अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, October 19, 2011

अर्घाखाँचीको केरुङ्गावाट बुटवलतर्फ जादै गरेको जिपबाट खसेर एकजनाको मृत्यु

अर्घाखाँचीको केरुङ्गावाट बुटवलतर्फ जादै  गरेको लु१ज ११६८ नम्बरको जिपबाट खसेर गुल्मी दौँघा गाविस वडा नम्बर ६ का १८ वर्षीय मानबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। तम्घास-तानसेन सडक खण्ड अन्तर्गत पाल्पाको देउराली लगुवामा गुडिरहेको जिपबाट खसेर एकजनाको ज्यान गएको  हो ।   जिपको ढोकामा झुण्डिएर यात्रा गरिरहेका नेपालीको टाउकोमा गम्भीर चोट लागेकामा उपचारका लागि तानसेन तर्फ ल्याउँदै गर्दा बीच बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


यौन कृयाकलापमा संलग्न एक जोडी रङ्गेहात पक्राउ

यौन कृयाकलापमा संलग्न एक जोडीलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ। तानसेनको बनदेवी भन्ने स्थानमा यौनसम्पर्क गरिरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।


पक्राउ पर्नेहरुमा जिल्लाको चापपानी गाविस-९ घर भई हाल तानसेन बसेर क्याम्पस अध्ययन गर्दै आएका २१ वर्षीय युवा र मस्याम गाविस-६ घर भई हाल तानसेन बसी अध्ययन गर्दै आएकी १९ वर्षीया युवती रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले जनाउनुभएको

दुर्गा मन्दिरमा पूजा गरेको भन्दै गुल्मी ठूलोलुम्पेकका एक 'दलित' युवकलाई ढुंगा बोक्ने सजाय

दसैंमा दुर्गा मन्दिरमा पूजा गरेको भन्दै गुल्मी ठूलोलुम्पेकका एक 'दलित' युवकलाई गाउँलेले कुटपिट गरी ढुंगा बोक्ने सजाय तोकेका छन् । गाउँलेको सजायअनुसार ढुंगा बोक्न नसकेपछि ती युवा भागेर पाल्पा आइपुगेका छन् ।


ठूलोलुम्पेक-९ का २४ वर्षीय हरि विश्वकर्मालाई मन्दिरमा पूजा गरेको आरोपमा गाउँलले सजाय तोकेका हुन् । परम्परागत रीतिरिवाज उल्लंघन गरेको भन्दै आफूलाई गाउँलेले स्थानीय धुसेनी पहाडी प्राथमिक विद्यालयका लागि चार दिनसम्म ढुंगा बोक्ने सजाय तोकेको उनले बताए । ढुंगा बोक्न नसकेपछि गाउँबाट विस्थापित भई उनी पाल्पाको तानसेनस्थित आफन्तकहाँ आएका हुन् ।

'दसैंको नवमीका दिन दुर्गा मन्दिरमा पूजा गरेर बाहिर निस्केको थिएँ,' उनले भने, 'अध्यक्ष अनन्त भट्टराई र शिक्षक रामप्रसाद पाण्डे लगायतले मन्दिरमा तँ दलित किन पसिस् भन्दै कुटपिट गरे ।' त्यसपछि गाउँलेले छलफल गरी सजाय तोक्दै ढुंगा बोक्न पटक-पटक धम्क्याएपछि न्याय खोज्दै गुल्मीको सदरमुकाम तम्घास आई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय रिडीमा निवेदन दिएर उनी पाल्पा आएका हुन् ।

शिक्षक पाण्डेले भने आफूले कुटपिट नगरेको बताए । 'मैले होइन, युवाहरूले हात हालेका हुन्,' उनले भने ।

'एक्लै चार दिनभर ढुंगा बोक्नुपर्ने निर्णय गरे,' उनले भने, 'गाउँमा हामी कमजोर भएकाले केही बोल्न सक्ने अवस्था भएन ।' गाउँमा चार घर दलित परिवार बसोवास गर्छन् । इलाका प्रहरी कार्यालय रिडी, गुल्मीका प्रहरी सहायक निरीक्षक जनक भुसालले पीडितको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिने बताए ।

भारतीय राजदुताबासको सहयोगमा रिडीको संस्कृत तथा साधारण माबीको नयाँ भवन बन्ने

भारतीय राजदुताबासको ३ करोड ९३ लाख रुपैयाको सहयोगमा रिडीको संस्कृत तथा साधारण माबीको नयाँ भवन बन्ने भएको छ्। गएको आस्विन २७गते ग्रामीण बिकास तथा भवन निर्माण बिभाग पाल्पा,संस्कृत तथा सधारणा मा बी, रिडी र भारतीय राजदुताबासका बिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ्।

सम्झौता अनुसार दुतावासले तीन तले,करीब ४०० विद्यार्थी क्षमता भएको भवन निर्माणका लागि ३ करोड ९३ लाख रुपैया उपलब्ध गराउने छ्। नेपाल भारत आर्थिक सहयोग कार्यक्रम अन्तरगत निर्माण गर्न लागिएको उक्त भवनको निर्माण ग्रामीण बिकास तथा भवन निर्माण बिभाग,पाल्पाले गर्नेभएको छ्। गुल्मीमा यो भारत सरकारको पाँचौ बिकास परीयोजना हो।