुई करोड रुपैयाँ आम्दानी भएकोमा यस वर्ष आम्दानी बढने उनले बताए ।जिल्लाको खन, खनदह, भगवती, अर्घातोष, खिदिम, पोखराथोक गाविसमा सुन्तला खेती हुने गरेपनि पणेनाको सिम्लेमा जिल्लाकै सबैभन्दा धेरै सुन्तला उत्पादन हुने गर्छ । पणेनाका करिब ७ सय मध्ये ३ सय घरपरिवारले अन्न उब्जनी गर्ने खेतबारी मासेरै सुन्तला खेती गरेका छन । सिम्लेका गाउँलेले १२ वर्ष देखी व्यवसायीक सुन्तला खेती गर्दै आएका छन । यस वर्ष रोग नलागेकाले पनि राम्रो फल लागेको हो ।

No comments:

Post a Comment