अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, October 19, 2011

दुर्गा मन्दिरमा पूजा गरेको भन्दै गुल्मी ठूलोलुम्पेकका एक 'दलित' युवकलाई ढुंगा बोक्ने सजाय

दसैंमा दुर्गा मन्दिरमा पूजा गरेको भन्दै गुल्मी ठूलोलुम्पेकका एक 'दलित' युवकलाई गाउँलेले कुटपिट गरी ढुंगा बोक्ने सजाय तोकेका छन् । गाउँलेको सजायअनुसार ढुंगा बोक्न नसकेपछि ती युवा भागेर पाल्पा आइपुगेका छन् ।


ठूलोलुम्पेक-९ का २४ वर्षीय हरि विश्वकर्मालाई मन्दिरमा पूजा गरेको आरोपमा गाउँलले सजाय तोकेका हुन् । परम्परागत रीतिरिवाज उल्लंघन गरेको भन्दै आफूलाई गाउँलेले स्थानीय धुसेनी पहाडी प्राथमिक विद्यालयका लागि चार दिनसम्म ढुंगा बोक्ने सजाय तोकेको उनले बताए । ढुंगा बोक्न नसकेपछि गाउँबाट विस्थापित भई उनी पाल्पाको तानसेनस्थित आफन्तकहाँ आएका हुन् ।

'दसैंको नवमीका दिन दुर्गा मन्दिरमा पूजा गरेर बाहिर निस्केको थिएँ,' उनले भने, 'अध्यक्ष अनन्त भट्टराई र शिक्षक रामप्रसाद पाण्डे लगायतले मन्दिरमा तँ दलित किन पसिस् भन्दै कुटपिट गरे ।' त्यसपछि गाउँलेले छलफल गरी सजाय तोक्दै ढुंगा बोक्न पटक-पटक धम्क्याएपछि न्याय खोज्दै गुल्मीको सदरमुकाम तम्घास आई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय रिडीमा निवेदन दिएर उनी पाल्पा आएका हुन् ।

शिक्षक पाण्डेले भने आफूले कुटपिट नगरेको बताए । 'मैले होइन, युवाहरूले हात हालेका हुन्,' उनले भने ।

'एक्लै चार दिनभर ढुंगा बोक्नुपर्ने निर्णय गरे,' उनले भने, 'गाउँमा हामी कमजोर भएकाले केही बोल्न सक्ने अवस्था भएन ।' गाउँमा चार घर दलित परिवार बसोवास गर्छन् । इलाका प्रहरी कार्यालय रिडी, गुल्मीका प्रहरी सहायक निरीक्षक जनक भुसालले पीडितको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिने बताए ।

No comments:

Post a Comment