अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, July 27, 2011

पर्वत की सुनिता नेपालीलाई ६ वर्षपछि न्याय

 बिहे गर्ने आश देखाएर प्रेमीले शारीरिक सम्पर्क राखे। पछि बिहे गर्नु त कता, उल्टै दलित भन्दै हेप्न थालेपछि पर्वत बराचौर- ६ की सुनिता नेपाली बिचल्लीमा परिन्। तिनै सुनिताले ६ वर्षपछि बल्ल न्याय पाएकी छिन्। सोही गाउँकै वडा नम्बर ७ का सोमबहादुर खत्रीसँग प्रेम गरेकी सुनिताले २०६२ मा छोरो पाएकी थिइन्।

प्रेमीबाट माया नपाए पनि न्याय पाइछाड्ने उनको अठोट थियो। अंशका लागि बाबु र आमा छोराको नाता कायम गर्न जिल्ला अदालत पर्वतले दिएको आदेश समेत कार्यान्वयन नभएपछि उनी बाग्लुङस्थित पूनरावेदन अदालत गुहार्न आइन्। जिल्ला अदालतको फैसला सदर गर्दै पुनरावेदनले माघमा गरेको फैसला अहिले आएर कार्यान्वयन भएको छ। उक्त फैसलाअनुसार बराचौरस्थित जग्गा जमिनको अंश अदालतले यसै साता सुनिताको नाममा दिलाई दिएको छ । अदालतले आदेश गरे पनि आनाकानी गरिरहेका परिवारलाई अन्ततः अंश दिन करै लाग्यो।

'पतिले धोका दिएपछि घर न घाट भएर भौँतारिँदै हिँडेकी थिएँ,' सुनिताले भनिन्, 'छोरा र मलाई धोका दिए पनि अंश पाउँदा खुसी लागेको छ।' अंशसंगै बाबुको नामबाट उनका छोराको समेत जन्म दर्ता भएको छ।

खत्रीले गर्भ बोकाएर भागेपछि छोराको अहिलेसम्म जन्मदर्ता भएको थिएन। 'घरकाले नै नसकारेपछि कसरी दर्ता हुन्थ्यो,' सुनिताले भनिन्, 'अब छोराले पनि कानुनी रुपमा बाबु पायो।'

२०६३ मा जिल्ला अदालत पर्वतमा आत्मनिर्भर विकास मञ्च र जिल्ला कानुनी सहायता समिति, पर्वतको सहयोगमा खत्रीसँग नाता सम्बन्ध र अंश माग गर्दै सुनिताले मुद्दा हालेकी थिइन्। माइतीबाट समेत अपहेलित भएकी उनी अहिले पोखरामा बसेर बृत्तचित्र बनाउन थालेकी छिन्। 'छोरालाई यहीँकै एसओएस बालग्राममा पढाइरहेकी छु,' उनले भनिन्।
 

No comments:

Post a Comment