पाल्पा प्रहरीले दुई दिनमा हतियारसहित आपराधिक गतिविधिमा संलग्न १७ जनालाई पक्राउ गरेको छ। जसमध्ये ५ जोडीचाहिँ आपत्तिजनक अवस्थामा होटलबाट समातिएका हुन।साउन ९ र १० गते पक्राउ परेकामध्ये पेस्तोल र बिष्फोटक सामग्री बोक्ने, लागूऔषध कारोबारी, चोरी डैकैतमा संलग्न, यौनजन्य क्रियाकलाप गर्दै गरेका र हत्या अभियोगका आरोपी छन्। आपराधिक क्रियाकलापमा संलग्न यति धेरैलाई दुई दिन अन्तरमा पक्राउ गरेको यो नै पहिलो भएको प्रहरीले जनाएको छ।
जल्पा धुलीमारका ४० वर्षे धनबहादुर बरामेको घरबाट बाकसमा लुकाई राखेको कटुवा पेस्तोल १ थान, डेटोनेटर २ थान, फ्युजतार र १ केजी बारुद सहित पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले बताए।
अर्चले–८ का १८ वर्षीय भगवत गाहा, २० वर्षीय भुमबहादुर सिंजाली र ५२ वर्षीय दिलबहादुर गाहालाई चोरीका गहना र नगद ३० हजारसहित पक्राउ गरिएको छ। सुनको औंठी, फुली दुईवटा र चाँदीका बाला, ७ थान सिमकार्ड र पुराना सिक्का १ सय ९७ गोटासहित पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरु रिग्नेरह–३ पूर्वाखोलाका नरबहादुर नेपालीको पसल, अर्चले–६ का सेरबहादुर खन्गाहा र दिलबहादुर रानाको घर र सिलुवा १ दलबहादुर थापा र नारायण श्रेष्ठको घरमा चोरी गरेर फरार थिए।
पक्राउ परेका १७ जना र अनुसन्धान चल्दै गरेका थप गरेर प्रहरी हिरासतमा २५ जना छन्। महिला र पुरुसका दुई बेग्लाबेग्लै हिरासत कक्ष छन्। 'महिला कक्षमा चाप थेग्न समस्या छैन तर पुरुषतर्फ अटाउन मुस्किल परेको छ।’ प्रहरी नायव उपरीक्षक थपलियाले भने- गर्मी समय भएकाले लत्ताकपडाको खासै समस्या छैन।
No comments:
Post a Comment