अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Sunday, October 30, 2011

तानसेनमा नेपाल सम्वत् ११३२ को भव्य स्वागत

ऐतिहासिक एवं काठमाण्डौको भाई भनिने पाल्पाको तानसेनमा नेपाल सम्वत् ११३२ को भव्य स्वागत गरिएको छ । पाल्पाको तानसेन स्थित इलाभेन ब्रदर्शको आयोजनामा बिहिवार तानसेनमा नेपाल सम्वतको स्वागतार्थ मोटरसाईकल र्‍याली निकालिएको छ ।


इलाभेन ब्रदर्शले तानसेनमा हरेकवर्ष नेपाल सम्वत्को स्वागत गर्न मोटरसाईकल र्‍याली गर्ने गरेको छ । तानसेनको आन्दोलनचोकबाट सुरु भएको र्याली बर्तुङ्ग, कैलाशनगर, टक्सार, मखनटोल, भुसालडाडा, गोर्खेकोट, मेहलधारा हुदै बजारको परिक्रमा गरेको थियो । २ सय बढी मोटरसाईकलले नेपाल सम्वत्को स्वागतमा हर्न लगाउदै बजार परिक्रमा गर्दा सबैलाई सन्देश पुगेको कार्यक्रम संयोजक सुशील शाक्यले बताए ।

शाक्यका अनुसार मोटरसाइकल र्‍यालीमा सहभागी सबैलाई विभिन्न उपहार राखिएको थियो । तानसेन बजारको टोल टोलमा नेपाल सम्वत्लाई स्वागत गर्न तुल व्यानर राखिएका छन् । नेवारी समुदायमा घर घरमा घडामा पानी र फुल राखेर आगन्तुकलाई समेत स्वागत गरिरहेका छन् । नेवार समुदायले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको प्रतिमामा समेत पुजा आजा गरेका छन् ।

No comments:

Post a Comment