अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Friday, November 4, 2011

पाल्पाली युवाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई काम गर्ने मौका दिनुपर्ने भन्दै अभियान थाले

पाल्पाली युवाले वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईलाई काम गर्ने मौका दिनुपर्ने भन्दै अभियान थालेका छन्। 'बाबुरामलाई काम गर्न देउ' लेखिएका गन्जी लगाएर युवाले पार्टी भन्दा माथि उठेर सबैले राम्रो गर्नेलाई साथ दिनुपर्ने बताए।


बुधबार तानसेनमा पत्रकार सम्मेलन गरेर उनीहरुले योग्यलाई मौका दिनुपर्ने बताए। कुनै दलसँग आबद्ध नभएको र सचेत नेपाली जनताका हैसियतले यस्तो अभियान सुरु गरेको उनीहरुले बताए।



'सरकारका राम्रा कामको प्रशंसा गर्नुपर्छ, अखिर कसैलाई त विश्वास गर्नै पर्‍यो' अभियानका अगुवा सागर घिमिरेले भने 'परीक्षामा सँधै प्रथम भएका, कुशल अर्थमन्त्री भैसकेका र अहिलेसम्म जनचाहना बुझेर अघि बढेका प्रधानमन्त्री भएकाले हामीले उहाँलाई समर्थन गरेका हौँ।'

उनलाई अझै हौसला दिन यस्तो अभियान थालेको उनीहरुले बताए। अर्का अभियान्ता रामचन्द्र नेपालले अहिलेका भरोसायोग्य र जनताका प्रिय प्रधानमन्त्री भएकाले उनलाई काम गर्नका लागि हौसला दिन यस्तो अभियान चलाएको बताए। उनीहरुले यस्तै सन्देशका स्टिकर समेत तैयार पार्ने बताएका छन्।

No comments:

Post a Comment