अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, July 27, 2011

बुटवलको मेडिटेक इन्टरनेशनल एकाडेमी सञ्चालकले सीटीईभीटी बिरूद्ध सर्वोच्च अदालतमा रिट दायर

नर्सिङ कलेजको भर्ना प्रक्रियामा सीटीईभीटीले लापरबाही गरेको भन्दै बुटवलको एक कलेज सञ्चालकले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

सीटीईभीटीले बुटवलको सामुदायिक स्वास्थ्य प्रतिष्ठान मेडिटेक इन्टरनेशनल एकाडेमीको भर्नाको फारम वितरण गर्न अनुमति दिएपनि प्रवेश परीक्षाका लागि अनुमति दिएको छैन ।

सीटीईभीटी बिरूद्ध मेडिटेकका प्रवन्ध निर्देशक मिलन ज्ञवालीले रिट दायर गरेका हुन् । घुस नदिएकै आरोपमा प्रवेश परिक्षामा समावेश नगरेको सञ्चालकले आरोप लगाएका छन् । २०६६ सालमा सीटीईभीटीबाट दुईबर्षका लागि अस्थायी सम्बन्धन लिएर तीन बर्षे प्रमाणपत्र तहको नर्सिङ्गको अध्ययन सुरु गराईएको मेडिटेक नर्सिङ्ग कलेजले शैक्षिक सत्र ०६८/६९ का लागि नविकरण समेत गरिसकेको छ ।
कलेजले तेश्रो व्याचका लागि सबै प्रक्रिया पुरा गरि परिषद कै स्वीकृतिमा कलेजले भर्ना फाराम बितरण गरेको संचालक रघुनाथ गिरीले बताए । ६० जना बिद्यार्थीलाई फाराम बितरण गरी प्रवेश परीक्षाको तयारीमा रहेको बेला परिषद्ले गत ७ गतेको सूचनामा परीक्षा केन्द्र नै नतोकी बिधार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको उनले बताए । परिषद्ले सुनुयोजित रुपमै फाराम भरेका बिद्यार्थीले प्रवेश परीक्षामा सहभागी गर्न नपाउने गरि परीक्षा केन्द्र नतोकेको गिरीले बताए ।
कलेज तथा अस्पतालको निरिक्षण नै नगरी परिषद्का उपाध्यक्ष गोपाल खनाल र सदस्य सचिब जयबहादुर टण्डनले आफैले निरिक्षण गरेको झूटो कागज बनाएर पूर्वाधार नपुगेको आरोप लगाउदै प्रवेश परीक्षा रोकेको गिरीले बताए । कलेजको स्वीकृति लिदा समेत सीटीईभीटीका सदस्य सचिवलाई २४ लाख रूपैया घुस खुवाएको सञ्चालकले बताए । 'सम्बन्धन लिन पनि २४ लाख रूपैया नदिएसम्म गरिदिएनन,' कलेजका एक सञ्चालकले घुस खुवाउँदा बैकमा जम्मा गरेको रसिद देखाउदै भने-'अहिले पनि पैसा चाहि मागेका छैन, उनीहरूको आशय चाँही पैसा लिने हो ।

सीटीईभीटी अन्तर्गत सञ्चालित धेरै नर्सिङ कलेजको आफनै अस्पताल समेत छैन । त्यस्तै नाम चलेको अस्पतालको कलजेका विद्यार्थीलाई आफनै अस्तपालमा छिर्न समेत दिदैनन । तर यो कलेजकेा आफनै अस्पताल हुदा समेत विभिन्न बाहना बनाएर प्रवेश परीक्षामा रोक लगाएको छ । प्रवेश परीक्ष्ााको तयारीमा रहेको विद्यार्थीको केन्द्र नतोक्दा अन्यौलमा रहेको छ ।

 

No comments:

Post a Comment